स्थानीय तहको योजना निर्माणका चरणहरु

  • चरण १ : पूर्व योजना र बजेटको तयारी
    श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले आगामी आर्थिक वर्षको लागि व्ययको विस्तृत जानकारी तयार गर्ने ।
  • चरण २ : स्थानीय तहको श्रोत अनुमान र कुल बजेट सीमा निर्धारण
    यो चरण बैशाख १५ गते भित्र गर्नुपर्नेछ । संघिय र प्रदेश सरकारहरु बाट प्राप्त बजेट सिलिङ्ग, आन्तरीक आम्दानी, राजस्व बांडफांडबाट प्राप्त हुने रकम र वित्तीय समानिकरणबाट हुने आय, अन्तरिक ऋण र अन्य आयको सन्तुलित रूपरेखा र बजेट सीमा निर्धारण गर्ने ।
  • चरण ३ : वस्ती/टोल स्तरबाट योजना छनोट
    यो चरण बैशाख मसान्त भित्र पुरा गर्नु पर्दछ । स्थानीय सरकारहरुले वडा कमिटीहरु र विषयगत इकाईहरु मार्फत बस्ती स्तरसम्मबजेट सिलिङ्ग पठाई वस्ती र टोल स्तरबाट योजनाहरुकोछनोट गर्नुपर्दछ ।
  • चरण ४ : वडा तहमा योजना छनोट तथा प्रथामिकरण
    यो चरण जेष्ठ १५ भित्र गर्नुपर्दछ वार्ड स्थरियबाट आएका योजनाहरुलाई छनौट गरी पाँचवटा विषयगत क्षेत्रहरुमा प्राथमिकीकरण गर्नुपर्दछ ।
  • चरण ५ : विसयागत समितिमा छलफल र एकिकृत योजना तर्जुमा 
    यो चरण असर ५ गते भित्र पुरा गर्नुपर्दछ । बजेट तथा कार्यक्रम तर्जुमा समितिले वडाबाट आएका योजनाहरुको विषयगत क्षेत्र अनुसार वर्गिकरण र प्राथमिकता निर्धारण गरी एकीकृत योजना तर्जुमा समितिमा पठाउने ।
  • चरण ६: कार्यपालिकाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृति गरी सभामा पेश गर्ने 
    यो चरण असर १० भित्र सम्पन्न गर्नुपर्दछ । बजेट तर्जुमा समितिले पेश गरेको स्थानीय तहको आर्थिक विद्येयक, वार्षिक नीति, बजेट र कार्यक्रम माथि छलफल र सुझाव सहित मस्यौदा प्रतिवेदन तयार गरी कार्यपालिका वैठकबाट सभा पेश गर्ने ।
  • चरण ७ : सभाको बैठकमा बजेट तथा कार्यक्रम स्वीकृति
    स्थानीय तहले असर १० भित्र आफ्नो नीति, बजेट र कार्यक्रम सभामा प्रस्तुत गर्नुपर्दछ । सभाले आवश्यक छलफल र सुझाव सहित असर मसान्त भित्र बजेट र कार्यक्रमको स्वीकृत गर्नेछ ।

Sharing is caring!