संवत् २०७६ सालको ऐन नं. ………….
प्रदेश नं. ५ बीउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक
प्रस्तावना: विभिन्न बालीको उत्पादनमा वृद्दि गराउन उच्च गुणस्तरको बीउ बिजन उत्पादन, प्रशोधन तथा परीक्षण गरी गुणस्तरयुक्त बीउ बिजन सुव्यवस्थित रूपले उपलब्ध गराई सर्वसाधारण जनताको सुविधा तथा आर्थिक हित कायम राख्न वाञ्छनीय भएकोले,
प्रदेश नं ५, प्रदेश सभाले यो ऐन बनाएको छ ।
१. संक्षिप्त नाभ र प्रारम्ब :
(१) यस ऐनको नाम “प्रदेश नं ५ बीउ बिजन ऐन, २०७५” रहेको छ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा-,
(क) “कृषि कार्य” भन्नाले खाद्यान्न, फलफूल, दलहन, तेलहन, तरकारी, नगदेवाली तथा घाॉस उत्पादन गर्ने कार्य सम्झनु पर्छ ।
(ख) “किसिम” भन्नाले एकै नाभद्वारा चिनिएका वा चिनिन सक्ने कुनै वनस्पतिको सबै जात मूल (स्पेसिज्) तथा उपजात मूल (सबस्पेसिज्) सम्झनु पर्छ ।
(ग) “जात (भेराईटी)” भन्नाले वनस्पति शास्त्रीय वर्गीकरणमा सबै बन्दा तल्लो श्रेणी भित्र पर्ने सामान आनुवंशिक लक्ष्यणहरू देस्खने, अन्य सभूहसंग कम्तीमा एउटा लक्ष्ण्द्वारा भिन्न्ता छुट्टिने र पुनरूत्पादन (प्रोपागेसन) हुँदा लक्शणहरू परिवर्तन नहुने लक्ष्यण भएका कुनै वनस्पतिको समुह सम्झनु पर्छ ।
(घ) “प्रजनक (ब्रीडर)” भन्नाले बालीको कुनै जात्लाई पहिलो पटक प्रजनन वा छ्नौत गरी प्रयोकमा ल्याउने व्यक्ति, संस्था वा निकय सम्झनु पर्छ।