एक घर एक धारा अभियानमा स्थानीय सरकार

प्रेमनारायण आचार्य चैत २०७६ अर्घाखाँची

सुख्खाग्रस्त अर्घाखाँची जिल्लाका स्थानीय सरकारहरुले खानेपानी र सरसफाईलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् । स्थानीय सरकारहरुले आफ्नो सभाद्धारा खानेपानीको समस्या भोगेका जिल्लाका ग्रामीण क्षेत्र तथा शहरी क्षेत्रमा पर्याप्त खानेपानीको विस्तार गर्न खानेपानीलाइ पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका हुन् ।

समथर भुभाग, पश्चिमबाट राप्ती नदी बगिरहेको छ । हेर्दा लाग्छ समथर भुभाग साच्चिकै आनन्दको छ । तर, नत खानेपानीको सुविधा नै छ न त सिंचाइकै । अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वासिन्दानको लागि नदी बगेको हेर्नु मात्र भएको छ । खोलाको फोहर पानी सिधै पिउनुपर्ने बाध्यता छ ।

जिल्लाकै विकट भनेर चिनिने शितगंगा नगरपालिका–७ लामातालका स्थानीय बासिन्दाले बर्षौदेखि खोलाको पानी पिइरहेका छन् । ‘एक गाग्री पानी लिन पौने घण्टा लाग्छ, त्यसमाथि पानी यस्तो धमिलो छ’, हातले पानी देखाउँदै स्थानीय सुस्मा थापले भनिन्, ‘पानीमा फोहरै फोहर छ । सुंगुर आएर यही खेल्छन, भैसी तथा जनावर उफ्रन्छन तर पनि हामी यही पानी पिइरहेका छौं ।’ बर्षातमा त पानी झनै धमिलो हुन्छ । लामातालका झण्डै एक सय ६५ घरधुरी काला खोला, चिदी, दोन्द्रे खोलाको यही धमिलो पानी खाइरहेका छन् ।

‘निर्वाचनको समयमा खानेपानी ल्याउछौं, तपाईहरुलाई घरघरमा धारा ल्याइदिन्छौ भनेर भन्छन् तर निर्बाचनपछि सबै विर्सिन्छन्’, स्थानीय मधु थापाले भने, ‘भोट चाहिंदा प्रयोग गर्छन तर खानेपानीको समस्या समाधानमा कसैले ध्यान दिदैनन् ।’ एक गाग्री पानी बोक्न झण्डै पौने घण्टा लाग्ने बताउँदै थापाले भनिन्, ‘दिनमा पाँच÷छ गाग्री पानी दैनिक चाहिन्छ । पानी बोक्दा नै दिनको चार÷पाँच घण्टा बित्छ । अरु काम कहिले गर्ने । कसरि गर्ने ?’ खानेपानीको समस्या भएको धेरै भएपनि समस्याको समाधान गर्न कोही नआएको तर चुनावको समयमा ‘खानेपानी ल्याइदिन्छौं’ भनी नेताहरुले भोट माग्ने गरेको स्थानीयहरु स्मरण गर्छन् ।

अर्घाखाँचीलाई जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेको छ । नेपालको १७ औ खुल्ला दिसामुक्त घोषणा गरिएको अर्घाखाँचीमा पुर्ण सरसफाइको कार्यमा अगाडी बढ्न पानीले समस्या सृजना गरेको छ ।

युवाहरु विदेशिने हुँदा वृद्धवृद्धा समेत पानी भर्नका लागी विहानैदेखि खोलामा धाउँछन् । युवा, वृद्धवृद्धा तथा विद्यार्थीहरु पनि विहानैदेखी पानी बोक्नमै तल्लीन हुन्छन । बिहान उज्यालो भएपछि भैसी, बाख्रालाई घास काट्न तथा भान्सा कोठामा अन्य ठाउँमा व्यस्त रहनुको सट्टा धेरै गाउँका सवैजसो मानिसहरु पानी भर्नका लागी खोला, पोखरी र धारामा हुन्छन् ।

जिल्लाको हंसपुर, गोखुंगा, पटौटी, मैदान, सिद्धारा लगायतका विभिन्न ठाउँमा खानेपानीको समस्या छ । सुख्खाग्रस्त अर्घाखाँची जिल्लाका स्थानीय सरकारहरुले खानेपानी र सरसफाईलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् । स्थानीय सरकारहरुले आफ्नो सभाद्धारा खानेपानीको समस्या भोगेका जिल्लाका ग्रामीण क्षेत्र तथा शहरी क्षेत्रमा पर्याप्त खानेपानीको विस्तार गर्न खानेपानीलाइ पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका हुन् ।

नेपालमा जलस्रोतको प्रचुर सम्भावना भएको र औसत वर्षासमेत उल्लेख्य मात्रामा हुने भएपनि हालसम्म सबै जनताको पहुँचसम्म खानेपानीको न्यूनतम सुविधा समेत पुग्न सकेको छैन । जिल्लाका तीन गाउँपालिका र तीन नगरपालिका गरी ६ वटा स्थानीय तहले मात्र यस बर्ष २५ करोड ३० लाख रुपैया खानेपानी योजनाका विभिन्न शिर्षकमा विनियोजन गरेका छन् । कुनै गाउँपालिकाले पहिलो र कुनैले दोस्रो प्राथमिकतामा खानेपानीलाई राखेका छन् । प्रदेश र संघबाट कार्यन्वयन गरिने खानेपानी योजनामा २५ करोड ७६ लाख रकम रहेको छ ।

प्रदेश पाँच सरकारले आफ्नो नीति तथा कार्यक्रममा आर्थिक बर्ष २०७९÷८० भित्र सबै घरधुरीमा खानेपानीका धारा पु¥याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य पुरा गर्न कार्यविधि बनाएर सबै १२ वटै जिल्लामा खानेपानी र सरसफाइमा काम सुरु गरेको छ । प्रदेश सरकारको एक घर एक खानेपानीको धारा पु¥याउने लक्ष्यअनुसार स्थानीय सरकारले पनि खानेपानीका धारा घरघरमा पु¥याउने लक्ष्य राखेका हुन । आगामी ३ बर्षभित्र अर्थात आर्थिक बर्ष २०७९÷८० भित्र जिल्लाका सबै घरमा खानेपानीका धारा पु¥याउने स्थानीय तहको निति तथा कार्यक्रममा उल्लेख गरी त्यसैअनुसार कामको थालनी गरेका छन् ।

प्रदेस सरकार मातहत रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय पाल्पाको साइड कार्यलय अर्घाखाँचीबाट ९१ वटा ठुला योजना २५ करोड ७६ लाखको लागतमा सञ्चालन भैरहेको साइड कार्यलय अर्घाखाँचीका इन्चार्ज रामभरोस यादवले बताए । सघन खानेपानी विकास कार्यक्रमबाट ३८ योजनामा १९ करोड १ लाख, खानेपानी गुणस्तर सुधार कार्यक्रम अन्तर्गत १ योजनामा ५० लाख र संघबाट कार्यन्वयन हुने शसर्त योजनाअन्र्तगत ५२ वटा योजनामा ६ करोड १५ लाख रुपैयाँ रहेको छ ।

अर्घाखाँची जिल्लाका स्थानीय सरकारमध्ये सबैभन्दा बढी रकम मालारानी गाउँपालिकाले खानेपानीमा छुट्याएको छ (हेर्नुस तालिका) । खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर खानेपानीमा मात्र पालिकाको ४ करोड र प्रदेश सरकारको ६ करोड गरि १० करोडका खोनेपानी योजना रहेको प्राविधिक प्रमुख हरिश्चन्द्र पाण्डेले बताए । पाँच करोडको लागतमा सोताखोला खानेपानी योजना सञ्चालन हुँदैछ जसबाट मालारानी ३ खनदहका ६ सय घरधुरी लाभान्वित हुने छन् । यस बर्ष प्रदेश पाँचका धेरै स्थानीय सरकारले खानेपानीलाइ पहिलो प्राथमिकतामा राखेर बजेट छुट्टाएका छन् ।

क्र.स. जिल्ला स्थानीय सरकारको नाम बजेट
अर्घाखाँची मालारानी गाउँपालिका १० करोड
अर्घाखाँची सन्धिखर्क नगरपालिका १ करोड ९८ लाख
अर्घाखाँची पाणिनि गाउँपालिका ४ करोड ४० लाख
अर्घाखाँची छत्रदेव गाउँपालिका १ करोड ९४ लाख
अर्घाखाँची भुमिकास्थान नगरपालिका ३ करोड ३६ लाख
अर्घाखाँची शितगंगा नगरपालिका ३ करोड
गुल्मी मदाने गाउँपालिका ३ करोड १६ लाख
गुल्मी रेसुंगा नगरपालिका १ करोड १३ लाख
गुल्मी छत्रकोट गाउँपालिका २ करोड १३ लाख
१० प्युठान सरुमारानी गाउँपालिका ३ करोड ५० लाख
११ प्युठान प्युठान नगरपालिका ८ करोड ८० लाख
१२ प्युठान मल्लरानी गाउँपालिका ३ करोड १९ लाख
१३ कपिलबस्तु विजयनगर गाउँपालिका ६५ लाख
१४ कपिलबस्तु महाराज गञ्ज नगरपालिका ५२ लाख

प्रदेश सरकारले लिएको लक्ष्य पुरा गर्न प्रदेश सरकार आफै र स्थानीय सरकारहरु पनि लागिपरेका छन् । पहिले खानेपानी मात्र पनि सबै घरमा पु¥याउन नसकेको सरकारले एक घर एक धाराको अभियान पुरा गर्न सक्ने छाट छैन । तर, यो नारा सफल पार्न भन्दै स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले बजेट वितरण गरिरहेका छन् । स्थानीय सरकारसँग आफ्नो पालिकाभित्र कति घरधुरीमा धारा भए÷नभएको एकिन तथ्यांक छैन जसले गर्दा प्रदेश सरकारले तीन बर्षमा प्रत्येक घरमा धारा पु¥याउन भनी लिएको लक्ष्य पुरा हुनेमा आशंका देखिन्छ ।

Sharing is caring!