अभ्यासमै बित्यो स्थानीय तहको पहिलो पाँच वर्ष

रञ्जिता अधिकारी २०७९ बैशाख दाङ

निर्वाचनमा सहभागी मुख्य राजनीतिक दलका घोषणापत्रलाई हेर्दा मिल्दा जुल्दा कुराहरु समेटेको देखिन्छ । शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेको पाइन्छ ।

घोराही उपमहानगरपालिका– १९ खोलीगाउँका महिलाहरुको दैनिकी डोकोमा खानेपानीको भारी बोक्दैमा बित्छ । एक गाग्री पानी लिन हरेक दिन उकालो ओरालो झर्नुपर्ने बाध्यता छ । पानीका कारण बिहानभरको समय त्यतै बित्ने गरेको छ । एउटै मुहानको पानी प्रयोग गर्ने ३१ परिवार छन् । घोराही बजारबाट बढीमा ९ किलोमिटरको दुरीमा रहेको बिकट क्षेत्र खोलीगाउँ पानी नपाएर छटपटिएको छ । सहज रुपमा पानी पाउन सकिदैन । ‘सानो धारो आउँछ, दुई दिनमा एक दिन मात्रै पानी आउँछ । एक दिन पानीको जोहो गर्न सकिएन भने खानेपानीको समस्या हुन्छ’, खोलीगाँउकी लक्ष्मी घर्तीले भनिन् ।
एक गाग्री पानी भर्न एक घण्टा लाग्छ । त्यहाँ खानेपानी, बिजुली, विद्यालय, स्वास्थ्य सेवा, सहज बाटोघाटो केही छैन । ‘गाउँमा विद्यालय छैन, बालबालिकालाई सहज रुपमा विद्यालय पठाउन कठिन छ’, स्थानीय बिपना पुन मगरले भनिन् । पानी आउन छाड्यो भने मुहानसम्म पुग्नै एक दिन लाग्छ । जसो तसो ल्याएको पानी निकै मेहनत गरियो भने मुस्किलले ३ घण्टा आउँछ । तर, त्यो पानी पनि आलोपालो भर्नुपर्ने बाध्यता छ ।
गाउँमा पानीको पीडा भोग्दै यहाँका धेरै स्थानीयको दैनिकी गुजाराका लागि पानको समस्या छ । वर्षौंदखि डोकोमा गाग्री राखेर पानी बोक्दाबोक्दै नाम्लोका डोरी चुडिए, कति डोका फाटे तर पानी सहज हुन सकेको छैन । एक गाग्री पानी लिएर घर पुग्दा सबैलाई ठूलै युद्ध जितेजस्तै महसुस हुन्छ । खोली गाउँका सुकमति पुन पनि गरुले पुगेर ३ घण्टा समय खर्चेरगाग्रीमा पानी लिएर आउने गरेको स्थानीयको भनाइ छ । घोराहीका पहाडि क्षेत्रमा पानीको समस्या रहेको छ । त्यहाँ जसले पानीको व्यवस्था गर्छ, उसैलाई भोट दिने स्थानीयको भनाइ छ ।
स्थानीय तहलाई स्थानीय पाठ्यक्रम निमार्ण र कार्यान्वयनको अधिकार प्रदान गरे अनुसार घोराही उपमहानगरपालिकामा पहिलो नीति तथा कार्यक्रममा स्थानीय पाठ्यक्रम निमार्ण र कार्यान्वयन गर्ने नीति पारित गरेको थियो । थारु भाषाको पाठ्यक्रम निमार्ण त गरियो तर प्रयोगमा आउन सकेन । दोस्रो पटक स्थानीय तहको निर्वाचन घर आगनमै आएको छ । नेताले पुराना बाचा पुरा गरेका छैनन् । जनतासंग फेरी भोट माग्न थालेका छन् । देश संघियतामा गएपछि २०७४ सालमा पहिलो पटक स्थानीय तहको निर्वाचन भएको थियो । ‘हाम्रो प्रतिबद्धता शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार, समुन्नत सीप र सुशासनयुक्त घोराही नगर’ भन्ने नाम दिइएको संकल्प पत्रमा पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, कृषि, सिँचाई, महिला, बालबालिका, जेष्ठ नागरिक र अन्य क्षेत्रमा गर्ने कामहरु समेटिएका थिए । विगतमा उपमहानगरपालिकाले गरेका काम र निर्वाचन भएपछि गर्ने मुख्य कामहरुलाई समेटिएर घोषणा–पत्र निर्माण गरेका छन् । पाँच वर्षमा एमाले नेतृत्व रहेको उपमहानगरले उपलब्धिमूलक काम गरेको र बाँकी रहेका र अन्य कामहरुलाई व्यवस्थित र प्राथमिकीकरण गरेर घोषणा–पत्रमा राखिएको छ ।
घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले एमाले नेतृत्वमा रहेको घोराही नगरले धेरै उपलब्धिमूलक काम गर्न सफल भएको बताए । नगरलाई बालमैत्री घोषणा गरेर विश्वमा नै राम्रो सन्देश दिएको भन्दै आगामी चुनाव जितेर थप नयाँ काम गर्न सकिने उनको भनाई छ । ‘धेरै राम्रो काम भएको छ । केही नयाँ संरचनाहरु निर्माण प्रक्रियामा छन् । ती कामहरु पूरा गर्नको लागि नगरवासीले फेरि पनि जिम्मेवारी दिने विश्वास छ’, उनले भने । सिँचाइका लागि जलासय निर्माण भएका छन् । २०७४ सालको निर्वाचनमा घोषणा पत्रमा भएका शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका कुराहरु धेरै मात्रामा पुरा भएका छन्, केही बाँकी छन् । ती बाँकी रहेका काम पुरा गर्न पुनः उम्मेदवार बनेको चौधरीले बताए ।
किसानहरूलाई खेत जोत्नेदेखि बाली भित्र्याउनेसम्मका लागि २४६ वटा यान्त्रिक उपकरण, ५९ मेट्रिक टन उन्नत बीउबिजन, सीप तथा प्रविधि हस्तान्तरण गरिएको छ । कृषि उत्पादन वृद्धि गर्न ६३५.५ किलोमिटर सिँचाइ कुलो निर्माण, डिपबोरिङ ४० वटा निर्माण, ८५ वटा कुवाँ निर्माण, २९ वटा कृत्रिम जलाशय निर्माण गरेको छ । १४६८ जनालाई रोजगार प्रदान तथा स्वरोजगारीसिर्जना गर्न एक हजार ३ सय जना ३२ लाई स्वरोजगार व्यवसाय प्रवद्र्धन तालिम प्रदान गरिएको छ । विद्यालयहरूमा विषयगत शिक्षकहरूको दरबन्दी मिलान र तहअनुसारको प्रधानाध्यापक व्यवस्थापन, विद्यार्थी सङ्ख्या कम भएका विद्यालय मर्ज, घोराही इन्जिनियरिङ कलेज स्थापना, मातृभाषामा पाठ्यक्रम तयार पारिएको छ । सबै विद्यालयका बालविकास केन्द्रहरूको स्तरउन्नति गरिएको छ । सामुदायीक विद्यालयबाट उत्कृष्ट अङ्क प्राप्त गर्ने एक÷एक जना छात्रछात्रालाई डाक्टर र इन्जिनियर पढ्न छात्रवृत्ति प्रदान गरेको बताएको छ ।
एक वडा एक स्वास्थ्य संस्थाको प्रतिबद्धता अनुरूप सबै वडाहरूमा आधारभूत स्वास्थ्य संस्थाहरू निर्माण गरिएको छ । सबै स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधी वितरण, दीर्घरोगीहरूका लागि आर्थिक सहयोग, स्वास्थ्य बिमा कार्यक्रम लागु, मानसिक सन्तुलन गुमाएकाहरूको उद्धार, उपचार, मानसिक सन्तुलन गुमाएका नागरिकहरूको व्यवस्थापन गरिएको छ । सिकलसेल एनिमिया र सुत्केरीलाई निःशुल्क उपचार । मोतीयाबिन्दुको निःशुल्क अप्रेसन, मातृशिशु स्वास्थ्य सुरक्षाका लागि उपप्रमुख खुत्रुके कार्यक्रम संचालन गरिएको छ ।

‘स्मार्ट घोराही, स्मार्ट नगरवासीको अभियान’ भन्न्ो नाराका साथ तयार भएको २०७९को स्थानीय तहको निर्वाचनमा एमाले घोराहीले निर्माण गरेका घोषणा पत्रका मुख्य बिषयहरु

ड्ड घोराहीलाई कृषिमा आत्मनिर्भर बनाइने छ ।
ड्ड प्रतिवर्ष ५० टन बीउ लागत सहभागितामा उत्पादन, भण्डारण र वितरण गरिने छ ।
ड्ड वागवानी केन्द्रको स्थापना गरी आँप, भुइँकटहर, केरा, मेवा, लिची र कागती गरी ५ प्रकारका फलफूल खेती विस्तार गरिने छ ।
ड्ड प्रतिवर्ष २० वटाका दरले सुपरस्ट्रक्चरसहितको टनेल र प्रतिवर्ष सयवटाका दरले प्लास्टिक टनेल वितरण गरिने छ ।
ड्ड प्रत्येक वर्ष १०० जना किसानहरूको आवश्यकतामा आधारित क्षमता विकास गरी नमुना फर्मको स्थापना गर्दै लगिने छ ।
ड्ड कृषि पकेट क्षेत्रहरूको निर्धारण गरी उत्पादन वृद्धि गरिने छ ।
ड्ड प्राविधिक नभएका वडाहरूमा एक वडा एक कृषि तथा पशु प्राविधिक व्यवस्था गरिने छ ।
ड्ड प्रत्येक वर्ष सय जना किसानहरूलाई मेसिनरी औजार तथा उपकरणहरू वितरण गरिने छ ।
ड्ड सून्य भोकमरी नगरको बिकास, एक घर एक रोजगारी नीतिलाई कार्यान्वन गर्ने ।
ड्ड २०० किलोमिटर सिँचाइ कुलोहरू निर्माण गरिनेछ ।
ड्ड नगरका ५० स्थानमा डिप बोरिङहरू निर्माण गरिनेछ ।
ड्ड नगरका निर्मित जलाशयमा लिफ्ट सिँचाइ प्रविधिलाई विस्तार गरिने छ ।
ड्ड पहाडी क्षेत्रमा आकाशे पानी सङ्कलन प्रविधिलाई विस्तार गरी सिँचाइ सुविधा विस्तार गरिने छ ।
ड्ड एक वडा एक नमूना विद्यालयको अवधारणालाई संस्थागत गरिने छ ।
ड्ड आधारभूत शिक्षालाई पूर्णरूपमा निःशुल्क गरीने छ ।
ड्ड डाक्टर र इन्जिनियर पढ्नका लागि दिइएको छात्रवृत्तिलाई दोब्बर गरिने छ ।
ड्ड विज्ञान तथा प्रविधि र अन्य क्षेत्रको विकास गर्न अनुसन्धान केन्द्रको स्थापना गरिने छ ।
ड्ड नगरका सबै स्वास्थ्य संस्थाहरूमा मेडिकल अफिसरको व्यवस्था गरिने छ ।
ड्ड मोतियाबिन्दुको निःशुल्क अप्रेशन, सिकलसेल ऐनिमिया, थाल्सेमिया र सुत्केरीलाई निःशुल्क रगत तथा पोषण भत्ता स्वरूप ३ महिनालाई सुत्केरी भत्ता प्रदान गरिने छ ।
ड्ड मातृशिशु स्वास्थ्य सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन उपप्रमुख खुत्रुके कार्यक्रमलाई निरन्तरता दिइने छ ।
ड्ड नगरस्तरमा अत्याधुनिक सुविधासहितको नगर प्रयोगशाला स्थापना गरिने छ ।
ड्ड दीर्घ रोगीहरूलाई दिँदै आएको आर्थिक सहयोगलाई बढाउँदै लगिने छ ।
ड्ड ७५ वर्ष माथिका सबै नागरिकलाई घर मै चेकजाचको व्यबस्थापन गरिने छ ।
यी घोषणा पत्र लिएर नेकपा एमालेले जनतासंग मत माग्न गएको छ ।

‘अर्थतन्त्रको प्रमुख आधारः कृषिमा आमूल सुधार’ भन्न्ो नाराका साथ तयार भएको २०७९ को स्थानीय तहको निर्वाचनमा गठबन्धनले घोराहीमा निर्माण गरेको घोषणापत्रका मुख्य बिषयहरु निम्नानुसार छन्ः

ड्ड वडा नम्बर १, ११, १२ र १९ मा टिमुरखेती, कागती खेती र अदुवा खेतीको पकेट क्षेत्रको रुपमा उपमहानगरपालिकाकै पहलमा अगाड बढाइने छ ।
ड्ड पशु तथा बाली विज्ञसहित हरेक वडामा कृषि प्राविधिककको ब्यवस्था गरिने छ ।
ड्ड कृषक परिचयपत्र बनाइ कृषि विमा र कृषक पेन्सन कार्यक्रम अघि बढाइने छ ।
ड्ड कृषिउपज भण्डारणका लागि शीत भण्डारण निर्माण गरिने छ ।
ड्ड ब्यावसायिक र आधुनिक खेती गर्न चाहने कृषक समूहलाई निःशुल्क वीउ र कृषि औजार उपलब्ध गराउनुका साथै प्राविधिक सहयोग उपलब्ध गराइने छ ।
ड्ड मेयर युवा कृषि रोजगार कार्यक्रम सञ्चालन गरिने छ
ड्ड उपमहानगर भित्र एउटा लिड स्कुलको स्थापना गर्ने, जहाँ सबै सुबिधा र आधुनिक सिकाई पद्दती लागु हुनेछ ।
ड्ड मजदुर र बिपन्न परिवारका जेहेन्दार छात्रछात्राहरुलाई प्राविधिक शिक्षाको अवसर प्रदान गरिने छ ।
ड्ड पालिकालाई शैक्षिक हवको रुपमा बिकास गरिने छ ।
ड्ड बिभिन्न भाषामा स्थानीय पाठ्यक्रम उत्पादन गरिने छ ।
ड्ड हरेक वडामा रहेका स्वास्थ्य चौकीको स्तर वृद्धिगरि आकस्मिक उपचारको ब्यवस्था गर्ने ।
ड्ड अति बिपन्न र मजदुरका लागि निशुल्क उपचार गर्ने ।
ड्ड सहकारीका माध्यमबाट उद्योग संचालन गर्ने ।
ड्ड एक घर एक रोजगारी कार्यक्रम अगाडि बढाउने ।
ड्ड एक वडा एक लघु उद्यम कार्यक्रम संचालन गर्ने ।
ड्ड आदर्श उद्यमी कार्यक्रम सञ्चालन गरिने छ ।
ड्ड अति बिपन्न परिवारलाई खानेपानीको न्युनतम महशुल निशुल्क गरिने छ ।
ड्ड सार्बजनिक भवनलाई अपाङ्ग मैत्री बनाइने छ ।
ड्ड हरेक वडामा वाल उद्यान निमार्ण गरिने छ ।
जनताका दुखमा मलम लगाउने जनप्रतिनिधि चुनावका समयमा मात्र गाउँ जाने भएकाले गाउँका समस्या जस्ताको तस्तै रहेको जनताको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिका नेकपा एमालेले स्वास्थ्य क्षेत्रमा फड्को मार्ने, घुम्ती स्वास्थ्य शिविरको कार्यक्रममार्फत स्वास्थ्य सेवा दिने र ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवामा पहुँच र निशुल्क गर्ने कार्यक्रम राखेको छ । त्यसैगरी खानेपानीमा सह लगानीको कार्यक्रम गरेर बबईको पानी लिफटबाट आपूर्ती गर्ने, कृषिमा यान्त्रीकरण र सहजरुपमा बजारीकरणको कामलाई प्राथमिकता दिने, प्रबिधि मैत्री कृषि बनाउने कार्यक्रम राखेर घोषणापत्र तयार गरेको छ । एक गाँउ एक रोजगारीको कुरालाई अगाडि सारेको छ ।
गठबन्धनले तुलसीपुरमा स्वास्थ्यको पहूँच नभएको ठाउँलाई बिशेष प्राथमिकता दिएर काम गर्ने, स्वास्थ्य उपचार लाई प्राथमिकता दिने । गाउँमा उत्पादन भएका बस्तु बजारी करण को व्यवस्था गर्ने, स्वस्थ पानीको व्यवस्था गर्ने र शिक्षालाई सुधार गरेर सबै नागरिकको पहुँचमा पुरयाउने कार्यक्रम ल्याएको छ । लमही नगरपालिकालमा प्रमुख राजनीतिक दल अलग अलग चुनवी मैदानमा रहेका छन् । नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा माओबादी एक्ला एक्ल्ौ मैदानमा उत्रिएका छन् ।
लमही नगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार दण्डिराम चौधरीले कृषि,शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफ्ना घोषणा पत्रमा राखेको छ । स्वास्थ्य क्षेत्रमा लगानी र सेवा दुबै बढाउने, लमहीमा रहेको अस्पतालको क्षमता बढाउने र बिशेषज्ञ सेवा दिने र निरोगी नगर स्वस्थ नगरवासीको अभियान चलाउने योजना ल्याउनुभएको छ । गुणस्तरीय शिक्षाको आधार, प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयको सुधार गर्ने कार्यक्रम रहेको छ । कृषि क्षेत्रको विकासका लागि उन्नत कृषि किसानको समृद्धि कार्यक्रम ल्याएको छ । निर्वाचनमा सहभागी मुख्य राजनीतिक दलका घोषणापत्रलाई हेर्दा मिल्दा जुल्दा कुराहरु समेटेको देखिन्छ । शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेको पाइन्छ ।

Sharing is caring!