आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि छुट्याइएको रकम र योजनालाई स्थानीय सरकारले चासो नदिँदा अधिकाश योजनाहरु प्रभावित बन्ने गरेको सासदहरु बताउँछन । आफुले छनोट गरेर पठाएका योजनाहरु स्थानीय पालिकामार्फत समयमै परिचालन गर्न नसक्दा फ्रिज समेत भएको प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले बताए ।
दाङ–१ का प्रतिनिधि सभा सदस्य मेटमणि चौधीरीलाई आर्थिक वर्ष २०७५।७६ मा निर्वाचन क्षेत्रमा आफैले तय गरेको योजना सम्पन्न गर्न निकै सकस भयो । कति योजना सकसपूर्वक सम्पन्न भए भने कति योजनाको काम हुन नसकेर रकम समेत फ्रिज हुने अबस्था आइपर्यो । चौधरीको निर्वाचन क्षेत्र गढवा गाउँपालिका–८ कोइलाबास तटबन्धनका लागि विनियोजन गरेको रकममा स्थानीय सरकारले चासो नदिदा योजना पुरा हुन सकेन, २० लाख रुपैयाँ फ्रिज भयो ।
स्थानीय सरकारको चासो संसदका योजनामा गम्भीर रुपमा भएको देखिदैन । स्थानीय पालिकाहरु भने संसदले योजना छनोट गर्दा पालिकासंग कुनै समन्वय नगरेकाले कम चासो हुने गरेको बताउँछन् । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सासदले योजना छनोटमा आफु खुसी गरेको र पालिकासंग समन्वय नगर्दा चासो कम भएको बताए । ‘चासो नहुदा र तटबन्धनको बिषयमा स्थानीय जनप्रतिनिधि र उपभोक्ताबीचको बिवादले न त योजनाको काम हुन सक्यो नत रकम उदेश्यअनुरुप खर्च गर्न नै’, सासद चौधरी भन्छन् । लमही नगरपालिका–६ मा रहेको चर्चको निर्माणका लागि छुट्याइएको १० लाख रुपैयाँको विषयमा पनि स्थानीय सरकारले चासो नदिदा योजना कार्यान्वयन समस्यामा पर्यो । यो योजनामा स्थानीय सरकार मात्रै हैन, आम नागरिकले समेत आलोचना गरे ।
दाङ–३ का प्रतिनिधि सभा सदस्य हिरा चन्द्र केसीको संसद विकास कोषको योजनामा पनि गत आर्थिक वर्ष २०७६।७७ मा शान्तिनगर गाउँपालिकामा योजना पुरा गर्न समस्या देखियो । राप्ती आधारभूत विद्यालयको भवन निर्माणका लागि संसद विकास कोषको ५० लाख रुपैयाको योजना रहेकोमा समन्वय र सहकार्य नहुदा समस्या आएको थियो । स्थानीय तहसंगको सहकार्य नहुँदा लामो समयसम्म अलमल भएर पछि यो योजना कठिन साथ सम्पन्न गर्नुपरेको केसीले बताए ।
दाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधी सभाका सदस्यहरुको सांसद विकास कोष अन्र्तगतका योजनाहरु स्थानीय सरकारसम्म आइपुग्दा प्रभावित भएको देखिन्छ । आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि छुट्याइएको रकम र योजनालाई स्थानीय सरकारले चासो नदिँदा अधिकाश योजनाहरु प्रभावित बन्ने गरेको सासदहरु बताउँछन । आफुले छनोट गरेर पठाएका योजनाहरु स्थानीय पालिकामार्फत समयमै परिचालन गर्न नसक्दा फ्रिज समेत भएको प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले बताए ।
स्थानीय सरकारले आफ्ना योजनालाई विशेष प्राथमिकतामा राखेर काम गर्ने भएकाले पूर्वाधार विकास निर्माण अन्र्तगतका योजनाहरु समयमै सम्पन्न नहुने र बजेट फ्रिज हुने गरेको चौधरीले बताए । पालिका प्रमुखहरुको योजनाप्रतिको उदासिनताका कारण योजना सम्पन्न गर्न समस्या हुने गरेको उनको भनाई छ । ‘अहिलेसम्म विवादित योजनाहरु कुनैपनि छैन’, उनले भने, ‘तर, समुदायका नागरिकसंग स्थानीय पालिकाले समन्वय नगरिददा योजना समयमै सम्पन्न गर्न नसकिएको अवस्था छ ।’
चौधरीले आर्थिक वर्ष २०७५।७६ मा गढवा गाउँपालिका–८ कोइलाबास तटवन्धनका लागि छुट्याइएको रकम फ्रिज भएको, लमही नगरपालिका–६ मा रहेको चर्चको निर्माणका लागि छुट्याइएको १० लाख रुपैयाँको विषयमा विवाद भएका उदाहरण अहिले पनि रहेको उनले बताए । सांसद विकास कोषमार्फत प्राप्त भएको चार करोड रकम शिक्षा, स्वास्थ्य, सिचाई, सडक लगायतका क्षेत्रमा खर्च गरेको जानकारी उनले दिए । त्यसबाट २० वटा ठूला योजनाहरु सम्पन्न भएको पनि उनले बताए ।
प्रगन्ना कुलो सिचाई अयोजना, देउखुरी बहुमुखी क्याम्पसको भौतिक निर्माणका, गढवा बहुमुखी क्याम्पसको अधुरो भवन निर्माण, नेपाल नेत्र ज्योती संघ लमहीको भवन निर्माण, घोराही उपमहानगरपालिकाको काउलेदेखि ठाँटीसम्मको सडक स्तरवृद्धि, राजपुरमा रहेको सिक्टा भवन निर्माण योजना लगायतका योजना सम्पन्न गर्न ३ करोड ९० लाख रुपैयाँ खर्च भएको उनले बताए । आर्थिक वर्ष २०७६।७७ मा प्राप्त भएको ६ करोड बजेटले २८ वटा योजनाहरु सम्पन्न गरेको उनले जानकारी दिए । उक्त बजेट तटबन्धन, बृद्धाश्रम, सडक, शिक्षा, स्वास्थय, मठमन्दिर लगायतका क्षेत्रमा खर्च गरिएको छ (विस्तृतका लागि हेर्नुस तालिका) ।
दाङ–३ का प्रतिनिधीसभा सदस्य हिराचन्द्र केसीले आर्थिक वर्ष २०७५।७६ मा प्राप्त भएको ४ करोड बजेट भवन निर्माण, सिचाई, सडक, मन्दिरको स्तरोन्नती, खानेपानी लगायतमा खर्च गरेका छन् जसमध्ये दुईवटा ५० लाखका योजनाहरु रहेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा रहेका अमरमावि उरहरीमा पशु भवन निर्माणमा ५० लाख, बवई गाउँपालिका – ४ र ५ का लागि नहर निर्माणमा ५० लाख खर्च गरिएको उनको सचिवालयले जनाएको छ । यसैगरी विमानस्थल छेउको सडक विस्तारका लागि ३० लाख रुपैयाँ खर्च गरिएको र उक्त योजनालाई क्रमागत योजनाका रुपमा अगाडी सारिएको छ भने अन्य २० वटा साना योजनाहरु सम्पन्न गरिएको छ ।
आर्थिक २०७६।७७ को बजेट ४ वटा ठूला योजना, एउटा क्रमागत योजना र अन्य २७ वटा साना योजनामा खर्च गरिएको छ । स्थानीय सरकारले योजनाहरुको अनुगमन, जनशक्ति परिचालन र कार्यसम्पादनमा सहयोग नगर्दा योजना फच्र्यौट र सम्पन्न गर्न समस्या हुने गरेको प्रतिनिधि सभा सदस्य केसीले बताए । आग्रह, पूर्वाग्रहका आधारमा स्थानीय सरकारले आफ्नो अनुकुल योजनाहरु अगाडी ल्याउँदा समस्या झेल्नुपरेको उनले बताए ।
निर्वाचन क्षेत्र नं २ मा पनि अहिलेसम्ममा कुनै पनि विवाद नभएको प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराका सासद प्रतिनिधि प्रमोद शर्माले बताए । ‘हामीले सबैको सल्लाहअनुसार नै योजना छनोट र कार्यान्वयन गर्ने गरेका छौ’, उनले भने, ‘त्यसले सबैको अपनत्व दिलाएको छ ।’ १० लाखदेखि माथिका योजनामा रकम खर्च गरिएको पनि उनले बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति डिल्ली बहादुर चौधरीले प्रदेशमा संसद विकास कोष नरहेको बताए । तर, प्रदेश सरकारले संसदहरुले योजना छनोट गरेर पठाएमा त्यसमा बजेट भने विनियोजन गर्ने गरेको बताए । ‘हामीलाई संसद कोष भनेर पैसा आउँदैन’, चौधरीले भने, ‘पालिकाको प्रतिनिधित्वको आधारमा योजना छनोट गरिन्छ ।’ उनले प्रदेश सासदले ६० लाखदेखि २ करोडसम्मका योजनाहरु छान्ने गरेको बताए । प्रदेशका कार्यालय मातहतबाट सञ्चालन हुने यी योजनामा खासै समस्या नभएपनि स्थानीय सरकारमार्फत सञ्चालन हुने योजनामा विभिन्न कारण देखाउँदै समस्या सिर्जना हुने गरेको बताए ।
प्रदेश सभा सदस्य रेवतीरमण शर्माका स्वकीय सचिव दशरथ घिमिरेले स्थानीय पालिकामा प्रदेशका योजनामा आनाकानी हुने गरेको बताए । प्रदेश कार्यालयबाट योजना पुरा गराउन जति सजिलो हुन्छ, त्यति गाह्रो स्थानीय तहसंग काम गर्न भएको घिमिरेले बताए । शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिह डाँगीले योजना छनोट र निर्माणमा पालिकासंग समन्वय नहँुदा केहि जटिलता आउने गरेको बताए । ‘संसदहरुले आफु अनुकुल र कार्यकर्तालाई केन्द्रित गरेर योजना छनोट गर्नुहुन्छ, त्यो छनोटमा पालिकाको सहभागिता हुदैन’, उनले भने, ‘प्राविधिक काम भने पालिकाले नै गरिदिनुपर्ने अवस्था छ ।’ डाँगीले संसद विकास कोषलाई प्रभावकारी बनाएर लिन सके मात्रै यसको महत्व बढने बताए ।
गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सासदहरुको मनमर्जी हुँदा समन्वय र सहकार्यमा समस्या भएको बताए । ‘योजना छनोट, उपभोक्ता समिति गठन र आबश्यकताको विषयमा पालिकासंग कुनै समन्वय र सहकार्य हुदैन’, अध्यक्ष यादवले भने, ‘अन्तिममा एकै चोटी जानकारी आउँछ । पालिकाले गर्ने सम्पूर्ण सहयोग गरेको छ । तर, सासदहरु काममा सहकार्य र सहयोग खोज्छन, योजना छनोटमा सहभागि पनि बनाउँदैनन, सहकार्य गर्दैनन् ।’ उपभोक्ता सम्झौता गर्न आउँदा मात्रै आफुहरुलाई थाहा हुने गरेको बताउँदै उनले भने, ‘कोषको योजना प्रभावकारी बनाउन पालिकासंगको सहकार्य र समन्वय बढाउनु जरुरी छ ।’
स्थानीय शासन विज्ञ नहकुल केसी संसद विकास कोषको प्राबधाननै हटाउनुपर्ने बताउँछन । ‘यस्तो कोष विकासभन्दा पनि कार्याकर्ता केन्द्रित बढी देखिन्छ’, उनी भन्छन, ‘उपभोक्ताका नाममा कसरी कोष पचाउने भन्ने अवस्था छ ।’ उनले विगतभन्दा पछिल्ला बर्षहरुमा संसद विकास कोषको योजनासंगै प्रभावकारिता बढीरहेको चाहिं बताए । ‘विगतभन्दा रकम पनि बढ्दै गएको छ, यसको प्रभावकारिता पनि बढ्दै गएको छ’, उनले भने, ‘ठूला योजना लागु भएपछि प्रभावकारी देखिन्छ । अहिले ठूला योजना मात्रै सञ्चालन हुँदा केहि राम्रो देखिएको छ ।’
दाङमा २०५२ सालदेखि अहिलेसम्म प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा गरेर झण्डै ५५ जना सासदहरु निर्वाचित भएका छन् । ती सांसदमार्फत कम्तिमा पनि ३ अर्व रुपैयाँ संसद विकास कोषको नाममा खर्च भएको तत्कालिन जिल्ला विकास समितिको तथ्याकंमा देखिन्छ । जानकारहरुका अनुसार योे रकम कार्यकर्ता केन्द्रित योजनामा मात्रै खर्च हुने गरेको छ ।
सांसद विकास कोष अन्र्तगत छनोट भएका योजना र बजेट विवरण आव २०७६।७७
क्षेत्र नं १ :– मेटमणी चौधरी
स्थानीय तह | योजनाको नाम | विनियोजित बजेट |
लमही नगरपालिका | देउखुरी बहुमुखी क्याम्पसको भवन निर्माण | ५० लाख |
लमही नगरपालिका | नेपाल नेत्रज्योतीसंघको भवन निर्माण | ५० लाख |
गढवा गाउँपालिका | गढवा बहुमुखी क्याम्पसको भवन निर्माण | ५० लाख |
राप्ती गाउँपालिका | प्रगन्ना कुलो सिचाई योजना | ५० लाख |
राजपूर गाउँपालिका | माथिल्लो सिक्टा भौतिक पूर्वाधार निर्माण | ५० लाख |
घोराही उपमहानगरपालिका | काउले–ठाँटी सडक स्तरवृद्धी | ५० लाख |
लमही नगरपालिका | विपी स्मृती भवन निर्माण | १५ लाख |
राप्ती गाउँपालिका | जय गुरुदेव सत्संग भवन निर्माण | १५ लाख |
गढवा गाउँपालिका | जनता मावि कालाकाटेको भवन निर्माण | १० लाख |
राजपुर गाउँपालिका | ज्योती आधारभूत विद्यालयको भवन निर्माण | २०लाख |
राप्ती गाउँपालिका | शंकर माविको भौतिक पूर्वाधार निर्माण | २० लाख |
लमही नगरपालिका | श्री मावि फल्कापुरको भौतिक पूर्वाधार निर्माण | २० लाख |
गढवा गाउँपालिका | दंगाली छापमुहान तटवन्धन÷सिचाई योजना | १५ लाख |
लमही नगरपालिका | सहिद विकास प्रकाश स्मृति फाउण्डेसन भवन निर्माण | १० लाख |
गढवा गाउँपालिका | मावि पचुहियाको भवन निर्माण | २५ लाख |
गढवा गाउँपालिका | चिसापानी कुलोबाँध निर्माण | १० लाख |
घोराही उपमहानगरपालिका | धर्नाको अधुरो डिपबोरीङ सञ्चालन | १० लाख |
गढवा गाउँपालिका | कुमाल गाउँमा महिला भवन निर्माण | १५ लाख |
लमही नगरपालिका | मदरसा स्कुल इस्लाम प्राविको भौतीक पूर्वाधार निर्माण | १० लाख |
लमही नगरपालिका | होटल व्यवसायी समितिको भौतिक पूर्वाधार निर्माण | १० लाख |
लमही नगरपालिका | श्री गोरखा रत्ननाथ बृद्धवृद्धा केयर सेन्टर भौतिक पूृर्वाधार निर्माण | १०लाख |
गढवा गाउँपालिका | ज्ञानज्योती प्राविको भवन निर्माण | १० लाख |
राप्ती गाउँपालिका | भृकुटी महिला बचत तथा ऋण सहकारीसंस्थाकोभौतिकपूर्वाधारनिर्माण | १० लाख |
लमही नगरपालिका | विपन्न सामाजिक उद्यमी महिला सहकारीको भौतिक पूर्वाधार निर्माण | १५ लाख |
गढवा गाउँपालिका | जमूनीबास खोलामा तटबन्धन | २० लाख |
लमही नगरपालिका | स्वास्थ्यचौकी भवन निर्माण | १० लाख |
राप्ती गाउँपालिका | ईन्द्रेणी युवा क्लवको भवन निर्माण | १० लाख |
लमही नगरपालिका | श्रृजनशील वृद्धवृद्धा आश्रमसेवा समिति भवन निर्माण | १० लाख |
क्षेत्र नं २ः– कृष्णबहादुर महरा
स्थानीय तह | योजनाको नाम | विनियोजित बजेट |
बंगलचुली गाउँपालिका | कमिरेचौरमा १५ शैयाको अस्पताल निर्माण | ४९लाख ७७ हजार पाँचसय रुपैयाँ |
बंगलाचुली गाउँपालिका | लाहापे स्वास्थ्य ईकाइ केन्द्र निर्माण | २४लाख ८८हजार सातसय ५०रुपैयाँ |
बंगलाचुली गाउँपालिका | स्यजा–टुसार–जरुवा मोटरबाटो निर्माण | २४लाख ८८हजार सातसय ५० रुपैयाँ |
घोराही उपमहानगरपालिका | रंगशाला निर्माण | १४लाख ९३ हजार दुईसय ५० रुपैयाँ |
घोराही उपमहानगरपालिका | सहिद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालयको पूर्वाधार विकास | १४लाख ९३ हजार दुईसय ५० रुपैयाँ |
घोराही उपमहानगरपालिका | सर्वोदय पूस्तकालय भवन निर्माण | १४लाख ९३ हजार दुईसय ५० रुपैयाँ |
घोराही उपमहानगरपालिका | ढुङगे डाँडामा डिव बोरीङ | १४लाख ९३ हजार दुईसय ५० रुपैयाँ |
घोराही उपमहानगरपालिका | सहिद स्मृती पार्क निर्माण | ९लाख ९५हजार पाँचसय रुपैयाँ |
घोराही उपमहानगरपालिका | लाकुरीबजार–घोरदोरा–स्वर्गद्धारी सडक निर्माण | ९लाख ९५हजार पाँचसय रुपैयाँ |
घोराही उपमहानगरपालिका | सुकैलाखुटी लिफ्ट सिचाईका लागि ट्रान्सफर्मर र कुलो निर्माण | ९लाख ९५हजार पाँचसय रुपैयाँ |
घोराही उपमहानगरपालिका | बसिकोट–लाहुरेडाँडा–स्कुल क्षेत्रको अटो भिलेजमा पक्की नाला सहितको सडक स्तरोन्नती | १४लाख ९३हजार दुईसय ५० रुपैयाँ |
तुलसीपुर उपमहानगरपालिका | मावि दुधरासमा प्राविधिक शिक्षा भवन निर्माण | ४९लाख ७७ हजार पाँचसय रुपैयाँ |
तुलसीपुर उपमहानगरपालिका | खैरेनी ग्वारखोलामा तटवन्ध निर्माण | ९ लाख ९५ हजार पाँचसय रुपैयाँ |
तुलसीपुर उपमहानगरपालिका | सहिद स्मृती विद्यालय छात्रावास सुधार योजना | १४लाख ९३हजार दुईसय ५० रुपैयाँ |
तुलसीपुर उपमहानगरपालिका | ||
डोक्रेना पदीया डाँडामा डिप वोरीङ निर्माण | १४लाख ९३हजार दुईसय ५० रुपैयाँ | |
घोराही उपमहानगरपालिका | मावि निधुवारको प्राविधिक–कृषि शिक्षा भवन निर्माण | २४लाख ८८हजार सातसय ५० रुपैयाँ |
घोराही उपमहानगरपालिका | वरेहीसोतमा पुल निर्माण | २४लाख ८८हजार सातसय ५० रुपैयाँ |
घोराही उपमहानगरपालिका | दुन्द्रा–बेलनी पक्की बाँध र नहर निर्माण | १४लाख ९३हजार दुईसय ५० रुपैयाँ |
घोराही उपमहानगरपालिका | एकलघरुवा पिड ट्युवेल वितरण प्रणाली निर्माण | २४लाख ८८ हजा सातसय ५० रुपैयाँ |
घोराही उपमहानगरपालिका | नयाँबगाले–पातुथान, लुङकोट–कचिला मोटरबाटो निर्माण | १४ लाख ९३ दुईसय ५० रुपैयाँ |
जम्मा खर्च | – | ३करोड ९८लाख २०हजार रुपैयाँ |
प्रशासनिक खर्च | – | एक लाख ८०हजार |
क्षेत्र नं ३ :– हिराचन्द्र केसी
स्थानीय तह | योजनाको नाम | विनियोजित बजेट |
बवई गाउँपालिका | आदर्श नगर नहर निर्माण | ४९लाख ६५हजार रुपैयाँ |
बवई गाउँपालिका | ट्वाङखोला देखि खयरवट्टी बाटो स्तरोन्नती | १९ लाख ८६ हजार रुपैयाँ |
बवई गाउँपालिका | सोनपूरदेखि ओदाले जोड्नेबाटो स्तरोन्नती | ९लाख ९३ हजार रुपैयाँ |
बवई गाउँपालिका | सुन्दरखालचोक–गैरीगाउँ सडक निर्माण | १४लाख ८९हजार पाँचसय रुपैयाँ |
बवई गाउँपालिका | कौशिलापूरमा मन्दिर निर्माण | ९लाख ९३ हजार रुपैयाँ |
बवई गाउँपालिका | हंसपूर धनवाल नहर निर्माण | १४लाख ८९हजार पाँचसय रुपैयाँ |
बवई गाउँपालिका | रामपूर–बिजयनेटा नाला निर्माण | १९लाख ८६हजार रुपैयाँ |
शान्तिनगर गाउँपालिका | पेदिखोला राप्ती आधारभूत विद्यालयको भवन निर्माण | ४९लाख ६५हजार रुपैयाँ |
शान्तिनगर गाउँपालिका | बाघखोर–तिनुधारा–अर्खले जोड्ने सडक निर्माण | २४लाख ८२हजार चारसय रुपैयाँ |
शान्तिनगर गाउँपालिका | पातेटाकुरा–खानेपानी जोड्ने सडक निर्माण | ९लाख ९३ हजार रुपैयाँ |
शान्तिनगर गाउँपालिका | गिधनीया– दक्षिण चितहरिया पक्की कुलो निर्माण | १४लाख ८९हजार पाँचसय रुपैयाँ |
शान्तिनगर गाउँपालिका | मावि शिवसुन्दरपूर कृषि क्याम्पसमा पोखरी निर्माण | ९ लाख ९३ हजार रुपैयाँ |
दंगीशरण गाउँपालिका | चितानपूर लिफ्ट सिचाई योजना | १४ लाख ८९ हजार पाँचसय रुपैयाँ |
दंगीशरण गाउँपालिका | तताने खानेपानी निर्माण | ९लाख ९३हजार रुपैयाँ |
दंगीशरण गाउँपालिका | घट्टेखोला–सरुवाडाँडा कुलो निर्माण | १४लाख ८९ हजार पाँचसय रुपैयाँ |
दंगीशरण गाउँपालिका | डाँडाचिस–धडेरी बाटो स्तरोन्नती | १४ लाख ८९ हजार पाँचसय रुपैयाँ |
तुलसीपुर उपमहानगरपालिका | तारेकुलो निर्माण | ४९ लाख ६५ हजार रुपैयाँ |
तुलसीपुर उपमहानगरपालिका | एयरपोर्टबाट पश्चिमतर्फको सडक कालोपत्रे | ४९लाख ८९हजार पाँचसय रुपैयाँ |
तुलसीपुर उपमहानगरपालिका | गहतेखोला–मनकामना–त्रीवेणीसम्म सडक स्तरोन्नती | ४९लाख ६५हजार पाँचसय रुपैयाँ |
तुलसीपुर उपमहानगरपालिका | भुईयारथान निर्माण जवरपूर | १९लाख ८६हजार रुपैयाँ |
तुलसीपुर उपमहानगरपालिका | टरिगाउँ डिपबोरीङ स्वर्गद्धारी सिचाई योजना | १४ लाख ८९ हजार पाँचसय रुपैयाँ |
तुलसीपुर उपमहानगरपालिका | कचिला डबरा सिचाईकुलो निर्माण | १४ लाख ८९हजार पाँचसय रुपैयाँ |
तुलसीपुर उपमहानगरपालिका | हलवार स्वास्थयचौकी–खाद्रे जोड्ने पूल निर्माण | १९लाख ८६हजार रुपैयाँ |
तुलसीपुर उपमहानगरपालिका | पातु बनगाउँ जलस्रोत सिचाई योजना | ९ लाख ९३हजार रुपैयाँ |
तुलसीपुर उपमहानगरपालिका | ठुलधारा–सरस्वती मावि दमारगाउँ सडक स्तरोन्नती | ९लाख ९३हजार रुपैयाँ |
तुलसीपुर उपमहानगरपालिका | अमर मावि उरहरी पशुविज्ञान भवन निर्माण | ९लाख ९३हजार रुपैयाँ |