लुम्बिनी प्रदेश सभा बैठक सांसदहरुको उपस्थिति र सहभागिता

लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फका ५२ र समानुपातिकतर्फका ३५ गरी ८७ जना सदस्य हुन्छन् । प्रदेश सभा सञ्चालनका लागि प्रदेश सभाले १/१ जना सभामुख र उपसभामुखको चयन पनि गर्छ । लुम्बिनी प्रदेश सभाको ५ वर्षे कार्यकालमा ९ वटा अधिवेशन भएका र त्यस क्रममा जम्मा १८४ दिन बैठक भएका थिए । यो पृष्ठभूमिमा प्रस्तुत आलेखमा पहिलो ५ वर्षे कार्यकालमा लुम्बिनी प्रदेश सभामा ती सदस्यहरूको उपस्थिति के/कस्तो रह्यो ? उनीहरूको सक्रियता कस्तो रह्यो ? भन्नेबारे विश्लेषण गरिएको छ ।


लुम्बिनी प्रदेशको पत्रकारिता र कोरोना कहर

लुम्बिनी प्रदेशको पत्रकारिताको विकासक्रम, मिडियामा भएको लगानी, जनशक्ति र विज्ञापनको अवस्थाका साथै यहाँको पत्रकारिताले भोग्दै आएको समस्या विशेष गरी कोभिड १९ ले पारेको प्रभावको विषयमा विश्लेषण गरिएको छ । 


लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन अवस्था

लुम्बिनी प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रमको कार्यान्वयन पक्षलाई केलाउने जमर्काे गरेको हो । यो आलेखमा लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७५।०७६ र आर्थिक वर्ष २०७६।०७७ मा नीति तथा कार्यक्रममार्फत गरेका प्रतिवद्धताहरुको कार्यान्वयन के कति भए भन्ने कुरालाई विश्लेषण गरिएको छ । यसरी सरकारको नीति तथा कार्य


स्थानीय तह वजेटका प्राथमिकता

लुम्बिनी प्रदेशका स्थानीय तहहरुले गत तीन आर्थिक वर्षको वजेट विश्लेषण स्थानीय तहहरुले विगत तीन आर्थिक वर्षमा कुन कुन क्षेत्रमा के कति वजेट छुट्टयाएका छन् ? अथार्त् स्थानीय तहहरुले कुन कुन क्षेत्रलाई प्राथमिकता दिएका छन् भन्ने कुरा थाहा पाउन यो विश्लेषण गरिएको हो । यो विश्लेषणात्मक अध्ययनमा लुम्बिनी प्रदेशका का ८ वटा स्थानीय तहलाई समावेश गरिएको छ ।


सङ्घीयतामा मिडिया नीति तथा कानुन

संविधान सभाको दोस्रो निर्वाचनपछिको व्यवस्थापिका–संसद्ले २०७२ सालमा जारी गरेकोसङ्घीय गणतान्त्रिक नेपालको नयाँ संविधानमा प्रेसका अधिकार उल्लेख छ । संवैधानिक हकहरूलाई संस्थागत गर्दै अघि बढ्न सोहीअनुसारको नीति तथा कानुनहरू आवश्यक पर्छ ।


स्थानीय तहको मिडिया नीति तथा कानुन

नेपाल सरकारले स्थानीय तहमा एफएम रेडियो व्यवस्थापन तथा सञ्चालनका लागि २०७४ भदौमा नमुना कार्यविधि जारी गरेको थियो । यो नमुना कानुन जारी गर्नुको मुख्य उद्देश्य स्थानीय तहलाई कानुन निर्माणमा सहज होस् र सङ्घीय एवं प्रादेशिक कानुनसँग नबाझियोस् भन्ने हो । एफएम रेडियोसम्बन्धी कानुनको मूलभूत सारमा एकरूपता ल्याउनका लागि पनि यस किसिमको नमुना कानुन जारी गरिएको हो । एफएम रेडियोको नियमनको व्यवस्था नेपालको संविधान २०७२ को अनुसूची ८ को स्थानीय तहसम्बन्धी अधिकारको २२ वटा सूचीमध्ये बुँदा नं. ३ मा ‘एफएम रेडियो सञ्चालन’ को अधिकार तोकिएको छ । यस्तै नेपालको संविधानको अनुसूची ५, ६, ७, ८ र ९ मा उल्लिखित सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारहरूको कार्य विस्तृतीकरण सम्बन्धी नेपाल सरकार मन्त्रिपरिषद्बारा…


स्थानीय तह बजेटका प्राथमिकता – प्रदेशका स्थानीय तहहरुको वजेट विश्लेषण

पाल्पा विकास केन्द्र र चाँदनी नेपाल स्थानीय तहहरुले विगत दुई आर्थिक वर्षमा कुन कुन क्षेत्रमा के कति वजेट छुट्टयाएका छन् ? अर्थात स्थानीय तहहरुले कुन कुन क्षेत्रलाई प्राथमिकता दिएका छन् भन्ने कुरा थाहा पाउन यो विश्लेषणगरिएको हो । यसमा प्रदेश नम्बर ५ का १८ वटा स्थानीय तहलाई समावेश गरिएको छ । १८ स्थानीय तहमध्ये दुईवटा उपमहानगरपालिका रहेका छन् जसअनुसार बुटवल (रुपन्देही) र नेपालगञ्ज (बाँके रहेका छन् । त्यस्तै ७ वटा नगरपालिका रहेका छन् जसमा रेसुङगा (गुल्मी), सन्धिखर्क (अर्घाखाँची), रोल्पा (रोल्पा), कोहलपुर (बाँके, तानसेन (पाल्पा), तिलोत्तमा (रुपन्देही) र कपिलवस्तु (कपिलवस्तु रहेका छन् । ९ वटा चाहिं गाउँपालिका समेटिएको छ जसमा झिमरुक (प्युठान), रम्भा (पाल्पा), छत्रदेव (अर्घाखाँची), तिनाउ (पाल्पा), यशोधरा (कपिलवस्तु, सिस्ने…