कोरोनाका कारण स्थानीय सरकारले दिए करमा छुट

प्रेमनारायण आचार्य, २०७७ साउन अर्घाखाँची

कोरोनाका कारण आर्थिक अबस्थामा मन्दी आएको समयमा यहाँका स्थानीय सरकारले करमा छुट गरेका छन् । भुमिकास्थान नगरपालिकाले कोरोनाका कारण व्यवसाय बन्द गर्नुपर्ने भएकाले ब्यवसाय करमा एक बर्ष अर्थात २०७६÷७७ को शतप्रतिशत मिनाहा गरेको छ ।

अर्घाखाँची २८ साउन । स्थानीय सरकार बनेपछि अर्घाखाँची जिल्लामै सबैभन्दा महंगो कर लिइरहेको भुमिकास्थान नगरपालिकाले गएको बर्षदेखि करको दर ह्वात्तै घटाएको छ । नगरपालिकाले कर घटाएपछि स्थानीयहरु खुशी भएका छन् । नगरपालिकाका स्थानीय जनताले जिल्लाका सबै पालिकामा भन्दा बढि भएको भनेर गुनासो गरेपछि नगर कार्यपालिकाको चौथोे नगर सभा बैठकले एक बर्षअघि औषतमा ६५ प्रतिशतसम्म कर घटाउने निर्णय गरेको हो ।

जन्म दर्ता र मृत्यु दर्ताको पाँच सय रुपैयाँ लिदै आएकोमा यसलाई घटाएर ८ रुपैयाँमा झारिएको छ । नेपालकै कानुनअनुसार ३५ दिनसम्म निशुल्क, ३५ दिनपछि जन्म दर्ता र मृत्यु दर्ताको लागि पाँच सय लिने गरिएकोमा ३५ देखि ७० दिनसम्म आएमा ८ रुपैयाँ र त्योभन्दा पछि आएमा ५० रुपैयाँ बनाइएको नगर उपप्रमुख खडानन्द वेल्वासेले बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राम राज्य नै होला भन्ने सोचेर जन आन्दोलनमा होमिएका स्थानीयहरु नगरपालिकाले धेरै कर लिएकोमा आक्रोशित बनेका थिए । तर, बढाएको कर घटाएपछि अहिले स्थानीयहरु मात्र हैन, राजनीतिक दलहरुले पनि कर घटाउने निर्णयको स्वागत गरेका छन् । नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले कर घटाउने निर्णयले जनतालाई प्रत्यक्ष फाइदा पुगेको बताएका छन् ।

जग्गाको करको पनि दर घटाएको छ । खरको छानो भएको घरको कर बार्षिक ५० रुपैयाँ लिने गरिएकोमा यसलाई अहिले शुन्यमा झारिएको छ । सम्पति कर अन्र्तगत कच्ची घरको एक सय, पक्की घरको दुई सय र फुस घरको ५० रुपैँयाँ कर भुमिकास्थानले उठाउने गरेको थियो । तर, अहिले पक्की घरको एक सय र कच्ची घरको पचास रुपैयाँ बनाइएको छ । सबैतिरबाट कर बढी भएको भन्दै घटाउनुपर्ने माग आएपछि कर घटाउने निर्णय गरिएको नगर प्रमुख रेशम थापाले बताए ।

सेवा शुल्क अन्र्तगत व्यवसाय कर अन्र्तगत कपडा, फेन्सी र किराना पसलको दुई हजार र एक हजार, औषधी पसलको एक हजार कर उठाउने गरेकोमा अहिले घटाएर सात सय रुपैयाँ बनाएको छ । स्थानीय तहको चुनाव सम्पन्न भएपछि सिंहदरवारको अधिकार घरघरमा भन्ने नारा आएपनि कर ह्वात्तै बढेपछि उनीहरु चिन्तित बनेका थिए । जिल्लामा रहेका ६ वटै स्थानीय सरकारले फरक–फरक कर लिने गरी नगर तथा गाउँसभाको बैठकबाट निर्णय गरी कार्यान्वयनमा लगेका छन् ।

नेपालकै कानुनमा लेखिएअनुसार ३५ दिनसम्म जन्म, मृत्यु, बसाइ सराइ, सम्बन्ध बिच्छेद र विवाह दर्ताको निशुल्क ब्यबस्था भएपनि त्यसपछि भने दस्तुर हवात्तै बढाएका छन् । विवाह दर्ताको लागि यहाँका स्थानीय तहले एक सयदेखि पाँच सयसम्म सेवा शुल्क लिने निर्णय कार्यन्वयन गरिरहेका छन् ।

एउटै जिल्लाका स्थानीय सरकार भएपनि एउटै सेवा, सिफारिसमा पनि फरक–फरक शुल्क लिने गरेका छन् । नागरिकता सिफारिस सन्धिखर्क नगरपालिकाले निशुल्क गराएको छ । छत्रदेव गाउँपालिकाले त्यही शुल्क एक सय पचास लिने गरेको छ । अझ एउटै सिफारिस पनि नेपाली भाषा र अंग्रेजी भाषाको दर फरक छ । नेपाली भाषामा लेखिने सिफारिसको दर थोरै छ भने अंग्रेजी भाषामा लेखिने सिफारिसको दर महंगो छ ।

भुमिकास्थान नगरपालिका–८ नुवाकोटका प्रज्वल पौडेल नाता प्रमाणित गर्न दुइ बर्षअघि अंग्रेजीमा बाहिरी पसलमा लेखाएर वडा कार्यलयमा गए । उनले एक हजार शुल्क तिरे त्यसको एक बर्षपछि उनकै भाई प्रज्ञान पौडेल नाता प्रमाणितका लागि वडा कार्यलय गए । वैदेशिक प्रयोजनका लागि नाता प्रमाणित अंग्रेजी भाषामा बनाउनुपर्ने थियो । वाहिर पसलमा कम्प्युटर टाइप गराई लगेको अंग्रेजी भाषाको नाता प्रमाणितको लागि पाँच सय शुल्क तिर्नुपर्यो । त्यही नाता प्रमाणित नेपालीमा बनाएको भए एक सय रुपैयामा हुने थियो । अंग्रेजी भाषामा सिफारिस बनाउँदा महंगो शुल्क लिने देसभरकै परिपाटी रहेको भुमिकास्थान नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष राजकुमार श्रष्ठले बताए ।

जिल्लाका सबै स्थानीय सरकारले अंग्रेजी भाषामा गरिने सिफरिस तथा प्रमाणितको पाँच सय देखि ६ सयसम्म लिने गरेका छन् । जन्म प्रमाणितको सबैभन्दा थोरै एक सय रुपैयाँ सन्धिखर्क नगरपालिका, भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकाको छ । धेरै शितगंगा नगरपालिकाको दुई सय रुपैयाँ छ । तर, अंग्रेजी भाषाको लागि पाँच सयदेखि ६ सयसम्म तिर्नुपर्छ । शितगंगा नगरपालिका, भुमिकास्थान नगरपालिका, पाणिनि गाउँपालिका, छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकामा अंग्रेजी भाषाको सिफारिस तथा प्रमाणितको पाँच सय र सन्धिखर्क नगरपालिकाले ६ सय रुपैयाँ लिने गरेका छन् ।

देशभरी नै स्थानीय सरकारले अंग्रेजी भाषाको सिफारिसको दस्तुर बढी लिने गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । नेपाली भाषाको सिफारिस खासगरी नेपालको लागि र अंग्रेजी भाषा वैदेशिक प्रयोजनका लागि प्रयोग गरिने भएकाले दस्तुर महंगो भएको बताए ।

क्र.स स्थानीय तहको नाम नाता प्रमाणित अविवाहित विवाहित प्रमाणित जन्म प्रमाणित नागरिकता सिफारिस गैर सरकारी संस्था सिफारिस पेन्सन सिफारिस
    नेपाली अंग्रेजी वैदेशिक प्रयोजन नेपाली अंग्रेजी वैदेशिक प्रयोजन नेपाली अंग्रेजी वैदेशिक प्रयोजन   दर्ता नविकरण स्वदेश भारत
सन्धिखर्क नगरपालिका १०० ६०० १०० ६०० १०० ६०० ६०० ६०० ५०० ५००
शितगंगा नगरपालिका २०० ५०० ३०० ३०० २०० २०० १०० ५०० ५०० ४०० ४००
भुमिकास्थान नगरपालिका १०० ५०० १०० ५०० १०० ५०० २५ ५०० ५०० २०० २००
पाणिनि गाउँपालिका ३०० ५०० ५०० ५०० २०० ५०० १०० ५०० ५०० ५०० ५००
छत्रदेव गाउँपालिका २०० ५०० १५० ५०० १५० ५०० १५० २०० १०० ३०० ३००
मालारानी गाउँपालिका ३०० ५०० १०० ५०० १०० ५०० १०० १०० १०० १०० १००

जिल्लाको शितगंगा नगरपालिकाले सम्पति कर अन्र्तगत खरको छानो भएको घरको पचास, टिनको छानो भएको घरको एक सय, पक्की घर एक तलेको दुई सय, सवारी साधन कर अन्र्तगत वार्षिक रुपमा मिनिबसको आठ सय, बस र ट्रकको एक हजार, ट्रयाक्टर र जिपको ८ सय, मोटरसाईकल स्कुटरको दुई सय रुपैयाँ कर लिने भएको छ । सिफारिस दस्तुर अन्र्तगत नागरिकताको एक सय, पेन्सन पट्टाको चार सय, भारत जान सिफारिस दुई सय, नाता प्रमाणित अंग्रेजीको लागि पाँच सय रुपैयाँ कर लिने गरेको छ ।

कवाडी वस्तु र जडिवुटी संकलनको पाँच हजार, जीवजन्तुको हाडछाला संकलनको दश हजार रुपैयाँ, जडीवुटी, कवाडी र जीवजन्तु कर अन्र्तगत उठाउने भएको छ । जन्म÷मृत्यू दर्ताको एक सय, विवाह दर्ताको विवाह दर्ताको दुई सय, सम्बन्ध विच्छेदको पाँच सय, बसाई सरी गएको एक हजार र आएको एक सय रुपैयाँ कर सेवा शुल्क अन्र्तगत लिएको छ । नगरपालिकामा मनोरञ्जन कर अन्र्तगत महोत्सव सञ्चालन गर्दा प्रतिदिन तीन हजार रुपैयाँका दरले नगरपालिकालाई कर तिर्नुपर्ने हुन्छ । कुखुरा, बाख्रा, बङगुर फर्म ठुलाको एक हजार, कपडा र फेन्सी पसलको एक हजार रुपैयाँ व्यवसाय कर अन्र्तगत लिने भएको छ ।

पाणिनी गाउँपालिकाले सम्पत्ती कर अन्र्तगत कच्ची घरको प्रतिवर्ष २५ रुपैयाँ, टिनले छाएको घरको दुर्गा फाँट क्षेत्रमा एक सय पचास र अन्य ठाउँमा ७५ रुपैयाँ कर लिने भएको छ । व्यवसाय कर अन्र्तगत मदिरा, सुन चाँदी, हार्डवेयर, कपडा, औषधी, किराना पसलको प्रतिवर्ष पाँच सय, दैनिक उपभोग्य थोक विक्रेता पसलको एक हजार रुपैँयाँ, जडीवुटी कवाडी जीवजन्तु कर अन्र्तगत उन प्रति केजी पाँच रुपैयाँ, खोटो प्रतिकेजी एक रुपैँयाँ, सुन काउली प्रतिकेजी एक रुपैयाँ कर लिने गरेको अध्यक्ष अच्युत गौतमले बताए ।

मालारानी गाउँपालिकाले सेवा शुल्क अन्र्तगत जन्मदर्ता÷मृत्यूदर्ताको एक सय, विवाह दर्ताको दुई सय, बसाइँसराई गरी जानेलाई एक हजार र आउँनेलाई तीन सय, सम्बन्ध बिच्छेदको पाँच सय, अंग्रेजीमा नाता कायम पाँच सय, नाम थर संशोधन सिफारिस एक सय, घर निर्माण सम्पन्न प्रमाणपत्र पक्की पाँच सय, विवाह दर्ता सिफारिस विदेशीसँग तीन हजार रुपैयाँ लिने गरिएको छ । घर कर अन्र्तगत फुस घरको तीस, टिनको पचास, पक्की घर प्रति तला एक सय रुपैयाँ लिने भएको छ ।

छत्रदेव गाउँपालिकाले एकीकृत सम्पत्ती कर लागु गरेको छ । सम्पत्ती कर अन्र्तगत छत्रदेवले २ लाखसम्मको सम्पत्ती भए एक सय, २ लाखदेखी १० लाखसम्म प्रतिलाख २० रुपैयाँ, १० लाखदेखी २५ लाखसम्म प्रतिलाख २५ रुपैयाँ, २५ लाखदेखी ५० लाखसम्म प्रतिलाख ३० रुपैयाँ, ५० लाखदेखी १ करोडसम्म प्रतिलाख ३५ रुपैँया कर छत्रदेव गाउँपालिकाले तय गरेको छ । कृषि र पशुपालनसम्बन्धी उत्पादनमा छत्रदेवले निकासी कर नलगाउने भएको छ । छत्रदेवले सेवा शुल्क अन्र्तगत जन्मदर्ता र मृत्युदर्ताको पचास रुपैयाँ शुल्क लिने गरेको अध्यक्ष लेखनाथ पोख्रेलले बताए ।

सन्धिखर्क नगरपालिकाले पनि सम्पत्ती कर लागु गर्ने तयारीमा छ । सन्धिखर्कमा ५ लाखसम्मको सम्पत्तीमा ५० रुपैयाँ, ५ लाखदेखी ५० लाखसम्म प्रतिलाख १० रुपैयाँ, ५१ लाखदेखी १ करोडसम्म प्रतिलाख २० रुपैयाँ, १ करोडदेखी ३ करोडसम्म प्रतिलाख ३० रुपैयाँ, ३ करोडदेखी ५ करोडसम्म प्रतिलाख ३५ रुपैयाँ र ५ करोडभन्दा माथि प्रतिलाख ५० रुपैँया कर उठाउने निर्णय गरेको छ । सन्धिखर्क नगरपालिकाले सेवाशुल्क अन्र्तगत जन्म दर्ता, बसाई सराई, विवाह दर्ता, सम्बन्ध विच्छेद र मृत्यु दर्ताको एक सय, अङ्गिकृत नागरिकता वैबाहिक सिफारिस १८ सय, संघ संस्था नवीकरण पाँच सय, क्लब खोल्न इजाजत सिफारिस पाँच सय लिने भएको छ ।

कोरोनाका कारण आर्थिक अबस्थामा मन्दी आएको समयमा यहाँका स्थानीय सरकारले करमा छुट गरेका छन् । भुमिकास्थान नगरपालिकाले कोरोनाका कारण व्यवसाय बन्द गर्नुपर्ने भएकाले ब्यवसाय करमा एक बर्ष अर्थात २०७६÷७७ को शतप्रतिशत मिनाहा गरेको नगरपालिकाका नगर प्रमुख रेशम थापाले बताए । सबै ब्यवसायीहरुको व्यवसाय कोरोनाले चौपट पारेको निष्कर्ष निकाल्दै किराना, साना होटल तथा रेष्टुरेण्ट, कपडा पसल लगायतका सबै व्यवसाय कर मिनाहा गरेको नगरपालिकाका उपप्रमुख खडानन्द वेलवासेले बताए ।

सन्धिखर्क नगरपालिकाले व्यवसाय कर, उद्योग व्यवसाय करमा १० प्रतिशत छुट दिएको सन्धिखर्क नगरपालिकाका राजस्व शाखा प्रमुख मुक्ति खनालले बताए । विदेशबाट फर्किएर सन्धिखर्क नगरपालिकाभित्रमा कुनै उद्योग दर्ता गर्न चाहेमा त्यस्तो व्यक्तिलाई ५० प्रतिशत छुट दिने निर्णय भएको छ ।

कोरोनाका कारण सुपा देउराली मन्दिर बन्द भएपछि उक्त स्थानमा रहेका टंकीहरुलाई लकडाउन अबधीको भाडा मिनाहा गरेको छ । सटरहरुको अबस्था हेरी ५० प्रतिशत भाडा छुट गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । शान्ति बगैचाका सटरलाई पनि सटरको प्रकृतिअनुसार लकडाउन अवधिको भाडामा ५० प्रतिशत छुट दिएको छ । यहाँका सटरले १० देखि ३० हजारसम्म मासिक भाडा तिर्दै आएका थिए ।

पाणिनि गाउँपालिकाले मालपोत कर बुझाउने समय तीन महिना थप गरेको छ । कोरोनाका कारण स्थानीयमा आर्थिक समस्या हुने देखिएकाले आर्थिक बर्ष २०७६÷७७ को मालपोत कर असार मसान्तसम्म तिर्नुपर्ने भएपनि तीन महिना अर्थात् असोज मसान्तसम्म बिलम्ब शुल्क नलिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले बताए । व्यवसाय, उद्योगधन्दा धेरै नभएकाले मालपोत कर तीन महिनापछि बुझाए पनि विलम्ब शुल्क नलिने निर्णय भएको उनको भनाई छ ।

शितगंगा नगरपालिकामा त्यस्तो शुल्क तथा करमा छुट दिने निर्णय नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले बताए । पाणिनि गाउँपालिकामा कर तथा शुल्कमा मिनाहा गर्ने कुनै निर्णय नभएको प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले बताए ।

Sharing is caring!