हाम्रो बारे

पाल्पा विकास केन्द्र २०६५ सालमा स्थापना भई प्रदेशस्तरमा मिडिया विकास, नीतिगत बहस र संवाद साथै अध्ययन अनुसन्धानमा क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले सञ्चालनमा ल्याएको नीतिपात्रो पोर्टलमा लुम्बिनी प्रदेशका स्थानीय सरकार र प्रदेश सरकारसँग सम्बन्धित सामग्रीहरू समेटिएका छन् ।

यो पोर्टलले विशेषगरी पत्रकारहरूलाई स्थानीय एवं प्रदेश सरकारले बनाउने नीतिदेखि बजेट लगायतका विषयमा खास मुद्दा र स्रोतको पहिचान गरी विस्तृत रूपमा समाचार तयार पार्न सहयोग पुर्‍याउँदछ । त्यस्तै, आम जनतालाई आफ्नो समुदायमा के–कस्ता नीतिगत काम भइरहेका छन् भन्ने विषयमा पनि यो पोर्टलले जानकारी दिन्छ ।

संस्थाले प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन, साँस्कृतिक सम्पदा र शिक्षा सम्बन्धि अध्ययन अनुसन्धान र भिडियो डकुमेन्ट्री निर्माण, स्थानीय तहमा सामाजिक परीक्षण, सार्वजनिक सुनुवाइ, परिचयात्मक फोटो फिचर निर्माण, क्षमता विकास तालिम र अन्य परार्मशमा काम समेत गर्दै आएको छ ।

पाल्पा विकास केन्द्र
Palpa Development Center
तानसेन नगरपालिका पाल्पा
फोन : 075-522099
इमेल : palpatdc.dov@gmail.com, info@nitipatro.com
बेभ : www.nitipatro.com

Sharing is caring!