नेपालको संविधानसभावाट जारी भएको नेपालको संविधान २०७२ अन्र्तगत राज्य पुर्नसंरचना भई स्थानीय सरकारकारुपमागठित स्थानीय तहको निर्वाचन पश्चात जनताले उनीहरुकै प्रतिनिधीद्धारा शासन गर्ने अवसर प्राप्त गरेका छन। जनताको सवैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय तहले जनताका आवश्यकता प्रभावकारीरुपमा सम्वोधन गर्नुपर्ने आवश्यकता टडकारो रहेको छ । बारबर्दिया नगरपालिकाको प्रथम नगरसभाले पारित गरेको जनतासँग मेयर कार्यक्रम कार्यान्वयन गर्न नगरकार्यपालिकाले यो कार्यविधि वनाई लागु गरेको छ ।