संवत् २०७५ सालको ऐन नं……….
प्रदेश नं. ५, प्रदेश पर्यटन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक
प्रस्तावना: प्रदेशभित्रका ऐतिहासिक, साँस्कृतिक, धार्मिक, पुरातात्विक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण, व्यवस्थापन, प्रबर्द्धन, विकास र अध्ययन अनुसन्धानका माध्यमले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षक सेवा सुविधा उपलव्ध गराउन पर्यटकहरूको स्वास्थ्य, सुरक्षा लगायतका हित प्रबर्द्धन गर्न रोजगारीका अवसर श्रृजना गर्दै स्वरोजगारीलाई प्रोत्साहन गर्न य पर्यटन व्यवसायका माध्यमले प्रदेशको गरिवी निवारण तथा समृद्धिमा योगदान पुर्याउनका निमित्त आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले,
प्रदेश नं. ५, प्रदेश सभाले यो ऐन बनाएको छ ।
परिच्छेद – १
प्रारम्भिक
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ: (१) यस ऐनको नाम “प्रदेश नं. ५, प्रदेश पर्यटन ऐन, २०७६” रहेको छ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा:-
(क) “आन्तरिक पर्यटक” भन्नाले नेपालको एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने नेपाली नागरिक सम्झनुपर्छ ।
(ख) “ट्राभल एजेन्सी” भन्नाले जुनसुकै नामबाट सञ्चालन गरिएको भए तापनि पर्यटक वा अन्य व्क्तिको