स्थानीय तहको खर्च असन्तुलित : विकास खर्च विस्तारै बढ्दै

प्रेम विश्वकर्मा २०८० फागुन बाँके

संघीय सरकारले वर्षेनी १५ जेठमा आगामी आर्थिक बर्षका लागि बजेट र त्यसअघि वार्षिक नीति तथा कार्यक्रम ल्याउने गर्दछ । प्रदेश, स्थानीय सरकारले असारमा बजेट ल्याउँछन् । साउन १ गतेबाटै बजेट खर्च गर्ने बाटो खुल्छ । तर तोकिएको समयसिमा भित्र तीन वटै तहका सरकारले बजेट ल्याउँदा पनि स्थानीय तहका विकास योजना अनुसार बजेट खर्च भएको छैन ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले १० माघ २०८० मा एकैदिन तीन वटा विकास निर्माणका योजना शुरु ग¥यो । १ करोड ६५ लाख रुपैयाँ बजेटका विकास निर्माणका योजनाको निर्माण २०८१ साल असार सम्ममा सम्पन्न गर्नुपर्छ ।
यी योजनामा वडा नम्बर १९ फुटाहा हुदै एसके डेरीसम्म ३७५ मिटर लम्बाई र ६ मिटर चौडाई भएको सडक, नेपालगञ्ज सुर्खेत रोड हुदै स्थानीय टाँगा स्टेशनसम्म ५५० मिटर लम्बाई, ८ मिटर चौडाई भएको पासाङ्ल्हामुमार्ग जोड्ने सडक बनाउने काम पर्छन । यी दुबै सडकमा अस्फाल्ट पिच गरिनेछ । यस्तै यसक्षेत्रकै प्रसिद्ध शक्तिपीठ वागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको वागेश्वरी चिल्ड्रेन पार्कमा पर्खाल निर्माण, माटो भर्ने र ग्राभेल गर्ने योजना छ । नेपालगञ्ज उपमहानगरपालिकामा चालु आर्थिक बर्ष २०८०/०८१ का लागि १ हजार ८५९ वटा योजना छन् । तर यी योजना सम्पन्न भइसक्नुपर्ने म्याद र योजना सङ्ख्यालाई हेर्दा विकासे योजनाको ग्राफ कुनै उकालो चढेको छ, भने कुनै ओरालो लागेको छ ।

चालु आर्थिक बर्ष २०८०/०८१ को ६ महिना बितिसक्दा नेपालगञ्ज उपमहानगरपालिकाले विकास निर्माण सम्बन्धि उपभोक्ता र उपमहानगरपालिकाको संयुक्त लगानीका ३० वटा योजनाको काम गर्नुपर्नेछ । यिनमा २० प्रतिशत खर्च उपभोक्ता समिति, ८० प्रतिशत खर्च उपमहानगरपालिकाले बेहोर्नुपर्छ । विगतका आर्थिक बर्षका ठेक्का ९ वटा छन । यस्ता योजनामध्ये कोटेसन् मार्फत् गर्न सकिने ससाना योजनाको मात्र काम भइरहेको छ । जस्तै, १३ वटा मठ–मन्दिरको रङरोगनको काम । गत आर्थिक बर्ष २०७९/०८० को तुलनामा यस वर्ष काम ढिलै भएको छ । उपमहानगरपालिकाको योजना शाखाका अनुसार समन्वय नभएकाले, फिल्डमा विवाद भएकाले, नगरसभाबाट योजना पारित गर्न ढिलो भएकाले र कार्यविधि अस्पष्ट भएकाले ढिलो हो । नेपालगञ्ज उपमहानगरपालिकाका आर्थिक प्रशासन शाखा, लेखा अधिकृत लोकेन्द्र रावत भन्छन्, ‘पहिलो र दोस्रो चौमासिकमा क्रमागत (पुराना) बाहेक टेन्डर, सूचना, मूल्याङ्कन गर्ने कार्य हुन्छ, चालु खर्च देखिन्छ, अन्य प्रगति देखिर्दैन । पुँजिगत खर्च तेस्रो चौमासिकमा देखिन्छ ।’ यस हिसाबले पहिलो र दोस्रो चौमासिक अर्थात् वर्षको आठ महिना कागजी काम मात्र हुन्छ । वास्तविक काम आर्थिक बर्षको पछिल्लो चार महिना अर्थात् चैत, वैशाख, जेठ र असारमा हुन्छ । यी महिनामध्ये कुनैमा असाध्यै गर्मी हुन्छ, तातो लु चल्छ भने कुनै महिना पानी पर्छ । यस्ता महिनामा निर्माणका काम हुन पाउँदैन ।

नेपालगञ्ज उपमहानगरपालिकाका लेखा अधिकृत लोकेन्द्र रावतका अनुसार चालु आर्थिक बर्ष २०८०/०८१ का लागि नेपालगञ्ज उपमहानगरपालिकाको कुल वार्षिक बजेट १ अर्ब ८३ करोड ७९ लाख रुपैयाँ रहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगरउपप्रमुख कमरुद्दीन राई भन्छन्, ‘विकास निर्माणको काममा ढिलाई भएको छैन । ७५ प्रतिशत काम अघि बढिसक्यो । १० प्रतिशत विकास निर्माणको काम सम्पन्न भइसक्यो । प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएर नयाँ आउन, वार्षिक योजना किताब पनि प्रकाशित हुन समय लाग्यो, तर पनि हामी अरु पालिका भन्दा विकास निर्माणको काममा अगाडि नै छौँ ।’

जानकी गाउँपालिका योजना शाखा अधिकृत तथा सूचना अधिकारी शोभा पौडेल भन्छिन्, ‘आन्तरिक राजस्व कम छ, बजेट समयमा आउँदैन । त्यसैले योजना लागू गर्न समस्या हुने गरेको छ ।’ चालु आर्थिक बर्ष २०८०/०८१ का लागि जानकी गाउँपालिकाले ५९४ भन्दा बढी वार्षिक योजना बनाएको छ । जानकी गाउँपालिकाको लेखा शाखाको वार्षिक बजेट विवरण अनुसार गाउँपालिकाको चालु आर्थिक बर्षको कुल बजेट ४७ करोड ५० लाख रुपैयाँ रहेको छ । चालु आर्थिक बर्ष २०८०/०८१ को ६ महिना बितिसक्दा जानकी गाउँपालिकाले चालु तर्फ १३ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ । जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ भन्छन्, ‘हामी असार, साउन कुरेर बस्दैनौं । तपाईंहरू आएर हेर्न सक्नुहुन्छ, फिल्डमा ५० प्रतिशत विकास निर्माणको काम भइसक्यो । किस्ता–किस्तामा रकम निकासा हुन्छ, त्यसैमा सरकारले बजेट कटौती गर्दा काम गर्न केही समस्या भईरहन्छ ।’

बाँकेको छिमेकी जिल्ला बर्दियाको बाँसगढी नगरपालिकामा चालु आर्थिक बर्ष २०८०/०८१ का लागि ६५७ वटा योजना छन । अहिले ६ वटा बिषयगत योजना कार्यान्वयनकै क्रममा रहेका छन । बाँसगढी नगरपालिका योजना शाखाका मदन भण्डारी भन्छन्, ‘टुक्रे योजना धेरै भए, टोल विकास संस्थासँग मिलेर काम गर्नुपर्छ । टोल विकास संस्थाहरू कम सक्रिय छन् । त्यसकारणले पनि योजना कार्यान्वयनमा केही ढिलाई भईरहेको छ ।’ बाँसगढी नगरपालिकाको चालु आर्थिक बर्ष २०८०/०८१ का लागि कुल वार्षिक बजेट ९४ करोड २८ लाख रुपैयाँ छ । बाँसगढी नगरपालिकाले चालु आर्थिक बर्ष २०८०/०८१ को ६ महिना बितिसक्दा १८ करोड ५९ लाख रुपैयाँ मात्र बजेट खर्च गर्न सकेको छ ।

बाँसगढी नगरपालिका, आर्थिक प्रशासन शाखाका लेखापाल डोलराज वली भन्छन्, ‘चालु खर्च ठिकै भएपनि पुँजिगत खर्च कम छ । औसतमा सन्तुलित खर्च अर्थत एकैकिसिमको खर्च भएको देखिदैन । समयमा लाभग्राही सम्झौता गर्न नआईदिँदा सन्तुलन हुन सकेन । वडाले जिम्मेवार बनाउनुपर्छ, लाभग्राहीलाई ।’ बाँसगढी नगरपालिकाका नगरउपप्रमुख ईन्द्रिरा चौधरी भन्छिन्, ‘काम रोकिएको छैन, पुल, बाटो, भवन लगायत विकास निर्माणका कामको अनुगमन पनि गरिहेका छौं । उपभोक्ता समिति मार्फत गरिने काममा केही ढिलाई भएको छ । टोल विकास संस्थाहरूमा आर्थिक समस्या देखियो । सम्पन्न भएका विकास निर्माणका काममा पनि केही भुक्तानी हुन ढिलाई हुने गरेको गुनासो छ, हामीले सक्दो सहजीकरण गरिरहेका छौँ ।’

तालिका नं. १, चालु आर्थिक बर्षको ६ महिना अविधसम्म तीन वटा पालिकाको कार्य प्रगति
पालिकाको नामपुँजिगत अनुमानित बजेटठेक्का व्यवस्थापन योजना संख्याउपभोक्तासंग सम्झौता योजनासम्पन्न भएका योजनापुुष मसान्तसम्मको पुँजिगत खर्च
नेपालगञ्ज उपमहानगरपालिका, बाँके५८ करोड ८५ लाख१३१६आठ करोड ३ लाख
जानकी गाउँपालिका, बाँके१२ करोड २४ लाख१०३ ठेक्का र   ८ उपभोक्तातीन करोड ४६ लाख
बाँसगढी नगरपालिका, बर्दिया४२ करोड ४४ लाख१०१६३  उपभोक्ता१ करोड ३३ लाख
स्रोतः तथ्याङ्क, पालिकाहरुले उपलब्ध गराएको विवरणमा आधार

यसरी बाँके, बर्दियाका १६ वटै पालिकाको वार्षिक बजेट, कार्यक्रम योजना खर्चको अनुपात मिल्दोजुल्दो छ । चालु आर्थिक बर्ष २०८०/०८१ को ६ महिना बितिसक्दा पनि पुँजिगत खर्च जनअपेक्षा भन्दा कम छ । संघ र प्रदेशको बजेट कोष तथा लेखा नियन्त्रक कार्यालयले नियमित रुपमा पालिकाहरुलाई निकासा दिईरहेको छ । तर बजेटलाई पालिकाले खर्च गरेर कार्य प्रगति देखाउन भने चुकेको छ । आर्थिक बर्ष सकिन करिब साढे ५ महिना मात्र बाँकी रहेको छ । खर्चको अनुपातलाई हेर्दा असारे विकास हुने पक्का देखिन्छ । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट पालिकालाई निकासा दिएको बजेटको अनुपात यस्तो देखिन्छ ।

तालिका नं. २, कोष तथा लेखा नियन्त्रक कार्यालयबाट ०८० साल पौष महिनासम्म निकासा भएको बाँके र बर्दियाका स्थानीय तहको बजेट
पालिकाप्रदेश सरकार संघीय सरकार 
 निकास रकमप्रतिशतनिकास रकमप्रतिशत
नेपालगंज उपमहानगरपालिका, बाँके१३८८९०००.००१८.३८४३१८८४०००.००४८.६३
कोहलपुर नगरपालिका, बाँके६५२९७५०.००१५.८८२४४३२४६२८.००४५.७०
खजुरा गाउँपालिका, बाँके४८९८७५०.००१६.५५२४०१५००००.००४५.४८
जानकी गाउँपालिका, बाँके४५०४०००.००१५.२२१४४४०००००.००४६.२२
डुडुवा गाउँपालिका, बाँके३५९९२५०.००१४.७५१५९८२६८९७.००४७.३८
नरैनापुर गाउँपालिका, बाँके४०८३०००.००१५.५११२९१०००००.००३९.०५
बैजनाथ गाउँपालिका, बाँके४९०३२५०.००१६.५६२१९०५००००.००४४.९३
राप्तीसोनारी गाउँपालिका, बाँके५७२५७५०.००१७.४०१६५६२५०००.००३१.५५
गेरुवा गाउँपालिका, बर्दिया५८५७०००२३१६२८५००००४६
बढैयाताल गाउँपालिका, बर्दिया७४८९०००२५२१९४३५०००४८
गुलरिया नगरपालिका, बर्दिया८४५७०००२३२४३०५८०००४८
बारबर्दिया नगरपालिका, बर्दिया८९४३५००२३२४१००००००४६
मधुवन नगरपालिका, बर्दिया७५६००००२११८८७५००००४५
बाँसगढी नगरपालिका, बर्दिया७९०६५००२२२२९३७५०००४७
ठाकुरबाबा नगरपालिका, बर्दिया७३८०५००२११७८२५३०००४१
राजापुर नगरपालिका, बर्दिया७९४८०००२३२१९५७९२५०४७
स्रोत, तथ्याङ्क कोष तथा लेखा नियन्त्रक कार्यालय, बाँके र बर्दिया

संघीय सरकारका योजनाभन्दा प्रदेश सरकारका योजनामा कम निकासा भएको छ । यसको मतलब हो काम गर्ने मामलामा संघीय सरकारभन्दा प्रदेश सरकार ढिला छन् ।

Sharing is caring!