रोल्पाका स्थानीय तह : शैक्षिक बिकासमा चासो

महेश न्यौपाने, २०७७, असोज, रोल्पा

रोल्पाको त्रिवेणी गाउँपालिकाले पाँच वर्ष भित्र गाउँपालिकाबाट वालश्रम अन्त्य गर्ने योजना बनायो । त्यसको तीन वर्ष भित्र गाउँपालिकाले २०५ जना वालवालिकालाई श्रम गर्नबाट मुक्त गरेको छ । तीमध्ये १७३ जना विद्यालय भर्ना भएका छन । गाउँपालिका अध्यक्ष शान्तकुमार वलीका अनुसार बाँकी बालबालिकालाई पनि श्रममुक्त गर्ने गरी काम भइरहेको छ ।

गाउँपालिकाले शिक्षा र वालवालिका संवन्धी विभिन्न ५ वटा कानुनहरु समेत तर्जुमा गरेको छ ।

सवै माध्यमिक विद्यालयमा नर्सको व्यवस्था गर्ने जिल्लाको पहिलो गाउपालिका भएको छ त्रिवेणी गाउँपालिकामा नर्स राख्दा लागेको खर्चमध्ये ९० प्रतिशत संघीय सरकारले र १० प्रतिशत गाउँपालिकाले वजेटवाट गरिने भएको छ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमवहादुर केसीले भने ।

नर्सहरुले आफु खटिएको विद्यालयमा नियमित स्वास्थ्य जाँच गर्नूका साथै स्वास्थ्यसम्बन्धी तथा सचेतना पैmलाउने काम पनि गर्छन । पोषणयुक्त खानेकुराको महत्व वुझाउदै विद्यार्थीहरुलाई त्यस्ता खाना खान मनाउने जिम्मेवारी नर्सलाई दिईने भएको छ । यसैगरी, किशोरकिशोरीहरुलाई प्रजनन तथा यौन स्वास्थ्यका वारेमा शिक्षा दिने, महिनावारीका बेला केकसो गर्ने भन्ने जानकारी गर्ने र हिंसावाट वालवालिकालाइ वचाउने भन्ने ज्ञान । सिप दिने काम पनि नर्सले गर्छन् ।

रोल्पाका नमुना मावि वालकल्याण नमुना मावि लिवङ र नेपाल राष्ट्रिय मावि मौलावोट रांकोटले यसअघि नै आन्तरिक श्रोतवाट खर्च बेहोर्ने गरी गरि विद्यालय नर्सिङ कार्यक्रम सुरु गरिसकेका थिए ।

नीजि र सरकारी शिक्षाको नाममा शिक्षामा विभेद भएको भन्दै गाउँपालिकाले निजी विद्यालयलाई सामुदायिक विद्यालयमा गाभेको गरेको छ । गाउँकार्यपालिकाको गत आषाढ २ गतेको निर्णय अनुसार ३ वटा निजी विद्यालयलाई २ वटा सामुदायिक विद्यालयमा गाभिएको छ । अव गाउँपालिकामा एउटा मात्रै निजी स्कूल रहेको छ । यस वर्ष गाभिन नसकेको निजी स्कूल अर्को वर्ष सार्वजनिक स्कूलमा गाभिने गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिए । निजी स्कूल सरकारीकरण गरेवापत गाउँपालिकाले माध्यमिकलाई ५ लाख, आधारभूत निमाविलाई ३ लाख र आधारभु प्राविलाई २ लाख रुपैयाँ दिएको थियो । निजी विद्यालयका शिक्षकलाई विद्यालय गाभिएको सार्वजनिक स्कूलमा काम दिइएको छ ।

रोल्पा नगरपालिकाको बालकल्याण नमुना माध्यमिक विद्यालय लिवाङले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी)को एनेक्स कार्यक्रम अन्तरगत १८ महिने सबओभरसियर र ३ वर्षे डिप्लोमा कक्षा संचालन गरिरहेको छ । डिप्लोमा तहको बालि विज्ञान, पशु विज्ञान, ओभरसियर र अहेव तथा १८ महिने सबओभरसियर अध्ययन गर्ने १०० जना विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ती दिने भएको छ । छात्रवृत्तीका लागि पहिलो वर्ष ४० लाख र त्यस पछि हरेक वर्ष ३० लाखका दरले वजेट छुटयाउँदै आएको छ तर छात्रवृत्ति लिने विद्यार्थी कम छन् । शैक्षिक सत्र २०७४ मा ५५ जना र शैक्षिक सत्र २०७५ र २०७६ मा ५१÷५१ जना मात्रै विद्यार्थी छात्रवृत्तीका लागी छनौट भएका थिए ।

नगरपालिकाले यसअघि ईन्जिनियरिङ, कृषि, पशु र स्वास्थ्य तर्फ मात्रै छात्रवृत्ती विवतरण गर्दै आएको यस वर्ष देखी ओभरसियरलाई २५ वटा, सव ओभरसियरलाई १० वटा कृषिलाई २५ वटा, भेटेरीनरीलाई २० वटा, फुड एण्ड डेरी टेक्नोलोजी, रेडियोग्राफी, स्टाफ नर्सिङ र आयुर्वेद हरेकलाई २÷२ वटा गरि १०० वटा छावृत्ती दिने भएको छ । १८ महिने सव ओभरसियर वाहेक सवै कार्यक्रम डिप्लोमा तहका हुन ।

माडी गाउँपालिकाले ३ जना विद्यार्थीहरुलाई स्वास्थ्य सहायक र कृषि डिप्लोमा अध्ययनका लागी शतप्रतिशत छात्रवृत्ती उपलव्ध गराउने भएको छ । यसका लागी गाउँपालिकाले ४ लाख ८० हजार वजेट विनियोजन गरेको छ । परिवर्तन गाउँपालिकाले एमविविएस अध्ययनका लागी कुल लागत शुल्कको ५० प्रतिशत अनुदान दिने भएको छ । सो गाउँपालिकाले कृषि तथा पशु तर्फको उच्च शिक्षा अध्ययनमा ५० प्रतिशत र विज्ञान पढ्ने ३० जना विद्यार्थीलाई पनि पूर्ण छात्रवृत्ती दिने भएको छ । सोही गाउँपालिकाको वडा नं. ५ ले वडा भित्रका गरिव, विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई कृषि र पशु तर्फ डिप्लोमा अध्ययनका लागी ५ लाख ८५ हजार वजेट विनियोजन गरेको छ । रुन्टीगढी गाउँपालिकाले हरेक वडावाट १÷१ जना र गाउँपालिकावाट १ जना गरि १० जनालाई कृषि तथा भेटनरी जेटिए अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ ।

जिल्लामै सवभन्दा सुरुमा प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ती उपलव्ध गराउदै आएको रोल्पा नगरपालिकाले कोटा अनुसार विद्यार्थी उपलव्ध नहुने समस्या भोग्दै आएको छ । विद्यार्थी नभएकाले छुट्याएको कोटाको झण्डै आधा फिर्ता हुने गरेको छ । नगर शिक्षा अधिकारी महेन्द्र पराजुलीका अन्सार, राम्रो अंक लिएका विद्यार्थी विज्ञान तथा अन्य प्राविधिक विषय अध्ययनका लागी जिल्ला वाहिर जानाले पनि यसो भएको हो । छात्रवृत्तीमा अध्ययन गरेका विद्यार्थीहरुले पढाई पुरा गरेपछि १ वर्ष नगरपालिकामा स्वयमसेवा गनु पर्ने नियम बनाउन लागेको पराजुलीले बताए ।

शिक्षामा वजेट

रोल्पा नगरपालिकाले आर्थिक वर्ष ०७४÷०७५ मा शिक्षा क्षेत्रका लागि ४० लाख मात्रै विनियोजन गरेको थियो । यसैगरि दोश्रो वर्ष शिक्षा क्षेत्रमा ७५ लाख विनियोजन गरेको थियो । कार्यकालको तेश्रो वर्ष नगरपालिकाले शिक्षा शिर्षक दिएर १ करोड र प्राविधिक छात्रवृत्तीका लागी ३० लाख विनियोजित गरेको थियो । चालु आर्थिक वर्ष नगरपालिकाले शिक्षाका लागी १ करोड ३० लाख वजेट प्रस्ताव गरेको छ । यसैगरि गंगादेव गाउँपालिकाले चालु आर्थिक वर्षका लागि करार शिक्षक खर्च २ करोड ४५ लाख, विद्यालय व्यवस्थापन खर्च २ लाख २५ हजार, शिक्षक तालिम ८ लाख र वालविकास तालिम ५ लाख वजेट प्रस्ताव गरेको छ । लुंग्री गाउँपालिकाले शिक्षक अनुदान शिर्षकमा एकमुष्ट ४४ लाख२० हजार विनियोजन गरेको छ । माडी गाउँपालिकाले शैक्षिक अनुदान शिर्षकमा १ करोड ४० लाख प्रस्ताव गरेको छ । परिवर्तन गाउँपालिकाले शिक्षक अनुदान तर्फ६७ लाख १८ हजार ५०० प्रस्ताव गरेको छ । सुनछहरी गाउँपालिकाले शिक्षा क्षेत्रका लागि १० लाख प्रस्ताव गरेको छ । यसैगरि सुनिलस्मृती गाउँपालिकाले विद्यार्थीसंग गाउपालिका अध्यक्ष कार्यक्रम ५ लाख, कक्षा ११ र १२ का छात्राहरुलाई लक्षित गरि उपाध्यक्ष छात्रवृत्ती कार्यक्रम अन्तरगत ४ लाख र शैक्षिक सुधार शिर्षक अन्तरगत एकमुष्ट ८६ लाख ५० हजार गरि कुल ९५ लाख ५० हजार विनियोजन गरेको छ । सोही गाउँपालिकाको वडा नं. ४ ले शैक्षिक कुना कार्यक्रम अन्तरगत ४ लाख ५० हजार विनियोजन गरेको छ । थवाङ गाउँपालिकाले शैक्षिक विकास शिर्षकमा एकमुष्ट २० लाख विनियोजन गरेको छ । त्रिवेणी गाउँपालिकाले शिक्षा विकासका लागी ६९ लाख विनियोजन गरेको छ ।

तालिकाः १ (आर्थिक वर्ष २०७७÷०७८)

सिनस्थानीय तह शिक्षामा विनियोजित वजेट
गंगादेव गाउपालिका२ करोड ६०  लाख २५ हजार
माडी  गाउँपालिका१  करोड ४० लाख
रोल्पा नगरपालिका१  करोड ३० लाख
सुनिलस्मृती  गाउँपालिका९५  लाख ५० हजार
त्रिवेणी गाउँपालिका६९ लाख
परिवर्तन गाउँपालिका६७ लाख १८  हजार ५००
लुंग्री गाउँपालिका४४  लाख २० हजार
रुन्टीगढी गाउँपालिका४० लाख
थवाङ गाउँपालिका२० लाख
१०सुनछहरी गाउँपालिका१० लाख
श्रोतः स्थानीय सरकारको वेभसाईट

अभिभावकको भार कम गर्न निजि शिक्षक अनुदान

रोल्पाका ४ सय ७ सामुदायिक विद्यालयमा ६७ हजार ९८८ विद्यार्थी अध्ययन गर्छन । यहाँका २ सय वढी विद्यालयमा एउटा पनि शिक्षक दरवन्दी छैन । ती स्कूलको खर्च अभिभावकले धान्नु परेको छ । प्राविमा २५२, निमावि ४३१ र माविमा २९८ दरवन्दी अपुग रहको शिक्षा विकास तथा समन्वय ईकाई रोल्पाको तथ्र्याकले देखाउछ । ५ हजार भन्दा बढी विद्यार्थी रहेको रोल्पाको सुनछहरी गाउँपालिकामा एउटा पनि मावि दरवन्दी छैन ।

दरबन्दी नभएका ४ वटा मावि, ११ वटा निमावि, १४ वटा प्रावि र ७ वटा वालविकास समेत गरि ३६ वटा विद्यालयलाई स्वयमसेवक शिक्षक उपलव्ध गराएको नगर शिक्षा अधिकारी पराजुलीले बताए । उनका अनुसार, प्रति महिना रु २० हजारमा मावि, १५ हजारमा निमावि र १० हजारमा प्रावि शिक्षक भर्ना गरि ती विद्यालय पठाइएका छन् । नगरपालिकाभित्रका सामुदायिक विद्यालयका अभिभावकले नीजि श्रोतका १७० शिक्षकहरुको तलव भत्ताका लागि वार्षिक २ करोड ७६ लाख बेहोर्दै आएका थिए ।

परिवर्तन गाउँपालिकाले ६८ शिक्षक दरवन्दी सिर्जना गरि त्यसको खर्च बेहोरेको छ । यस अघि त्यहाँका अभिभावकले नीजि शिक्षकको तलबवापत हरेक वर्ष १ करोड ४३ लाख ४ हजार खर्च बेहोर्दै आएका थिए । रोल्पाका गंगादेव,माडी, लुंग्री र त्रिवेणी गाउँपालिकाले पनि नीजि शिक्षक अनुदान शिर्षकमा वजेट विनियोजन गरि शिक्षामा अभिभावकको भार कम गरेका छन ।

आधारभुत र माध्यमिक चक्र पुरा नगर्ने समस्या

रोल्पाका बालविकास केन्द्रमो छात्राभन्दा छात्र बढी भए पनि माथिल्ला कक्षामा छात्र घट्दै गएका छन् । छात्रहरुले आधारभूत र माध्यमिक तह नसकी पढाई छाड्ने क्रम वढ्दै गएको छ ।

रोल्पा नगरपालिकामा रहेका बालविकास केन्द्रमा अघिल्लो वर्ष ६४४ केटी र ८०३ केटा भर्ना भएका थिए । आधारभुत तहको कक्षा १—५ मा केटी २ हजार ३५१ र केटा २ हजार ५८८ भर्ना भएको देखिन्छ । आधारभुत तहको कक्षा ६—८ मा केटी १ हजार ३७७ र केटा १ हजार ३५१ जना भर्ना भएका थिए । माध्यमिक तहको कक्षा ९—१० मा ७७५ केटी र ६२५ केटा भर्ना हुदा सोही तहको कक्षा ११—१२ मा केटी ४७७ र केटा ३८४ जना भर्ना भएको देखिएको छ । नगरपालिका भित्रका विद्यालयको यो अवस्थाले जिल्लाको समग्र शैक्षिक अवस्थाको प्रतिनिधित्व गर्दछ ।

तालिकाः २ (शैक्षिक सत्र २०७६)

तहकेटीकेटा
बालविकास६४४८०३
आधारभूत (१—५)२३५१२५८८
आधारभूत  (६—८)१३७७१३५१
माध्यमिक (९—१०)७७५६२५
माध्यमिक (११—१२)४७७३८४
श्रोतः शिक्षा युवा तथा खेलकुद शाखा, रोल्पा नगरपालिका

अघिल्ला ४ शैक्षिक सत्रमा जिल्लाभर भर्ना भएका विद्यार्थीको संख्या हेर्दा आधारभूत तहमा हरेक वर्ष केटाकेटीको संख्या करिव १ प्रतिशत तलमाथि देखिए पनि माध्यामिक तहमा भने धेरै अन्तर देखिएको छ । आधारभूत तहमा केटी ५१ र केटा ४९ प्रतिशत थिए । माध्यामिक तहमा भने केटीको ५५ प्रतिशत र केटा ४५ प्रतिशत देखिएको छ । तल्ला तहमा केटा केटीको संख्यामा खासै अन्तर नदेखिए पनि कक्षा वढ्दै जाँदा केटाको संख्या घट्दै गएको तथ्याङ्कका देखिएको छ । कक्षा ७ सम्म केटाकेटीको संख्या वरावर रहे पनि कक्षा ८ देखी केटाहरुले पढाई छाड्न सुरु गर्ने गरेको वताईन्छ । कक्षा ९ र १० सम्म पुग्दा केटा र केटीको संख्यामा ठूलो अन्तर हुदै गएको छ ।

देशका अन्य जिल्लामा केटीको तुलनामा केटाको संख्या वढिरहदा रोल्पामा भने ठिक उल्टो देखिएको छ । जिल्लाका सामुदायिक र संस्थागत दुवै विद्यालयको अवस्था करिव उस्तै रहेको वताईन्छ । संस्थागत विद्यालयमा समेत केटाको तुलनामा केटीको संख्या वढि े छ । गरिवीले गर्दा उमेर र कक्षा चढ्दै जाँदा केटा कामका लागि खाडीका मुलुक तथा काठमाण्डौका ईटाभट्टा जाने गर्दछन । यसैगरि उमेर नपुग्दै विवाह गर्ने र विवाह पछि विद्यालय छाड्ने दर पनि केटाहरुमा वढी देखिएको नगर शिक्षा शाखाका शिक्षा अधिकृत कर्णवहादुर पुनले बताए । उनका अनुसार, पढाई अनुसारको रोजगारीको ग्योरन्टी नहुदा पनि केटाहरुले सानैमा विवाह गर्ने र पढाई छाड्ने गरेका छन् ।

Sharing is caring!