‘एक घर एक धारा’ को नारा सुन्दै खोल्साको पानी भर्दै

रञ्जिता अधिकारी २०८० साउन दाङ

प्रदेश सरकारले अघि सारेको ‘एक घर एक धारा’ अभियानले पूर्णता पाउन सकेको छैन । दाङका १० पालिकामध्ये अधिकांश पालिकामा अझै शुद्ध खानेपानीको पहुँच पुग्न सकेको छैन । बजार क्षेत्रमा धारामार्फत खानेपानी विवरण गरिएपनि यो पर्याप्त हुन सकेको छैन ।

घोराही–१ की शर्मिला बुढाको सुख्खा मौसममा खानेपानीको जोहो गर्दागर्दै बिहान बित्ने गर्छ । घर नजिकै खानेपानी नभएकाले पानी ल्याउन दैनिक एक घण्टा समय लाग्ने उहाँले बताउनुभयो । सबै गाउँले पानी खाने एउटा मात्र जरुवा छ । चैत, वैशाख र जेठ महिनामा धेरै समस्या हुने बताउँदै उहाँले भन्नुभयो, ‘सुक्खा समयमा पानीको समस्या वर्षौदेखि भोग्दै आएका छौं । प्रदेश र स्थानीय सरकारले पानीको व्यवस्था गरे आफ्ना दुःख अलि कम हुने थियो ।’

गढवा गाउँपालिका–८ कि कल्पित खातुनलाई खानेपानीको जोहो गर्न बिहानभरि बिताउनुपर्ने बाध्यता छ । नजिकमा भएका इनार सुकेको बेला एक घण्टा हिँडेर पानी लिन जानुहुन्छ । पिउने पानीको समस्याले घरमा आउने पाहुनालाई भात खान दिन सकिने तर पानी दिन नसक्ने जस्तो हुने उहाँले बताउनुभयो ।

शर्मिला र कल्पितले मात्रै खानेपानीको समस्या भोगेका होइनन्, हिउँद र गर्मी मौसममा यस क्षेत्रका बासिन्दा खोल्सामा जमेको पानी सङ्कलन गरेर पिउन बाध्य छन् । आर्सेनिक मिसिएको तथा शुद्धिकरण नभएको पानी पिउनु उनीहरूको बाध्यता छ । ग्रामिण क्षेत्रका बस्तीमा परम्परागत रूपमा प्रयोग हुँदै आएका इनार, ह्यान्डपम्पको पानी खाने भएपनि सुक्खा समयमा जरुवा, खोल्सा, खोलाको पानी पिउनुपर्ने बाध्यता छ । केही स्थानमा खानेपानीका मुहान संरक्षण गरेपनि बाह्रै महिना त्यस मुहानबाट खानेपानीको पुग्दैन ।

लुम्बिनी प्रदेश सरकारले अघि सारेको ‘एक घर एक धारा’ अभियानले पूर्णता नपाउदा खानेपानी समस्या बढेको हो । दाङका १० पालिकामध्ये अधिकांश पालिकामा अझै सहज खानेपानीको पुग्न सकेको छैन । बजार क्षेत्रमा खानेपानीको व्यवस्था गरिएपनि त्यो पनि पर्याप्त छैन । घोराही उपमहानगरपालिकाका केही वडामा शुद्ध खानेपानी बिस्तार हुन सकेको छैन । घोराहीका विकट मानिएका वडा नम्बरहरू १, २, ५, ११, १२, १९ का बस्तीमा खानेपानी बिस्तार हुन नसकेको हो । तुलसीपुर उपमहानगरपालिका केही वडाबासी पनि खानेपानीकै लागि तड्पिनुपर्ने अवस्था छ । लमही नगरपालिकाको वडा नम्बर ८ र ९ का केही बस्तीमा खानेपानी सहज उपलब्धता छैन । मुहान र जरुवा स्रोतको खानेपानी प्रयोग गर्दै आएका स्थानीयवासीलाई हिउँद र गर्मी मौसममा झन् खानेपानीको दुःख हुने गरेको छ ।

खानेपानीको अवस्था नाजुक

दाङमा एक लाख ६२ हजार दुई सय ६६ घरपरिवार मध्ये धेरै घरपरिवारले अझै शुद्ध खानेपानी पिउन पाएका छैनन् । बजेट अभावले थलिएका र कामै सुरु नभएका खानेपानी आयोजना एक सय ४२ वटा रहेका छन् । दुई सय ८६ साना–ठूला आयोजनाहरू र केही पुराना आयोजना सम्पन्न गर्ने लक्ष्य रहेपनि न्यून बजेट विनियोजनले क्रमागत आयोजनाहरू थला परेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका निमित्त प्रमुख भोलाबहादुर थापाले जानकारी दिनुभयो । जिल्लाका धेरैजसो स्थानमा शुद्ध खानेपानीको पहुँच पु¥याउने लक्ष्यमा बजेट अभावले धक्का लागेको उहाँको भनाई छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत आर्थिक बर्ष २०७९/०८० मा १० पालिकामा २ सय ५२ वटा खानेपानी आयोजनाका लागि १२ अर्ब २२ करोड ३५ लाख ७२ हजार बजेट आवश्यक पर्दछ । सघन खानेपानी विकास कार्यक्रम, जलवायू अनुकुलित वृहत खानेपानी आयोजना, तराई मधेश खानेपानी सुधार कार्यक्रम र सहलगानी खानेपानी लगायतका आयोजनाहरु सञ्चालनमा रहेका छन् ।

तालिका १ : दाङमा कार्यान्वयनमा रहेका खानेपानी तथा सरसफाइका योजनाहरू र अवस्था
क्र.सं.कार्यक्रमको नामकुल आयोजनासम्पन्न भएका योजना८० प्रतिशत भन्दा माथि प्रगति भएका योजना५०—८० प्रतिशत प्रगति भएका योजना५० प्रतिशत भन्दा कम प्रगति भएका योजनाकार्यान्वयन हुन नसकेका  योजना
सघन खानेपानी विकास कार्यक्रम२३११७१९२२५८११५
खानेपानी आयोजना मर्मत सुधार तथा बिस्तार कार्यक्रम
खानेपानी आयोजना गुणस्तर अभिबृद्धि तथा श्रोत संरक्षण कार्यक्रम
सरसफाइ तथा ढल व्यवस्थापन कार्यक्रम
जलवायु अनुकुलित बृहत खानेपानी आयोजना२४ ६१०
खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम
तराई मधेश खानेपानी सुधार कार्यक्रम५२२४१०

स्रोतः खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङ

तालिका २ः दाङका स्थानीय तहहरू अनुसार खानेपानी आयोजनाहरुको विवरण
क्र.सं.स्थानीय तहसघन खानेपानीजलवायू अनुकुलित वृहततराई मधेश खानेपानी सुधार कार्यक्रमजम्मा
घोराही उपमहानगरपालिका४७१५६७
तुलसीपुर उपमहानगरपालिका३४११४७
लमही नगरपालिका१११८
राप्ती गाउँपालिका
गढवा गाउँपालिका१७२३
राजपुर गाउँपालिका
बंगलाचुली गाउँपालिका२०२४
दंगीशरण गाउँपालिका१११७
शान्तिनगर गाउँपालिका१२१२
१०बबई गाउँपालिका१२१७
 जम्मा१७२१९५०२४१

स्रोतः खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङ

खानेपानी डिभिजन कार्यालय दाङ अन्र्तगत घोराही उपमहानगरपालिकाका ६७ वटा आयोजना सञ्चालन गर्न ९७ करोड ३३ लाख १० हजार बजेट आवश्यक पर्दछ । तुलसीपुर उपमहानगरपालिकाका ४७ वटा खानेपानी आयोजनामा ७९ करोड ४० लाख ४ हजार र लमही नगरपालिकाका १८ वटा खानेपानी आयोजनामा १ करोड ९६ लाख बजेट खर्च हुने देखिन्छ । राप्ती गाउँपालिकाका ९ वटा खानेपानी आयोजनालाई २ करोड २ लाख ६२ हजार र गढवा गाउँपालिकाका २३ वटा खानेपानी आयोजनालाई २० करोड ४२ लाख ७ हजार बजेट आवश्यक पर्दछ ।

राजपुर गाउँपालिकाका ७ वटा खानेपानी आयोजनामा १० करोड ६८ लाख ४ हजार र बंगलाचुली गाउँपालिकाका २४ वटा खानेपानी आयोजनामा ३ करोड ६ लाख ६० हजार बजेट लगानी गर्नुपर्दछ । दंगीशरण गाउँपालिका १७ वटा खानेपानी आयोजना सञ्चालन गर्न २१ करोड ३० लाख ३ हजार, शान्तिनगर गाउँपालिकका १२ वटा सघन खानेपानी आयोजनालाई १७ करोड ४ लाख २६ हजार र बबई गाउँपालिकाका १७ वटा आयोजनालाई २७ करोड ७३ लाख ६ हजार बजेट परिचालन गर्नुपर्ने अनुमान गरिएको छ ।
खानेपानी तथा सरसफाई अन्र्तगत सह–लगानी कार्यक्रमको सर्रा खानेपानी तथा सरसफाई आयोजनालाई २० लाख बजेट लाग्ने अनुमान गरिएको छ । जिल्लाका अन्य १० वटा आयोजनालाई थप २३ लाख ८६ हजार बजेट आवश्यक रहेकोे खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख थापाले बताउनुभयो ।

प्रदेश सरकारको कार्यक्रम अधुरो

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ सम्म ‘एक घर एक धारा’ पु¥याउने लक्ष्य अधुरो भएको छ । संघीय सरकारले २०७६ मा खानेपानी सरसफाई तथा स्वच्छता (वास) कार्यविधि स्वीकृत गरी ६ सय ८० खानेपानी आयोजनाहरू प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण भएका योजना र प्रदेश सरकारका आफ्नो आयोजना गरी कूल १ हजार ३ सय ८ वटा खानेपानीका आयोजना रहेका छन । आयोजना सम्पन्न गर्नका पर्याप्त बजेट नहुँदा लक्ष्य अनुसार प्रगति भएको छैन । संघीय सरकारले प्रदेश सरकारलाई आयोजनाहरु हस्तान्तरण गरेपनि आवश्यक बजेट विनियोजन नभएकाले लक्ष्यअनुसार प्रगति नभएको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगतको खानेपानी तथा सरसफाइ महाशाखाले जनाएको छ ।

संघीय सरकारले योजना हस्तान्तरण गरेपनि पर्याप्त बजेट विनियोजन नभएको र प्रदेश सरकारले खानेपानीमा नगन्य बजेट छुट्टयाउँदा ‘एक घर एक धारा’ नारामा मात्रै सिमित भएको छ । संघीय सरकारबाट हस्तान्तरण भएका सर्शत तर्फका ६ सय ८० वटा खानेपानी आयोजनाहरु रहेका छन् । यी आयोजना पूरा गर्नका लागि २५ अर्ब ६४ करोड ४० लाख ५६ हजार बजेट खर्च हुने अनुमान गरिएको छ । आर्थिक बर्ष २०७८/०७९ मा खानेपानी आयोजना निर्माणमा ७ अर्ब ५८ करोड ७३ लाख ६६ हजार खर्च भएको छ । आर्थिक बर्ष २०७९/०८० संघीय सरकारले ८८ करोड ७० लाख ९२ हजार मात्रै रकम विनियोजन गरेको छ । खानेपानी महाशाखा तत्कालिन प्रमुख धु्रब धितालले दिएको जानकारी अनुसार ती योजनाहरू पूरा गर्नका लागि अझै १७ अर्ब १० करोड २५ लाख ९५ हजार बजेट अभाव देखिन्छ । प्रदेश सरकारले संघीय सरकारसँग २ अर्ब १२ करोड थप बजेट माग गरेपनि आर्थिक बर्ष २०७९/०८० मा ५० करोड थप बजेट प्राप्त भएको उहाँले बताउनुभयो ।

यसैगरी प्रदेशमा समानिकरणतर्फका ६ सय २८ खानेपानी आयोजनाहरु रहेका छन् । योजनाहरू पूरा गर्न २६ अर्ब ७५ करोड ५५ लाख रकम आवश्यक पर्ने अनुमान छ । योजनाहरुमा लागि आर्थिक बर्ष २०७८/०७९ मा १ अर्ब ८९ करोड ६२ लाख ६३ हजार बजेट खर्च भएको छ । आर्थिक बर्ष २०७९/०८० मा योजनाहरुमा प्रदेश सरकारले १ अर्ब ३५ करोड २० लाख ४० हजार रकम विनियोजन गरेको छ । कूल १ अर्ब ६० करोड बजेट सुनिश्चत गरेको थियो । योजना पूरा आर्थिक बर्ष २०७९/०८० मा अन्तिमसम्म २४ अर्ब ८५ करोड ९२ लाख रुपैयाँ बजेट आवश्यक पर्छ । प्रदेश सरकारले तिन बर्ष भित्र एक घर एक धारा मार्फत खानेपानी सुविधा पु¥याउने महत्वकांक्षी लक्ष्य लिएपनि बजेट सुनिश्चित गर्न नसक्दा पुरा भएको छैन । प्रदेश सरकारमा ४ वटा मुख्यमन्त्री फेरिए तर प्रदेशबासी भने अझै खोला र खोल्साकै खानेपानी पिउन बाध्य छन् ।

Sharing is caring!