संवत् २०७५ सालको ऐन नॊ. ………….
प्रदेश नं. ५, प्रदेश प्रसारण सम्बन्धभा व्यवस्था गर्न बनेको विधेयक
प्रस्तावनाः सूचना य सञ्चारका क्षेत्रभा उपलब्ध आधुनिक प्रविधिको प्रयोग गरी प्रसारणका माध्यमलाई विश्वसनीय, निष्पक्ष सूचनाको प्रवाहलाई निर्विध रूपले प्रसारण गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न र जनताको अभिव्यक्ति स्वतन्त्रता तथा सुसूचित हुन पाउने हकलाई संरक्षण एवं सम्वर्द्धन गर्न वाञ्छनीय भएकोले,
प्रदेश नं. ५, को प्रदेश सभाले यो ऐन बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “प्रदेश नं. ५, प्रदेश प्रसारण ऐन, २०७५” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “इजाजतपत्र” बन्नाले कुनै प्रसारण संस्थालाई प्रसारण गर्नका लानि दफा ६ बमोजिम दिइने प्रसारण इजाजतपत्र वा फ्रीक्वेन्सी मोडुलेशन (एफ.एम) प्रसारण प्रणालीको स्थापना गरी प्रसारण गर्न दिइने इजाजत पत्रलाई सम्झनुपर्छ ।
(ख) “कम्पनी” भन्नाले कम्पनी ऐन अनुसार स्थापना भएका लिमिटेड वा प्राइभेट लिमिटेड कम्पनी सम्झनुपर्छ । सो शब्दले नेपाली र विदेशी कम्पनीले गरेको संयुक्त लगानी उपक्रम (जोइन्ट भेन्चर) लाई समेत बुझाउनेछ ।