पत्रकार आचारसंहिता २०७३ र पहिलो संशोधन २०७६ मा रहेका भिन्नता

नेपालमा प्रेस काउन्सिल गठनभएको पाँच दशक पुग्न लागेको छ । २०२४ सालमा प्रेस सल्लाहकार समितिको गठनगरिएको थियो भने २०२७सालमा त्यसको नाम परिवर्तन गरी प्रेस सल्लाहकार परिषद्बनाएको थियो । २०२७ सालअसोजमा प्रेस काउन्सिल गठन भएको पाइन्छ ।


तथ्यांक पत्रकारिता : समाचार राम्रो बनाउन तथ्यांक प्रयोग गर्ने विधि

तथ्यांक पत्रकारिता ह्यान्डबुकको अवधारणा मोजफेस्ट सन् २०११ मा लन्डनमा युरोपियन जर्नालिजम सेन्टर र द ओपन नलेज फाउन्डेसनले नेतृत्व गरेको ४८ घण्टे कार्यशालामा जन्मिएको हो । त्यसपछि यो अन्तर्राष्ट्रिय, सामूहिक प्रयासमा बदलियो जसमा तथ्यांक पत्रकारिताका प्रमुख प्रवर्तक र अभ्यासकर्ता संलग्न भए । यस किताबको काम थालेदेखि किताब विमोचन भएसम्मका ६ महिनामा सयौं मानिसले विभिन्न तरिकाले योगदान दिए । हामीले यस्तो योगदान दिने सबैको रेकर्ड राख्ने सक्दो प्रयास गरेका छौं । तीमध्ये कतिले गुमनाम रहने विचार गरे, कतिले छद्यनाममा काम गरे । कतिले गरेको सम्पादन कसले गरेको हो भनी थाहा पाउन सकिएन । यो किताब तयार गर्न मद्दत गरे पनि तलको सूचीमा कसैको नाम परेको छैन भने हामी उहाँहरुलाई दुईवटा कुरा भन्छौं…


खोज पत्रकारिताका लागि सूचनाको हक

नेपाल सरकारले सुशासन र पारदर्शीताको अपेक्षासहित सूचनाको हकसम्बन्धी ऐन—२०६४ जारी गरेको छ वर्ष भएको छ । राज्यका कामकारबाही खुला र पारदर्शी बनाइ राज्यलाई नागरिकप्रति जवाफदेही बनाउन र नागरिकलाई सूचनामाथि सहजरूपमा पहुँच स्थापित गराउनका लागि सूचनाको हकसम्बन्धी कानुन निकै महत्त्वपूर्ण हुन्छ । सूचनाको हकसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकारले वि.सं. २०६५ मा स्वतन्त्र निकायका रूपमा राष्ट्रिय सूचना आयोग स्थापना गरेको छ । नेपालमा कानुनीरूपमा सूचनाको हकको ग्यारेन्टी गरिएको भएतापनि ऐन कार्यान्वयनमा भने निक जटिलताहरू कायमै छन् ।


खोज पत्रकारिता के, किन, कसरी

खोज पत्रकारिताका लागि नेपाल उर्वर भूमि बन्दै गएको छ । राज्यका संयन्त्रहरू खुकुलिंदै गएको र नियम–कानून मिच्न सक्नुलाई नै पद, शक्ति एवं प्रभुत्वको मापदण्ड मानिन थालेको वर्तमान धरातलीय यथार्थका बीच खोज पत्रकारिताका निम्ति विषय खोज्न भौंतारिनुपर्ने अवस्था छैन । एउटा विषय खोज्न चाहँदा दशवटा विषय तँछाडमछाड गर्दै हाजिर हुन आइपुग्छन्; आशिकों की कमी नहीं गालिब, एक ढूँढो हजार मिलते हैं भने झैं । र, यो बेथितिमा रजगज गर्नेहरू जति शक्तिशाली र तिनको संजाल जति व्यापक भए पनि देश तथा समाजलाई घात गर्नेहरूले उन्मुक्ति पाउनुहुँदैन भनेर सूचना चुहाउनेहरूको अकाल नभएकाले अलिकति नैतिक दृढता, साहस र लगनशीलता हुने हो भने खोज पत्रकारिता गर्न त्यति असजिलो पनि छैन । भूमि उर्वर भए पनि…


विपत् रिपोर्टिङ : रिपोर्टरका लागि गाइड

प्राकृतिक अथवा मानव सिर्जित विपत्ति र त्यसबाट मानिस, समुदाय र देशमा परेको असरलाईसुसूचित र सन्तुलित ढंगले रिपोर्टिङ गर्न पत्रकारलाई सहयोग पुगोस् भनेर यो किताब तयार गरिएको हो । यसमा रिपोर्टिङका लागि पत्रकारले अपनाउनुपर्ने विधिका साथै मानवतावादी सहयोग गर्ने मुख्य संस्थाका कार्यक्षेत्र, भूमिका र कार्यशैलीका बारेमा उल्लेख गरिएको छ । यहाँ पत्रकारले आप्mना कामका सिलसिलामा उपयोग गर्न मिल्ने जानकारी, सल्लाह, उदाहरण रस्रोतसाधन दिइएका छन् । यिनको उपयोग गरेर पत्रकारले विपत्तिबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपले असर परेका आप्mना अडियन्स अथवा विपत्तिले पारेका असर घटाउन फिल्डमा काम गरिरहेका व्यक्ति वा नीति निर्मातालाई उपयोगी सूचना दिन सक्छन् । उनीहरूले सही र पूर्ण सूचना बेलैमा पाएका खण्डमा मानिसको ज्यान बच्न सक्छ, मानिसको दुःख घट्न सक्छ…