मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कार्य जिम्मेवारीहरू

  1. प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यालय सम्बन्धी कार्य गर्ने
  2. प्रदेश भित्रको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने
  3. प्रदेश सरकारको कार्यविभाजन तथा कार्यसञ्चालन गर्ने
  4. प्रदेश सरकारको नीति तर्जुमा, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने
  5. प्रदेश सरकारको कार्यसम्पादन नियमावली तर्जुमा र कार्यान्वयन गर्ने
  6. प्रदेश मन्त्रालयहरुको कार्यको समन्वय, सुपरिवेक्षण, अनुगमन तथा मुल्याङ्कन र नियन्त्रण गर्ने
  7. प्रदेश मन्त्रिपरिषद्का निर्णयको कार्यान्वयन र अनुगमन गर्ने
  8. प्रदेश मन्त्रिपरिषदमा पेश हुने नियम र आदेशको तर्जुमा, स्वीकृति तथा प्रमाणीकरण गर्ने
  9. प्रदेश भित्रको राजनीतिक, आर्थिक, सामाजिक, शान्ति सुव्यवस्था एवं प्रशासनिक गतिविधिहरुको अद्यावधिक जानकारी र सम्बोधन गर्ने
  10. मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने
  11. सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रशासन सुधार गर्ने
  12. संवैधानिक निकाय तथा आयोग, प्रदेश लोक सेवा आयोग र अन्य संघीय तथा प्रादेशिक आयोगसंगको सम्पर्क र समन्वय गर्ने
  13. संघीय सरकारको स्वीकृति बमोजिम द्विपक्षीय वा बहुपक्षीय स्तरमा भएका सन्धि, सम्झौता वा सहमति कार्यान्वयन गर्ने
  14. प्रदेश प्रमुखको निर्देशन कार्यान्वयन र प्रतिवेदन बनाउने
  15. अन्तर प्रदेश परिषद र संघ तथा अन्य प्रदेश र स्थानीय तहसंगको समन्वय र अन्तरसम्वन्ध
  16. प्रदेशस्तरका आयोग तथा निकायहरुको गठन एवं सञ्चालन र पदाधिकारीहरुको नियुक्ति एवम् सेवा, सुविधा सम्बन्धी नीति तथा कानूनको तर्जुमा र कार्यान्वयन गर्ने
  17. निर्वाचन कार्यमा सहयोग र समन्वय गर्ने
  18. प्रदेशस्तरीय मानव संशाधन विकास योजना तर्जुमा र कार्यान्वयन गर्ने
  19. प्रदेश निजामती सेवा र अन्य प्रदेश सरकारी सेवा सञ्चालन सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा एवं कार्यान्वयन र अभिलेख व्यवस्थापन गर्ने
  20. प्रदेश स्तरका सरकारी निकायको संगठन तथा व्यवस्थापन सर्भेक्षण र व्यवस्थापन परीक्षण गर्ने
  21. प्रदेशस्तरीय तालीम नीति तथा मापदण्ड निर्धारण र स्तरीकरण तथा राष्ट्रिय र प्रदेशस्तरका तालिम केन्द्रसँगको सम्पर्क एवं समन्वय गर्ने
  22. प्रदेशस्तरमा सार्वजनिक सेवा वितरणको न्यूनतम मापदण्ड निर्धारण र सेवाग्राही सन्तुष्टि सर्भेक्षण तथा सेवा प्रवाहको अनुगमन गर्ने ।
  23. गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालयको व्यवस्था सम्बन्धी कानून तर्जुमा गर्ने

Sharing is caring!