स्मार्ट कृषि गाउँ सञ्चालन कार्यविधि, २०७६

प्रदेश नं. ५ अन्तर्गत मौलिक पहिचान भएका कृषि वस्तु तथा सेवाको उत्पादन तथा प्रवर्द्धन आधुनिक र समयसापेक्ष तरिकाबाट गर्न प्रदेश सरकारले निजि, कृषक समूह तथा सहकारी, स्थानीय तह, शैक्षिक तथा अनुसन्धान संस्था लगायतको सहकार्यमा कार्यक्रम सञ्चालन गरी रोजगारी सिर्जना गर्दै कृषकको आयस्तर वृद्धि साथै खाद्य सुरक्षामा सुधार गर्ने उद्देश्यले स्मार्ट कृषि गाउँ कार्यक्रमलाई सरल, सहज, पारदर्शी र व्यावास्थिक ढंगले कार्यन्वयन गर्न प्रदेश सरकार (मन्त्रिपरिषद) ले प्रदेश नं. ५, प्रशासकीय कार्यविधि ऐन, २०७५को दफा २ बमोजिम "स्मार्ट कृषि गाउँ कार्यक्रम संञ्चालनकार्यविधि २०७६" बनाइ लागू गरेको छ


सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम संञ्चालन कार्यविधि, २०७६

समग्र कृषि क्षेत्रको व्यवसायीकरण यवं अधुनिकरंका लागि व्यावसायिक कृषिकहरुलाई सहुलियतपूर्ण कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराई सहज वित्तीय पहुँच बाट लगानी वृद्धि गर्ने उद्देश्यले , प्रदेश नं. ५, प्रशासकीय कार्यविधि ऐन, २०७५ को दफा २ ले दिएको अधिकार प्रयोग गरीप्रदेश सरकारले यो कार्यविधि स्वीकृत गरी लागू गरेको छ।


मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार काययक्रम सञ्चालन काययविधि, २०७५

आर्थिक तथा सामाजिक रूपमा विपन्न घरपरिवार वा व्यक्तिहरुको गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, स्वोरोज्गारी, प्रविधि हस्तान्तरण, सीप विकास, आयआर्जनका अवसरहरु तथा सामाजिक सम्रक्शंका कार्यक्रम मार्फत जिवनस्तर सुधार गरि गरिबी निवारण गर्ने उदेश्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहबाट संचालन गर्ने मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम संचालनक लागि प्रदेश नं. ५ प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा २ ले दिएको अधिकार प्रयोग गरि प्रदेश नं. ५, प्रदेश सरकार (मन्त्रिपरिषद)ले यो "मुख्यमन्त्री ग्रामिण विकाश तथा रोजगारी कार्यक्रम संचालन कार्यविधि, २०७५" स्वीकृत गरी लागु गरेको छ।