वैकल्पिक शिक्षामा स्थानीय सरकारको अग्रसरता

गोपालप्रसाद वश्याल २०७७ साउन पाल्पा

कोरोना भाइरसका कारण यस शैक्षिक सत्रको तीन महिनाभन्दा बढि कुनैपनि शैक्षिक कार्यक्रम सञ्चालन हुन सकेन । बैशाख महिनाको दोस्रो सातासम्म नयाँ पुस्तक खरिद आदिमा बित्यो । त्यसपछि विद्यालय शिक्षा क्षेत्रमा छटपटि शुरू भयो । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले कक्षा १० सम्मका पाठ्यपुस्तक राखेर इ–लर्निङ्ग पोर्टल तयार ग¥यो । अभिभावकको सहयोगमा घरमै स्वाध्ययनका लागि बालविकासदेखि क्रमशः कक्षा १० सम्मको लागि पुस्तक पनि तयार ग¥यो । असार १ गतेदेखि विद्यालय खोल्ने र वैकल्पिक शिक्षण पद्धति अपनाउने कार्यविधिसमेत जारी ग¥यो । नेपालको संविधान अनुसार विद्यालय शिक्षाको कार्य क्षेत्राधिकार प्राप्त स्थानीय सरकारहरूले यो बन्दाबन्दीको बेला केही नमुना कार्यहरू गरे ।

१. परियोजना कार्य निर्माण र वितरण

पाल्पाको माथागढि गाउँपालिकाले लकडाउनको बेला बैशाखको पहिलो सातादेखि विद्यार्थीले घरमै बसेर गर्न सकिने परियोजना कार्य निर्माण ग¥यो र लागू ग¥यो । यी कार्यहरू विद्यार्थीले के के गर्ने र कसरि गर्ने भन्ने विस्तृत व्याख्यासहित निर्माण गरिएको थियो । यसबाट सिकाइका क्रियाकलाप चरणवद्ध बछ्याउँदै सिक्न सजिलो भएको थियो । भौगोलिक तथा आर्थिक अवस्थाका कारण इन्टरनेटमात्र होइन टेलिभिजन र रेडियोसमेतको पहुँच सबैमा नभएको र यी वैकल्पिक विधि प्रयोग गर्दा सिकाइ अवसर प्राप्त गर्ने र नगर्ने विचको ठूलो दुरी बढ्ने भएकोले गाउँपालिकाले परियोजना कार्य निर्माण गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा बताउनु हुन्छ । गाउँपालिकाले परियोजना कार्य छपाइ गरी विद्यालयमार्फत सबै वालवालिकाकहाँ पु¥याइएको वहाँले बताउनु भयो । अधिकांश वालवालिकाले परियोजना कार्य सम्पन्न गरेको र विद्यालयहरूले संकलन गरिसकेका छन् । त्यसपछि गाउँपालिकाले गृहकार्य पुस्तिका तयार गर्‍यो ।

गाउँपालिकाभित्रका विज्ञ शिक्षकहरू परिचालन गरी परियोजना कार्य तथा गृहकार्य पुस्तिकाहरू दुवै निर्माण गरिएको र पाठ्यक्रम तथा पाठ्यपुस्तकमा समाविष्ट विषयवस्तुलाई नै स्थानीय अवस्था अनुसार सहजीकरण गर्न सजिलो पारेर तयार गरिएको लेखन समूहका संयोजक अशेष भट्टराईले बताउनु भयो । यसप्रकारको सामग्री विकास गरिएको हुनाले विद्यार्थीहरूलाई लकडाउनको समयमा पनि सिकाइ क्रियाकलाप निरन्तर गर्न सहयोग पुगेको अर्का लेखक लोकेन्द्र थापाले बताउनु भयो ।

परियोजना कार्य अनिवार्य गरिएको र आवश्यक सहयोगका लागि शिक्षकहरूलाई सम्पर्क गर्न शिक्षकहरूको मोबाइल नम्बरसमेत उपलव्ध गराइएको थियो । टोलटोलमा गई संकलन गरिएको परियोजना कार्य सम्पन्न गर्न विद्यार्थीहरूको सहभागिता राम्रो रहेको र गृहकार्यलाई मूल्याङ्कनको आधारसमेत मानिएकोले गर्दा विद्यार्थीले अझ राम्रो गर्ने अपेक्षा गरेको सौभाग्य माध्यमिक विद्यालय, माथागढि १ का प्रधानाध्यापक कृष्ण खनालले बताउनु भयो ।

२. रेडियो शिक्षण कार्यक्रम

लकडाउनको समयमा स्थानीय तह र एफएम रेडियोहरूको सहकार्यमा रेडियोमार्फत शिक्षण कार्यक्रमहरू सञ्चालन भएका छन् । तानसेन नगरपालिकाको सहयोगमा सामुदायिक रेडियो मदनपोखराबाट चैत्रमै रेडियो पाठशाला कार्यक्रम शुरू गरियो । एसइइ परीक्षाको तयारी कक्षाका रूपमा शुरू गरिएको एसइइ रेडियो पाठशाला २९ दिन चल्यो । तानसेन नगरपालिकाले कक्षा ११ र १२ को परीक्षा तयारी कक्षासमेत स्थानीय युनिक एफ.एम. मार्फत २५ दिन सञ्चालन ग¥यो ।

नेपाल सरकारले शैक्षिक सत्र २०७६को एसइइ परीक्षा खारेज ग¥यो र विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मानिने र कक्षा ११ र १२ को परीक्षासमेत अनिश्चित भै स्थगित ग¥यो । नयाँ शैक्षिक सत्रको समयसमेत नोक्सान हुनथालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि शिक्षकहरू विद्यालय जानुपर्ने र वैकल्पिक विधिबाट शिक्षण कार्य गर्नुपर्ने बतायो । यसका लागि कार्यविधिसमेत जारी ग¥यो । वैकल्पिक शिक्षण कार्यविधिमा समेत रेडियो शिक्षण एउटा माध्यम हुनसक्ने भनिएको छ । लकडाउन अवधि खुकुलो भए तापनि तत्काल विद्यालय सञ्चालन हुनसक्ने अवस्था नदेखिएपछि स्थानीय सरकारले असार महिनाभर रेडियो शिक्षण कार्यक्रम चलाए । तर करिव एक महिना पछि यो कार्यक्रम के गर्ने भन्ने अन्यौल छ ।

गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाको संयोजन तथा छत्रकोट, सत्यवति, चन्द्रकोट र गुल्मीदरबार गाउँपालिकाको संयुक्त लगानीमा श्रृंगेश्वर एफ्. एम्. रुरु एफ्. एम्. र रुद्रावति एफ्. एम्.बाट कक्षा ४ देखि १० सम्मका सबै अनिवार्य विषयहरूको एक महिने रेडियो शिक्षण कार्यक्रम असार ३१ गते सम्पन्न भएको छत्रकोट गाउँपालिकाका शिक्षा अधिकारी विष्णुप्रसाद ज्ञवालीले बताउनुभयो । रेसुंगा नगरपालिकाबाट समेत यसैप्रकारको रेडियो शिक्षण कार्यक्रम रेसुंगा एफ्. एम्., गुल्मी एफ्. एम्. र स्काई एफ्. एम्. बाट सञ्चालन गरिएको थियो । नेपाल सरकारबाट प्राप्त रू. तीन लाख खर्च गरेर कार्यक्रम सञ्चालन भएको शिक्षा अधिकारी ज्ञवालीले बताउनु भयो । सहकार्य गरिरहेका सबै स्थानीय तहका विषयगत विज्ञ शिक्षकहरूबाट दैनिक विद्यालय समय अवधिभर शिक्षण कार्य सम्पन्न गरिएको रेडियो शिक्षण समन्वय समितिको संयोजक तथा श्रृंगा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक विकासचन्द्र खरेलले बताउनु भयो ।

प्रधानाध्यापक खरेलले आधारभूत तह (कक्षा ४–५) मा अंग्रेजी माध्यमका पुस्तकमा विविधता भएकोले केही कम प्रभावकारी रहेको र कक्षा ६–१० सम्मका रेडियो शिक्षण प्रभावकारी भएको चर्चा चलेको बताउनु भयो । विद्यालयहरू अझै कतिञ्जेल नियमित सञ्चालन हुन नसक्ने हुन् ? स्थानीय सरकारहरूसमेत गत आर्थिक वर्ष २०७६।२०७७ मा सञ्चालित रेडियो शिक्षण कार्यक्रमको निरन्तरताका लागि अन्यौलमा रहेका छन् ।

प्रधानाध्यापक खरेलले रेडियो शिक्षणको प्रभावकारिता राम्रो रहेको भन्ने शिक्षकहरूको समेत धारणा रहेकोले निरन्तरता दिनुपर्ने बताउनु भयो । वहाँले कार्यक्रमको निरन्तरताका लागि रेडियोले कार्यक्रमको विचविचमा अन्य विज्ञापनसमेत प्रशारण गर्ने, स्थानीय दुईवटा एफ्. एम्.रेडियो मार्फत् मात्रै प्रशारण गर्ने, स्थानीय सरकार र सहयोगी संस्थाहरूको खोजि गर्ने र विद्यालयहरूले समेत योगदान गरी पुनः कार्यक्रम सञ्चालन गर्ने बारेमा छलफल भैरहेको बताउनु भयो । त्यसैगरी शिक्षा अधिकारी ज्ञवालीले कार्यक्रम चलाउनु आवश्यक रहेको बताउँदै पहिलो चरणमा प्रशारण भएको सबै कार्यक्रमको रेकर्ड पुनःप्रशारण गर्ने सम्बन्धमा छलफल भैरहेको बताउनु भयो ।

यसैगरी रुपन्देहीको तिलोत्तमा र देवदह नगरपालिकाले रेडियो शिक्षण कार्यक्रम सञ्चालन गरेका छन् । तिलोत्तमा नगरपालिकाले एस्इइ परीक्षार्थीका लागि एक महिने रेडियो शिक्षण कार्यक्रम सञ्चालन गरेको थियो । असार १८ गतेदेखि कक्षा ४–१० का लागि एक महिने रेडियो शिक्षण कार्यक्रम शुरूगरेको र विज्ञ शिक्षकहरूलाई रेडियो शिक्षणको कार्यतालिका प्रदान गरिएको तिलोत्तमाका शिक्षा अधिकारी गंगाराम आचार्यले बताउनु भयो । त्यसपछि लकडाउनको अवस्था विश्लेषण गरी थप कार्यक्रमका बारेमा निर्णय गरिने अधिकारी आचार्यले बताउनु भयो ।
यस्तै देवदहका शिक्षा अधिकारी टिकाराम शर्माले कक्षा १० का लागि एक महिने एस्इइ तयारी कक्षा सम्पन्न भैसकेको र कक्षा ६–१० सम्मका लागि अर्को एक महिने रेडियो शिक्षण कार्यक्रम शुरू भैसकेको बताउनु भयो । उहाँले यही साउन १५ गते कार्यक्रम समाप्त हुने र त्यसपछिको निरन्तरताका लागि कुनै निर्णय भैनसकेको बताउनु भयो ।

दाङको तुल्सीपुर उपमहानगरपालिकाले स्थानीय पाँचवटा एफ्. एम्. रेडियोमार्फत कक्षा ६–१० सम्मका लागि रेडियो शिक्षण कार्यक्रम सञ्चालन गरेको छ । आफ्नो क्षेत्रभित्र ७३ प्रतिशत विद्यार्थीमा रेडियोको पहुँच भएको पाइएकोले रेडियो शिक्षण उपयुक्त हुने देखिएपछि उपमहानगरपालिकाभित्रका विशेषज्ञ शिक्षकहरूलाई अभिमुखीकरणपश्चात् असार १७ गतेदेखि प्रसारण शुरू गरिएको शिक्षा अधिकारी मानबहादुर खड्काले बताउनु भयो । उहाँका अनुसार रेडियो अडियोबाट सन्दर्भ सामग्री र मनोपरामर्शसम्बन्धि सामग्री र अन्य चार रेडियोहरू क्रमशः रेडियो सञ्जिवनी, रेडियो पाठशाला, रेडियो हाम्रो पहुँच र रेडियो तुल्सीपुरबाट कक्षागत प्रमुख पाँच विषयहरूको शिक्षण भैरहेको छ । उपमहानगरपालिका र रेडियोहरूका विच १५० इपिसोड प्रसारणका लागि सम्झौता भएको उहाँले बताउनु भयो । रेडियो शिक्षण कार्यक्रम बिहान १० बजेभन्दा पहिला र साँझ ४ बजेपछि प्रसारण गरिएकोले विद्यालय सञ्चालन हुँदाका बखतसमेत रेडियो शिक्षण नियमित सञ्चालन हुने छ ।

३. टेलिभिजन शिक्षण कार्यक्रम

बुटवल उपमहानगरपालिकाले लुम्बिनी टेलिभिजन र बुद्ध टेलिभिजनबाट एक महिने विद्यालय शिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उपमहानगरपालिकाभित्रका विज्ञ शिक्षकहरू छनोट गरी अंग्रेजी, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य शारीरिक र ऐच्छिक गणित विषयका कक्षाहरू सञ्चालन भएको र अहिले बन्द भएको कान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णभद्र उपाध्यायले बताउनु भयो । उहाँले यसप्रकारको विकल्पको प्रयोगबाट केही मात्रामा भए तापनि सहयोग पुगेको र अन्य थप कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुु भयो ।

४. सिकाइ सहजीकरण सामग्रीको व्यवस्था

रुपन्देहिको तिलोत्तमा नगरपालिकाले शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट उत्पादित अभिभावकको सहयोगमा सिकाइ सहजीकरण पुस्तक कक्षा १ नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयका विद्यार्थीलाई उपलब्ध गराइसकेको र चालु आर्थिक वर्ष २०७७।२०७८ मा समेत सहजीकरण सामग्री व्यवस्थाका लागि बजेट विनियोजन गरिएकोले मध्य साउनसम्म कक्षा २ र ३ को सामग्री पनि छपाइ गरी वितरण गर्नका लागि कार्य भैरहेको शिक्षा अधिकारी गंगाराम आचार्यले बताउनु भयो । यसैगरी तानसेन नगरपालिकाले पनि सामुदायिक तथा संस्थागत दुवै विद्यालयका सबै विद्यार्थीलाई उपलब्ध हुने गरी केन्द्रबाट उत्पादित कक्षा ८ सम्मका सहजीकरण पुस्तक वितरण गर्न छपाइ कार्य गरिरहेको छ ।

५. शिक्षकहरूका लागि डिजिटल साक्षरता कार्यक्रम

पाल्पाको तानसेन नगरपालिकाले नगरपालिकाभित्रका सबै शिक्षकहरूका लागि ७ दिने कम्प्युटर सञ्चालन सिप विकास र ५ दिने डिजिटल प्रविधिबाट शिक्षणसम्बन्धि तालिम प्रदान गरेको छ । यी तालिम कार्यक्रममा ३०० भन्दा बढि शिक्षकहरूमा आधारभूत सिप विकास भएको तानसेनका शिक्षा अधिकारी रेशमलाल न्यौपानेले बताउनु भयो । यसैगरी तुल्सीपुर उपमहानगरपालिका दाङले उपमहानगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरूका लागिे टिप्याकमा आधारित ६ दिने डिजिटल सिप विकास तालिम सञ्चालन गरेको थियो । विशेषगरी अंग्रेजी र विज्ञान विषय शिक्षणमा केन्द्रित यस कार्यक्रममा ९७ जना शिक्षकहरू सहभागि भएको शिक्षा अधिकारी मानबहादुर खड्काले बताउनु भयो ।

नेपालको संबिधान अनुसार माध्यमिक तहसम्मको शिक्षाको कार्य अधिकार प्राप्त स्थानीय सरकारमध्ये केहीले रेडियो मार्फत शिक्षण सञ्चालन गरेको पाइयो । खासगरी कक्षा ६–१० का लागि बढि लक्षित देखिए तापनि केही स्थानीय तहले कक्षा ४ देखि नै रेडियो शिक्षण सञ्चालन गरेको बताएका छन् । यी रेडियो कक्षाहरू सञ्चालनमा स्थानीय सरकारहरूबाट सामान्यतया एक महिने छोटो अवधिका लागि सहयोग भएको देखिन्छ । कोरोनाभाइरसका कारण स्थगित एस्इइ परीक्षालाई ध्यानमा राखेर पहिलोपटक एक महिने रेडियो शिक्षा सञ्चालन भयो भने सरकारबाट वैकल्पिक शिक्षणका रुपमा रेडियो शिक्षणसमेत गर्न सकिने भनेपछि स्थानीय तहहरूले रेडियो शिक्षणका लागि प्रायोजन शुरू गरेका हुन् । तर आर्थिक वर्षको अन्त्य र रेडियो शिक्षणका लागि आवश्यक बजेट प्रबन्ध नभएका कारण केही स्थानीय तहमा बाहेक रेडियो शिक्षण बन्द हुने अवस्था देखिन्छ । यसैगरी टेलिभिजनमार्फत शिक्षण कार्यक्रम पनि एक महिने अवधिका लागि मात्र सञ्चालन भै बन्द भएको छ ।

लकडाउन र विद्यालय सञ्चालनको स्पष्ट खाका र आवश्यक बजेट नभएकाले अब विद्यालय शिक्षाको थप अभ्यास कस्तो रहने भन्ने अन्योल बढेको छ । रेडियो, टेलिभिजन प्र्रशारणमा बालबालिकाको ध्यानकेन्द्रित हुन र सिकाइ प्रभावकारी हुन नसकेको कुरा सबै रेडियो शिक्षण कार्यक्रम सञ्चालन गर्ने स्थानीय तहका शिक्षा अधिकारी तथा शिक्षकहरूले बताउनु हुन्छ । यसबाहेक केही स्थानीय सरकारले निर्देशन गरेको टोल शिक्षण कार्यक्रम पनि प्रभावकारी नभएको मात्र होइन अभिभावक र अन्य व्यक्ति तथा समूहहरूबाट विरोध खेप्नु परेकोले निरन्तरता दिन नसकिएको बालहित माध्यमिक विद्यालय, निस्दी पाल्पाका प्रधानाध्यापक नवलसिं विरकट्टाले बताउनु भयो । तथापि टेलिभिजन कार्यक्रम र परियोजना कार्य प्रति भने विद्यार्थीको लगनशीलता बढेको र सिकाइमा सकारात्मक प्रभाव परेको क्रमशः भैरव प्राथमिक विद्यालय, तानसेनका प्रधानाध्यापक भगवति खनाल र सौभाग्य माध्यमिक विद्यालय, माथागढिका प्रधानाध्यापक कृष्ण खनालले बताउनु भयो । तर टेलिभिजनको पहुँच अति कममात्र विद्यार्थीमा भएको विडम्बना एकातिर छ भने परियोजना कार्य र सहजीकरण पुस्तक छपाईको प्रबन्ध गर्ने स्थानीय तहमध्ये माथागढि, पाल्पा, तिलोत्तमा रुपन्देहि र तुल्सीपुर दाङ मात्र क्रियाशील भए । विद्यार्थीका लागि अनलाइन कक्षा कुनैपनि स्थानीय सरकारले गरेनन् ।

तसर्थ लकडाउनको अवधि लम्बिदै जाँदा विद्यालय सञ्चालन हुन नसक्ने अवस्थामा वा बन्दाबन्दी समाप्त भै विद्यालयहरू पुनः सञ्चालनमा हुँदा समेत शिक्षणसिकाइ प्रक्रियालाई निरन्तरता दिनका लागि सबै विद्यार्थीका लागि पुग्ने गरी पाठ्यपुस्तक, अभिभावकबाट सहजीकरण सहयोग पुस्तक छपाइ तथा वितरण, परियोेजना कार्य, गृहकार्य वा थप अध्ययन सामग्रीको विकास, छपाइ र वितरण, इन्टरनेट माध्यमबाट डिजिटल सिकाइका लागि आवश्याक प्रविधि तथा प्रविधिक सिप विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारहरूले आवश्यक आर्थिक, प्राविधिक र व्यवस्थापकीय सहकार्य गर्न सकियो भने मात्र सिकाइलाई निरन्तरता दिन र प्रभावकारिता बढाउन सकिने थियो । अन्यथा कोरोनाभाइरसको अन्त्यका लागि धूप बाल्दै बस्नु र पछि पुरानै कार्यशैलीमा फर्कनु बाहेक अर्को विकल्प देखिदैन ।
इमेल: gopalbashyal@gmail.com

Sharing is caring!