स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७

स्थानीय तहको कार्यप्रकृया र उपलब्धीहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न, विकास तथा सशुासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाहरुको बीचमा तलुनायोग्य सूचकहरु तर्जुमा गरी प्रतिस्प्रर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय‍ तहलाई‍ सक्षम‍ र‍ प्रभावकारी‍ बनाउन वाञ्छनीय भएकोले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८० को प्रयोजनको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्न्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि,२०७७ तर्जुमा गरेको छ ।


स्थानीय सरकार सञ्चार हाते किताब

लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकलेराजनीतिक अधिकार प्रयोग गर्न पाउँछन् । आफ्नो अधिकार प्रयोगका लागि नागरिकसु–सूचित भएर स्वतन्त्र रूपमा निर्णय दिन सक्षम हुनुपर्छ । तथ्यगत र विश्वसनीय सूचनाले नागरिकलाई सु–सूचित गरी छनोट र निर्णय गर्न समक्ष बनाउँछ । नागरिकले स्वतन्त्र र उत्तरदायी प्रेसबाट तथ्यगत र विश्वसनीय सूचना पाउन सक्छन् । स्वतन्त्र र उत्तरदायी प्रेसले स्थानीय सरकार र सरकार दुवै माथि निगरानी राख्दै उनीहरुलार्ई चुस्त रहन प्रेरित गर्न सक्छन् । मिडियाले स्थानीय सरकार र सरकारका गतिविधिबारे नागरिकलाई सूचित गर्ने तथा उनीहरुका कुरालाई नीति निर्मातासम्म पुर्याइ बहस गर्ने वातावरण सिर्जना गर्छन् ।