स्थानीय तह अन्र्तगतका न्यायिक समिति मातहत इजलास नहुँदा कार्यसम्पादनमा समेत समस्या देखिएको छ । न्यायिक समितिका संयोजकहरु नै ‘कतिपय मुद्धाहरु शान्त ठाउँमा वसेर छलफल गर्नुपर्ने हुन्छ, छुट्टै ठाउँ नहँुदा न्याय निरुपणमा धेरै असजिलो भएको’ बताउँछन् ।
- कपिलवस्तुको मायादेवी गाउँपालिकाको उपाध्यक्ष गिता तिवारीलाई तपाईको न्यायिक समितिमा इजलास छ की छैन भन्न्ो प्रश्न गर्दा के हो त्यो इजलास भनेको ? भनी उल्टै प्रतिप्रश्न गर्नुभयो । जवकि स्थानीय तहका उपप्रमुखको अध्यक्षमा तीन सदस्यीय न्यायिक समिति हुने र त्यसले स्थानीयस्तरमा देखिएका विवादको निरुपण गर्ने विषय नेपालको संविधानको धारा २१७ मा उल्लेख छ । तर, स्थानिय तहका न्याय निरुपण गर्ने निकायले विभिन्न वहाना वनाएर इजलास वनाउन सकेका छैनन् । भौतिक पूर्वाधारदेखी कर्मचारी अभाव र न्याय सम्पादनमा महिला भएकाका कारण यो विषय प्राथमिकतामा नपरेको न्यायिक समिति संयोजकको भनाइ छ ।
- कपिलवस्तुका मायादेवी गाउँपालिकाका अतिरिक्त शिवराज, कपिलवस्तु, कृष्णनगर, महाराजगञ्ज, बुद्धभुमी, बाणगंगा नगरपालिका, विजयनगर, यसोधरा र शुद्धोधन गाउँपलिकाको पनि इजलास छैन । उपप्रमुखको कार्यकक्षबाटै मुद्धाहरुको निरुपण हुने गरेको छ ।
- दाङको बंगलाचुली, राप्ती, राजपुर, बबई र दंगीशरण गाउँपालिकाको पनि इजलास छैन । घोराही, तुलसीपुर उपमहानगरपालिकाका साथै लमही नगरपालिका, गढवा र शान्तिनगर गाउँपालिकाले भने आफनो स्थानीय तहको न्यायिक समिति अन्र्तगत इजलास रहेको जनाएका छन् ।
- प्युठान जिल्लाको कुनै पनि स्थानीय तहले न्यायिक समिति मातहत इजलास राखेका छैनन् । प्युठान जिल्लामा प्युठान, स्वर्गद्धारी नगरपालिकाका साथै मालारानी, गौमुखी, ऐरावती, सरुमारानी, माण्डवि, झिमरुक, नौवहिनी गाउँपालिका रहेका छन् ।
यसरी स्थानीय तह अन्र्तगतका न्यायिक समिति मातहत इजलास नहुँदा कार्यसम्पादनमा समेत समस्या देखिएको छ । स्वर्गद्धारी नगरपालिकाका उपप्रमुख गोमा रेग्मीले छलफल गर्नका लागि छुट्टै ठाउँ नभएकोले न्याय सम्पादनमा समस्या भएको बताउनुभयो । ‘आफ्नै कार्यकक्षमा सेवाग्राहीलाई राखेर काम गर्दा असजिलो भएको छ । भौतिक संरचनाको अभावले गर्दा छुट्टै स्थानमा बसेर काम गर्न सकेका छैनौ’, उहाँले भन्नुभयो ।
प्युठान जिल्ला अन्र्तगतका न्यायिक समितिमा दर्ता भएका मुद्धाको संख्या ३ सय ९३ रहेको छ जसमध्ये ७२.१ प्रतिशत मुद्धा न्यायिक समितिबाटै किनारा लागेको छ भने ७.७७ प्रतिशत मुद्धाहरु मात्र अदालत गएका छन् । त्यसैगरी ०.८ प्रतिशत मुद्धा जिल्ला प्रशासन कार्यलय गएका छन् । कुल मुद्धामध्ये १९.३ प्रतिशत चाहिं किनारा लाग्न वाँकी छ ।
घोराही उपमहानगरपालिका उपप्रमुख सिता सिग्देल न्यौपानेले आर्थिक वर्ष २०७६÷०७७ मा १ सय ५४ मुद्दा दर्ता भएको जानकारी दिनुभयो । यसमा ७९ वटा मुद्धा किनारा लागेका छन् र ७५ वटा मुद्धा किनारा लाग्न बाँकी रहेको र ती मुद्धाको इजलासमार्फत न्याय सम्पादन गरेको उहाँले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख एवं न्यायिक समिति संयोजक माया शर्माले आव २०७६÷०७७ मा ८३ उजुरी परेकोमा ३२ मिलापत्र गरेको र इजलास मार्फत मुद्धा किनारा लगाउने गरेको वताउनुभयो । कोभिड १९ महामारीको वन्दावन्दीका समयमा महिलामाथि हिंसा धेरै हुनसक्ने आकंलन गर्दै उजुरीका लागि १६६०८२१८००१ नम्बरको हटलाइन सेवा सुरु गरेको पनि उहाँले बताउनुभयो ।
लमही नगरपालिकामा आर्थिक वर्ष २०७६÷०७७ मा ३८ वटा मुद्धा दर्ता भएकोमा २२ वटा किनारा लागेको छ । १६ वटा मुद्धा विचाराधिन रहेको उपप्रमुख एवं न्यायिक समिती संयोजक देवका वेल्वासेले जानकारी दिनुभयो । बबई गाउँपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माले इजलास वनाउन नसकेको र इजलास नहँुदा न्याय निरुपण गर्न पनि समस्या भएको बताउनुभयो । ‘कतिपय मुद्धाहरु शान्त ठाउँमा वसेर छलफल गर्नुपर्ने हुन्छ, छुट्टै ठाउँ नहँुदा न्याय निरुपणमा धेरै असजिलो भएको छ’, विश्वकर्माले भन्नुभयो ।
प्युठान जिल्लाका स्थानीय निकायका न्यायिक समितिको कार्य विवरण
जिल्ला |
स्थानिय निकाय |
इजलास |
दर्ता भएका मुद्धा |
किनारा लागेका मुद्धा |
अदालत गएका मुद्धा |
जि.प्र.का गएको |
बाँकी |
|
छ |
छैन |
|||||||
प्युठान |
प्युठान नगरपालिका |
– |
छैन |
२२ |
२० |
२ |
– |
– |
स्वर्गद्धारी नगरपालिका |
– |
छैन |
४९ |
४२ |
– |
– |
७ |
|
मालारानी गाउँपालिका |
– |
छैन |
११ |
३ |
३ |
– |
५ |
|
गौमुखि गाउँपालिका |
– |
छैन |
३२ |
३१ |
– |
१ |
– |
|
ऐरावती गाउँपालिका |
– |
छैन |
८३ |
४३ |
२ |
२ |
३६ |
|
सरुमारानि गाउँपालिका |
– |
छैन |
२२ |
२१ |
१ |
– |
– |
|
माण्डवि गाउँपालिका |
– |
छैन |
६५ |
५८ |
७ |
– |
– |
|
झिमरुक गाउँपालिका |
– |
छैन |
३२ |
१९ |
– |
– |
१३ |
|
नौवहिनी गाउँपालिका |
|
छैन |
५७ |
३२ |
१४ |
– |
११ |
|
जम्मा संख्या |
० |
९ |
३७३ |
२६९ |
२९ |
३ |
७२ |
|
प्रतिशत |
० |
१०० |
१०० |
७२.१ |
७.७७ |
०.८ |
१९.३ |
दाङ जिल्लाका स्थानिय निकायका न्यायीक समितिको कार्य विवरण
जिल्ला |
स्थानिय निकाय |
इजलास |
दर्ता भएका मुद्धा |
किनारा लागेका मुद्धा |
अदालत गएका मुद्धा |
जि.प्र.का गएको |
बाँकी |
|
छ |
छैन |
|||||||
दाङ |
घोराही उपमहानगरपालिका |
छ |
– |
१४५ |
७९ |
– |
– |
६६ |
तुलसीपुर उपमहानगरपालिका |
छ |
– |
८३ |
३२ |
– |
– |
५१ |
|
लमही नगरपालिका |
छ |
– |
३८ |
२२ |
– |
– |
१६ |
|
बंगलाचुली गाँउपालिका |
– |
छैन |
८४ |
५९ |
|
|
२५ |
|
राप्ती गाउँपालिका |
– |
छैन |
४४ |
३० |
२ |
१ |
११ |
|
राजपुर गाउपालिका |
– |
छैन |
४२ |
३७ |
– |
– |
५ |
|
गढवा गाउपालिका |
छ |
— |
५३ |
३४ |
– |
– |
१९ |
|
बबई गाउपालिका |
– |
छैन |
६५ |
४७ |
– |
– |
१८ |
|
दंगीशरण गाउपालिका |
– |
छैन |
३२ |
१५ |
– |
– |
१७ |
|
शान्तिनगर गाउँपालिका |
छ |
– |
२७ |
२७ |
– |
– |
– |
|
जम्मा संख्या |
४ |
६ |
६१३ |
३८२ |
२ |
१ |
२२८ |
|
प्रतिशत |
४० |
६० |
१०० |
६२.३१ |
०.३२ |
०.१६ |
३७.१९ |
दाङका न्यायिक समितिमा आर्थिक बर्ष २०७६÷०७७ मा जम्मा ६१३ वटा मुद्धा दर्ता भएको देखिन्छ । दर्ता भएका मुद्धामध्ये ३८२ वटा मुद्धा अथार्त ६२.३१ प्रतिशत मुद्धा किनारा लागेका छन् । ०.३२ प्रतिशत मुद्धामात्र अदालतमा गएको देखिन्छ । त्यसैगरी कुल मुद्धामध्ये ०.१६ प्रतिशत जिल्ला प्रशासन कार्यलयमा गएको छ भने ३७.१९ प्रतिशत मुद्धा मात्र किनारा लाग्न बाँकी रहेको छ । कुल स्थानिय तहमध्ये ४० प्रतिशत स्थानिय तहमा मात्र इजलास रहेको पाइयो जसमा दुई उपमहानगरपालिका र एक नगरपालिकामा इजलास रहेको पाइयो । सात वटा गाउँपालिकामध्ये दुई गाउँपालिका शान्तिनगर र गढवामा मात्र इजलास रहेको देखिन्छ । बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष यमुना थापा मगरले इजलास वनायो भने मानिसमा ठूलो र सानोको विचमा खाडलहुने र पिडित मान्छेको मोनोवल झन कमजोर देखिने भएकाले इजलास नवनाएको दावी गर्नुभयो । दाङका दश स्थानिय तहमा उपप्रमुख महिला भएकाले महिलाहरु न्यायका लागि आउनेको संख्या धेरै रहेको पनि थापाले वताउनुभयो ।
कपीलवस्तु जिल्लाका स्थानिय निकायका न्यायीक समितिको कार्य विवरण
जिल्ला |
स्थानिय निकाय |
इजलास |
दर्ता भएका मुद्धा |
किनारा लागेका मुद्धा |
अदालत गएका मुद्धा |
जि.प्र.का गएको |
बाँकी |
|
छ |
छैन |
|||||||
कपीलबस्तु |
शीबराज नगरपालिका |
– |
छैन |
१२८ |
१०४ |
– |
– |
२४ |
कपिलबस्तु नगरपालिका |
– |
छैन |
७ |
४ |
३ |
– |
– |
|
कृणनगर नगरपालिका |
– |
छैन |
१०० |
७० |
– |
– |
३० |
|
महाराजगञ्ज नगरपालिका |
– |
छैन |
४९ |
३३ |
१ |
— |
१५ |
|
बुद्धभुमि नगरपालिका |
– |
छैन |
३२ |
१८ |
— |
— |
१४ |
|
बाणगंगा नगरपालिका |
छ |
– |
१८ |
७ |
— |
— |
११ |
|
विजयनगर गाँउपालिका |
– |
छैन |
३७ |
२६ |
६ |
– |
५ |
|
मायादेवि गाउँपालिका |
– |
छैन |
३४ |
१६ |
— |
— |
१८ |
|
यसोधरा गाउँपालिका |
– |
छैन |
४४ |
२६ |
— |
— |
१८ |
|
सुद्धोधन गाउँपालिका |
– |
छैन |
९७ |
९२ |
— |
— |
५ |
|
जम्मा संख्या |
१ |
९ |
५४६ |
३९६ |
१० |
|
१४० |
|
प्रतिशत |
१० |
९० |
१०० |
७२.५२ |
१.८३ |
० |
२५.६४ |
छ वटा नगरपालिका र चारवटा गाँउपालिका रहेको कपीलवस्तु जिल्लाको बाणगंगा नगरपालिकावाहेक अरु कुनै पनि स्थानिय तहमा इजलास रहेको पाइएन । भवनमा प्रसस्त कोठा नभएका कारण कोठा अपुग भएकाले छुट्टै इजलास वनाएर काम गर्न नसकेको शुद्धोधन गाउँपालिका उपाध्यक्ष सुधा देवी पाण्डेयले वताउनुभयो । कपिलवस्तु जिल्लाका दशका स्थानिय तहमा कुल ५ सय ४६ मुद्धा दर्ता भएकोमा ३ सय ९६ वटा मुद्धा किनारा लागेको छ । कुल मुद्धाको ७२.५२ प्रतिशत मुद्धा किनारा लागे पनि २५ प्रतिशतभन्दा धेरै मुद्धा अझै किनार लाग्न सकेको छैन ।