लुम्बिनी प्रदेशको परिचय

लुम्बिनी प्रदेश नेपालको संविधान अनुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम पूर्व, रोल्पा, प्यूठान, दाङ, बाँके र बर्दिया गरी १२ जिल्लाहरू रहेका छन । पहाडी ६ जिल्ला र तराईका ६ जिल्ला यस प्रदेशमा रहेका छन् । उत्तरमा सिस्ने पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा राजापुरसम्म फैलिएको छ । समग्र यस प्रदेशको क्षेत्रफल २२,२८८ वर्ग किलोमिटर अर्थात नेपालको कूल क्षेत्रफलको १५.१ प्रतिशत हिस्सा ओगटेको छ । २०६८ को जनगणना अनुसार कूल जनसंख्याको ४५,४०,२२२ (१७.१४ प्रतिशत) जनसंख्या रहेको थियो । २०७८ अनुसार लुम्बिनी प्रदेशको जनसंख्या ५१,२२,०७८ रहेको छ, जसमा मध्ये पुरुषको संख्या २४,५४,८०४ (४७.९२) प्रतिशत र महिलाको संख्या २६,६७,६७० (५२.२८) प्रतिशत रहेको छ । ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी कूल १०९ वटा स्थानीय तहहरु र ९८३ वडा रहेका छन । स्थानीय तहको हिसाबले चौथो धेरै स्थानीय तहहरु भएको प्रदेश हो । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी सहित सांस्कृतिक महत्वका ऐतिहासिक सम्पदाहरू, एसियाकै ठूलो दाङ उपत्यका प्रदेश भित्र छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जिल्लाको देउखुरी उपत्यका तोकिएको छ ।

स्थानीय सरकारहरूको बजेट निर्माण समय सिमा र अवस्थाको चित्रण

गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको बजेट निर्माण प्रकृया र स्थिति

गाउँपलिकाहरुको बजेट
नगरपालिकाहरुको बजेट
उपमहानगरपालिकाहरुको बजेट
पुष मसान्त

आयव्ययको प्रक्षेपण विवरण मन्त्रालयमा पेश गर्ने

फागुन मसान्त

अनुमानित श्रोत विवरण नेपाल सरकारले प्रदेश सरकारलाई उपलब्ध गराउने

चैत मसान्त

प्रदेश सरकाले स्थानीय तहलाई अनुदानको अनुमानित विवरण उपलब्ध गराउने

असार १०

आयव्ययको अनुमान गाउँ वा नगर सभामा पेश गर्ने

असार मसान्त

सभामा पेश भएको बजेट पारित गर्नुपर्ने

ढिलाई भएको
सम्पन्न भएको
प्रक्रियामा
प्रक्रिया बाँकि

प्रदेश सरकारको बजेट निर्माण समय सिमा र अवस्थाको चित्रण

प्रदेश सरकारको बजेट निर्माण प्रकृया र स्थिति

प्रदेश सरकारको बजेट
माघ मसान्त

सम्बन्धित मन्त्रालयले बजेटको स्रोत र खर्च सिमा अनुमान गर्ने

फागुन १५

क्षेत्रगत बजेटको सिमा सहित मार्गदर्शन तर्जुमा गर्ने

बैशाख १५

स्रोत र खर्चको सिमा सम्बन्धि प्रतिवेदन अर्थमन्त्री समक्ष पेश

जेष्ठ

पूर्व बजेट र कार्यक्रम छलफलका लागि प्रदेश सभा पेश

असार

बार्षिक बजेट तथा कार्यक्रम प्रदेश सभामा पेश

ढिलाई भएको
सम्पन्न भएको
प्रक्रियामा
प्रक्रिया बाँकि

फिचर संगालो

इन्फोग्राफिक्स

सूचना दिनुहोस

तपाईं हरुको स्थानीय निकायमा कुनै नयाँ क्रियाकलाप वा कामहरु भएका छन् भने हामीलाई सूचना दिनुहोला । सूचना दिनको लागि तलको बटन क्लिक गर्नुहोला ।