तुलसीपुर उपमहानगरपालिकाको कोभिड–१९ बाट प्रभावित व्यक्तिहरुको उद्यमशिलता विकास कार्यक्रम संचालन निर्देशिका, २०७७

स्थानीय संचालन ऐन, २०७४ को दफा १०२ को उपदफा (२) बमोजिम “कोभिड १९ बाट प्रभावित व्यक्तिहरुको उद्यमशिलताको विकास कार्यक्रम संचालन निर्देशिका, २०७७” तुलसीपुर उपमहानगरपालिकाले बनाएको छ ।


छत्रदेव गाउँपालिका विदेशबाट फर्किएका युवाहरुको लागि (युवा लक्षित कृषि) कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६

यस गाउँपालिकामा कृषि तथा पशु व्यवसायको माध्यमवाट हाम्रो नारा छत्रदेवको शान: सुन्दर शान्त, समृद्ध गाउँपालिका हाम्रो भभियानलाइ सफल पार्नुका साथै यस गाउँपालिकाको विभिन्न नीति तथा कार्यक्रम सहज,सरल,पारदर्शी र प्रभावकारी रुपमा संचालन गर्न छत्रदेव गाउँपालिकाले यस आ. व. देखि कार्यक्रमको शुरुवात हुँदा कार्यक्रमलाइ थप प्रभावकारी रुपमा सञ्चालन गर्न "विदेशबाट फर्किएका युवाहरुको लागि (युवा लक्षित कृषि) कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ तयार गरीएको छ ।


कोहलपुर नगरपालिका पशु सुत्केरी भत्ता (गाई भैसीलाई) अनुदान सन्चालन कार्यविधि – २०७५

गाईभैसीलाई बेतभरी दिने दुधको परिमाण ब्याएको दुई महिना भित्र दिएको दुध उत्पादनमा निभर्र रहेको हुन्छ। सो अवधी भित्र लैनो पशुले बढी दुध दिने सकेमा मात्र सोहि अनुपातमा सो बेत भरी नै उत्पादन कायम राख्न सकिन्छ । यसैले सो अवधी पशुको अति महत्वपुर्ण अवस्था रहेको र त्यस अवस्थामा नै नबजात बाच्छाबाच्छि(पाडापाडीको स्याहार सुसार गर्नु पर्ने भएकोले आवश्यकता अनुसारको सन्तुलित आहारा र अन्य स्याहार सुसारका लागी कृषकहरुमा जागरण ल्याउन आवश्यक ठानी गाई(भैसीलाई सुत्केरी भत्ता अनुदान कार्यक्रमलाई सरल, सहज, व्यविस्थत,प्रभावकारी र पारदर्शी रुपले कायार्न्वयन गर्न कोहलपुर नगरपालिकाले यो कार्यविधि जारी गरेको छ।


स्थानीय सरकारका असल अभ्यासहरू – १

- गोपालप्रसाद वश्याल नागरिकहरूको प्रत्यक्ष सरोकार र क्रियाकलापका धेरै क्षेत्रमा पहिलो जिम्मेवारी प्राप्त गरेको र आम मानिसको आशा भरोसाका स्थानीय सरकारहरूले विविध जटिलताका बावजुद धेरै असल अभ्यास गरिरहेका छन् । ती मध्ये केही असल अभ्यासको प्रतिनिधिमूलक टिप्पणि यहाँ प्रस्तुत गरिएको छ । १. स्थानीय सरकारहरूले शिक्षा विकासमा सकारात्मक पहल गरिरहेका केही उदाहरण छन् । दाङको तुल्सीपुर उपमहानगरपालिकाले बहुप्राविधिक शिक्षालय सञ्चालन गरेको छ । तुल्सीपुर मेट्रो कलेजमा प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद (सिटिइभिटि) अन्तर्गतका पाँच ओटा कार्यक्रमको पढाइ भैरहेको छ । कलेजका प्रिन्सिपल पुजा नेपालीका अनुसार वि. सं. २०७६ सालदेखि डिप्लोमा इन फरेस्ट्रि अध्यापन भैरहेकोमा चालुु शैक्षिक सत्रदेखि डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ्ग, डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङ्ग, डिप्लोमा इन एग्रिकल्चर र डिप्लोमा…


बारबर्दिया नगरपालिकाको जनतासंग मेयर कार्यक्रम संचालन कार्यबिधि २०७४

नेपालको संविधानसभावाट जारी भएको नेपालको संविधान २०७२ अन्र्तगत राज्य पुर्नसंरचना भई स्थानीय सरकारकारुपमागठित स्थानीय तहको निर्वाचन पश्चात जनताले उनीहरुकै प्रतिनिधीद्धारा शासन गर्ने अवसर प्राप्त गरेका छन। जनताको सवैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय तहले जनताका आवश्यकता प्रभावकारीरुपमा सम्वोधन गर्नुपर्ने आवश्यकता टडकारो रहेको छ । बारबर्दिया नगरपालिकाको प्रथम नगरसभाले पारित गरेको जनतासँग मेयर कार्यक्रम कार्यान्वयन गर्न नगरकार्यपालिकाले यो कार्यविधि वनाई लागु गरेको छ ।


सरुमारानी गाउँपालिकाको बिपन्न असहाय कोष ब्यबस्थापन कार्यविधि २०७४

यस सरुमारानी गाउँपालिका लित्र रहेका आलथिक रुपिे लिपन्न, एकि मलहिा, जेष्ठ नागररक,अनाथ बािबालिका, अशक्त, अपाांगहरु सहयोग गर्न बिपन्न असहाय कोषको व्यवस्ता गरिएको छ । यसैअनूरुप सरुमारानी गाउँपालिकाको प्रथम गााँउ सभा बाट आ.ब. २०७४।०७५ कोबार्षिक बजेट नीति तथा कार्यक्रम अन्तर्गत बिपन्न असहायहरु लाई सहयोग प्रयोजनार्थ रु ४ लाख बजेट बिनियोजन गरिएकोछ।


सुत्केरी स्याहार कार्यविधि तानसेन नगरपालिका

नेपाल सरकारले प्रजनन र मातृ स्वास्थ्य कार्यक्रम प्राथमि कतामा राखेको कार्यक्रम हो । यस कार्यक्रमलाई तानसेन नगर क्षेत्रमा थप प्रभावकारी रुपमा संचालन गर्न तानसेन नगरपालिकाले आ.व. द्दण्ठद्ध÷ण्ठछ को लागि स्वीकृत कार्यक्रम (बिनियोजन ऐन) प्रर्ब४नात्मक कार्यक्रम अन्त र्गत शीर्षक मा सूत्केरी स्याहार कार्यक्रमका लागि बजे६ बिनियोजन गरिएकोले उक्त बजे६ तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि यो कार्यबिधि तयार गरी लागु गरिएको


सरुमारानी गाउँपालिकाको किसानसंग गाउँ सरकार कार्यक्रम संचालन कार्यविधि २०७५

नेपालको संविधानले स्थानियतहको अधिकार सुची १५को कृषि तथा पशुपालनको उत्पादन र व्यवस्थापन सम्बन्धि अधिकार बमोजिम कृषि तथा पशुपालनको उत्पादन वृद्धि गर्न व्यवस्थापन गर्न कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने नीति योजना तर्जुमा गरी त्यसको कार्यान्वयन र नियमन गर्नको लागि स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को उपदफा (ण) बमोजिम प्राप्त अधिकारबाट लक्षित समृद्धिको मार्गमा सरुमारानी गाउँपालिकालाई अगाडी बढाउन “किसानसँग गाउँ सरकार कार्यक्रम” नामक कृषितथापशुपालनको आधुनिकीकरण र व्यवसायिकरण गर्ने कृषितर्फको अनुदान कार्यक्रमलाई प्रथम गाउँ सभाले नीति तथा कार्यक्रममाविनियोजन गरेको हँदा त्यस कार्यक्रम संचालन, व्यवस्थापन र नियमनको लागि यो कार्यविधि तयार गरिएको छ ।


ठाकुरबाबा नगरपालिकाको गर्भवती महिलाहरुलाई पोषण सुधार कार्यविधि, २०७५

ठाकुरबाबा नगरपालिका भित्रका सम्पुर्ण आमातथाबालबालिकाहरुकोगुणस्तरिय स्वास्थ्यका लागी “गर्भवतीपोषण स्वास्थ्यभत्ता”वितरण मार्फत पोषण स्थितीमा सुधार ल्याउनका लागी स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को (झ) बमोजिमयो संचालनकार्यविधीबनाईएको छ


ओमसतिया गाउँपालिकाको बालिका संरक्षण कार्यक्रम संचालन कार्यविधि, २०७४

कार्यपालिकाबाट स्वीकृत मिति ः २०७४।१०।१७ ओमसतिया गाउँपालिकाको कार्य क्षेत्र भित्र जन्म भएका बालिकाको जीवन सुरक्षा र भविष्यलाई सुनिश्चित तुल्याई सुरक्षा सेवा प्रदान गर्ने हेतुले गाँउपालिकाबाट उपलब्ध हुने सुरक्षा सेवा कार्यलाई व्यवस्थित गर्न यस गाँउपालिकाकोे मिति २०७४ भाद्र २ (दुई) गतेको प्रथम गाउँसभाको बैठकबाट बालिका संरक्षण कार्यक्रम लागू गरी गाँउपालिका भित्र कार्यान्वयन गर्नेे निर्णय भए बमोजिम यो बालिका संरक्षण कार्यक्रम संचालन कार्यविधी, २०७४ तयार पारिएको छ ।