नेपालको संविधानमा परिलक्षित नीति तथा मार्गदर्शन, संघ, प्रदेश र स्थानीय तहका अधिकार सूची, प्रथम
आवधिक योजनाका लक्ष्य, रणनीति तथा नतिजा सूचक, प्रदेश सभाबाट स्वीकृत आर्थिक वर्ष २०८१/८२ को
नीति तथा कार्यक्रम, दोस्रो आवधिक योजनाको अवधारणा पत्र, २०८०, लुम्बिनी प्रदेशको दिर्घकालिन रणनीतिक योजना (२०७९/८०-२०८८/८९) र वि.सं. २०८७ सम्ममा हासिल गर्नुपर्नेदिगो विकास लक्ष्यमा आधारित रही
यो वार्षिक विकास कायर्क्रम तयार गरिएको छ । कार्यक्रम तर्जुमा गर्दा आवधिक योजना तथा मध्यमकालिन खर्च
संरचना समेतको आधारमा उपलब्ध स्रोत साधनलाई अधिकतम प्रतिफल प्राप्त गर्न योगदान गर्ने योजना तथा
कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रयास गरिएको छ ।