विदेशबाट फर्किएका युवाहरुलाई कृषि र पशुपालनमा लगाउदै

रामचन्द्र रायमाझी/कृष्ण पोखरेल २०७७ भदौं पाल्पा

कोरोनाले गर्दा विदेशमा काम गरिरहेका पाल्पाका करीव ३ हजार जना घर फर्किएका छन । पाल्पाका १० वटै पालिकाका गाउँबस्ती विदेशको रोजगारी गुमाएर फर्किएका मानिसले भरिएका छन । यीमध्ये अधिकाश भारतबाट फर्केका हुन भने १० प्रतिशत जति चाहिँ तेस्रो मुलुकबाट ।

यी मानिसलाई आप्mनै ठाउँमा के कस्ता काम सिर्जना गर्न सकिन्छ भन्नेमा पाल्पाका सबै पालिकाहरुले ध्यान दिएका छन । तानसेन नगरपालिका र रम्भा गाउँपालिकाले अनलाईन सर्भे फारम डिजाइन गरी विदेशबाट फर्केका मानिसले गर्न चाहेको काम तथा उनीहरुको पेशा र योग्यता बुभ्mने काम गरिरहेका छन ।

तानसेन नगरपालिकाले युवाहरुले आपैmँ काम सिर्जना गर्न सकुन भनेर विना धितो सहुलियत व्याजदरमा कर्जा दिन थालेको छ । यस्तो कर्जा लिनका लागि विदेशबाट फर्किएका युवाले गर्न चाहेको काम, त्यसको योजना, काममा भएका प्रगतिको विवरण सहित निवेदन दिनुपर्छ । त्यसका आधारमा नगरपालिकाले १० लाख रुपैयासम्म विना धितो ऋण लिन सक्दछ । उद्यम सञ्चालन गर्न चाहनेलाई नगरपालिकाले व्यबसाय तथा बजार सम्वन्धी तालिम दिने व्यबस्था गरेको छ ।

गत आर्थिक बर्षमा तानसेन नगरपालिले यस कार्यक्रम मार्पmत् ५८ जनालाई २ करोड कर्जा दिएको छ । चालु आर्थिक बर्षमा ४ सय युवालाई ऋण दिएर रोजगारीमा लगाउने गरी नगरपालिकाले काम शुरु गरेको छ । नगरपालिकाले महिलालाई ३ प्रतिशत, पुरुषलाई ४ प्रतिशत व्याज दरमा कर्जा दिने गरेको छ ।

नगरपालिकाले अरव मुलुक, मलेसिया, कोरिया, जापान, अमेरिका तथा युरोपका एनआरन प्रतिनिधी तथा प्रवासी संघका प्रतिनिधीहरुसँग छलफल गर्दा के पाएको थियो भने ती देशमा रहेका ३ हजार देखि पैतिस सय जना तानसेनबासी कोरोनाले गर्दा घर फर्कन चाहन्छन । तीमध्ये १७ प्रतिशत पछि फेरि विदेश जान चाहन्थे ४३ प्रतिशतले नेपाले बसेर व्यापार व्यबसाय चाहान्छन भने ३२ प्रतिशतले व्यबसायिक कृषि तथा पशुपालन र ८ प्रतिशतले नेपालमै आई सोचविचार गर्ने मनसाय राखेका छन ।

यी जानकारीका आधारमा नगरपालिकाले कार्यक्रम तथा बजेट तर्जुमा गरेको छ । हाल सम्म कोरोनाको प्रभावबाट भारत तथा तेस्रो देशबाट १ हजार ५ सय तानसेनबासी घर फर्किएका छन । विदेशबाट फर्किएका युवाहरुको मागमा आधारित कार्यक्रमका लागि १० करोड रुपैया विनियोजन गरेको नगर प्रमुख शाहीले बताए ।

नगरपालिकाले युनडिपि तथा हेफर ईन्टरनेशनलको सहयोगमा ढाका कपडा बुन्न र करुवा बनाउन ५० जना युवायुवतीलाई तालिम दिएर उनीहरुलाई स्वरोजगार बनाउने काम गरिरहेको छ । कृषिउपज सम्वन्धित ठाउँमा खपत गर्न र बढी भएको उत्पादन विक्रि गर्न सहकारीको सहकार्यमा बजार व्यस्थापन गर्ने प्रयास पनि तानसेन नगरपालिकाले गरिरहेको छ । नगरपालिकाले पहिलो चरणमा प्रत्येक वडामा सस्तो पसल संचालन गर्ने जनाएको छ । युवालाई तानसेनमै अड्याउन उनीहरुलाई मासिक ३० देखी ४० हजार रुपैयासम्म कमाउने खालका व्यवसायमा लाग्न विभिन्न सहयोग गर्ने नीति नगरपालिकाले लिएको छ ।
यस्तै गरी रम्भा गाउँपालिकाले विदेशबाट घर फर्कने युवाका इ्रच्छाबारेमा अनलाइन सर्भे गरी उनीहरुले गर्न चाहेका कामको योजना मागेको छ । ५० जनाले कृषि तथा पशुपालन र व्यापार व्यबसाय गर्ने इच्छा देखाएका छन । रम्भा गाउँपालिकाले यस बर्ष कम्तीमा ३ सय जना युवालाई स्वरोजगार उद्यमी बनाउने भएको छ ।

गाउँपालिकाले १२५ जना युवालाई विना धितो ५ प्रतिशत व्याजमा, एकजनालाई बढीमा रु ५ लाखका दरले कृषि ऋण प्रदान गर्ने छ । यसबाट १२५ जना युवा प्रत्यक्ष रुपमा रोजगार हुनेछन । यसैगरी, विदेशबाट फर्किएका ५० जना युवालाई स्वदेशमै टिकाउन पशु तथा पंक्षिपालनमा लगाउने नीति नगरपालिकाले लिएको छ । यस गाउँपालिकाले ५ वटा भैसी पाल्नेलाई २ लाख, ५० वटा बाख्रा पाल्नेलाई एकलाख, १० वटा बंगुर पाल्नेलाई १ लाख, एकसय वटा लोकल कुखुरा पाल्ने लाई ५० हजार, ३ सय वटा ब्वाईलर कुखुरा पाल्ने लाई ४० हजार अनुदान दिने कार्ययोजना स्विकृत गरेको छ ।
युवालाई तरकारी तथा रैथानेवालीमा सहभागी गराउन ३ रोपनी जग्गामा तरकारी वा रैथाने वाली लगाउने युवालाई ३० हजार रुपैया अनुदान दिने कार्यक्रम यस गाउँपालिकाले स्विकृत गरेको छ । यस कार्यक्रमअन्तर्गत ५० जनासम्मलाई अनुदान दिइनेछ । यस्तैगरी, ५० जना युवायुवतीलाई उनीहरुले चाहेका विषयमा निःशुल्क तालिम दिने र आफुले सिकेको सिप प्रयोग गरी व्यबसाय गर्न चाहनेलाई प्रति व्यक्ति ५० हजार सम्म अनुदान दिने, उनीहरुले उत्पादन गरेका बस्तु गाउँपालिकाले खरिद गरी पालिका भित्रै खपत गराउने, बढी भएमा अन्यत्र विक्री गर्ने कार्यक्रम पारित भएको छ ।

यसैगरी २० जना युवालाई फलफूल तथा नर्सरी व्यबस्थापनमा रोजगार बनाउने गाउँपालिकाको योजना रहेको छ । यसका लागि, गाउँपालिकाले २० जना युवालाई नर्सरी व्यबस्थापन तालिम दिने, उनीहरुलाई सबै किसिमका फलफूलहरुको नर्सरी बनाउन लगाउने, नर्सरीमा उत्पादित विरुवा गाउँपालिकाले खरिद गर्ने र पालिका भरी वितरण गर्ने, नर्सरीका विरुवा लगाउन नर्सरी व्यबस्थापकलाई परिचालन गर्ने र यी काममा अनुदान दिने व्यवस्था भएको गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए । सार्वजनिक जग्गा र सामुदायिक वनमा कागती, अमिलो, लिची र आँपका विरुवा लगाउने कार्यक्रम यस गाउँपालिकाले ल्याएको छ । यस आर्थिक बर्षमा कम्तीमा पनि ३ सय जनालाई रोजगारी प्रदान गर्ने गरी पालिकाले कार्यक्रम ल्याएको अध्यक्ष भण्डारीले बताए ।

रिव्दीकोट गाउँपालिकाले युवा स्वरोजगार कार्यक्रमका लागी मात्र कृषि तथा पशुपालन क्षेत्रमा ४ करोड ५७ लाख ८० हजार रुपैया विनियोजन गरेको छ । यस गाउँपालिकाले कम्तिमा ५ वटा दुहुना भैसी भएका ६ वटा फार्मलाई दुई दुई लाखको दरले, १० वटा बंगर भएका ४ वटा फार्मको लागी एक एक लाखका दरले, ५० वटा बाख्रा भएका ४ वटा फार्मका लागी एक एक लाखका दरले, ३ सय ब्वाइलर कुखुरा भएका ३ वटा फर्मको लागी ४० हजारका दरले नगद अनुदान दिने व्यबस्था गरेको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जि.सीले बताए ।

गाउँपालिका भित्र व्यबसायमुखी उत्पादन बढोस भनी यो कार्यक्रम ल्याएको गाउँपालिका प्रमुख जिसीले बताए । कृषि तथा पशुपालनमा लागेका युवाहरुलाई कतैबाट पनि नोक्सान नहोस भनी वाली तथा पशुको निशुल्क विमा योजना गाउँपालिकाले ल्याएको छ । कृषि तथा पशुपालनमा आधारित व्यबसायका लागी पालिकाले विना धितो ५ लाख रुपैयासम्म ऋण प्रदान गर्ने भएको छ । युवालाई आवश्यक कृषि औजार लिन सजिलो बनाउन गाउँपालिकाले २७ लाख रुपैया बजेट विनियोजन गरेको छ । रैथानेवाली प्रवद्र्धन तथा विक्रि वितरणका लागी १० लाख रुपैया विनियोजन गरेको छ ।

दुध, टमाटर, कागती र सुन्तला उत्पादन गर्ने कृषकलाई अनुदान वितरण गर्न यस गाउँपालिकाले ३० लाख रुपैया विनियोजन गरेको छ । शितभण्डार बनाउन रु १ करोड बजेट विनियोजन गरेको छ ।गाउँपालिको सुन्तला खेतीका लागी ३१ लाख र सिचाईको लागी ५ लाख रुपैया विनियोजन गरेको छ । गाउँपालिकाले रिव्दीकोटलाई सुन्तला क्षेत्र बनाउने अभियान शुरु गरेको छ । गाउँपालिकाले वडा नंं १ ख्याहामा ढुङ्गा उद्योग, वडा नंं ५ मा पाउरोटी उद्योग र वडा नंं ३ खस्यौलीमा पशु दाना उद्योग संचालन गर्न २२ लाख रुपैया बजेट छुट्याएको छ । उत्पादित बस्तुलाई सहकारी मार्फत बजार व्यबस्थापन गर्न २० लाख र सबै वडामा आवश्यकता अनुसार रोजगारी प्रदान गर्नको लागी १ करोड १२ लाख रुपैया रहेको पालिकाले जनाएको छ ।

तिनाउँ गाउँपालिकाका ३ सय ५० जना युवा स्वदेश तथा विदेशबाट रोजगारी गुमाएर घर फर्किएका छन । यीमध्ये ८० जना लाई गाउँमै रोजगारी दिने सिपको तालीम प्रदान गर्ने र उनीहरुलाई व्यबसाय गर्न आवश्यक कर्जाका लागी वित्तिय संस्था संग समन्वय गर्ने, बाखा्रा तथा बंगुरपालनमा युवालाई प्रोत्साहन गर्न १ करोड १० लाख रुपैया बजेट विनियोजन गरिएको, गाउँपालिकालाई कागती उत्पादनको पकेट क्षेत्र बनाउन कम्तीमा २० हजार कागती विरुवा अनुदानमा वितरण गर्ने, ठुला पुर्वाधारका काम बाहेक पालिका भित्रका ज्याला मजदुरी गर्नेको संख्या यकिन गरी उनीहरुलाई गाउँपालिकाको पुर्वाधार विकासका काममा लगाउन काम अगाडी बढाएको तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर थापाले बताए । पाल्पाका पालिकाहरुले विदेश बाट फर्किएर गाउँमा बस्छु, गाउँमै काम गर्छु भन्ने युवाहरुलाईको लागी अवशरै अवशर सिर्जना गरिदिएका छन । पाल्पाका रैनादेवी छहरा गाउँपालिका, रामपुर नगरपालिका, माथाँगढी गाउँपालिका, पुर्वखोला गाउँपालिका बगनासकाली गाउँपालिकाले २ बर्ष देखी बाझो रहेको जमिनमा पुन खेती गर्ने कृषकको लागी प्रतिरोपनी ५ हजार सम्म अनुदान दिने व्यबस्था गरेका छन । पालिकाहरुले कार्यविधी नै बनाएर बाझो जमिनको व्यबस्थापन तथा भुमि बैकहरुको स्थापना गरी जमिन नभएका व्यक्तीहरु लाई जमिन उपलब्ध गराई खेतीपातीको व्यबस्था समेत शुरु गरेका छन ।

तानसेन नगरपालिकाले विदेशमा रहेका प्रवासीहरुले गर्दै आएको कामको बारेमा गरेको अनलाइन सर्भे ।

प्रवासी तानसेनवासीहरुको विदेशमा रहदा रोजगारी तथा बसोबासको अवस्थाको बारेमा अनलाइन सर्भे

तानसेन नगरपालिकाले वडागत रुपमा विदेशमा रहेका नागरिकहरुको गरेको अनलाइन सर्भे ।

पाल्पाका पालिकाहरुले कोभिड १९ को कारण विदेश बाट गाउँघर फर्किएका युवाहरु लाई कृषि तथा पशुपालनमा बजेट केन्द्रित गरेको देखिएपनि त्यसलाई कार्यान्वयन गर्न युवाहरुको पनि उत्तिकै भुमिका रहने छ । निती तथा बजेट सही रुपमा कार्यान्वयन गर्न अहिले देखी प्रक्रिया शुरु गर्दै जानुपर्ने हुन्छ । पाल्पाका पालिकाहरुले लोकप्रिय युवा कृषि कार्यक्रम कागजमै मात्र सिमित रहने होकी व्यबहारत कार्यान्वयनमा आउने हो अवको एक बर्षमा नतिजा देखिने छ ।

Sharing is caring!