इजलास नहुँदा न्याय निरुपणमा समस्या

रन्जीता अधिकारी २०७७, कार्तिक दाङ

स्थानीय तह अन्र्तगतका न्यायिक समिति मातहत इजलास नहुँदा कार्यसम्पादनमा समेत समस्या देखिएको छ । न्यायिक समितिका संयोजकहरु नै ‘कतिपय मुद्धाहरु शान्त ठाउँमा वसेर छलफल गर्नुपर्ने हुन्छ, छुट्टै ठाउँ नहँुदा न्याय निरुपणमा धेरै असजिलो भएको’ बताउँछन् ।

  • कपिलवस्तुको मायादेवी गाउँपालिकाको उपाध्यक्ष गिता तिवारीलाई तपाईको न्यायिक समितिमा इजलास छ की छैन भन्न्ो प्रश्न गर्दा के हो त्यो इजलास भनेको ? भनी उल्टै प्रतिप्रश्न गर्नुभयो । जवकि स्थानीय तहका उपप्रमुखको अध्यक्षमा तीन सदस्यीय न्यायिक समिति हुने र त्यसले स्थानीयस्तरमा देखिएका विवादको निरुपण गर्ने विषय नेपालको संविधानको धारा २१७ मा उल्लेख छ । तर, स्थानिय तहका न्याय निरुपण गर्ने निकायले विभिन्न वहाना वनाएर इजलास वनाउन सकेका छैनन् । भौतिक पूर्वाधारदेखी कर्मचारी अभाव र न्याय सम्पादनमा महिला भएकाका कारण यो विषय प्राथमिकतामा नपरेको न्यायिक समिति संयोजकको भनाइ छ ।
  • कपिलवस्तुका मायादेवी गाउँपालिकाका अतिरिक्त शिवराज, कपिलवस्तु, कृष्णनगर, महाराजगञ्ज, बुद्धभुमी, बाणगंगा नगरपालिका, विजयनगर, यसोधरा र शुद्धोधन गाउँपलिकाको पनि इजलास छैन । उपप्रमुखको कार्यकक्षबाटै मुद्धाहरुको निरुपण हुने गरेको छ ।
  • दाङको बंगलाचुली, राप्ती, राजपुर, बबई र दंगीशरण गाउँपालिकाको पनि इजलास छैन । घोराही, तुलसीपुर उपमहानगरपालिकाका साथै लमही नगरपालिका, गढवा र शान्तिनगर गाउँपालिकाले भने आफनो स्थानीय तहको न्यायिक समिति अन्र्तगत इजलास रहेको जनाएका छन् ।
  • प्युठान जिल्लाको कुनै पनि स्थानीय तहले न्यायिक समिति मातहत इजलास राखेका छैनन् । प्युठान जिल्लामा प्युठान, स्वर्गद्धारी नगरपालिकाका साथै मालारानी, गौमुखी, ऐरावती, सरुमारानी, माण्डवि, झिमरुक, नौवहिनी गाउँपालिका रहेका छन् ।

यसरी स्थानीय तह अन्र्तगतका न्यायिक समिति मातहत इजलास नहुँदा कार्यसम्पादनमा समेत समस्या देखिएको छ । स्वर्गद्धारी नगरपालिकाका उपप्रमुख गोमा रेग्मीले छलफल गर्नका लागि छुट्टै ठाउँ नभएकोले न्याय सम्पादनमा समस्या भएको बताउनुभयो । ‘आफ्नै कार्यकक्षमा सेवाग्राहीलाई राखेर काम गर्दा असजिलो भएको छ । भौतिक संरचनाको अभावले गर्दा छुट्टै स्थानमा बसेर काम गर्न सकेका छैनौ’, उहाँले भन्नुभयो ।

प्युठान जिल्ला अन्र्तगतका न्यायिक समितिमा दर्ता भएका मुद्धाको संख्या ३ सय ९३ रहेको छ जसमध्ये ७२.१ प्रतिशत मुद्धा न्यायिक समितिबाटै किनारा लागेको छ भने ७.७७ प्रतिशत मुद्धाहरु मात्र अदालत गएका छन् । त्यसैगरी ०.८ प्रतिशत मुद्धा जिल्ला प्रशासन कार्यलय गएका छन् । कुल मुद्धामध्ये १९.३ प्रतिशत चाहिं किनारा लाग्न वाँकी छ ।

घोराही उपमहानगरपालिका उपप्रमुख सिता सिग्देल न्यौपानेले आर्थिक वर्ष २०७६÷०७७ मा १ सय ५४ मुद्दा दर्ता भएको जानकारी दिनुभयो । यसमा ७९ वटा मुद्धा किनारा लागेका छन् र ७५ वटा मुद्धा किनारा लाग्न बाँकी रहेको र ती मुद्धाको इजलासमार्फत न्याय सम्पादन गरेको उहाँले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख एवं न्यायिक समिति संयोजक माया शर्माले आव २०७६÷०७७ मा ८३ उजुरी परेकोमा ३२ मिलापत्र गरेको र इजलास मार्फत मुद्धा किनारा लगाउने गरेको वताउनुभयो । कोभिड १९ महामारीको वन्दावन्दीका समयमा महिलामाथि हिंसा धेरै हुनसक्ने आकंलन गर्दै उजुरीका लागि १६६०८२१८००१ नम्बरको हटलाइन सेवा सुरु गरेको पनि उहाँले बताउनुभयो ।

लमही नगरपालिकामा आर्थिक वर्ष २०७६÷०७७ मा ३८ वटा मुद्धा दर्ता भएकोमा २२ वटा किनारा लागेको छ । १६ वटा मुद्धा विचाराधिन रहेको उपप्रमुख एवं न्यायिक समिती संयोजक देवका वेल्वासेले जानकारी दिनुभयो । बबई गाउँपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माले इजलास वनाउन नसकेको र इजलास नहँुदा न्याय निरुपण गर्न पनि समस्या भएको बताउनुभयो । ‘कतिपय मुद्धाहरु शान्त ठाउँमा वसेर छलफल गर्नुपर्ने हुन्छ, छुट्टै ठाउँ नहँुदा न्याय निरुपणमा धेरै असजिलो भएको छ’, विश्वकर्माले भन्नुभयो ।

प्युठान जिल्लाका स्थानीय निकायका न्यायिक समितिको कार्य विवरण

जिल्ला

स्थानिय निकाय

इजलास

दर्ता भएका मुद्धा

किनारा लागेका मुद्धा

अदालत गएका मुद्धा

जि.प्र.का गएको

बाँकी

छ

छैन

प्युठान

प्युठान नगरपालिका

–

छैन

२२

२०

२

–

–

स्वर्गद्धारी नगरपालिका

–

छैन

४९

४२

–

–

७

मालारानी गाउँपालिका

–

छैन

११

३

३

–

५

गौमुखि गाउँपालिका

–

छैन

३२

३१

–

१

–

ऐरावती गाउँपालिका

–

छैन

८३

४३

२

२

३६

सरुमारानि गाउँपालिका

–

छैन

२२

२१

१

–

–

माण्डवि गाउँपालिका

–

छैन

६५

५८

७

–

–

झिमरुक गाउँपालिका

–

छैन

३२

१९

–

–

१३

नौवहिनी गाउँपालिका

 

छैन

५७

३२

१४

–

११

जम्मा संख्या

०

९

३७३

२६९

२९

३

७२

प्रतिशत

०

१००

१००

७२.१

७.७७

०.८

१९.३

दाङ जिल्लाका स्थानिय निकायका न्यायीक समितिको कार्य विवरण

जिल्ला

स्थानिय निकाय

इजलास

दर्ता भएका मुद्धा

किनारा लागेका मुद्धा

अदालत गएका मुद्धा

जि.प्र.का गएको

बाँकी

छ

छैन

दाङ

घोराही उपमहानगरपालिका

छ

–

१४५

७९

–

–

६६

तुलसीपुर उपमहानगरपालिका

छ

–

८३

३२

–

–

५१

लमही नगरपालिका

छ

–

३८

२२

–

–

१६

बंगलाचुली गाँउपालिका

–

छैन

८४

५९

 

 

२५

राप्ती गाउँपालिका

–

छैन

४४

३०

२

१

११

राजपुर गाउपालिका

–

छैन

४२

३७

–

–

५

गढवा गाउपालिका

छ

—

५३

३४

–

–

१९

बबई गाउपालिका

–

छैन

६५

४७

–

–

१८

दंगीशरण गाउपालिका

–

छैन

३२

१५

–

–

१७

शान्तिनगर गाउँपालिका

छ

–

२७

२७

–

–

–

जम्मा संख्या

४

६

६१३

३८२

२

१

२२८

प्रतिशत

४०

६०

१००

६२.३१

०.३२

०.१६

३७.१९

दाङका न्यायिक समितिमा आर्थिक बर्ष २०७६÷०७७ मा जम्मा ६१३ वटा मुद्धा दर्ता भएको देखिन्छ । दर्ता भएका मुद्धामध्ये ३८२ वटा मुद्धा अथार्त ६२.३१ प्रतिशत मुद्धा किनारा लागेका छन् । ०.३२ प्रतिशत मुद्धामात्र अदालतमा गएको देखिन्छ । त्यसैगरी कुल मुद्धामध्ये ०.१६ प्रतिशत जिल्ला प्रशासन कार्यलयमा गएको छ भने ३७.१९ प्रतिशत मुद्धा मात्र किनारा लाग्न बाँकी रहेको छ । कुल स्थानिय तहमध्ये ४० प्रतिशत स्थानिय तहमा मात्र इजलास रहेको पाइयो जसमा दुई उपमहानगरपालिका र एक नगरपालिकामा इजलास रहेको पाइयो । सात वटा गाउँपालिकामध्ये दुई गाउँपालिका शान्तिनगर र गढवामा मात्र इजलास रहेको देखिन्छ । बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष यमुना थापा मगरले इजलास वनायो भने मानिसमा ठूलो र सानोको विचमा खाडलहुने र पिडित मान्छेको मोनोवल झन कमजोर देखिने भएकाले इजलास नवनाएको दावी गर्नुभयो । दाङका दश स्थानिय तहमा उपप्रमुख महिला भएकाले महिलाहरु न्यायका लागि आउनेको संख्या धेरै रहेको पनि थापाले वताउनुभयो ।

कपीलवस्तु जिल्लाका स्थानिय निकायका न्यायीक समितिको कार्य विवरण

जिल्ला

स्थानिय निकाय

इजलास

दर्ता भएका मुद्धा

किनारा लागेका मुद्धा

अदालत गएका मुद्धा

जि.प्र.का गएको

बाँकी

छ

छैन

कपीलबस्तु

शीबराज नगरपालिका

–

छैन

१२८

१०४

–

–

२४

कपिलबस्तु नगरपालिका

–

छैन

७

४

३

–

–

कृणनगर नगरपालिका

–

छैन

१००

७०

–

–

३०

महाराजगञ्ज नगरपालिका

–

छैन

४९

३३

१

—

१५

बुद्धभुमि नगरपालिका

–

छैन

३२

१८

—

—

१४

बाणगंगा नगरपालिका

छ

–

१८

७

—

—

११

विजयनगर गाँउपालिका

–

छैन

३७

२६

६

–

५

मायादेवि गाउँपालिका

–

छैन

३४

१६

—

—

१८

यसोधरा गाउँपालिका

–

छैन

४४

२६

—

—

१८

सुद्धोधन गाउँपालिका

–

छैन

९७

९२

—

—

५

जम्मा संख्या

१

९

५४६

३९६

१०

 

१४०

प्रतिशत

१०

९०

१००

७२.५२

१.८३

०

२५.६४

छ वटा नगरपालिका र चारवटा गाँउपालिका रहेको कपीलवस्तु जिल्लाको बाणगंगा नगरपालिकावाहेक अरु कुनै पनि स्थानिय तहमा इजलास रहेको पाइएन । भवनमा प्रसस्त कोठा नभएका कारण कोठा अपुग भएकाले छुट्टै इजलास वनाएर काम गर्न नसकेको शुद्धोधन गाउँपालिका उपाध्यक्ष सुधा देवी पाण्डेयले वताउनुभयो । कपिलवस्तु जिल्लाका दशका स्थानिय तहमा कुल ५ सय ४६ मुद्धा दर्ता भएकोमा ३ सय ९६ वटा मुद्धा किनारा लागेको छ । कुल मुद्धाको ७२.५२ प्रतिशत मुद्धा किनारा लागे पनि २५ प्रतिशतभन्दा धेरै मुद्धा अझै किनार लाग्न सकेको छैन ।

Sharing is caring!