फिचर संगालोहरु

फिचर संगालो २०८१ भाग २
पाल्पा विकास केन्द्र स्थानीय पत्रकार, मिडिया हाउसको सशक्तिकरण गरि सुशासन प्रवर्ध्दनका लागि सहयोग पुर्याउने उद्देश्यले सन् २००९ मा स्थापन भएको हो । यस क्रममा केन्द्रले सुरुमा पाल्पा र रुपन्देही जिल्लामा कार्य क्षेत्र रहेकोमा विगत २०१८ वर्षदेखि लुम्बिनी प्रदेश नै कार्यक्षेत्र रहेको छ । वर्ष २०२३-२०२४ को स्वीकृत कार्यक्रमअनुसार फेलोसिप स्टोरी तयार गरिएको हो । यस क्रममा वर्ष २०२४ मा प्रदेशभित्रका २२ जना पत्रकारहरुलाई लेखनबृत्ति प्रदान गरिएको र उनीहरूबाट तयार भएका पाण्डुलिपिहरूलाई वरिष्ट पत्रकारहरूबाट सम्पादन सुझाव प्रदान गरी अन्तिम रूप प्रदान गरिएको हो । ती सामाग्रीहरू सम्बन्धित निकायको अधिकारिक तथ्यांक, प्रकाशित सामाग्री र आधारिक ब्यक्तिहरूका भनाइलाई उद्धृत र विश्लेषण गरी तयार गरिएको छ ।

फिचर संगालो २०८१
पाल्पा विकास केन्द्र स्थानीय पत्रकार, मिडिया हाउसको सशक्तिकरण गरि सुशासन प्रवर्ध्दनका लागि सहयोग पुर्याउने उद्देश्यले सन् २००९ मा स्थापन भएको हो । त्यसै क्रममा अहिले फेलोसिप संगालोको पाँचौ भाग प्रकाशन गर्न लागिएको हो । स्थानीय एवं प्रादेशिक तहमा काम गरिरहेका पत्रकारहरूको क्षमता अभिवृद्धि गर्दै स्थानीय मुद्दाहरूको उजागर गरी यहीका संचारमध्यमहरूमा गुणस्तरीय सामग्रीको प्रवाह गर्ने उद्देश्यका साथ संचालित यस कार्यक्रम अन्तर्गत रिपोटिंग फेलोसिप प्रकाशित भइरहेको हुन् । त्यसैमध्येको ६० वटा सामग्री यो पुस्तकमा प्रकाशित गरिएको छ ।

फिचर संगालो २०७९- भाग २
पाल्पा विकास केन्द्रले स्थानीय र लुम्बिनी प्रदेशभित्र रहेर पत्रकारिता गरिरहेका पत्रकारहरूको क्षमता विकासका लागि फेलोशिप प्रदान गरिरहेको छ । क्रियाशील पत्रकारहरूलाई विषयक्षेत्रको आधारमा फेलोशिप प्रदान गरिने र वरिष्ठ पत्रकारहरूबाट मेन्टरिङ्ग गराई विषयवस्तु, तथ्य र प्रस्तुति जस्ता पक्षमा परिष्कृत गर्ने र फिचर प्रकाशन योग्य बनाउने गरिन्छ । यसैगरी फेलोशिप कार्यक्रमको अर्को प्रमुख उद्देश्य स्थानीय विषयवस्तु र मुद्दालाई प्राथमिकताकासाथ उठाएर स्थानीय र प्रदेश सरकारका कार्यहरूका सम्बन्धमा खुला बहस सिर्जना गरी निर्णय एवम् कार्यान्वयन प्रक्रियामा सुधार ल्याउनु पनि हो ।

फिचर संगालो २०७९
फेलोसिप कार्यक्रमले स्थानीय एवं प्रादेशिक तहका मुद्दा, समस्या र वेथितीहरूको उजागर गरेको छ । जसले स्थानीयदेखी प्रदेश सरकारका साथै सम्बन्धित निकायहरूलाई केही हदसम्म जिम्मेवार र उत्तरदायी बनाएको छ । फेलोसिप अन्तर्गत प्रकाशित भएका रिपोटिङहरूलाई पुस्तकका रुपमा प्रकाशित गर्ने यो दोस्रो प्रयास हो । यसमा समावेश भएका ७३ वटा स्टोरीहरू विभिन्न संचार माध्यममा प्रकाशित भइसकेका हुन् ।

फिचर संगालो २०७८
फेलोसिप कार्यक्रमले स्थानीय एवं प्रादेशिक तहका मुद्दा, समस्या र वेथितीहरूको उजागर गरेको छ । जसले स्थानीयदेखी प्रदेश सरकारका साथै सम्बन्धित निकायहरूलाई केही हदसम्म जिम्मेवार र उत्तरदायी बनाएको छ । फेलोसिप अन्तर्गत प्रकाशित भएका रिपोटिङहरूलाई पुस्तकका रुपमा प्रकाशित गर्ने यो दोस्रो प्रयास हो । यसमा समावेश भएका ७३ वटा स्टोरीहरू विभिन्न संचार माध्यममा प्रकाशित भइसकेका हुन् ।

फिचर संगालो २०७७
पाल्पा विकास केन्द्रले विगत एक वर्षअघि प्रदेश ५ लाई केन्द्रित गर्दै पत्रकारहरुका लागि फेलोसिप कार्यक्रण संचालन गरेको थियो । कार्यक्रम अन्तर्गत प्रदेश ५ मा रहेर सक्रिय पत्रकारिता गरिरहेका पत्रकारहरुले यही परदेशको विषयवस्तुलाई उठान गर्दै स्थानीय र प्रादेशिक मिडियामा समाचार प्रकाशन गर्नुपर्ने अधार तोकेको थियो । त्यसैले यिनै उदेश्य हरुलाई मध्यनजर गर्दै फेलोसिप कार्यक्रमको पहिलो चरणमा ६० वटा रेपोर्टिंग तयार पारि विभिन्न संचार माध्याममा प्रकाशन गर्ने कार्य सम्पन्न भएको छ ।