स्थानीय तहका अध्यक्ष वा प्रमुखको काम, कर्तव्य र अधिकार
स्थानीय सरकारको नेतृत्व गर्ने ।
सभा र कार्यपालिकाको बैठकको अध्यक्षता गर्ने ।
निर्णय कार्यान्वयन गर्ने गराउने ।
वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गराउने ।
कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने ।
अनुगमन, मूल्याङकन, नियमन र आन्तरिक नियन्त्रण ।
उपाध्यक्ष र उपप्रमुख, कार्यपालिकाका सदस्य र प्रमुख प्रशासकीय अधिकृतलाई काजमा खटाउने ।
वडाबाट हुने सिफारिस तथा प्रमाणित हुने विषय बाहेक प्रचलित कानून बमोजिम स्थानीय तहबाट गर्नु पर्ने प्रमाणित वा सिफारिस गर्ने ।
चल अचल सम्पत्ति हेरचाह तथा मर्मत सम्भार गर्ने गराउने र आम्दानी, खर्च, हिसाब र अन्य कागजपत्र सुरक्षित राख्ने, राख्न लगाउने ।
समिति, उपसमिति तथा वडा समितिको कामको रेखदेख गर्ने ।
सार्वजनिक सेवा प्रवाह सम्बन्धी गुनासो व्यवस्थापन गर्ने, गराउने ।
सात दिनभन्दा बढी समय अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने ।
कार्यपालिकाले तोकेका अन्य काम गर्ने ।
उपाध्यक्ष वा उपप्रमुखको काम, कर्तव्य र अधिकार
न्यायिक समितिको संयोजक भई कार्य गर्ने ।
अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने ।
गैर सरकारी संघ संस्थाका क्रियाकलापको समन्वय गर्ने ।
उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने ।
योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरीवेक्षण गरी सो को प्रतिवेदन बैठकमा पेश गर्ने ।
सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्ने ।
सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाई जानकारी गराउने ।
सभा, कार्यपालिका र अध्यक्ष वा प्रमुखले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने ।
कार्यपालिका सदस्यको काम, कर्तव्य र अधिकार
कार्यपालिकाको बैठकमा भाग लिने ।
अध्यक्ष वा प्रमुखले तोकेको बिषयगत क्षेत्रको संयोजक वा प्रमुख भई तोकिएको कार्य गर्ने ।
सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाई जानकारी गराउने ।
कार्यपालिकाले तोकेका अन्य कार्य गर्ने ।
वडा अध्यक्षको काम, कर्तव्य र अधिकार
वडा समितिको अध्यक्ष भई कार्य गर्ने ।
वडा समितिका सदस्यहरूको काममा समन्वय र सहजीकरण गर्ने ।
वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिका वा नगरपालिकामा पेश गर्ने ।
वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने, सो को अनुगमन तथा आवधिक समीक्षा गर्ने, गराउने ।
दफा १२ को खण्ड ङ. मा ३५ वटा विषयमा सिफारिस तथा प्रमाणित सम्बन्धी कार्य गर्ने ।
सात दिनभन्दा बढी समय वडामा अनुपस्थित हुने भएमा वडाको दैनिक प्रशासनिक तथा सिफारिस सम्बन्धी कार्य गर्न सम्बन्धित वडा समितिको कुनै सदस्यलाई जिम्मेवारी तोकी सोको जानकारी अध्यक्ष वा प्रमुखलाई दिने ।
कार्यपालिका, सभा वा वडा समितिले तोकेका अन्य कार्य गर्ने ।
वडा सदस्यको काम, कर्तव्य र अधिकारः
वडा सदस्यको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
वडा समितिको बैठकमा भाग लिने ।
वडा अध्यक्षको अनुपस्थितिमा वडाअध्यक्षले तोके बमोजिम कार्यवाहक वडा अध्यक्ष भई कार्य गर्ने ।
वडा अध्यक्षले तोकेका अन्य कार्य गर्ने ।
वडा सदस्यले गाउँ वा नगरपालिका क्षेत्र बाहिर जाँदा वडा अध्यक्ष मार्फत कार्यपालिकालाई जानकारी दिनुपर्नेछ
प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार
गा.पा.र न.पा.को प्रशासकीय प्रमुखको रूपमा एक प्रमुख प्रशासकीय अधिकृत रहने ।
स्थानीय कानूनद्वारा प्र.प्र.अ. को काम, कर्तव्य र अधिकार नतोकेसम्म निम्नानुसार हुने
सभा र कार्यपालिकाको सचिवको रूपमा कार्य गर्ने, निर्णय कार्यान्वयन गर्ने, गराउने,
अध्यक्ष वा प्रमुखको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन गर्ने, गराउनेस सार्वजनिक खरिद योजना र खरिद सम्बन्धी कार्य गर्ने, गराउने,
आर्थिक कारोबारको हिसाव, अभिलेख दुरुस्त राख्ने, लेखापरीक्षण र बेरुजु फर्छ्यौट गर्ने, गराउने,
आयोजनाहरूको फरफारकका लागि प्रतिवेदन तयार गरी कार्यपालिकाको बैठकमा पेश गर्ने,
चलअचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अद्यावधिक गर्ने, गराउने,
निर्देशनमा कार्यपालिकारसभाको बैठक बोलाउने, बैठक सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने,
कार्यपालिकाको निर्णय प्रमाणित गर्ने र सभार कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने,
न्यायिक समितिबाट भएको मिलापत्र तथा निर्णय सम्बन्धी मिसिल संरक्षण गर्ने, गराउने,
प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने, तोके बमोजिमका अन्य ।