अर्घाखाँचीमा अरु पेशाभन्दा कृषि र पशुपालनबाट मानिसहरुलाइ समृद्ध बनाउन सजिलो हुने निष्कर्ष निकाल्दै स्थानीय सरकारले कृषि र पशुपालनमा नँया नँया योजना ल्याएका छन् ।
कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र उपकरणमुखी बनाउन कृषकहरुलाई विउविजन सहयोग गर्ने देखि लिएर उत्पादन भएको तरकारी बजार पुराउने सम्मका योजना अघि सारेर बजेट विनियोजन गरेका छन् ।
सन्धिखर्क नगरपालिकाले यस बर्ष कृषि र पशुपालनकालागि ७ करोड ८७ लाख रुपैया बजेट विनियोजन गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए । नँया हाट बजार निर्माणकालागि समेत २ करोड रकम बजेट विनियोजन गरेको छ ।
गएको २ बर्षमा कृषि पेशालाई यान्त्रिकरण गर्न र किसानले नयाँ प्रबिधि अपनाउन भनेर उनीहरुलाई ३० वटा मिनी टिलर अर्थात हाते ट्याक्टर बितरण गरेको सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए । २ सय ५० थान टनेल, थोपा सिंचाइ एक सय सेट, २ सय माहुरीका घार बितरण गरेको छ । ५२ क्वीन्टल मकैको बिउ र २६ क्वीन्टल गँहुको बिउँ, मौषमी तथा बेमौषमी तरकारीको बिउ २ हजार प्याकेट र च्याउको बिउँ छ सय प्याकेट ५०प्रतिशत अनुदानमा बितरण गरेको कृषि शाखा प्रमुख भट्टराइले बताएबताए । गत बर्ष कषि र पशुपालनमा १ करोड २० लाख रुपैया बजेट बिनियोजन भएको थियो ।
गएको २ बर्षमा सन्धिखर्क नगरपालिकाले नश्ल सुधारकालागि ३६ वटा बोयर बोका, ६ वटा उन्नत जातका रागा बितरण गरेको नगरपालिकाका पशुशाखा प्रमुख प्रकाश न्यौपानेले बताए । उन्नत जातका घासका बिउँ मलासेस, ब्रसीम, जै, घास लगायतका घास ९ क्वीन्टल बितरण गरेको छ । ४४ वटा गाई भैसीको गोठ सुधार , २ वटा कुखुराको खोर सुधार र ६ वटा बाख्राको खोर सुधारका कार्यक्रम सञ्चालन गरेको थियो ।
शितगंगा नगरपालिकाले यस बर्ष कृषि र पशुपालनका लागि ३ करोड रकम बजेट विनियोजन गरेको छ । कृषकहरुको मागमा आधारित कार्यक्रम सञ्चालन गर्न तथा उत्पादनमा आधारित अनुदान रकम बितरण गर्न बजेट बिनियोजन गरेको नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताए । प्रत्येक वडामा कृषि र पशुपालनकालागि भनेर एक लाख ५० हजारका दरले १४ वडामा बजेट पठाइएको छ । नगरपालिकाको कुल बजेट ३ करोड रहेको नगर प्रमुख अधिकारीले बताए ।
नगरपालिकाले लोक्कल कुखुराको मासु,कागती कफी र केरामा पनि बिक्रीको आधारमा अनुदान दिने निर्णय भएको छ । गत बर्ष शितगंगा नगर पालिकाले उत्पादनमा आधारित अनुदान रकम मात्र ७५ लाख बितरण गरेको छ । गत बर्ष कृषिमा यान्त्रिकरण गर्नकालागि नगरपालिकाले ५० वटा मिनी टिलर पनि कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बितरण गरेको नगर उपप्रमुख टिका रेस्मीले बताए । माहुरीका घार पनि ५० प्रतिशत अनुदानमा बितरण गरिरहेको नगरपालिकाले जनाएको छ ।
भुमिकास्थान नगरपालिकाले कषिमा ४५ लाख र पशुपालनका लागि समान ४५ लाख रुपैया विनियोजन गरेको छ । संघ र प्रदेसबाट आएका समेत गरी कृषि र पशुपालनमा झण्डै ३ करोड रकमको बजेट रहेको भुमिकास्थान नगरपाकिलाका नगर प्रमुख रेशम थापाले बताए । नगरपालिकाले गत बर्ष कृषक तथा कृषक समुहको मागका आधारमा १५ हजार कागतीक ाबिरुवा , ९० वटा टनेल, १ सय ७३ वटा माहुरीका घार र मकै छोड्याउने मेसिन ८ वटा पनि बितरण गरेको नगरपालिकाका कृषि शाखा प्रमुख रामबहादुर थापाले बताए ।
पशुपालनलाई ब्यबस्थित गर्न १५ वटा भकारो सुधार र सिंचाइको लागि ७ वटा सिमेन्ट पोखरी समेत कृषकहरुको घर गाउँमा निर्माण गरेको छ । कोरोनाले गर्दा विदेशमा रोजगारी गुमाएर फर्किएका युवाहरुलाई कृषि पेशामा आबद्ध गराउने खालका कार्यक्रमहरु यस बर्ष सञ्चालन गर्न प्रयाप्त बजेट छुट्याएको नगरपालिकाका नगर उपप्रमुख खडानन्द बेल्बासेले बताए ।
मालारानी गाउँपालिकाले कृषि र पशुपालन गर्न चाहने युवाहरुलाई बिना धितो स्वरोजगार ऋण प्रदान गर्ने भएको छ ।स्वरोजगार कोष खडा गरी कृषि र पशुपालन ब्यबसायमा लाग्ने युवाहरुलाई २ लाख देखि १० लाख समम ऋण प्रदान गर्ने कार्यक्रम सञ्चालन भएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए । उनले यो बर्ष कृषि बिकास बैंकबाट गाउँपालिकामा रहेका युवाहरुलाई ६ करोड रकम प्रदान गर्ने कार्यक्रम समेत सञ्चालन गर्न थालिएको बताए ।
पालिकाले गत बर्ष ८१ जना कृषक हरेकहरुलाई ४ वटाका दरले बोयर जातका बाख्रा प्रदान गरेको थियो । कृषि पेशालाई आधुनिक बनाउन र यान्त्रिकरण गर्न कृषकको मागका आधारमा ३० वटा मिनी टिलर अर्थात हाते ट्याक्टर समेत गत बर्ष ८० प्रतिशत अनुदानमा बितरण गरेको छ । मकैको बिउ, कागती, सुन्तला, तथा चियापत्तीका बिरुवा कृषकहरुलाई बितरण गरेको गाउँपालिकाका कार्यक्रम अधिकृत नेत्र प्रसाद खनालले बताए । यस बर्ष पनि बिगत बर्षका कार्यक्रम सञ्चालन हुने र कृषि र पशुपालनमा नमुना पालिका बनाउने खालका कार्यक्रमहरु सञ्चालन गर्ने उनले बताए ।
छत्रदेव गाउँपालिकाले कृषि र पशुपालनबाट मात्रै आर्थिक बृद्धि हुने निश्कर्ष निकालेर युवाहरुलाई स्वरोजगार बनाउने खालका कार्यक्रम सञ्चालन गर्दै छ । यसका लागि यस बर्ष झण्डै २ करोड रुपैया विनियोजन गरेको छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए । परम्परागत निर्बाहमुखी कृषि पेशालाई आधुनिकीकरण र ब्यबसायीकरण गर्न र लागि परेको उनले बताए ।
ब्यबसायीक कृषि तथा पशुपालन फर्म मार्फत कार्यक्रम सञ्चालन गर्नेमा गाँउपालिकाले जोड दिएकोछ । कोरोनाले गर्दा रोजगारी गुमाएर फर्किएर घर फर्किएका युवालाई उत्पादनमुखी कृषि पेशाका लागि रिन दिन बैंकहरु संग पनि समन्वय गरेर अगाडी बढ्दै छ ।
हलोका सट्टामा मिनी टिलर, परमपरागत कुटा तथा कोदालोका सट्टामा नँया सामाग्रीको प्रयोग गरी कम समय र कम लागतमा उत्पादन बढाउन कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यष पोख्रेलले बताए । माटो सुहाउदो तरकारी तथा अन्न खेतीका लागि माटो परिक्षणशाला गाउँपालिकाले सञ्चालन गरेको छ । एक घर एक करेसाबारीको अभियान घरघरमा पुराएको छ ।
बोयर जातको बाख्रापालन प्रवद्र्धन गर्न गत बर्ष अष्ट्रेलियबाट शत प्रतिशत जातका बोयर खरिद गर्न टेण्डर आब्हान गरेपनि कोरोनाले गर्दा प्लेन नचलेकाले सो काम हुन सकेको थिएन । यस बर्ष उक्त कामका लागि एक करोड रुपैया बिनियोजन गरेको छ ।
पाणिनि गाउँपालिका दुध, अण्डा र मासुमा आत्मनिर्भर भइसकेको छ । यी बस्तु निर्यात गर्न सक्ने अबस्थामा पुगेको छ । केही समय पहिला अण्डा र मासु अन्तबाट ल्याउनु पथ्र्याेृ । यस वर्ष कृषि र शपुपालनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न र युवाहरुलाई कृषिमा लगाउन झण्डै ३ करोड रुपैया रकम विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए । यस वर्ष सो गाउँपालिकाले दुधमा प्रति लिटर पाँच रुपैया अनुदान दिने भएको छ । प्रति लिटर २ रुपैया ५५ पैसाका दरले अनुदान दिएको थियो ।
गाउँपालीकामा १० वटा डेरी र ५ वटा पोल्ट्री फर्मवाट सञ्चालित छन् । यी डेरीले गत आर्थिक वर्षमा ८ लाख ६० हजार १सय ३९ लिटर दुध संकलन भरेको र पोल्ट्रि फर्मले दिनैपिच्छे २२ हजार अन्डा उत्पादन गरेको कृषि प्राविधिक दधिराम अधिकारीले वताए ।
स्थानिय तहमा वोयर वाख्रा र टिस्यु कल्चर विधिवाट आलुको विउ उत्पादनको केन्द्रका रुपमा विकास गर्ने गरी योजना अगाडी वढाएको पशु प्रविधिक कृष्ण घिमिरेले वताए ।
गत बर्ष सो पालिकाले २६ वटा हाते ट्याक्टर कृषकहरुलाई प्रदान गरेको थियो । ४ सय प्लाष्टीक टनेल ५० प्रतिशत अनुदानमा बितरण गरेको थियो। यस बर्ष पनि हाते ट्याक्टर तथा घास काट्ने मेसिन लगायतका सामाग्री प्रदान गरिने भएको छ ।
कृषी शाखा प्रमुख मेघराज पौडेलका अनुसार गाउँपालिकाले आर्थिक बर्ष २०७५।०७६ मा अस्ट्रेलियावाट २५ वटा शतप्रतिशत वोयर वाख्रा ल्याएको थियो । आप्mनो गाउँपालिकालाई बोयर बाख्रापालनको केन्द्र बनाउन लगोको गाउँपालिका अध्यक्ष अच्युत गतौतमले बताए । अहिले यहाँ २३ वटा बोयर पाठापाठी हुर्केका छन् । पच्चिस किलो सम्मको तौल भएका पाठीको मूल्य रु १ लाख २० हजार र पाठाको मूल्य १ लाख ५० हजार तथा २५ केजी भन्दा वढी तौल भएमा प्रति केजि थप ३ हजारका दरले विक्री वितरण गर्ने गरी मूल्य कायम गरिएको छ । उत्पादन भएका वाख्रा हाललाई पालिका भन्दा वाहिर वेच्न नपाउने व्यवस्था समेत गरिएको छ ।
अड्गुरी मैदान र पोखराथोक गरी ३ वटा स्थानमा स्रोत केन्द्र स्थापना गरीएको छ । वाख्राको विमा, दाना औषधी उपचार र खोर निर्माण खर्च समेत सुरुका वर्ष पालिकाले दिदै आएको छ ।
गाउँपालिकाले आलु विउ उत्पादनको कार्यक्रम पनि सञ्चालन गरेको छ । टिस्यु कल्चर विधिवाट उत्पादन गरिएका ५ हजार ७ सय दाना गाउँपालिका ल्याई गत वर्षवाट आलु विउ उत्पादन गरिएको थियो । गत वर्ष वितरित १० किलो विउवाट यस वर्ष १६ क्विन्टल आलु उत्पादन भएको कृषी शाखाले जनाएको छ । वितरण गरिएको प्रति दाना आलुवाट न्यन्तम १ केजी आलु फलेको कृर्षी शाखाले वताएको छ । यस विधिवाट उत्पादन भएको आलुको विउको मूल्य प्रति केजी रु २ सय रहेको छ । उनका अनुसार यसरी उत्पादन भएको आलुको विउमा रोग र भाईरस लाग्दैन ।