मुलुक संघियतामा प्रवेश गरेपछि संघियता कार्यान्वयनको महत्वपूर्ण निकायको रूपमा स्थापित प्रदेश सरकारले समृद्ध प्रदेश: खुशी जनताको दीर्घकालीन सोचका साथ विकास निर्माण, सेवा प्रवाह र सुशासनमा जोड दिएको छ । दीर्घकालीन सोचलाई चरितार्थ गर्नका लागि प्रदेश सरकारले प्रथम आवधिक योजना (२०७६/७७-२०८०/८१) तयार गरेको छ । आवधिक योजनाले निर्दिष्ट गरेबमोजिम वार्षिक विकासका कार्यक्रमहरु सञ्चालन गर्दै योजनाबद्ध विकास गर्ने लक्ष्य रहेको छ । आगामी आर्थिक वर्ष २०७६/७७ पञ्चवर्षीय आवधिक योजना कार्यन्वयनको पहिलो वर्ष हो । यस योजनाले निर्दिष्ट गरेबमोजिम वार्षिक कार्यक्रम तर्जुमा तथा त्यसको सफल कार्यन्वयनमार्फत् निर्दिष्ट लक्ष्यहरु हासिल गर्ने गरि प्रक्रिया अगाडि बढाइएको छ । आवधिक योजना तथा वार्षिक कार्यक्रम बीच तालमेल मिलौना सार्वजनिक खर्च व्यवस्थापनको उपयुक्त मध्यम मध्यमकालीन खर्च संरचना हो ।