कहिले पूरा होलान् लुम्बिनीका मुख्य सडक : गौरवकै आयोजना अलपत्र

रामप्रसाद आचार्य २०८१ असोज रुपन्देही

लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७६/०७७ मा पाल्पाको रामपुरदेखि पश्चिम उत्तर रोल्पाको जिनावाङ जोड्ने सडकलाई प्रदेश गौरवको आयोजनमा राखेर निर्माण शुरु गरेको गरेको हो । त्यसयता ६ जना मुख्यमन्त्री फेरिए, यो सडकको ४० प्रतिशत पनि काम भएको छैन । चार जिल्लामा ८ चरणमा काम थालिएको यो सडक आवश्यक रकम नभएर अलपत्रजस्तै छ । निरन्तर प्रदेश गौरवको आयोजनामा राखेर बजेट विनियोजन गरिँदै आएको यो सडकले प्रदेश सरकारको मुख्य योजनालाई खिज्याएको छ । करिब ३ सय किलोमिटर अनुमान गरिएको यो सडक ४ जिल्लाका सडक पूर्वाधार कार्यालय र प्रदेश भौतिक पूर्वाधार निर्देशनालयले अलग अलग हेर्ने भएकाले यससम्बन्धी एकमुष्ट तथ्यांकसमेत पाइँदैन ।

यो वर्षको बजेटमा २४ वटा सडक आयोजनालाई प्रदेशस्तरका प्रमुख राजमार्ग एवम् प्रदेश गौरवका योजनाका रुपमा राखिएको छ । यी आयोजना अधिकांश यसअघिका सरकारले अघि सारेर पूरा नभएका योजना हुन् । क्रमागत योजना भएपनि बजेट नभएको कारण देखाएर यी मध्ये अधिकांश योजनालाई गतवर्षभन्दा कम बजेट विनियोजन भएको छ । प्रदेश सरकारले स्थानीय तह पहुँच मार्ग अन्र्तगत राखेका २० वटा सडक आयोजनाको अवस्था उस्तै छ । यस्ता आयोजनामा प्रदेशभित्रका कम्तिमा दुई पालिकाका केन्द्र जोड्ने सडक, एकै जिल्लाका विभिन्न ठाउँ जोड्ने राष्ट्रिय लोकमार्ग वा प्रदेश लोकमार्गदेखि कृषि, पर्यटन, उद्योग, व्यापार, खानी, वस्ती, जलाशय, तथा प्रदेशका महत्वपूर्ण आयोजनास्थल जोड्ने सडक, राष्ट्रिय लोकमार्ग वा प्रदेश लोकमार्गदेखि स्थानीय तहका केन्द्र जोड्ने सडकहरू पर्दछन् ।

पर्यटनस्थल पहुँच मार्ग अन्र्तगत रहेका २० वटा र सिमाक्षेत्र सडक कार्यक्रम अन्र्तगत रहेका २० वटा सडक आयोजनामध्ये अधिकांशलाई पनि गतवर्षभन्दा कम बजेट विनियोजन भएको छ । आर्थिक विश्लेषक मनिकर कार्कीका अनुसार अधिकांश आयोजना स्थानीय आवश्यकतामा भन्दा नेता विशेषको रुचिले गर्दा तयार भएका भएकाले समयमा काम भएन र तिनबाट सकारात्मक परिणाम आएन । ‘यी योजनालाई स्थानीय बासिन्दाले आप्mनो ठानेका छैनन् । स्रोत कसरी जुटाउने भन्ने कुरा ख्याल नगरी आयोजना आयो । आयोजना सुरु भयो भनेर भाषण गर्दै हिंड्ने र जनता झुक्काउने परिपाटीले पनि यस्तो भएको हो’ उनले भने । प्रदेश सरकारकै मुख्य आयोजनाले नै गति लिन सकेका छैनन् । भौतिक पूर्वाधार निर्देशनालय लुम्बिनी अन्तर्गत भएका अधिकांश सडकलाई आवश्यक रकम दिइएको छैन, त्यसैले तिनका कामको गति धिमा छ ।

आफ्नै लोकमार्ग र प्रादेशिक सडक खोज्दै प्रदेश सरकार

लुम्बिनीमा नयाँ सरकार गठन भएपछि प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । प्रादेशिक सडक गुरुयोजना नबन्दा सडक निर्माण गर्न बजेट छरिने र त्यसले उपलब्धी दिन नसक्ने भएपछि प्रदेश सरकारले गुरुयोजना बनाएको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए । ‘गुरुयोजना बनिसकेपछि प्रदेशको आफ्नै लोकमार्ग र प्रदेशक सडकको क्षेत्र निर्धारण हुन्छ । बार्षिक योजनाअनुसार त्यसमा बजेट विनियोजन गर्ने र कार्यान्वयन गर्ने काम सहज रुपमा अघि बढ्छ’ उनले भने ।

प्रदेश गौरव सडकहरू अलपत्र

लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७६/०७७ मा शुरु गरेको मुख्य सडक आयोजना हो रामपुर–कपुरकोट सडक । यसलाई निरन्तर प्रदेश गौरवको आयोजनामा राखेर बजेट विनियोजन गरिँदै आएको छ । यसको पहिलो चरण २०७८/०७९ मा सम्पन्न हुने र दोस्रो चरण २०८५ सालमा सम्पन्न हुने गरी आयोजना समय निर्धारण गरेर शुरुवात गरिएपनि पहिलो चरणकै काम भएको छैन । प्रदेश सरकारले पहाडी जिल्लालाई केन्द्रित गरी गण्डकी प्रदेशको सिमानादेखि कर्णाली प्रदेशको सिमानासम्म प्रदेश लोकमार्ग निर्माण गर्ने गरी यो सडक निर्माणको काम थालिएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशको पहाडी ३ जिल्ला, पाल्पा, अर्घाखाँची र प्यूठानमा कार्यालय स्थापना गरी काम गर्दै आएको छ । अहिले पाल्पा, अर्घाखाँची, प्यूठान र रोल्पाको विभिन्न खण्डमा सडक निर्माण भइरहेको छ । पाल्पाको रामपुरदेखि कर्णाली प्रदेशको सिमाना सल्यानको कपुरकोटसम्म सडकको लम्वाई २ सय ९० किलोमिटर रहेको छ ।

तालिका नं. १, प्रदेश गौरव रामपुर आयोजना कपुरकोट (जिवराज आश्रित कृष्णसेन इच्छुक मार्ग) को निर्माण अवस्था
जिल्लासडक खण्डलम्बाईअवस्था
अर्घाखाँचीधारापानी–चुजाठाँटी सडक र बाँकी खण्ड२६ कि मीकालोपत्रे
अर्घाखाँचीपाणिनी गापा पहुँच मार्ग दुर्गाफाँट –तिनगिरे खण्ड११.५ किमीकालोपत्रे
पाल्पातानसेन–रिडी बाइपास सडक र पाल्पाका बाँकी खण्ड३.२ किमीकालोपत्रे
पाल्पाआर्यभञ्जाङ रामपुर खण्डको ताहुँ –हुमिन खण्ड५.५ किमीकालोपत्रेको कार्य हुदै
प्यूठानदाखाक्वाडी–बज्रिवाङ्ग–भिग्री सडक र बाँकी खण्ड६.३ किमीग्राभेल र कालोपत्रे कार्य हुदै
प्यूठाननिगालपानी–दहवन सडक खण्ड२.५ किमीग्राभेल कार्य हुदै
स्रोत : यातायात पूर्वाधार निर्देशनालय, बुटवल

आर्थिक बर्ष २०८१/०८२ का लागी पाल्पाको हार्थोक–छहरा खण्ड र रोल्पाको निगालपानी–दहवन खण्डमा ४ करोडको दरले बजेट विनियोजन भएको छ । रामपुर–कपुरकोट सडकको ट्रयाक सञ्चालनमा आइसकेको भएपनि बजेट अभावमा पाँच वर्षदेखि सडकको काममा ढिलाई भएको छ । सडक पूर्वाधार विकास कार्यालय पाल्पाका कार्यालय प्रमुख वासुदेव भण्डारीले साढे चार किलोमिटर सडक निर्माणका लागि २४ करोड २६ लाखमा दिव्यज्योति कन्स्ट्रक्सनसँग आगामी २०८२ साल असार १९ गतेभित्र काम सक्ने गरी सम्झौता भएको जनाएका छन् । कार्यालय प्रमुख भण्डारीका अनुसार गतवर्ष हार्थोक–छहरा र हुमिन ताहुँखण्डको काम गर्न भनेर आठ करोड बजेट आएको थियो तर हार्थोक–छहरा क्षेत्रमा भने काम हुन सकेन । टेन्डर भइसकेको काम सक्न पनि बजेट नभएको उनले बताए । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले गौरवको आयोजना अलमलमा परेपछि सडक जीर्ण बनेको बताए । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री तथा पाल्पाबाट निर्वाचित सांसद खेमबहादुर सारूले १० वर्षभित्र काम सक्ने गरी योजना बने पनि बजेट अभावका कारण अधिकांश भागमा काम हुनै बाँकी रहेको बताउँछन् । यातायात पूर्वाधार निर्देशनालयका प्रवक्ता इन्जिनियर अरुण गुप्ता भन्छन्, ‘बजेट बढाउँदा काम छिटै हुने हो तर बजेट कम छ ।’ उनका अनुसार पहिले जिल्लाका पूर्वाधार कार्यालयहरूले जिल्लागतरुपमा हेर्ने गरिएपनि अब निर्देशनालयबाटै हेर्नेगरी योजना बनेको छ । खुर्सानीडाँडा–डडेगाउँ–रानीबगिया खानी पहुँचमार्गलाई ३० लाख सहितका केही आयोजना थप गरिएको छ । प्रदेश स्तरका सडक आयोजनाहरूमा गतबर्ष भन्दा यसबर्ष बजेट कटौती गरिएको छ । गतबर्ष ८ वटा सडक आयोजनामा बजेट विनियोजन भएपनि खर्च हुन सकेन । गतबर्षको बजेट र खर्च यसबर्षको बजेट तल तालिकहरूमा उल्लेख गरिएको छ ।

तालिका नं. २ : प्रदेशस्तरका प्रमुख सडक एंव गौरवका आयोजनाहरू
क्र.सं.आयोजनाको नामजिल्लाआ.व. २०८०।०८१ बजेटखर्चआ.व. २०८१।०८२ बजेट
धागो कारखाना चरङ्गे झुम्सा सडकरुपन्देही१५०००१३५५११५०००
बेथरी गुरवनीया तुनिहवा मझगावाँ सेमरा खैराघाट सडकरुपन्देही४००००२६७५९४००००
कालिकापथ सडक स्तरोन्तीरुपन्देही१३५००१३३१५१००००
सुनवल तुरीया पार्सावल अमरौट बजरीया घिनाहा बकेना सडकनवलपरासी३५०००२९९९९२५०००
पोखरपाली रामग्राम न.पा. बन्जरिया धरमपुर बैरागनाथ ज्यामिरे सडकनवलपरासी५०००३९१५५०००
दाङको हापुरे गँगटे हुँदै कोहलपुर जोड्ने सडक    दाङ१०००९९२२००००
दुधरास भित्री सक्राम सडकदाङ५०००४१७७५०००
सिमलतारा मुलाबारी लापे हँदै बडडाँडा प्यूठान सडकदाङ५०००४८३९५०००
घोराही मसिना मर्देस पाखापानी उर्जा मन्दिर स्वर्गद्वारी सडकदाङ२५०००२३६७४३००००
१०झेलनेटादेखि फलिँदे हुँदै कोलदेखि घेनेखोला सडकदाङ३०००३०००
११दामोदरमार्ग कुइरेपानी सर्रा सडकदाङ८६४०८०९५७५००
१२मजगइ अवलडाँडा गुरौ सडकदाङ३०००९५६३०००
१३सन्धिखर्क–धारापानी–चुजाठाँटी सडक र बाँकी खण्डअर्घाखाँची५३००२४९७९५४००००
१४पटौटी दुर्गाफाँट कुखुरे देउराली खज्र्याङअर्घाखाँची५८६००५८५८४१००००
१५सन्धिखर्क गच्छे ढिकुरा धनचौर जुकेना जलुके लामाताल बडिदमार चैते रामपुर सडकअर्घाखाँची३००००२१०८०२५०००
१६राँझा–राजपुर (बाँके–बर्दिया) मध्यमार्गी लोकमार्गको राँझा चोक गुरुवागाँउ गिजरा ईगाउँ सडकबाँके८९१५८०९४१५०००
१७खजुरा बि गाउँ पिलाडी चनौवा हुँदै मेट्टा चोक कोहलपुरबाँके१३०२९१२९३३२००००
१८रामपुर कपुरकोट सडक  दाखाकाडी–बज्रिबाङ्ग–भिग्री सडक र बाँकी खण्डप्यूठान३५३००९८८५२००००
१९रामपुर कपुरकोट सडक  आर्यभञ्जयाङ रामपुर खण्डपाल्पा६००००५७४०४४००००
२०धागो कारखाना चरङ्गे झुम्सा सडकपाल्पा३५०००२७००७१००००
२१पटौटी दुर्गाफाँट कुखुरे देउराली खज्र्याङ रानीवास सिमिचौर तम्घास सडकगुल्मी६५०००४८८२१४००००
२२बुटवल तानसेन तम्घास सन्धिखर्क खलङ्गा विजुवा चकचके भिङ्ग्री शुलिचौर पोबाङ थवाङ रुकुमकोट प्रदेश पहाडी मार्गगुल्मी२९०००१६७२०१०००
२३राँझ–राजापुर (बाँके–बर्दिया) मध्यमार्गको दौलतपुरघाटदेखी सैजनाघाट पर्सेनीबजार सडक खण्डबर्दिया२००००१००२००००
२४रामपुर कपुरकोट सडक  हार्थोक–छहरा सडक खण्डनिर्देशनालय  ४००००
२५रामपुर कपुरकोट सडक निगालपानी–दहवन सडक खण्डनिर्देशनालय  ४००००
तालिका नं. ३ प्रदेशस्तरका पर्यटनस्थल पहुँच मार्गका आयोजनाहरू
क्र.सं.आयोजनाको नामजिल्लाआ.व. २०८०।०८१ बजेटखर्चआ.व. २०८१।०८२ बजेट
कञ्चन गा.पा. पहुँच मार्ग : हरैया बजारदेखि अस्रैया सरकारी बोरिङ्ग भैरवघाट मसिना कुट्टा गजेडीरुपन्देही१४०००१३८८४६०००
सरावल गापा पहुँच मार्ग : पथरैया मरामा तुल्सिनगर तिलकपुर खोखरपुरा पटनी भिमटाडी सरावल सडकनवलपरासी१५०००७५००
दंगिशरण गापा पहुँच मार्ग : पोटली हेकुलीदाङ७५००६४२७५०००
विजयनगर गापा पहुँच मार्ग : हल्लानगर त्रिपालनगर फरेनीचोक उज्वलपुर डालपुर विजयनगर सडककपिलबस्तु५००७५००
मालारानी गापा पहुँच मार्ग : च्यानडाँडा डिभर्ना खन खनदह डाँडाकटेरी सडकअर्घाखाँची१०५०००९८७१९५५०००
छत्रदेव गापा पहुँच मार्ग : डिभर्ना जर्रेखोला धारा पार्टी छत्रगञ्जअर्घाखाँची३९०६८१६५९०३५०००
भूमिकास्थान गापा पहुँच मार्ग : नरपानी खाँचीकोट ढिकुरा पोख्रेडाँडाअर्घाखाँची२००००१४८००४५०००
पाणिनी गापा पहुँच मार्ग : घुम्ती तिनगीरेअर्घाखाँची४००००२८१३०४५०००
डुडुवा गापा पहुँच मार्ग : कचनापुर कम्दी सडकबाँके१०६१०१०४८५१००००
१०लुङ्ग्री गापा पहुँच मार्ग : डोमाई किलाचौर सडकरोल्पा१३९००२०३९८०००
११त्रिवेणी गापा पहुँच मार्ग : त्रिवेणी–जुगार सडकरोल्पा१५०००१४१२५६०००
१२गंगादेव गापा पहुँच मार्ग : घर्तीगाउँ–पारिवाङ नाउली पातिहाल्न चौतारा सुक्खाओेडार सडकरोल्पा५२३४६०००
१३ऐरावती गापा पहुँच मार्ग : चेमेटा पुरानोठाँटीप्यूठान२३५००१६८८०१५०००
१४नौबहिनी गापा पहुँच मार्ग : बाग्दुला बाहानीप्यूठान१५०००१५०००
१५पूर्वखोला गापा पहुँच मार्ग : हुमिन रिङ्गनेरहपाल्पा४००००१८३९२५०००
१६माथागढी गापा पहुँच मार्ग : झडेवा देवगीर खण्डपाल्पा३०००२६४३३०००
१७मालिका गापा पहुँच मार्ग : शिलादी घमिर अर्खाबाङ्ग सडकगुल्मी८००००५३०७९२५०००
१८धुर्कोट गापा पहुँच मार्ग : सेउगा सिमहाघाट बर्बोटगुल्मी२००००२००००
१९मदाने गापा पहुँच मार्ग : सेउगा सिमहाघाट बर्बोट पुर्कोटदहगुल्मी५४३९०३५७१९३००००
२०पुथा उत्तरगंगा गापा पहुँच मार्ग तकसेरा कोला राङ्सी नाखा जामावगर सडकरुकुम पूर्व१००००५७४८६०००
तालिका नं. ४ प्रदेशस्तरका सिमाक्षेत्र सडक कार्यक्रमका आयोजनाहरू
क्र.सं.आयोजनाको नामजिल्लाआ.व. २०८०।०८१ बजेटखर्चआ.व. २०८१।०८२ बजेट
भगवानपुर भन्सारदेखि खैरेनी माथागढीबाट पाल्पा जोड्ने सडकरुपन्देही१००००६०००
देवदह भण्डारी टोलदेखि लक्ष्मीटोल सहदबनीयाँ जमुवानी सेमरहवा हुँदै वोदवार दशगजा सीमाना सडकरुपन्देही३५५२३५५१४०००
बासाबसहीदेखि पिपरहिया महेशपुर सडक स्तरोन्नत्तीनवलपरासी१५०००१४२४१००००
गोबरहिया–धनगढवा हुँदै भुजहवा सीमा सडक स्तरोन्नत्तीनवलपरासी३४००३३२६५०००
सीमानादेखि महलवारी रतनगञ्ज तैरेनी सेमरी नर्सही हुँदै प्रतापपुर गापा बद्रीघाट जोड्ने सडक कालोपत्रेनवलपरासी३१००२७६९५०००
राजापुर गापा १ मटेरीया कठवेरुवा गुरुङखोला हुँदै सिरिया नाकासम्मको सडकदाङ५०००२३९५४०००
जंग्रहवादेखि खङग्रा नाका जोड्ने सडक स्तरोन्नत्तीदाङ५०००४१६९४०००
गोठुवा सुनपथ्री सुनछहरी जोड्ने सडक स्तरोन्नत्तीदाङ३५००२९८२४०००
लखनचोक लवनी शुद्धोधन ५ शिवलवा चोकदेखी दोहनी फुलावापुर ताडानगर घिरौजोत भारतको सिमानासम्म सडककपिलबस्तु९३२०७१८९६०००
१०नेपालसीमा सतभरादेखी बढनी बुसहवा गंगौढा अल्गा नारायणडिहवा विसुनपुर अजिगरा सुखरामपुर हुँदै हुलाकी सडककपिलबस्तु४००००३०९१३१२५००
११शुद्धोधन गापाको झरुवा चोकदेखी बेठुवा हुँदै छोटीडिहवा नेपालको सिमानासम्म सडककपिलबस्तु१५०००१००००
१२चाकरचौडा दोहनी पचेहरा सडक स्तरोन्नत्तीकपिलबस्तु१००००६३९८६०००
१३महाराजगञ्जदेखी हर्दैना सीमासम्म सडक स्तरोन्नत्तीकपिलबस्तु४००००३०८२१२००००
१४पिप्रहवाबाट खजुरा गापाको जलपोखरी हुँदै शिवपुरी साईगाँउ सीमादेखी रामपुर वेलडाडा सडकबाँके१०८७५१०६६२१२५००
१५बेतहनी बजारबाट मन्जुरवावाको समाधी हुँदै छोटी भन्सार जोड्ने सडकबाँके७७५०७४०८६०००
१६साविक सितापुर गाविस भवनदेखी वीरपुर हुँदै भारतको सीमा जोड्ने सडकबाँके३७००३५६९५०००
१७राजापुर भन्सारदेखि पकरीयापुरको भारतीय सीमासम्म सीमा सडकबर्दिया२४०००६७७९२००००
१८शान्तिपुर चोकदेखी भिम्मापुर रामपुर शंकरपुर भारतको सीमासम्म सडकबर्दिया३५०००२२८५२१५०००
१९त्रिवेणी बजार जोगिपुर महादेउली इश्वरीगञ्ज हुँदै पकरियापुर भारतीय सीमा सडकबर्दिया८९००३६४४६०००
२०मैनापोखर चोकदेखी सारदा क्याम्पस हुँदै फुटाहा भन्सार सीमानासम्म सडक स्तरोन्नत्तीबर्दिया२६०००२४१७७२५००

Sharing is caring!