सडकको दिगो विकास गदै सर्वसाधारण नागरिकलाई छोटो, सुरक्षित, मितव्याई र आरामदायी आवागमनको प्रत्याभूति गरी नागरिकको आर्थिक हित अभिवृद्धि गर्न तथा प्रादेशिक सडकको वर्गीकरण गरी तिनीहरुको निर्माण, विस्तार, मर्मत-संभार, पुनर्निर्माण एवम् दिगो वातावरणीय व्यवस्थापनबाट समग्र सडक सम्पतिको सुरक्षा सुनिश्चित गर्न वाञ्छनीय भएकोले, प्रदेश नं. ५ को प्रदेश सभाले यो ऐन बनाएको छ ।
नेपालको संविधानले प्रत्याभूत गरेको खुला, जनमुखी, पारदर्शी र जवाफदेही राज्य व्यवस्थालाई मूर्त रुप दिन स्वतन्त्र, उत्तरदायी र जिम्मेवार आम सञ्चारमध्यमको भूमिकालाई आत्मसात गदै,नागरिकको सुसूचित हनु पाउने र अभिव्यक्त गर्न पाउने सम्बन्धी अन्तर्राष्ट्रिय मान्यतालाई समेत ध्यान राख्दै, सञ्चार माध्यम तथा सञ्चारकर्मीको स्वतन्त्रताको संरक्षण गर्ने व्यवस्ता मिलाउन रप्रदेशमा सञ्चार क्षेत्रको विकास तथा प्रवर्धनका लागि प्रदेश सरकारबाट प्रदेश नं। ५ प्रदेश सञ्चारनीति, २०७५ जारी गरिएको छ ।
सूचना र सञ्चारका क्षेत्रमा उपलब्ध आधुनिक प्रविधिको प्रयोग गरी प्रसारणका माध्यमलाई विश्वसनीय, निष्पक्ष सूचनाको प्रवाहलाई निर्वाध रूपले प्रसारण गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न र जनताको अभिव्यक्ति स्वतन्त्रता तथा सुसूचित हुन पाउने हकलाई संरक्षण एवम् सम्वर्द्वन गर्न वाञ्छनीय भएकोले, प्रदेश नं। ५, को प्रदेश सभाले यो ऐन बनाएको छ ।