प्रादेशिक आर्थिक गतिबिधि अध्ययन लुम्बिनी प्रदेश

मुलुकको शासकीय स्वरुप संघीय संरचनामा रुपान्तरण भएपश्चात् प्रदेशगत रुपमा केन्द्रीय बैंकको काम कारबाहीलाई थप स्पष्ट र प्रभावकारी बनाउन आर्थिक वर्ष २०७६/७७ देखी यस लुम्बिनी प्रदेशमा रहेका १२ वटै जिल्लाहरू रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, दाड, बाके, बर्दिया, रुकुम, रोल्पा र प्यूठानलाई समेटी आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार गर्न थालिएको छ । बैंकले जारी गरेको “आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन २०७६” बमोजिम कार्यक्षेत्रभित्र पर्ने यी जिल्लाहरूको कृषि, उद्योग र सेवा तथा यस अन्तर्गत तोकिएका अन्य शीर्षकहरूको समेत निर्दिष्ट ढाँचामा अर्धवार्षिक तथ्याङ्क संकलन गरी सो वमोजिम आर्थिक गतिविधिको अध्ययन बिश्लेषणमार्फत् आर्थिक वर्ष २०७८÷७९ को (२०७८ साउनदेखि २०७८ पुससम्मको तथ्याङ्कमा आधारित भई) यो अर्ध–वार्षिक प्रतिवेदन तयार पारिएको छ ।


नेपाल परिचय

नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । नेपालमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता रहेका छन् । यिनै विविधताले नै नेपाललाई विश्वमै पृथक एवं मौलिक पहिचानका रुपमा स्थापित गरेको छ । विश्वमा नेपाल सगरमाथाको देश, भगवान गौतमबुद्धको देश, वीरहरूको देश, शान्तिको भूमि, मन्दिरै मन्दिरको देशका नामले पनि चिनिन्छ । विश्व सम्पदा सूचिमा नेपालका दश स्थान समावेश छन् । ती ऐतिहासिक, साँस्कृतिक, पर्यटकीय, राष्ट्रिय निकुञ्ज अन्तर्गतका सम्पदा हुन् । नेपाल एक विविधताले भरिपूर्ण सुन्दर देश हो । नेपालमा हिमाल, पहाड र तराईको भौगोलिक समिश्रण छ भने संस्कृतिमा पनि उत्तिकै विविधता छ, त्यो विविधतामा एकता छ । समयक्रमसँगै नेपालको राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक…