संवत् २०७६ सालको ऐन नं. ………….
प्रदेश नं. ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक
प्रस्तावना: प्रदेश नं. ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न वाञ्छनीय भएकोले,
प्रदेश नं. ५ प्रदेशको प्रदेश सभाले यो ऐन बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ :
(१) यस ऐनको नाभ “प्रदेश नं. ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी (प्रथभ संशोधन) ऐन, २०७५” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. प्रदेश नं. ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ (यस पछि मूल ऐन भनिएको) को दफा २ मा संशोधन: मूल ऐनको दफा २ को,–
(१) खण्ड (क) मा विपक्षी दलको प्रमुख सचेतक पछि “दलको नेता” र सत्ता पक्षको सचेतक पछि “वपक्षी दलको सचेतक” भन्ने शब्दहरु थपिएका छन् ।
(२) खण्ड (ञ) को अन्तमा पूर्णविराम अघि “र सो शब्दले विशेष समितिको संयोजकलाई समेत जनाउँछ” भन्ने वाक्यांश थपिएको छ ।
(३) खण्ड (ठ) पछि देहायको खण्ड (ड), (ढ) य (ण) थपिएको
(ड) “दलको नेता” भन्नाले प्रदेश सभामा कम्तिमा ५ जना सदस्म संख्या रहेको दलको नेता सम्झनु पर्छ ।