मिडिया पोर्टल किन ?

नेपालमा आधिकारीक सूचना र तथ्यहरु एकै ठाउँमा पाउन कठिन छ । त्यसमाथि भखरै अभ्यासमा आएका प्रदेश र स्थानीय सरकारहरुको नीतिगत निर्णयदेखी अन्य काम कारवाही थाहा पाउन झनै गाहे छ । यो अवस्थामा प्रदेशगत सूचना र तथ्यलाई एकिकृत गरी एकै स्थानबाट सूुचना प्राप्त गर्ने फोरम जरुरी छ । त्यसका लागि प्रदेशगत पोर्टल निर्माण उपयुक्त हुन सक्छ । त्यसैले पनि लुम्बिनी प्रदेश का स्थानीय सरकार र प्रदेश सरकारसँग सम्बन्धित सामाग्रीहरु समेटने गरी यो पोर्टल निर्माण गरिएको हो ।

यो पोर्टलले विशेष गरी पत्रकारहरुलाई स्थानीय एवं प्रदेश सरकारहरुले बनाउने नीतिदेखी बजेटलगायतका विषयमा खास मुद्धा र स्रोतको पहिचान गरी विस्तृत रुपमा समाचार तयार पार्न सहयोग पु¥याउने छ । त्यस्तै आम जनतालाई आफनो समुदायमा के कस्ता काम भइरहेका छन् भन्ने विषयमा जानकारी दिनेछ । विभिन्न संघ संस्था, सरोकारवाला पक्ष र अनुसन्धान गर्ने शोधकर्ताको लागि समेत यो सामाग्री उत्तिकै उपयोगी हुन सक्छ । प्रादेशिक र स्थानीय सरकारसँग सम्बन्धित धेरै किसिमका सूचना, तथ्य एवं दस्तावेजहरु भएकाले पनि सुचनाको खोजीमा रहने पत्रकारहरुको लागि यो पोर्टल अझै उपयोगी हुने छ । पोर्टलले संचारमाध्यम र सरकारलाई एकआपसमा जोड्ने र जनतासम्म सूचना प्रवाह गर्न पुलको काम मात्र गर्दैन, स्थानीय र प्रादेशिक सरकारलाई उत्तदायी हुन भुमीकासमेत निर्वाह गर्नेछ ।

मिडियालाई व्यवसायीक र तथ्यपरक रिर्पोटिङ्गका लागी सही सूचनाहरुको खोजी गर्ने बानीको विकास गराउने उद्देश्य राखी यो पोर्टल संचालनमा ल्याइएको हो । त्यसैले पनि प्रदेश र स्थानीय सरकारको संरचनागत अवस्था, अधिकार, काम कर्तव्यका साथै नीतिगत कार्यमा संलग्न ब्यक्तिदेखी जनताका प्रत्यक्ष कामसँग जोडिएका ब्यक्तिहरु र तिनका फोन नम्बरसमेत यो पोर्टलमा राखिएको छ जसले गर्दा पत्रकारहरुलाई छिटोभन्दा छिटो समाचार तयार पार्न सजिलो हुने छ भने आम जनतालाई पनि आफना जनप्रतिनिधीहरुसँग संवाद गर्न सजिलो हुने छ । बजेट र नीति निर्माणको प्रक्रियामा त के कति काम कुन चरणमा पुगेका छन् भनी संचारमाध्यम र संचारकर्मीलाई अर्लट पठाउने कार्य यो पोर्टलको मुख्य विशेषता नै हो । यसले समाजमा नीति र वजेट निर्माणको विषयलाई वहसमा त ल्याउने छ नै साथै सुधारका लागि खवरदारी गर्न पनि मद्दत मिल्ने छ । अधिकार क्षेत्रको विषयलाई लिएर स्थानीय सरकारहरुवीच देखिएको द्वन्द्व होस् वा प्रादेशिक र स्थानीय सरकारले गरेका राम्रा र गलत निर्णयका साथै त्यसले पारेका प्रभाव, जनप्रतिनिधीहरुको भुमीका लगायतका विषयमा गरिएका केस स्टडीहरु पनि पोर्टलमा समावेश गरिने छ । त्यसैले पनि यो पोर्टल प्रदेश र स्थानीय सरकारसंग सम्बधित विषयका बारेमा जानकारी राख्न खोज्ने जो कोहीका लागि उपयोगी हुने हाम्रो विश्वास छ ।

Sharing is caring!