समस्या शिक्षा र स्वास्थ्यमा, सरकारको ध्यान मन्दिर र चर्चमा

महेश न्यौपाने २०७७, मङ्सिर रोल्पा

रोल्पामा तीन वर्षभित्र वनेका ६० वटा मन्दिर, ७ वटा चर्च र ८९ वटा सामुदायिक भवनमा करिव ७ करोड वजेट ।

रोल्पा नगरपालिकामा रहेका ६६ मध्ये ३८ सामुदायिक विद्यालयमा दरवन्दी शून्य छ । नीजि श्रोतमा राखिएका १७० शिक्षकहरुको तलव भत्ताका लागि अभिभावकले वर्षेनी २ करोड ७६ लाख उठाउँदै आएका छन् । ४० वटा विद्यालयमा विद्युत छैन । ५० वटा विद्यालयमा टेलिफोनको सुविधा छैन । ५८ वटा विद्यालयहरु ईन्टरनेटको पहुँचमा छैनन् । नगरपालिकाभित्र २८ प्रतिशत वालवालिकाले २० वर्ष नपुग्दै विवाह गर्ने गर्दछन् । जिल्लाकै विकसित तथा संवृद्ध भनिएको नगरपालिकाको सामाजिक सुचक यस्तो रहँदा दुरदराजमा रहेका अन्य स्थानीय तहमा शिक्षाको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।

जिल्लाका ४ सय ७ सामुदायिक विद्यालयमा ६७ हजार ९८८ विद्यार्थी अध्ययन गर्छन् । जिल्लामा २ सय वढी विद्यालयमा शिक्षक दरवन्दी शुन्य छ जसका कारण ठूलो संख्याका विद्यालय अभिभावकको भरका चलेका छन् । प्राविमा २५२, निमावि ४३१ र माविमा २९८ दरवन्दी अपुग छ । ५ हजार वढी विद्यार्थी रहेको सुनछहरी गाउँपालिकामा एउटा पनि मावि दरवन्दी छैन ।

अघिल्लो वर्ष गर्भवती भएकामध्ये झण्डै ६३ प्रतिशत आमाले वर्थिङ सेन्टरमा प्रसुती गराएका थिए । घरमा हुने सुत्केरीले आमा तथा शिशुमा स्वास्थ्य संक्रमण देखिनुका साथै मातृ र वालमृत्यु दरसमेत वढेको भन्दै यसको न्यूनिकरणका लागि सरकारले संस्थागत सुत्केरीलाई प्राथमिकताको कार्यक्रममा समावेश गरेको भएपनि अझै ३७ प्रतिशत आमाहरु घरमै सुत्केरी हुने गर्दछन् ।

जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रका समस्याको यो एउटा झलक मात्र हो । यस्ता थुप्रै समस्याहरु रहेका छन् । यसरी जनताका समस्या एकातिर छन् भने यहाँको स्थानीय सरकारको चासो चाहिं मन्दिर र सामुदायिक भवन निर्माणमा देखिने गरेको छ । वितेका २ वर्षमा रोल्पाका १० स्थानीय तहको वजेटवाट ४४ वटा मन्दिर र ६ वटा चर्च वने जसका लागि १ करोड ३४ लाख ४५ हजार रुपैयाँ खर्च भयो । आर्थिक वर्ष २०७५÷०७६ मा जिल्लामा २२ वटा मन्दिर र एउटा चर्चका लागि ८९ लाख ८० हजार रुपैयाँ खर्च भयो । आर्थिक वर्ष २०७६÷०७७ मा २१ मन्दिर र ५ वटा चर्चका लागि ४४ लाख ६५ हजार खर्च भयो । चालु आर्थिक वर्षका लागी १२ वटा मन्दिर र १ चर्चका लागी यहाँका स्थानीय सरकारहरुले ४० लाख ५० हजार वजेट प्रस्ताव गरेका छन् । यस वर्ष प्रस्ताव गरिएका सवै मन्दिर र चर्च निर्माण भएको अवस्थामा ३ वर्षभित्र मात्रै रोल्पामा ५८ वटा मन्दिर र ७ वटा चर्चका लागि १ करोड ७५ लाख ९५ हजार रुपैयाँ खर्च हुनेछ ।

सामुदायिक भवनमा पनि स्थानीय सरकारको ठूलै मोह देखिन्छ । वितेका २ वर्ष र चालु आर्थिक वर्ष समेत गरि जिल्लामा ८६ वटा सामुदायिक भवनको लागि २ करोड ३३ लाख ४५ हजार खर्च हुँदैछ । आर्थिक वर्ष २०७५÷०७६ मा ३३ वटा सामुदायिक भवनका लागि ८५ लाख खर्च भएको देखिन्छ भने आर्थिक वर्ष २०७६÷०७७ मा २८ सामुदायिक भवनमा ८३ लाख ४५ हजार रुपैयाँ खर्च भएको थियो । चालु आर्थिक वर्षका लागी ३३ वटा सामुदायिक भवन निर्माणमा ८५ लाख वजेट प्रस्ताव गरिएको छ । मन्दिर, चर्च र सामुदायिक भवनमा नगर÷गाउँपालिका भन्दा वडाहरुको चासो देखिने गरेको छ ।

मागका आधारमा योजना छनौट गरिने भएकाले समुदायवाट आएका त्यस्ता माग वडा र गाउँपालिकाले कार्यान्वयन गर्न वाध्य हुने गरेको लुंग्री गाउँपालिकाका अध्यक्ष दुर्गा खड्काको भनाई छ । कुल वजेटको निकै थोरै रकम मात्रै त्यता गएको दावी गर्दै खड्काले भने, ‘मन्दिर निर्माण र मर्मतले संस्कृति संरक्षण गर्न मद्धत पुग्छ ।’ आगागी दिनमा योजना छनौट गर्दा यस्ता क्षेत्रलाई कम प्राथमिकताको सुचीमा राख्ने गरि विधि तयार गरिने पनि खड्काले वताए । त्यसो त चालु आर्थिक वर्षको वजेटमा जिल्लाको गंगादेव गाउँपालिकाले डोजर संचालक समितिका लागी ६ लाख प्रस्ताव गरेकाले पनि यस्ता काममा स्थानीय तहको प्राथमिकतालाई बुझन सकिन्छ ।

तालिका १ः मन्दिर र सामुदायिक भवनको संख्या

सिनंं

 

स्थानीय तह

 

०७७÷०७८

०७६÷०७७

०७५÷०७६

मन्दिर

सामुदायिक भवन

मन्दिर

सामुदायिक भवन

मन्दिर

सामुदायिक भवन

गंगादेव गापा

लुंग्री गापा

१०

माडी गापा

 

 

परिवर्तन गापा

रुन्टीगढी गापा

सुनिलस्मृती गापा

थवाङ  गापा

त्रिवेणी गापा

रोल्पा नपा 

१२

१३

१०

सुनछहरी गापा

जम्मा

१३

२५

२३

२८

२७

३३

स्रोतः स्थानीय सरकारको वेबसाईट

तलिका २ः मन्दिर र सामुदायिक भवनको वजेट

सिनंं

स्थानीय तह

०७७÷०७८

०७६÷०७७

०७५÷०७६

 

 

मन्दिर

सामुदायिक भवन

मन्दिर

सामुदायिक भवन

मन्दिर

सामुदायिक भवन

गंगादेव गापा

 

६ लाख

 

 

 

 

लुंग्री गापा

१० लाख

 

२८ लाख ८० हजार

२० लाख  ५० हजार

१७ लाख

१४ लाख

माडी गापा

 

 

 

 

५लाख ५० हजार

५ लाख ५० हजार

परिवर्तन गापा

४  लाख

 

६लाख

३ लाख

८  लाख

३ लाख ५हजार

रुन्टीगढी गापा

 

 

१२ लाख

 

१ लाख

११ लाख

सुनिलस्मृती गापा

२२ लाख ५० हजार

२७ लाख

३१ लाख

४  लाख ५ हजार  

२ लाख ५हजार

६ लाख

थवाङ  गापा

 

११  लाख

 

११ लाख २० हजार

१ लाख ५ हजार

६ लाख ५हजार

त्रिवेणी गापा

 

 

५०  हजार

७ लाख ५हजार

 

३ लाख

रोल्पा नपा 

९ लाख ५० हजार

११  लाख ५० हजार

३४ लाख २५हजार

६ लाख १५हजार

३० लाख ८०  हजार

१०

सुनछहरी गापा

 

११ लाख ५० हजार

 

२ लाख

३  लाख

४ लाख

जम्मा

४० लाख ५०

६५ लाख

८९ लाख ८० हजार

८३ लाख ४५ हजार

४४ लाख ६५ हजार

८५ लाख

स्रोतः स्थानीय सरकारको वेबसाईट

प्रदेश सरकारको पनि मन्दिर मोह

स्थानीय सरकार मात्र हैन, प्रदेश सरकारले समेत रोल्पामा चालु आर्थिक वर्षका लागि मन्दिर र सामुदायिक भवनमा ठूलै धनरासी खर्चिने भएको छ । प्रदेश सरकारले शिवालय मन्दिर पुर्ननिर्माणमा १० लाख, वराह स्थल संरक्षण खुंग्रीमा १० लाख, खुँग्री मन्दिर निर्माणमा २० लाख र वाह्रेखोला वराहथान संरक्षणका लागी १० लाख समेत ४ वटा मन्दिरका लागी ६० लाख खर्च विनियोजन गरेको छ । यसैगरी महिला कृषि समुह भवन घोडागाउँका लागि १ करोड, फुलिवन सामुदायिक भवनका लागि १ करोड र जनसेवा गणतान्त्रिक युवा क्लवको भवनका लागि १० लाखसहित २ करोड १० लाख खर्च प्रस्ताव गरेको छ ।

वागेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक भूपवहादुर केसी स्वास्थ्य शिक्षाका समस्या र समाजमा विद्यमान सामाजिक मुद्धाहरु जस्ताको तस्तै रहेको वेला स्थानीय सरकारको मोह मन्दिर÷चर्च र सामुदायिक भवनतिर जानुले कुन विकासलाई प्राथमिकता दिने भन्नेमा चेतनाको अभाव रहेको रहेको वताउँछन् । ‘जिल्लामा कैयौं विद्यालयमा फर्निचर, छाना र शौचालयको समस्या छ भने स्थानीय सरकार चाहिं मन्दिर र सामुदायिक भवन वनाएर आनन्द लिईरहेका छन्’, केसीले भने ।

स्थानीय तहका हरेक वडामा दलित र महिला जनप्रतिनिधि भएपनि स्थानीय सरकारहरुले दलित, महिला लक्षित कार्यक्रमभन्दा पनि मन्दिर र सामुदायिक भवन वनाउन लागिपर्नु अचम्मको विषय भएको संयुक्त दलित जनअधिकार मंच रोल्पाका सचिव मोहन परियार बताउँछन् । ‘शिक्षा, स्वास्थ्य क्षेत्रको समस्या जस्ताको तस्तै छ जसप्रति ध्यान दिनुपर्नेमा मन्दिर, चर्च र सामुदायिक भवनजस्ता अनुत्पादक क्षेत्रमा वजेट गएको छ’, परियारले भने ।

Sharing is caring!