लुम्बिनीमा पार्टीले पत्याएका नयाँ अनुहार

सन्जु पौडेल २०७९ मंसिर रुपन्देही

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउन केही दिन बाँकी छ । निर्वाचनमा मुख्य मानिएका दलले पुरानै अनुहारलाई दोहोर्‍याइरहेका छन् भने केही नयाँलाई पनि मौका दिएका छन् । कतिपय क्षेत्रमा यसपटक लामो समय एउटै पार्टीमासँगै राजनीति गरेका एमाले र एकीकृत समाजवादीका सहयात्री भिड्दै छन् भने कतिपय स्थानमा उम्मेदवारहरूले अन्तिम पटक भोट मागिरहेका छन् । लुम्बिनी प्रदेशको यस पटकको निर्वाचन रोचक हुने निश्चित छ ।

नेपाली कांग्रेस बाँकेका सुदिप नरसिंह राणाले २०४९ सालदेखि नेविसंघ हुँदै राजनीतिक यात्रा गरेका थिए । उनी कांग्रेसको १२ औं, १३ औं र १४ औं महाधिवेशनको प्रतिनिधि समेत भएका थिए । यसपालि उनले पहिलो पटक लड्ने अवसर पाएका छन् । उनी बाँकेको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उठेका छन् ।

कांग्रेसले प्रदेश सभामा पनि केही नयाँ अनुहारलाई टिकट दिएको छ । नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति भुवन श्रेष्ठ गुल्मी जिल्ला क्षेत्र नं. २ (१) बाट उम्मेदवार बनेका छन् । उनले २०३८ सालदेखि कांग्रेसको सक्रिय राजनीति गरेकामा यसपटक आफू सांसद पदका लागि उम्मेदवार बनेको बताए । उनले आफू गठबन्धनको उम्मेदवार भएको र यो उम्मेदवारी प्रतिगमन विरुद्धको कदम भएको बताए । हालसम्म प्राप्त राजनितिक उपलब्धी संरक्षण गर्न आफू भिड्ने उनले बताए । उनीसँग नेकपा एमालेका डिल्लीराज भुषालले प्रतिस्पर्धा गर्दैछन् ।

दीर्घबहादुर केसी नेपाली कांग्रेसकै रुपन्देही क्षेत्र नं. २ (१) बाट खेल क्षेत्रको प्रतिनिधित्व गर्दै राजनीतिमा उदाएका हुन् । उनले राजनीतिलाई खेल जस्तै निष्पक्ष तरिकाले खेल्न आफूले आगामी निर्वाचनमा उम्मेदवारी दिएको बताए । हरेक क्षेत्रको विकास गर्न राजनीति नै चाहिने देखेपछि उपेक्षित खेल क्षेत्रको विकासका लागि आफूले राजनीतिक यात्रा थालेको उनले बताए ।

२०४३ सालमा गोर्खा ब्वाईज क्लबबाट फुटबल खेल्न थालेका उनी जिल्ला फुटबल संघको सदस्य, कोषाध्यक्ष हुँदै २०७० सालमा रुपन्देही फुटबल संघको अध्यक्ष भएका थिए । २०७५ सालमा केन्द्रीय सदस्य भएँ,’ उनले भने, ‘०७५ सालमा नेपाल ओलम्पिक कमिटीको सदस्य र अहिले उपाध्यक्ष भएको छु ।’ १२ औं महाधिवेशनबाट राजनीतिमा सक्रिय भएका केसीले १४ औं महाधिवेशनमा प्रदेश सदस्यता प्राप्त गरेका थिए । रुपन्देही जिल्ला र लुम्बिनी प्रदेशमा खेलकुद पर्यटनको प्रचुर सम्भावना रहेको केसी बताउँछन् । उनले यस क्षेत्रमा खेलका पूर्वाधार बनाउन, बहुउद्देश्यीय रंगशाला निर्माण गरी खेल पर्यटक भित्र्याउन सक्नेगरी अन्तर्राष्ट्रिय खेलकुद गर्न सके भारतीय लगायत अन्य देशका खेलाडी र पर्यटक मार्फत देश विकासमा टेवा पुर्‍याउने अपेक्षा रहेको बताए ।

रुपन्देही जिल्लाको क्षेत्र नंं. ५ मा नेकपा एमालेले तिलोत्तमा नगरपालिकाका पुर्व प्रमुख वासुदेव घिमिरेलाई टिकट दिएको छ । कृषि साथै बैंकिङ क्षेत्र तथा संघसंस्थामा आवद्ध रही विदेशी भूमिमा समेत केही वर्ष काम गरी सकेका छन् । २०४४ मा वाणिज्य क्याम्पस बुटवलमा अध्ययन गर्दा उनी अनेरास्ववियुको सम्पर्कमा आए । उनले पञ्चायत विरुद्धको अभियानमा लागेको बताए । २०४८ सालमा नेकपा एमालेको सदस्यता प्राप्त गरेका उनी बीचमा २ वर्ष सीप सिक्न र पैसा कमाउन विदेश गइ २०५१ सम्म उतै रहे । उताबाट फर्केपश्चात गाउँ कमिटीको वडामा ३ कार्यकाल सचिव रहे । युवा संघको सदस्य भई जिल्ला कमिटीमा पनि ३ कार्यकाल सदस्य भई काम गरे । साथै युवा कमिटी जिल्लाको अध्यक्ष पनि बने । हाल उनी प्रदेश कमिटी लुम्बिनीको सदस्य र पार्टीको केन्द्रमा स्थानीय तह विभाग सदस्य हुन् ।

पार्टीले आफ्नो कामको मुल्यांकन गरी तिलोत्तमा नगरपालिकाको मेयरको रुपमा लड्न अवसर दिएकामा आफुले नमूना नगर बनाएपछि त्यही फल स्वरुप प्रतिनिधि सभामा उठ्ने मौका पाएको उनले बताए । पार्टीमा होस् वा संसदीय यात्रामा पार्टी र जनताले दिएको जिम्मेवारी पूरा गर्ने उनले बताए ।

पाल्पा जिल्लामा नेकपा एमालेले ठाकुर गैरेलाई उठाएको छ । उनी माध्यामिक तहको अध्ययन गर्दादेखि नै राजनीतिमा सक्रिय थिए । २०५१ सालमा अनेरास्ववियुको पाल्पा जिल्ला अध्यक्ष समेत भएर काम गरेका उनी २०६३ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भए । उनले २०६६ देखि नेकपा एमालेको केन्द्रीय कमिटीमा चुनिएर काम गरेका छन् । अहिले उनी पोलिटब्युरो सदस्य छन् ।

गैरे तत्कालीन राजकुमार पारस शाह विरुद्ध ५ लाख २३ हजार हस्ताक्षर संकलन गरी राजा वीरेन्द्रलाई ज्ञापन पत्र बुझाउने अभियानमा संलग्न थिए । २०६२/०६३ को आन्दोलनमा आफनो भुमिका महत्वपुर्ण रहेको उनले बताए ।

भारतीय नाकाबन्दी विरुद्ध आफू उठेको, एनसेलको कर छली प्रकरण विरुद्धको आनदोलनमा समेत आफुले महत्वपूर्ण भूमिका निभाएको उनले बताए । उनले चुनावका बेला मात्र नभई सदैव जनताका मर्का बुझ्ने बताए ।

जनताले नयाँ अनुहार चाहेकाले आफूले मत पाउने विश्वास उनलाई छ । उनले आफ्नो उम्मेदावरी कम्युनिष्ट फुटाल्न खोज्ने विरुद्ध भएको बताए । भ्रष्टाचारको अन्त्य गर्ने, युवा विद्यार्थीलाई रोजगारी दिने, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने, देश र जनताको सम्बृद्धिको चाहना पूरा गर्नेतर्फ आफू लागिपर्ने गैरेले बताए ।

एमालेकै तर्फबाट दाङ जिल्लाको क्षेत्र नं. २ (१) मा भिड्दैछन् नेता बलिभद्र राना । २०५६ सालमा विद्यार्थी राजनीति थालेका उनले पार्टीको विश्वास डगमगाउन नदिनका लागि आफू उम्मेदवार भएको बताए । मैले जितें भने दाङलाई राजधानी तोकेर बुटवलमै बसिरहेको प्रदेशलाई दाङमै ल्याउने काम गर्ने बताए ।

आफूले ३० वर्षमा निर्माण व्यवसायमा हासिल गरेको अनुभवलाई प्रदेशको विकासमा लगाउने पनि बताए । प्यूठान जिल्लाको क्षेत्र नं. १ (१) मा पाँच दलीय गठबन्धनका उम्मेदवार छन् माओवादी केन्द्रका कृष्ण कुमार अधिकारी (प्रकाश) । २०४१ सालमा अनेरास्ववियुका क्रान्तिकारीको अध्यक्ष हुंदै सुरु भएको उनको राजनीतिक यात्रा । देश र जनताका लागि ज्यानको बाजी थाप्न सक्न आफूजस्ता उम्मेदवारलाई जनताले विकासका काम गर्न पठाए ढुक्क भई काम गर्ने विश्वास दिलाउन सकेको उनले बताए । जनताको छोरा जनताकै लागि भन्ने नारा आत्मसाथ गरेको छु, उनले भने, देशको सिपाही हुं, जनताले साथ दिए जनताकै साथमा हुन्छु ।

लुम्बिनी प्रदेशमा प्रतिनिधि सभा सदस्यका नयाँ उम्मेदवारहरू

क्र.सं.उम्मेदवारको नामपार्टीको नामनिर्वाचन क्षेत्र
वासुदेव घिमिरेनेकपा एमालेरुपन्देही–५
ठाकुर प्रसाद गैरेनेकपा एमालेपाल्पा–२
ज्ञान बहादुर गाहानेपाली कांग्रेसपाल्पा–२
सुदिप नरसिंह राणानेपाली कांग्रेसबाँके–२
किशोर सिंह राठौरनेपाली कांग्रेसबाँके–३
सूर्य बहादुर थापानेकपा एमालेप्यूठान
सूर्य प्रसाद ढकालनेकपा एमालेबाँके–१
किस्मत कुमार कक्षपतीनेकपा एमालेबाँके–३
दीपेन्द्रकुमार अधिकारीनेकपा एमालेपश्चिम नवलपरासी–२
१०पूर्णबहादुर बुढा मगरनेकपा एमालेरोल्पा
११कैलाशकुमार मल्लनेकपा एमालेरुकुम पुर्व
१२सुरेश पन्तनेकपा माओवादी केन्द्रबर्दिया क्षेत्र नं. २
स्रोत : निर्वाचन आयोग

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यका नयाँ उम्मेदवारहरू

क्र.संउम्मेदवारको नामपार्टीको नामनिर्वाचन क्षेत्र
चिन्तामणी पाण्डेनेकपा एमालेगुल्मी १ (१)
फर्सुराम पाण्डेनेकपा एमालेगुल्मी १ (२)
डिल्लीराज भुषालनेकपा एमालेगुल्मी २ (१)
भुवन प्रसाद श्रेष्ठनेपाली कांग्रेसगुल्मी २ (१)
दिनेश पन्थीनेकपा एमालेगुल्मी २ (२)
बुद्धि बहादुर घर्तीनेकपा माओवादीगुल्मी २ (२)
राजु प्रसाद श्रेष्ठनेकपा एमालेपाल्पा १ (१)
श्यामकान्त खनालनेपाली कांग्रेसपाल्पा १ (१)
खेम बहादुर सारुनेकपा एमालेपाल्पा १ (२)
१०शंकर खनालनेपाली कांग्रेसपाल्पा १ (२)
११पर्सुराम भट्टराईनेकपा एमालेपाल्पा २ (१)
१२सागर के.सी (क्षेत्री)राष्ट्रिय जनमोर्चाअर्घाखाँची १ (१)
१३कमल प्रसाद भुषालनेपाली कांग्रेसअर्घाखाँची १ (२)
१४टक बहादुर चेवालीजसपा नेपालअर्घाखाँची १ (२)
१५रामचन्द्र ढकालनेपाली कांग्रेसरुपन्देही ३ (२)
१६प्रदेशी केवटजनमत पार्टीरुपन्देही १ (१)
१७रामचन्द्र यादवनेकपा एमालेरुपन्देही ५ (२)
१८दीर्घबहादुर केसीनेपाली कांग्रेसरुपन्देही २ (१)
१९सुनिल कुमार गिरीनेकपा एमालेरुपन्देही ४ (१)
२०राम अवतार यादवजसपारुपन्देही ४ (२)
२१बिक्रम थापानेपाली कांग्रेसकपिलबस्तु २ (१)
२२नवराज लामिछानेनेकपा एमालेकपिलबस्तु २ (१)
२३अनुराग खड्कानेपाली कांग्रेसदाङ १ (२)
२४प्रचण्ड बिक्रम न्यौपानेकांग्रेसदाङ २ (२)
२५हुकुम बहादुर बस्नेतनेकपा एमालेदाङ ३ (२)
२७बलिभद्र रानानेकपा एमालेदाङ २ (१)
२८अम्बर बहादुर खड्काजसपाबाँके १ (१)
२९राजेन्द्र कुमार विश्वकर्मालोसपाबाँके १ (१)
३०फुलाराम थारुनेपाली कांग्रेसबाँके १ (२)
३१लाल बहादुर शाहजसपाबाँके १ (२)
३२दुर्गा प्रसाद चौधरीनेकपा एमालेबाँके १ (२)
३३राजकुमार कुर्मीनेपाली कांग्रेसबाँके २ (१)
३४भण्डारी लाल अहिरजसपाबाँके २ (१)
३५निरक बहादुर गुरुङनेकपा एमालेबाँके २ (२)
३६अकल बहादुर बमनेकपा माओवादीबाँके २ (२)
३७आदेश कुमार अग्रवालनेकपा माओवादी बाँके २ (२)
३८रत्न बहादुर खत्रीनेकपा एमाले बाँके ३ (१)
३९गया सुद्धिन खाँजसपाबाँके ३ (१)
४०भीम बहादुर वलीनेकपा एमालेबाँके ३ (२)
४१कमल बहादुर बुढाथोकीनेकपा एमालेरोल्पा १ (१)
४२प्रेम बहादुर घर्ती मगरनेकपा एमालेरोल्पा १ (२)
४३भावना बुढाथोकीनेकपा एमालेरुकुम पूर्व १ (२)
४४धन बहादुर के.सी.नेपाली कांग्रेसरुकुम पूर्व १ (२)
४५कृष्ण कुमार अधिकारीनेकपा माओवादीप्यूठान १ (१)
४६सरोज थापानेपाली कांग्रेसप्यूठान १ (२)
४७सालिकराम अधिकारीनेकपा एमालेबर्दिया १ (१)
४८ डील बहादुर के.सी.    नेकपा एसबर्दिया १ (१)
४९ दिलीप कुमार कुर्मीजसपाबर्दिया १ (१)
५०भक्त बहादुर विश्वकर्मानेकपा एमालेबर्दिया १ (२)
५१अन्जु दहितनेकपा माओवादीबर्दिया १ (२)
५२बखत बहादुर खड्कानेकपा एसबर्दिया १ (२)
५३लहन थारुनेकपा एमालेबर्दिया २ (१)
५४जन्मजय तिमिल्सिनानेपाली कांग्रेसबर्दिया २ (१)
स्रोत : निर्वाचन आयोग

पश्चिम नवलपरासीमा भने प्रदेश सभा सदस्यतर्फ मुख्य दलका नयाँ अनुहार देखिएका छैनन् । पार्टीले टिकट दिएर उम्मेदवारी दर्ता गराएका नयाँ उम्मेदवारले पनि निर्वाचनमा चुनावी तालमेल हुने भएपछि उम्मेदवारी फिर्ता गरेका हुन् ।

Sharing is caring!