प्रदेश सरकारले निजीसहितका १९ अस्पतालमा आइसोलेसन बेड तयार गरेको छ । निजी अस्पतालले बिरामी राख्न आनाकानी गरेपछि अनुगमन थालिएको छ । प्रदेशमा हालसम्म कोरोनामा शंकास्पद ५३ जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको छ ।
पश्चिम नेपाल बस व्यवसायी संघका पुर्व अध्यक्ष कृष्ण न्यौपाने रुघा, खोकी र सामान्य ज्वरो आएपछि यही चैत २ गते बुटवलकै फिजिसियन क्लिनिकमा उपचार गर्न गए । चेक जाँचपछि उनलाई निमोनिया भएको थाहा भयो । चिकित्सकले सघन उपचार कक्षमा राखेर उपचार गराउन सल्लाह दिएपछि उनी लुम्बिनी प्रादेशिक अस्पताल पुगे । तर, आईसीयुको बेड खाली नभएको भन्दै अस्पतालले बुटवलकै गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा रिफर गरिदियो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले अस्पतालले भर्ना नलिएपछि उनी भैरहवा मेडिकल कलेजमा जान बाध्य भए । बिरामी अहिले सामान्य अवस्थामा फर्किसकेका छन् । अस्पताल प्रशासनले कोरोनाको आशंका गरेकाले भर्ना नलिएको स्वीकार गरेको छ । मुटु रोगीजस्ता जटिल खाले बिरामी अस्पतालमा आउने हुँदा शंकास्पद बिरामीलाई भर्ना नलिएको चिकित्सक ऋकेश सापकोटाको भनाइ छ ।
त्यस्तै नवलपरासी रामग्रामका २४ वर्षिय दिनेश चौधरी उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि चैत ३ गते पृथ्वीचन्द्र अस्पताल परासीमा पुगे । एक्सरे गरेर हेर्दा ती बिरामीको छातीमा दुवैतिर निमोनिया देखियो । “कोरोना भाइरसको लक्षण देखिएकाले रिफर ग¥यौं”, अस्पतालका फोकल पर्सन पवन अग्रहरीले भने । त्यसपछि बिरामीलाई लिएर आफन्त राति १० बजेतिर लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल आए । तर, आइसोलेसन बेडमा राखेर स्वाब परीक्षण गर्नुको साटो उनलाई त्यहाँबाट चितवन रिफर गरियो ।
परिवारले बिरामीलाई चैत ५ गते बिहान २ बजेतिर चितवनको पुरानो मेडिकल कलेजमा पु¥याए । अस्पतालले कोरोना भाइरसको आशंका गर्दै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लैजान आग्रह ग¥यो । आफन्तले उनलाई काठमाडौं त लगे तर टेकुको साटो कलंकीस्थित नेपाल नेशनल अस्पतालमा पु¥याए । त्यहाँबाट पनि टेकु अस्पताल लैजान सुझाव आयो । तर, बिरामीलाई लिएर आफन्तजन सीतापाइलाको अर्को निजी अस्पतालमा पुगे, त्यहाँ पनि अस्पतालले भर्ना लिएन ।
अस्पतालको गोलचक्कर काट्दा आजित भएका आफन्त अन्ततः रुपन्देही फर्किए । बिरामीलाई मणिग्रामस्थित क्रिमसन अस्पतालमा लगियो । क्रिमसनले भर्ना नलिएपछि फेरि प्रादेशिक अस्पताल पु¥याइयो । त्यहाँ बेड छैन भनेर भर्ना लिइएन । त्यसपछि बिरामीलाई देवदह मेडिकल कलेजमा पु¥याइयो ।
देवदहले पनि भर्ना नगरेपछि आफन्तले सुरुमा लगेको पृथ्वी चन्द्र अस्पताल परासीमै पु¥याए । परासीमा आइलोसन वार्ड भएपनि आईसीयू र पीपीई लगायतका सुरक्षा किट नभएकाले बिरामी अलपत्र परेको कुरा स्थानीय जनप्रतिनिधि हुँदै मुख्यमन्त्री शंकर पोखरेलसम्म पुग्यो । त्यसपछि मात्र चैत ६ गते साँझ प्रादेशिक अस्पताल बुटवलमा भर्ना लिइयो । चौधरीको रिपोर्ट कोरोना नेगेटिभ आयो र अहिले अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
“सहरकै अस्पतालमा त उपचार गर्न चिकित्सक डराउँछन्, गाउँको अवस्था झन् कस्तो होला ?,” उपचारपछि घरमै बसिरहेका चौधरी भन्छन् । यी दुई घटना कोरोना आशंकित बिरामीले झेलेका तीता उदाहरण हुन् ।
प्रदेश ५ सरकारले कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गरिरहेको दावी गर्दै आएको छ । बुटवलमा विशेष अस्थायी अस्पताल निर्माण लगत्तै प्रदेशका प्रमुख स्थानमा ल्यावसहितको अस्पताल, आइसोलेसन, क्वारेन्टाइन लगायतका संरचना बनिरहेका छन् । अहिलेसम्म प्रदेशमा चारवटा विशेष अस्पताल सञ्चालनमा आइसकेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवलको धागो कारखाना, भैरहवाको भीम अस्पताल, केन्द्रीय आर्युवेद विद्यापिठ बेलझुण्डी दाङ र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई आइसोलेसन अस्पतालको रुपमा तयार गरिएको छ ।
पछिल्लोपटक दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्यावसहितको कोरोना विशेष अस्पताल बन्ने भएको छ । त्यस्तै भैरहवामा ल्यावसहितकै कोरोना परीक्षण अस्पताल बन्ने टुंगो लागेको छ । नोभल कोरोना भाइरस नियन्त्रण, प्रतिकार्य र रोकथामका लागि आइसोलेसन अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन गर्न मन्त्रीहरु संयोजक रहेको व्यवस्थापन समिति गठन गरी काम अगाडि बढाइएको छ ।
प्रदेश ५ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा १३ वटा सरकारी अस्पताल छन् । तिनमा १ हजार २ सय दरबन्दी छ । हाल कार्यरत स्वास्थ्यकर्मी भने जम्मा ६ सय छन् । कोरोना हो÷होइन भनेर परीक्षणका लागि नमुना लिन सक्ने जनशक्ति भने जम्मा १६ जना मात्र रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गत अस्पताल विकास महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिए ।
प्रदेश सरकारले निजीसहितका १९ अस्पतालमा आइसोलेसन बेड तयार गरेको छ । निजी अस्पतालले बिरामी राख्न आनाकानी गरेपछि अनुगमन थालिएको छ । प्रदेशमा हालसम्म कोरोनामा शंकास्पद ५३ जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको छ । उनीहरू तेस्रो मुलुकका नागरिकको सम्पर्कमा रहेका तथा भारतबाट मजदुरी गरेर फर्केका हुन् । उनीहरूमध्ये २५ जनामा नेगेटिभ भेटिएको छ । अन्यको रिपोर्ट आउन बाँकी छ । आइसोलेसनमा उपचाररत एकजनाको आइतबार मृत्यु भएको छ ।
आइसोलेसन बेड खाली रहेको अवस्थामा बिरामीलाई त्यत्तिकै नफर्काइने लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले बताए । “आइसोलेसन खाली नभए रिफर गर्नुको विकल्प हुँदैन, तर खाली भएसम्म बिरामीलाई पठाउँदैनौं”, उनले भने ।
कोभिड–१९ को संक्रमण रोकथामका लागि प्रदेश ५ मा एक सय ९० ठाउँमा क्वारेन्टाइन बनाइएको छ । प्रदेशका १२ वटै जिल्ला र सबैजसो स्थानीय तहमा दुई हजार चार सय ९७ बेड तयार छन् । सबैभन्दा धेरै क्वारेन्टाइन बेड रुपन्देहीमा छन् । रुपन्देहीमा १६ वटै स्थानीय तहमा तीन सय ५४ वटा क्वारेन्टाइन बेड तयार गरिएको छ । अधिकांश क्वारेन्टाइन स्थल विद्यालय भवनमा बनाइएको छ ।
नवलपरासी पश्चिममा १४ स्थानमा २ सय ४ वेड छन् । पाल्पामा २३ स्थानमा क्वारेन्टाइन र २ सय ९३ बेड छन् । गुल्मीमा २६ स्थानमा २ सय ९० बेड, अर्घाखाँचीमा ३४ स्थानमा ३ सय २७ वेड, प्युठानमा १६ स्थानमा एक सय ४५ वेड तयार अस्पताल विकास महाशाखा प्रमुख डा. चौधरीले जानकारी दिए ।
कपिलवस्तुमा १६ स्थानमा क्वारेन्टाइन र एक सय ६६ वेड, बर्दियामा १९ स्थानमा २ सय २१ वेड, बाँकेमा ८ स्थानमा एक सय ५५ वेड, दाङमा १६ स्थानमा एक सय ६६ वेड, रोल्पामा एक स्थानमा ५ बेड र रुकुम पूर्वमा २ स्थानमा ४१ वेड रहेको चौधरीले बताए । यी क्वारेन्टाइनमा भारतसहित तेस्रो मुलुकबाट हालै नेपाल आएका नेपाली नागरिक वा अन्य मुलुकका शंकास्पद व्यक्तिलाई राख्ने गरिएको छ ।
प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले अहिले ५३० जनालाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए । “क्वारेन्टाइनमा राखिएका सबै विदेशबाट र भारतबाट आएकाहरु छन्”, उनले भने । प्रदेश ५ अन्तर्गत ४० वटा नाका भारतीय सीमासँग जोडिएको छ । यो प्रदेशमा करिव चार किलोमिटर खुला सीमाना छ । लकडाउन हुनुअघिसम्म भारतीय नाकाबाट हजारौं नागरिक नेपाल भित्रिएका थिए जसको तथ्यांक प्रदेश सरकारसँग छैन ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर खरेलले स्थानीय सरकारहरुले विदेशबाट आउनेहरुको तथ्यांक संकलनको काम गरिरहेकाले केही दिनभित्रै यथार्थ तथ्यांक आउने बताए । “लकडाउन हुनु अघिसम्म करिव डेढ लाख नागरिक भित्रिएको अनुमान छ तर यकिन तथ्यांक संकलनमा स्थानीय सरकारहरु लागिरहेका छन्, केही दिनभित्रै प्रदेश सरकारसँग समग्र प्रदेशमा बाहिरबाट आएकाहरुको तथ्यांक आउँछ”, उनले भने । स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) ९० थान थपिएको छ । प्रदेशमा ५० वटा मात्रै रहेकामा संघीय सरकारले थप पीपीई उपलब्ध गराएको हो । प्रदेश सरकारले कोभिड–१९ नियन्त्रण तथा उपचार कोष खडा गरेको छ । उक्त कोषमा प्रदेश सरकारको तर्फबाट रू १० करोड जम्मा गरिएको छ भने विभिन्न संघसंस्थाबाट कोषमा सहयोग गर्ने क्रम जारी छ ।
बिरामी बोकिरहेका एम्बुलेन्स चालकहरुका लागि पनि कुनै पनि सुरक्षा सामग्री दिइएको छैन । नेपाल रेडक्रस सोसाईटी भैरहवाको एम्बुलेन्स चलाइरहेका डिबि गुरुङ भन्छन्–“सरकारले मास्क र सेनेटाइजर मात्रै दिएको छ, पिपिइ लगायत सुरक्षा सामग्रीबिनै बिरामी बोकिरहेका छौं । सामाजिक विकासमन्त्री बरालले एम्बुलेन्स चालकहरुका लागि सुरक्षा सामग्री उपलव्ध गराउने तयारी भइरहेको जानकारी दिनुभयो ।