लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकलेराजनीतिक अधिकार प्रयोग गर्न पाउँछन् । आफ्नो अधिकार प्रयोगका लागि नागरिकसु–सूचित भएर स्वतन्त्र रूपमा निर्णय दिन सक्षम हुनुपर्छ । तथ्यगत र विश्वसनीय सूचनाले नागरिकलाई सु–सूचित गरी छनोट र निर्णय गर्न समक्ष बनाउँछ । नागरिकले स्वतन्त्र र उत्तरदायी प्रेसबाट तथ्यगत र विश्वसनीय सूचना पाउन सक्छन् । स्वतन्त्र र उत्तरदायी प्रेसले स्थानीय सरकार र सरकार दुवै माथि निगरानी राख्दै उनीहरुलार्ई चुस्त रहन प्रेरित गर्न सक्छन् । मिडियाले स्थानीय सरकार र सरकारका गतिविधिबारे नागरिकलाई सूचित गर्ने तथा उनीहरुका कुरालाई नीति निर्मातासम्म पुर्याइ बहस गर्ने वातावरण सिर्जना गर्छन् ।