प्रदेश नं. ५ प्रदेश सञ्चार नीति, २०७५

नेपालको संविधानले प्रत्याभूत गरेको खुला, जनमुखी, पारदर्शी र जवाफदेही राज्य व्यवस्थालाई मूर्त  रुप दिन स्वतन्त्र, उत्तरदायी र जिम्मेवार आम सञ्चारमध्यमको भूमिकालाई आत्मसात गदै,नागरिकको सुसूचित हनु पाउने र अभिव्यक्त गर्न पाउने सम्बन्धी अन्तर्राष्ट्रिय मान्यतालाई समेत ध्यान राख्दै, सञ्चार माध्यम तथा  सञ्चारकर्मीको स्वतन्त्रताको संरक्षण गर्ने व्यवस्ता मिलाउन रप्रदेशमा सञ्चार क्षेत्रको विकास तथा प्रवर्धनका लागि प्रदेश सरकारबाट प्रदेश नं। ५ प्रदेश सञ्चारनीति, २०७५ जारी गरिएको छ ।


प्रदेश नं-५, प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

सूचना र सञ्चारका क्षेत्रमा उपलब्ध आधुनिक प्रविधिको प्रयोग गरी प्रसारणका माध्यमलाई विश्वसनीय, निष्पक्ष सूचनाको प्रवाहलाई निर्वाध रूपले प्रसारण गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न र जनताको अभिव्यक्ति स्वतन्त्रता तथा सुसूचित हुन पाउने हकलाई संरक्षण एवम् सम्वर्द्वन गर्न वाञ्छनीय भएकोले, प्रदेश नं। ५, को प्रदेश सभाले यो ऐन बनाएको छ ।