सूचनाको हकसम्बन्धी सचित्र पुस्तिका

सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम रतत्सम्बन्धी कारवाही वा निर्णयसंग कुनै लिखित सामग्री वा जानकारीलाई सूचना भनी परिभाषित गरेको छ । सूचना लिखित, मौखिक अथवा विध्युतीय सबै प्रकारका हुन सक्छन ।


सूचनाको हक सम्बन्धी ऐन, २०६४

राज्यका काम कारबाही लोकतान्त्रिक पद्धति अनुरुप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहँुचलाईसरल र सहज बनाउन, राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने सम्वेदनशील सूचनाकोे संरक्षण गर्न रनागरिककोसुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,व्यवस्थापिका–संसदलेयो ऐन बनाएको छ ।