पदाधिकारीका काम / कर्तव्य

स्थानीय तहका अध्यक्ष वा प्रमुखको काम, कर्तव्य र अधिकार

  • स्थानीय सरकारको नेतृत्व गर्ने ।
  • सभा र कार्यपालिकाको बैठकको अध्यक्षता गर्ने ।
  • निर्णय कार्यान्वयन गर्ने गराउने ।
  • वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गराउने ।
  • कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने ।
  • अनुगमन, मूल्याङकन, नियमन र आन्तरिक नियन्त्रण ।
  • उपाध्यक्ष र उपप्रमुख, कार्यपालिकाका सदस्य र प्रमुख प्रशासकीय अधिकृतलाई काजमा खटाउने ।
  • वडाबाट हुने सिफारिस तथा प्रमाणित हुने विषय बाहेक प्रचलित कानून बमोजिम स्थानीय तहबाट गर्नु पर्ने प्रमाणित वा सिफारिस गर्ने ।
  • चल अचल सम्पत्ति हेरचाह तथा मर्मत सम्भार गर्ने गराउने र आम्दानी, खर्च, हिसाब र अन्य कागजपत्र सुरक्षित राख्ने, राख्न लगाउने ।
  • समिति, उपसमिति तथा वडा समितिको कामको रेखदेख गर्ने ।
  • सार्वजनिक सेवा प्रवाह सम्बन्धी गुनासो व्यवस्थापन गर्ने, गराउने ।
  • सात दिनभन्दा बढी समय अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने ।
  • कार्यपालिकाले तोकेका अन्य काम गर्ने ।

उपाध्यक्ष वा उपप्रमुखको काम, कर्तव्य र अधिकार

  • न्यायिक समितिको संयोजक भई कार्य गर्ने ।
  • अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने ।
  • गैर सरकारी संघ संस्थाका क्रियाकलापको समन्वय गर्ने ।
  • उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने ।
  • योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरीवेक्षण गरी सो को प्रतिवेदन बैठकमा पेश गर्ने ।
  • सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्ने ।
  • सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाई जानकारी गराउने ।
  • सभा, कार्यपालिका र अध्यक्ष वा प्रमुखले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने ।

कार्यपालिका सदस्यको काम, कर्तव्य र अधिकार

  • कार्यपालिकाको बैठकमा भाग लिने ।
  • अध्यक्ष वा प्रमुखले तोकेको बिषयगत क्षेत्रको संयोजक वा प्रमुख भई तोकिएको कार्य गर्ने ।
  • सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाई जानकारी गराउने ।
  • कार्यपालिकाले तोकेका अन्य कार्य गर्ने ।

वडा अध्यक्षको काम, कर्तव्य र अधिकार

  • वडा समितिको अध्यक्ष भई कार्य गर्ने ।
  • वडा समितिका सदस्यहरूको काममा समन्वय र सहजीकरण गर्ने ।
  • वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिका वा नगरपालिकामा पेश गर्ने ।
  • वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने, सो को अनुगमन तथा आवधिक समीक्षा गर्ने, गराउने ।
  • दफा १२ को खण्ड ङ. मा ३५ वटा विषयमा सिफारिस तथा प्रमाणित सम्बन्धी कार्य गर्ने ।
  • सात दिनभन्दा बढी समय वडामा अनुपस्थित हुने भएमा वडाको दैनिक प्रशासनिक तथा सिफारिस सम्बन्धी कार्य गर्न सम्बन्धित वडा समितिको कुनै सदस्यलाई जिम्मेवारी तोकी सोको जानकारी अध्यक्ष वा प्रमुखलाई दिने ।
  • कार्यपालिका, सभा वा वडा समितिले तोकेका अन्य कार्य गर्ने ।

वडा सदस्यको काम, कर्तव्य र अधिकारः

  1. वडा सदस्यको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
    • वडा समितिको बैठकमा भाग लिने ।
    • वडा अध्यक्षको अनुपस्थितिमा वडाअध्यक्षले तोके बमोजिम कार्यवाहक वडा अध्यक्ष भई कार्य गर्ने ।
    • वडा अध्यक्षले तोकेका अन्य कार्य गर्ने ।
  2. वडा सदस्यले गाउँ वा नगरपालिका क्षेत्र बाहिर जाँदा वडा अध्यक्ष मार्फत कार्यपालिकालाई जानकारी दिनुपर्नेछ

प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार

  1. गा.पा.र न.पा.को प्रशासकीय प्रमुखको रूपमा एक प्रमुख प्रशासकीय अधिकृत रहने ।
  2. स्थानीय कानूनद्वारा प्र.प्र.अ. को काम, कर्तव्य र अधिकार नतोकेसम्म निम्नानुसार हुने
    • सभा र कार्यपालिकाको सचिवको रूपमा कार्य गर्ने, निर्णय कार्यान्वयन गर्ने, गराउने,
    • अध्यक्ष वा प्रमुखको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन गर्ने, गराउनेस सार्वजनिक खरिद योजना र खरिद सम्बन्धी कार्य गर्ने, गराउने,
    • आर्थिक कारोबारको हिसाव, अभिलेख दुरुस्त राख्ने, लेखापरीक्षण र बेरुजु फर्छ्यौट गर्ने, गराउने,
    • आयोजनाहरूको फरफारकका लागि प्रतिवेदन तयार गरी कार्यपालिकाको बैठकमा पेश गर्ने,
    • चलअचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अद्यावधिक गर्ने, गराउने,
    • निर्देशनमा कार्यपालिकारसभाको बैठक बोलाउने, बैठक सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने,
    • कार्यपालिकाको निर्णय प्रमाणित गर्ने र सभार कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने,
    • न्यायिक समितिबाट भएको मिलापत्र तथा निर्णय सम्बन्धी मिसिल संरक्षण गर्ने, गराउने,
    • प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने, तोके बमोजिमका अन्य ।

Sharing is caring!