संसदमा नयाँ सासंदको परीक्षा ः उनिहरूको योग्यता कति ?

लक्ष्मण पोखरेल २०७९ पौष बुटवल
लुम्बिनी प्रदेशसभामा ६३ जना नयाँ सासंद चुनिएका छन् । पहिलो पटक प्रतिनिधि सभा र प्रदेश सभामा प्रवेश गर्नेका लागी पनि यो परीक्षाको घडी हो ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभामा ७ जना नयाँ सदस्य निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिकमा गरी ४१ जना सासंद चुनिएका छन् । प्रदेशसभाका लागि ८७ सासंद चुनिएका छन् ।

बासुदेव घिमिरे प्रतिनिधिसभाका लागि चुनिएका नौला सासंद हुन । रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित घिमिरे यसअघि तिलोत्तमा नगरपालिकाको मेयर थिए । एमालेबाट टिकट प्राप्त गरी पहिलो पटक संसदीय निर्वाचनमा होमिएका उनले कांग्रेसका पुराना नेता भरत शाहलाई पराजित गरे ।

त्यस्तै प्यूठानबाट निर्वाचित एमाले नेता सुर्य थापा पनि प्रतिनिधिसभामा नयाँ हुन् । उनले प्यूठानमा सत्ता गठबन्धनका उम्मेदवार जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई हराएका हुन् । रुकुमपूर्वका पूर्णबहादुर घर्ती पनि प्रतिनिधिसभाका लागि नयाँ हुन । लुम्बिनी प्रदेशसभाका संस्थापक सभामुख घर्ती माओवादीबाट सत्तागठबन्धनको समर्थनमा उम्मेदवार बनेका थिए ।

त्यस्तै बाँकेबाट राप्रपाका धवल शमशेर राणा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर भएका उनी पहिलो पटक संसद प्रवेश गर्दैछन् । उनी राप्रपाका महामन्त्री हुन् ।

त्यस्तै बर्दियाबाट लालबिर चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीका बुवा लालबिर स्वतन्त्र उम्मेदवार थिए । उनले माओवादी केन्द्रका सुरेश पन्थलाई झिनो मतान्तरले पराजित गरेका हुन् ।

पाल्पा क्षेत्र नम्बर २ बाट ठाकुर गैरे पहिलो पटक सासंद निर्वाचित भए । एमालेका उम्मेदवार रहेका उनले एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई पराजित गरेका हुन् । पाल्पा १ बाट निर्वाचन जितेका नारायणप्रसाद आचार्य पनि प्रतिनिधिसभाका नौला सदस्य हुन् ।

लुम्बिनी प्रदेशसभामा नयाँ सासंद उत्साहजनक मात्रामा निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ निर्वाचित भएका २९ जना सासंद पहिलो पटक संसद प्रवेश गर्दैछन् । समानुपातिकतर्फका ३५ जनामध्ये सुमन शर्मा रायमाझी मात्रै पुराना हुन् । लुम्बिनी प्रदेशसभाका ८७ जनामध्ये ६३ जना सासंद नयाँ रहनेछन् ।

कुन जिल्लाबाट कति सासंद ?

प्रतिनिधिसभा तथा प्रदेशसभामा लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै २४ जना सासंद रुपन्देहीबाट चुनिएका हुन् । समानुपातिकतर्फ पनि रुपन्देहीले सबैभन्दा धेरै ९ सासंद पाएको छ । बाँकेबाट १८ जना सासंद चुनिएका छन् । समानुपातिकतर्फ बाँकेबाट प्रतिनिधिसभामा २ र प्रदेशसभामा ७ जना सासंद निर्वाचित छन् । दाङ र बर्दियाबाट समान १५।१५ जना सासंद निर्वाचित छन् ।

प्रतिनिधिसभातर्फ रुकुमपूर्व, गुल्मी, प्यूठानबाट समानुपातिकमा कोही चुनिएका छैनन् । पश्चिम नवलपरासीबाट प्रदेशसभामा समानुतिकमा सासंद परेनन् । प्रतिनिधिसभामा समानुपातिका सबैभन्दा बढी बर्दियाले ५ जना सासंद पाएको छ । प्रतिनिधिसभातर्फ सबैभन्दा धेरै सासंद भने बर्दियाबाट रहेका छन् । बर्दियाबाट प्रतिनिधिसभामा ७ जना, रुपन्देहीबाट ६ जना चुनिएका छन् ।

दुबै तहमा कपिलवस्तुबाट ११, गुल्मीबाट १०, पाल्पाबाट ८, नवलपरासीबाट ७, प्यूठान, रुकुमपूर्व, रोल्पा र अर्घाखाँचीबाट ५।५ जना सासंद प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनिएका छन् ।

यस्तो छ जिल्लागत प्रतिनिधित्व
जिल्ला     संघीय संसद       प्रदेश संसद      संघीय र प्रदेश जम्मा
 प्रत्यक्ष     समानुपातिक     प्रत्यक्ष     समानुपातिक      
रुपन्देही १० २४
प्यूठान      २    २   
गुल्मी २     १०
रोल्पा २   
रुकुमपूर्व   २    २   
पाल्पा      २   
बाँके ३    २    १८
बर्दिया     २    १५
दाङ ३    २    १५
कपिलवस्तु      ३    १ १
नवलपरासी      २    
अर्घाखाँची २   
प्रदेशसभाका सासंदको कति छ शैक्षिक योग्यता

लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालका लागि स्नातकोत्तर गरेका ७ जना सासंद चुनिएका छन् । निर्वाचन आयोगको विवरण अनुसार स्नातक पास गरेका १६ जना रहेका छन् । यो प्रत्यक्ष निर्वाचित तर्फको विवरण हो ।

निर्वाचित भएकामध्ये १२ जनाले प्लस टु मात्र उत्तिर्ण गरेका छन् । ११ जना एसएसलसी मात्र उत्तिर्ण भएका सासंद छन् । २ जना साक्षर मात्र छन् । निर्वाचन आयोगको विवरणमा तीन जनाले शैक्षिक योग्यता समावेश गरेका छैनन् ।

स्नातकोत्तर उत्तीर्ण

पाल्पा १ (२) का खेमबहादुर सारु, रुपन्देही ४ (१) का कन्हैया बनियाँ, कपिलबस्तु २ (२) का सुधाकर पाण्डेय, कपिलबस्तु ३ (१) का अर्जुन कुमार के.सी., बर्दिया १ (१) का धर्मबहादुर चौधरी, कपिलबस्तु १ (१) का विष्णुप्रसाद पन्थी, र बाँके ३ (२) बाट निर्वाचित रत्नबहादुर खत्रीले स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।

स्नातक उत्तीर्ण

अर्घाखाँचीको (१) का चेतनारायण आचार्य, गुल्मी २ (२) का दिनेश पन्थी, रुपन्देही २ (२) का भोजप्रसाद श्रेष्ठ, रुपन्देही ३ (१) का सन्तोषकुमार पाण्डेय, रुपन्देही ५ (१) का भूमिश्वर ढकाल, रुपन्देही १ (२) का अब्दुल रज्जाक, कपिलबस्तु ३ (२) का जानकीप्रसाद यादव, दाङ २ (१) का राजु खनाल, (२) का प्रचण्डविक्रम न्यौपाने, दाङ ३ (१) का डिल्ली बहादुर चौधरी, बाँके २ (२) का आदेश कुमार अग्रवाल, बर्दिया २ (१) का जन्मजय तिमिल्सिना, प्यूठान (२) का सरोज थापा, रोल्पा (१) का जोखबहादुर महरा, नवलपरासी पश्चिम १ (१) का विश्व प्रेम पाठक, २ (२) का खड्क बस्नेतले स्नातक तह पास गरेका छन् ।

प्लसटु उत्तीर्ण

अर्घाखाँची (२) का रामजी घिमिरे, पाल्पा २ (१) का विरबहादुर राना, रुपन्देही १ (१) का आशिषकुमार चौधरी, रुपन्देही २ (१) का लिला गिरि, दाङ ३ (२) का धनबहादुर मास्की, रुपन्देही ४ (२) का वसीउद्धीन खाँ, रुपन्देही ५ (२) का चन्द्रकेश गुप्ता, बाँके १ (१) का कृष्णा केसी, बाँके २ (१) का भण्डारी लाल अहिर, बाँके ३ (२) का बादशा कुर्मी, गुल्मी १ (२) का धनेन्द्र कार्की र नवलपरासी २ (२) का वैजनाथ कवलवारले प्लस टु उत्तिर्ण गरेको निर्वाचन आयोगको विवरणमा छ ।

एसएलसी उत्तीर्ण

गुल्मीको १ (१) बाट निर्वाचित सासंद चिन्तामणी पाण्डे, पाल्पा १ (१) का राजुप्रसाद श्रेष्ठ, पाल्पा २ (२) का तुलाराम घर्ति मगर, रुपन्देही ३ (२) का तुल्सीप्रसाद चौधरी, कपिलवस्तु २ (१) का नवराज लामिछाने, दाङ १ (१) का इन्द्रजीत थारु, २ (२) का अनुराग खड्का, बर्दिया १ (१) का भुवनेश्वर चौधरी, रुकुम पूर्व (२) का धनबहादुर के.सी., रोल्पा (२) का दिपेन्द्र पुन मगर, कपिलबस्तु १ (२) का मधुसुदन शरण चौधरी र प्यूठान (१) बाट निर्वाचित सांसद तुल्सीराम शर्माले एसएलसी उत्तिर्ण गरेका छन् ।

एसएलसी अनुत्तीर्ण

बर्दिया १ (२) बाट निर्वाचित राजकुमार चौधरी र पश्चिम नवलपरासी २ (१) बाट निर्वाचित देवकरणप्रसाद कलबारको शैक्षिक योग्यता अण्डर एसएलसी रहेको छ ।
रुकुमपूर्व (१) का सुरुल पुन, बाँके १ (२) का दुर्गाप्रसाद चौधरी र गुल्मी २ (१) का डिल्लीराम भुसालले आफ्नो शैक्षिक योग्यता नखुलाएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।

प्रदेश सरकार बन्न साना दलको भर

कुनै पनि पार्टीको बहुमत नआएपछि लुम्बिनीमा सरकार बन्न धेरै दलको समर्थन चाहिन्छ । लुम्बिनी प्रदेश सरकार निर्माणका लागि साना दल निर्णायक छन् । लुम्बिनीमा एमाले २९ सिटसहित पहिलो दल छ । सरकार बन्नका लागि ४४ सिट आवश्यक पर्छ । दोस्रो दल रहेको कांग्रेसको २७ सिट छ । अहिले चुनावमा गठबन्धन गरेका दलबाट पनि सरकार बन्ने अवस्था छैन । माओवादीसंग ९ सिट, लोसपासंग ३ र जनमोर्चासंग १ सिट रहेको छ । यी बाहेक अन्य ४ सासंदको समर्थन पाएमात्रै कांग्रेस नेतृत्वमा सरकार बन्न सक्छ ।

लुम्बिनी प्रदेशमा पहिलो पटक प्रवेश पाएका राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीको समर्थनले सरकार निर्माण गर्नमा सघाउ पुग्छ । राप्रपा र नागरिक उन्मुक्तिका ४।४ सांसद र जनमतका तीन सासंद प्रदेशसभामा आएका छन् ।

लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व छ । प्रत्यक्षमा ८ वटा दलले मात्रै चुनाव जिते पनि समानुपातिकतर्फ थप २ दलले ‘थ्रेस होल्ड’ कटाएर १–१ सिट पाएका छन् ।

एमाले नेतृत्वको सरकार बन्नका लागि चुनावमा तालमेल गरेका राप्रपाको ४ र जसपाको ३ सांसद जोड्ता एमालेसंग ३८ सासंद पुग्छन् । सरकार बनाउनका लागि अझै ६ जना सांसदको मत एमालेले जुटाउनु पर्छ । नागरिक उन्मुक्ति र स्वतन्त्र सासंदको विश्वास लिन सक्यो भने एमालेले सरकार बनाउन सक्छ ।

लुम्बिनी प्रदेशका लागि मुख्यमन्त्रीको टुंगो गठबन्धन बनेसंगै देखिनेछ । एमालेबाट लिला गिरी, माओवादीबाट जोखबहादुर महरा मुख्यमन्त्री बन्ने बताइएको छ । कांग्रेसबाट अब्दुल रज्जाक र डिल्ली बहादुर चौधरीको चर्चा छ ।

Sharing is caring!