कार्यपालिकाबाट स्वीकृत मिति ः २०७४।१०।१७ ओमसतिया गाउँपालिकाको कार्य क्षेत्र भित्र जन्म भएका बालिकाको जीवन सुरक्षा र भविष्यलाई सुनिश्चित तुल्याई सुरक्षा सेवा प्रदान गर्ने हेतुले गाँउपालिकाबाट उपलब्ध हुने सुरक्षा सेवा कार्यलाई व्यवस्थित गर्न यस गाँउपालिकाकोे मिति २०७४ भाद्र २ (दुई) गतेको प्रथम गाउँसभाको बैठकबाट बालिका संरक्षण कार्यक्रम लागू गरी गाँउपालिका भित्र कार्यान्वयन गर्नेे निर्णय भए बमोजिम यो बालिका संरक्षण कार्यक्रम संचालन कार्यविधी, २०७४ तयार पारिएको छ ।