अर्घाखाँचीका स्थानीय सरकार

नयाँ जनप्रतिनिधिका पुराना कार्यक्रम

हुमाकान्त पोखरेल २०७९ पौष अर्घाखाँची

सन्धिखर्क नगरपालिकाले पर्यटनलाई जोड दिनेगरी विगतकै नीति तथा कार्यक्रम दोहोर्‍याएको देखिन्छ । छत्रदेव गाउँपालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता लगायतका नीति दोहोर्‍याएको छ । भुमिकास्थान नगरपालिकाले पनि कृषि पूर्वाधार, सहकारी तथा वित्तिय नीति, पर्यटकीय पूर्वाधारसम्बन्धी विषयमा पुरानै नीतिलाई निरन्तरता दिएको छ ।

स्थानीय तहको निर्वाचनबाट दोस्रो कार्यकालका लागि नयाँ जनप्रतिनिधिहरू निर्वाचित भएपनि उनीहरूले पुरानै नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएका छन् । जिल्लामा तीन गाउँपालिका र तीन नगरपालिका गरी छ पालिका छन् । ०७४ को निर्वाचनमा काँग्रेसले जितेको सन्धिखर्क नगरपालिका र पाणिनी गाउँपालिका अहिले एमालेले जितेको छ । अघिल्लो पटक माओवादी केन्द्रले जितेको भुमिकास्थान नगरपालिका अहिले राष्ट्रिय जनमोर्चाले जितेको छ । अघिल्लो निर्वाचनमा काँग्रेसले जितेको छत्रदेव गाउँपालिका र शितगंगा नगरपालिका अहिले नेपाली काँग्रेसले जितेको छ । अघिल्लो निर्वाचनमा एमालेले जितेको मालारानी गाउँपालिका, काँग्रेसले जितेको पाणिनी गाउँपालिका र सन्धिखर्क नगरपालिका अहिले एमालेले नै जितेको छ । त्यस्तै अघिल्लो पटक माओवादी केन्द्रले जितेको अहिले राष्ट्रिय जनमोर्चाले जितेको छ । यसपटक अर्घाखाँचीमा माओवादी केन्द्रले कुनै पनि पालिका अध्यक्ष जित्न सकेन ।

यो सन्दर्भमा विगतमा एउटा पार्टी र अहिले फरक पार्टीको नेतृत्व रहेको सन्धिखर्क, भुमिकास्थान नगरपालिका र छत्रदेव गाउँपालिकालाई आधार बनाउँदै प्रस्तुत आलेख तयार पारिएको हो । यी तीनवटा स्थानीय तहको नीति हेर्दा सन्धिखर्क नगरपालिकाले पर्यटनलाई जोड दिनेगरी विगतकै नीति तथा कार्यक्रम दोहो¥याएको देखिन्छ । शिक्षा, पूर्वाधार, स्वास्थ्य लगायतका नीति पनि सन्धिखर्कमा दोहोरिएका छन् । छत्रदेव गाउँपालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता लगायतका नीति दोहो¥याएको छ । भुमिकास्थान नगरपालिकाले कृषि पूर्वाधार, सहकारी तथा वित्तिय नीति, पर्यटकीय पूर्वाधारसम्बन्धी विषयमा पुरानै नीतिलाई निरन्तरता दिएको छ ।

सन्धिखर्कमा हुबहुँ

२०७४ को निर्वाचनमा काँग्रेसका कमल प्रसाद भुसाल प्रमुख भएको सन्धिखर्क नगरपालिकामा २०७९ मा नेकपा एमालेका कृष्णप्रसाद श्रेष्ठ निर्वाचित भए । नयाँ कार्यभार सम्हाल्न चुनिएका श्रेष्ठले नीति तथा कार्यक्रम भने पुरानै ल्याए । अर्थात् केही नयाँ नीति तथा कार्यक्रम आउने अपेक्षासहित नागरिकले श्रेष्ठलाई मतदान गरेपनि नीति तथा कार्यक्रम भने पुरानै रहेको छ । नीति तथा कार्यक्रमका अधिकांश शीर्षकका बुँदाहरू दोहोरिएका छन् । आर्थिक वर्ष २०७८÷०७९ मा कृषि तथा पशुपन्छी विकास अन्र्तगत कृषि व्यवसायलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकरण तथा बजारीकरणमार्फत नगरपालिकालाई आत्मनिर्भर बनाउने उल्लेख छ ।

त्यस्तै प्रत्येक वडामा सम्भाव्यताका आधारमा पकेट क्षेत्रको पहिचान गरी विकास गर्न माटो परीक्षण गर्न घुम्ती शिविर संचालन गर्ने, नगरभित्रको दुधको उत्पादकत्व वृद्धि गर्न र नश्ल सुधार गर्नको लागि सहकारी संस्थाहरूको साझेदारीमा उन्नत नश्लका मुर्रा भैँसी भित्रयाउने उल्लेख छ । अहिले उक्त बुँदाहरू हुबहँु समावेश गरिएका छन् ।

आगामी पाँच बर्षभित्र निर्यात गर्न सकिने गरी एभोकार्डो, किवी, ड्रागन, फू्रट, कागती र दाँते ओखर खेतीलाई प्रवद्र्धन गर्ने, खेतीयोग्य जमिनको नियमित माटो परीक्षणको व्यवस्था मिलाउने, ग्रामीणस्तरमा कृषियान्त्रिकरण कार्यलाई बढावा दिन लागत साझेदारीमा कुटनी–पिसनी यन्त्र वितरण गर्ने, निःशुल्क बाख्रा तथा बोका वितरण गर्ने लगायतका नीति तथा कार्यक्रम पनि दोहोरिएका छन् । नगरपालिकाका प्रमुख श्रेष्ठले नयाँ नीति तथा कार्यक्रम बनाउने पर्याप्त समय नभएका कारण अधिकाशं नीति तथा कार्यक्रम दोहोरिएको स्वीकार गरे ।

तालिका १ : सन्धिखर्कमा हुबहु गरिएका नीति तथा कार्यक्रमको अवस्था

क्र.स.नीति तथा कार्यक्रममा दोहोरिएका प्रावधान
दुध उत्पादन बृद्धि गर्न उन्नत नश्लका मुर्रा भैँसी वितरण गर्ने ।
माटो परीक्षण गर्न घुम्ती शिविर संचालन गर्ने ।
कृषि उत्पादनको बजारीकरणको व्यवस्था गर्ने ।
कृषकहरुलाई कृषि उपजको बीमा गर्न प्रोत्साहन गर्ने ।
निःशुल्क रुपमा बाख्रा तथा बोका वितरण गर्ने ।
कृषकहरूको भकारो सुधार कार्यक्रमलाई निरन्तरता दिने ।
पशुजन्य उत्पादनको मुल्य निर्धारण गरी संकलन तथा बिक्रीको व्यवस्था गर्ने ।
च्यापकटर, ग्राइन्डरलगायतका कृषियन्त्र निःशुल्क वा सहुलियतमा वितरण गर्ने ।
चिज, क्रिम तथा छुर्पी उत्पादन गर्ने मेसिन वितरण गर्ने ।
१०ऐतिहासिक, पुरातात्विक, धार्मिक एवम् सांस्कृतिक पर्यटकीय स्थलहरूको प्रचार गर्ने ।
११गंगासरोबर क्षेत्रको प्रथम चरणको निर्माण कार्य पुरा गरी तालमा प्याडल बोट संचालन गर्ने ।
१२जाललकाँडा प्राकृतिक स्टोन गार्डेनलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने ।
१३अर्घा भगवती मन्दिरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने ।
१४निर्माणाधीन अर्घा विमानस्थलको निर्माण कार्यलाई अगाडी बढाउन संघ सरकारसँग सहकार्य गर्ने ।
१५सहकारीहरूको वैज्ञानिक तथ्यांक संकलन गरी उद्यमशीलता प्रर्वद्धनमार्फत क्रियाशिल बनाइने ।
१६बाँझो जमिनको उपयोग गरी उत्पादन बढाउने ।
१७गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलाई उद्यमशीलतातर्फउन्मुख गर्ने ।
१८राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई नगरपालिकाको साझेदारीसहित सञ्चालन गर्ने ।
१९प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममा युवाहरूलाई प्राथमिकता दिने ।
२०छूवाछूत, सामाजिक कुरीति जस्ता अन्धविश्वास र कुरीति हटाउन विभिन्न कार्यक्रम संचालन गर्ने ।
२१लक्षित वर्गको लागि आर्थिक सहायता एवम् प्रविधि हस्तान्तरणको व्यवस्था गर्ने ।
२२घरेलु हिसां अन्त्यका लागि टोल विकास संस्थाहरूलाई परिचालन गर्ने ।
२३अपाङ्ग तथा ज्येष्ठ नागरिक परिचय पत्र वितरण कार्यलाई निरन्तता दिने ।

छत्रदेवको नीति तथा कार्यक्रम कपिपेष्ट

छत्रदेव गाउँपालिकाले अधिकशं नीति तथा कार्यक्रमहरू गत आर्थिक बर्षकै कपि÷पेष्ट गरेको छ । गत आर्थिक बर्षमा ‘एक वडा एक उत्पादन’ कार्यक्रममार्फत व्यवसायिक उत्पादनमा जोड दिने, सहकारीमार्फत सामुहिक खेती प्रणालीमा जोड दिने, कृषि औजार तथा सामग्रीहरू अनुदानमा उपलब्ध गराउने, भेटेनरी ल्याब सञ्चालन गर्ने लगायतका नीति तथा कार्यक्रममा समावेश छ । अहिले पनि उनै कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ । छत्रकोटले वैदेशिक रोजगारीमा जान बाध्य युवाहरूलाई लक्षित गर्दै व्यवसायिक कृषि कार्यक्रम संचालन गर्ने, उद्योग तथा बाणिज्य व्यवसायको दर्ता प्रक्रियालाई सरलीकृत गर्न सबै वडा कार्यालयहरूमा घुम्ती शिविर सञ्चालन गर्ने, साना तथा मझौला उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने, छत्रदेवको पहिचान तथा महत्व झल्काउने गीत निर्माण गर्ने लगायतका नीति कपि पेष्ट गरेको छ ।

कला–संस्कृतिहरूको प्रचार–प्रसार गरी साँस्कृतिक पर्यटक प्रर्वद्धनमा टेवा पु¥याउने, सीप सिक्न चाहने बेरोजगार व्यक्तिहरूलाई स्थानीय र प्रदेश सरकारको सहकार्यमा सीपमूलक तालिम संचालन गर्ने, स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवाको गुणस्तरीयतालाई सुनिश्चित गर्न स्वास्थ्य संस्थाहरूलाई थप सुदृढ बनाउदैँ लैजाने लगायतका नीतिहरू कपि पेष्ट नै गरेको छ । छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले परिवर्तन विस्तारै हुने भएकाले हतार नगर्न आग्रह गरे । ‘नयाँ नीति कार्यक्रम ल्याउनका लागि समय पनि छोटो भयो, हतारमा ल्याएको कार्यक्रम हो,’ उनले भने, ‘परिवर्तन हतारमा हुँदैन, बिस्तारै हुन्छ ।’ जनप्रतिनिधिहरूबीच पनि सबैको सोचाई एउटै नहुने भन्दै श्रेष्ठले समृद्ध छत्रदेव बनाउनको लागि आफु लागिपरेको बताए ।

तालिका २: छत्रदेवको कपिपेष्ट गरिएको नीति तथा कार्यक्रम

क्र.स.नीति तथा कार्यक्रममा कपिपेष्ट गरिएका प्रावधान
एक वडा एक उत्पादन कार्यक्रममार्फत व्यवसायिक उत्पादनमा जोड दिने ।
कृषि औजार तथा सामग्रीहरू अनुदानमा उपलब्ध गराइने ।
भेटेनरी ल्याब संचालनमा ल्याइने ।
वैदेशिक रोजगारीमा जान बाध्य युवाहरूलाई लक्षित गर्दै रोजगारीका कार्यक्रम संचालन गर्ने ।
व्यवसाय कर वडा कार्यालयबाटै संकलन गर्ने व्यवस्था मिलाउने ।
साना तथा मझौला उद्योगहरूको स्थापनामा उत्पे्ररणा गर्ने ।
स्वास्थ्य सेवामा संलग्न कर्मचारी तथा स्वास्थ्यकर्मीको मनाबेल बृद्धि गर्दै भौतिक तथा पेशागत सुरक्षा सुनिश्चित गर्ने ।
सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीकाहरूको निःशुल्क स्वास्थ्य बीमा गर्ने ।
शिक्षालाई गुणस्तरिय बनाउन ‘गुणस्तर सुधार अभियान’ सुरु गर्ने ।
१०विद्यालयका सूचना प्रविधिका साधनहरूको उपलब्धतामा जोड दिने ।
११शिक्षक पेशागत विकासका कार्यक्रमहरूलाई निरन्तरता दिने ।
१२विकासका हरेक क्रियाकलापहरूमा युवाहरुको अर्थपूर्ण सहभागितामा जोड दिने ।
१३महिलाहरूको नेतृत्व एवम् क्षमता विकास र उद्यमशिलतामा जोड दिने ।
१४ज्येष्ठ नागरिक सम्मान कार्यक्रम संचालन गर्ने ।
१५विपत् प्रतिकार्य योजनाको परिमार्जनसहित कार्यान्वयन गरी विपत्को कारण हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्ने ।
१६विपद् व्यवस्थापन कोषलाई निरन्तरता दिने ।
१७सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता प्रणालीलाई सुदृढीकरण गर्ने ।
१८खेतीयोग्य जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने । 
१९छत्रदेवको पहिचान तथा महत्व झल्काउने गीत निर्माण गर्ने ।
२०सीप सिक्न चाहने बेरोजगार व्यक्तिहरूलाई स्थानीय, संघ र प्रदेश सरकारको सहकार्यमा सीपमुलक तालिम संचालन गर्ने ।
२१पालिकाभित्रका विपन्न नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न आवश्यक पहल गर्ने ।

भुमिकास्थानमा पनि उस्तै

भुमिकास्थान नगरपालिकाले पनि पुरानै नीति तथा कार्यक्रम दोहो¥याएको छ । नगरपालिकाले स्वास्थ्य संस्थाहरूको भौतिक पूर्वाधार मापदण्डअनुसारको बनाउने, नगर तथा वडा कार्यालयबाट प्रवाह गरिने सेवालाई छिटो, छरितो गर्नका लागि सफ्टवेयरको व्यवस्था गर्ने, जनप्रतिनिधि र कर्मचारीको लागि क्षमता विकास तालिम सञ्चालन गर्ने, मसला तथा जुडबुटीजन्य बिरुवाहरू रोप्ने कार्यलाई प्राथमिकता दिने नीति तथा कार्यक्रम दोहो¥याएको छ । स्वास्थ्य संस्थाहरूको आन्तरिक व्यवस्थापन, संचालन र सहजताका लागि संस्थागत अनुदानको व्यवस्थापन गर्ने, नगरपालिकालाई पूर्ण सरसफाईउन्मुख बनाउन पहल गर्ने, उत्कृष्ट सेवा तथा कार्य सम्पादन गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई पुरस्कृत गर्ने, कोल्डचेन व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउने, आधारभूत तथा सामुदायिक स्वास्थ्य इकाईमा आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने लगायतका नीति तथा कार्यक्रम दोहोरिएका छन् ।

भुमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले कतिपय बिषयहरू ऐन नियमभित्र रहेर गर्नुपर्ने हुँदा सोचेंजस्तो नीति कार्यक्रम नआएको बताए । परिवर्तन क्रमिक रुपमा हुँदै जाने हुनाले अहिले आफुहरूले कृषि र पर्यटनलाई जोड दिएको थापाले बताए । ‘संघीय सरकारका आफ्नै नियम छन्, तैपनि हामीले उत्पादनलाई जोड दिएका छौ,’ उनले भने, ‘अहिले कृषकको उत्पादनका बजारीकरणको ग्यारेन्टी गरेका छौ ।’ ग्रामीण भेगका पालिकाहरूका नीति तथा कार्यक्रम उस्तै रहने थापाको भनाई छ ।

तालिका ३ : भुमिकास्थानको नीति तथा कार्यक्रमको अवस्था

क्र.स.भुमिकास्थानले नीति तथा कार्यक्रममा दोहेयाएका प्रावधान
मरौटी, तेजपत्ता, टिमुरजस्ता मसलाजन्य खेतीको उत्पादन गरी बजारीकरण गर्ने ।
कृषि तथा पशु विकास कार्यक्रमलाई दीगोपनाका लागि पकेट क्षेत्र कार्यक्रमलाई निरन्तरता दिने ।
खेतीयोग्य जमिनमा बाह्ै महिना सिंचाई सुविधाको लागि कुलो निर्माण गर्ने ।
कृषिजन्य वस्तुको उत्पादनलाई पर्यटकीय केन्द्र बनाउने ।
नगरपालिकालाई मासु, दुध र अण्डामा आत्मनिर्भर बनाउन भैँसी, बाख्रा र कुखुरापालन कार्यक्रमलाई प्राथमिकता दिने ।
एक घर–एक करेसाबारी र एक गाउँ एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिदैँ थप प्रभावकारी बनाउने ।
अपाङगता भएका व्यक्तिहरूको आर्थिक, सामाजिक सशक्तिकरणका लागि क्षमता विकास गर्ने ।
उद्यमीको पहिचान र प्रविधि हस्तान्तरणमा सहयोग गर्ने ।
इनडोर तथा आउटडोरका खेलकुद कार्यक्रम सञ्चालन गर्ने ।
१०राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई निरन्तरता दिने ।
११ज्येष्ठ नागरिकको सम्मान बृद्धि गर्ने कार्यक्रम संचालन गर्ने ।
१२सडक गुरुयोजना तयार गर्नुको साथै सम्पन्न सडकमा संकेत चिन्ह राख्ने ।
१३स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिने ।
१४विद्यालयमा श्रमसँगै सिकाईका कार्यक्रमलाई अगाडी बढाइने ।
१५शिक्षण सिकाई सहयोग कार्यक्रम अगाडी बढाउने ।
१६आधारभूत तथा सामुदायिक स्वास्थ्य इकाईमा आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने ।
१७स्वास्थ्य संस्थाहरूको आन्तरिक व्यवस्थापन, सञ्चालन र सहजताका लागि संस्थागत अनुदानको व्यवस्थापन गर्ने ।
१८क्यान्सर, मुटु, मृगौला, इन्जुरी लगायतका जटिल रोगका बिरामीका लागि राहात कार्यक्रमको व्यवस्थापन गर्ने ।

Sharing is caring!