सडक निर्माण, मर्मत-संभार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

सडकको दिगो विकास गदै सर्वसाधारण नागरिकलाई छोटो, सुरक्षित, मितव्याई र आरामदायी आवागमनको प्रत्याभूति गरी नागरिकको आर्थिक हित अभिवृद्धि गर्न तथा प्रादेशिक सडकको वर्गीकरण गरी तिनीहरुको निर्माण, विस्तार, मर्मत-संभार, पुनर्निर्माण एवम् दिगो वातावरणीय व्यवस्थापनबाट समग्र सडक सम्पतिको सुरक्षा सुनिश्चित गर्न वाञ्छनीय भएकोले, प्रदेश नं. ५ को प्रदेश सभाले यो ऐन बनाएको छ ।