नेपालको संविधानले स्थानियतहको अधिकार सुची १५को कृषि तथा पशुपालनको उत्पादन र व्यवस्थापन सम्बन्धि अधिकार बमोजिम कृषि तथा पशुपालनको उत्पादन वृद्धि गर्न व्यवस्थापन गर्न कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने नीति योजना तर्जुमा गरी त्यसको कार्यान्वयन र नियमन गर्नको लागि स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को उपदफा (ण) बमोजिम प्राप्त अधिकारबाट लक्षित समृद्धिको मार्गमा सरुमारानी गाउँपालिकालाई अगाडी बढाउन “किसानसँग गाउँ सरकार कार्यक्रम” नामक कृषितथापशुपालनको आधुनिकीकरण र व्यवसायिकरण गर्ने कृषितर्फको अनुदान कार्यक्रमलाई प्रथम गाउँ सभाले नीति तथा कार्यक्रममाविनियोजन गरेको हँदा त्यस कार्यक्रम संचालन, व्यवस्थापन र नियमनको लागि यो कार्यविधि तयार गरिएको छ ।