संवत् २०७६ सालको ऐन नं. ………….
प्रदेश नं. ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक
प्रस्तावनाः प्रदेश नं. ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बाञ्छनीय भएकाले,
प्रदेश नं. ५ प्रदेशको प्रदेश सभाले यो ऐन बनाएको छ ।
१. संक्षिप्त नाम, प्रारम्भ र विस्तारः
(१) यस ऐनको नाभ ”प्रदेश नं. ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी (दोस्रो संशोधन) ऐन, २०७५” रहेको छ ।
२ . प्रदेश नं. ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ८ मा संशोधनः प्रदेश नं. ५ अन्तर्गतका स्थानीय तहका पदाधिकरी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ८ झिकिएको छ ।
प्रदेश सभाको संवत् २०७६ साल भाद्र २२ गते बसेको बैठकले नेपालको संविधानको धारा १९९ बमोजिम पारित गरेको यो विधेयक संविधानको धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणित गर्दछु।
…………………….
पूर्ण बहादुर घर्ती
सभामुख
प्रदेश सभा
प्रदेश नं. ५