किसानका छोराछोरी सामुदायिकमा धेरै

सुरक्षा रेग्मी पुस २०७६ दाङ

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ का कुलविर चौधरीका ४ छोराछोरी सबै सरकारी स्कूलमा पढ्छन् । घर नजिकै निजी स्कूल भएपनि उनले आप्mना छोराछोरी आधाघण्टा टाढाको सामुदायिक विद्यालयमा पढाउने गरेका छन् । खेति किसानी गरेर परिवार धान्न धौ धौ भएकाले सामुदायिकमा पढाउनु परेको उनी बताउँछन् । “स्कुलमा पढेर केही हुन्न भन्छन् अव वोडिङ्गमा कसरी पढाउने ?” उनले दुखेसो पोखे । उनका गाउँका प्रायः सबै किसानले आफ्ना सन्तानलाई सामुदायिक स्कूलमा पढाउने गरेका छन् । “हामीले विद्यालय सुधार्दै लगेका छौं तर पनि अभिभावकले अझै विश्वास गर्न सक्नुभएको छैन” मावि वालापुरका प्रधानाध्यापक सुवर्ण आचार्यले वताए । उनका अनुसार, निजी स्कूल्को फि तिर्न सक्ने अभिभावकले सरकारी स्कूलमा पढाउन छाडेको वताए । “हामीले राम्रै काम गरेका छौं, हाम्रा विद्यार्थीहरु पनि राम्रै ठाउँमा रहेका छन् तर पनि अभिभावकले किन विश्वास गर्नुहुन्न अचम्म लागेको छ ” प्रधानाध्यापक आचार्यले भने ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले सबै विद्यालयमा गरेको सर्वेक्षण अनुसार ५० प्रतिशत किसानका छोराछोरी मात्रै निजी स्कूलमा पढ्ने गरेका छन् । यिनमा थोरै सन्तान हुने र व्यावसायिक कृषि गर्ने बाबुआमाका छोराछोरी पर्दछन् । शिक्षा महाशाखाका भाष्कर गौतमका अनुसार सरकारी स्कूलमा पढाउने ९१ प्रतिशत शिक्षकका वालवालिकाहरु निजी स्कूल्मा पढ्ने गर्छन् । “आप्mना छोराछोरी निजि स्कूलमा पढाउनेले सरकारी स्कूलमा कसरी राम्रो पढाउँछन् त, ” स्थानीय अभिभावक तिलक कुवरले भने । उनका अनुसार सरकारी स्कूल्मा पढाउने शिक्षकहरुका सन्तानले पनि सरकारी स्कूलमै पढ्नु पर्ने व्यवस्था भए सरकारी स्कूलप्रति अभिावकको विश्वास वढ्छ ।

तुलसीपुरका विद्यालयमा गरिएको एक सर्वेक्षण अनुसार ९३ प्रतिशत सरकारी कर्मचारीका छोराछोरी पनि निजि स्कूलमै पढ्छन् । “सरकारी विद्यालयमा पढेर लोकसेवा पास गरेका अभिभावकमा समेत सरकारी स्कूलप्रति विश्वास नहुनु दुःखलाग्दो कुरा हो ” शिक्षा समिति संयोजक देवराज विकले वताए । उनका अनुसार सरकारी स्कूल सुधार्न जतिसुकै पहल गरेपनिसरकारी स्कूलमा राम्रो पढाइ हुँदैन भन्ने भ्रम अभिभावकमा रहेकाले यस्तो समस्या आएको हो ।

सानो कक्षामा थोरै ठूलोमा धेरै

तुलसीपुर उपमहानगरपालिकाका ७० वटा सरकारी र ६९ वटा निजी स्कूलमा गरिएको अध्ययन अनुसार, सरकारी स्कूलमा सानो कक्षामा विद्यार्थी निकै कम छन् । सर्वेक्षण अनुसार सरकारी स्कूलमा कक्षा १ मा ७ सय ७३ र निजि स्कूलमा २ हजार ८ सय ५९ विद्यार्थी भर्ना भएका थिए । कक्षा ८ मा सरकारीमा १ हजार ५ सय ३७ र निजीमा १ हजार ९ सय १२ विद्यार्थी पढदै थिए ।

“ शिक्षाको जग राम्रो बसाउन सानो छँदा निजी स्कूलमा पढाएर ठूलो कक्षामा गएपछि सरकारी स्कूलमा पढाउने गरेको पाइएको छ” शिक्षा महाशाखा प्रमुख गौतमले वताए । उपमहानगरपालिका भित्र रहेका सरकारी प्राथमिक स्कूलमध्ये अधिकांशमा ५० जना पनि विद्यार्थी छैनन् । शिक्षा समिति संयोजक विकका अनुसार ५० जना भन्दा कम विद्यार्थीलाई पढाउन १० जना शिक्षकको व्यवस्था छ । यसो भएकाले गतवर्ष मात्रै १३ वटा विद्यालय अर्काेमा गाभेको कुरा संयोजक विकले बताए । सानो कक्षा व्यवस्थित ढंगले चलाउन नसक्दा पनि सरकारी स्कूलमा विद्यार्थी कम हुने गरेको उनले बताए ।

गणित र अँग्रेजीको सिकाई चिन्ताजनक

तुलसीपुरका सरकारी स्कूलमा पढ्ने विद्यार्थीे गणित र अँग्रेजीमा कमजोर रहेको पाइएको छ । माथिल्लो तहमा राम्रो विषय पढ्नका लागि यी विषयमा राम्रो हुनुपर्छ । सरकारी स्कूलमा पढ्ने विद्यार्थीले अँग्रेजी विषयमा सुरुवाती कुरा जान्ने विद्यार्थी ७.६४ थिए भने सामान्य वाक्य वनाउने र भागा गर्न जान्ने विद्यार्थी ३.७५ प्रतिशत मात्र थिए छ । “यी विषयमा उनीहरु विस्तारै कमजोर हुँदै गएको देखिन्छ” शिक्षाविद् विष्णुकुमार देवकोटाले वताए । उनका अनुसार विद्यार्थीहरुले अंग्रेजी अक्षर र अंक भन्न लेख्न जाने पनि वाक्य वनाउन र हिसाव गर्न जान्दैनन् । निजि स्कूल्मा भने सबै विषयमा विद्यार्थीले राम्रोसँग जानेको देखिएको छ । सामुदायिक र संस्थागत विद्यालयको अध्ययनका क्रममा केही रमाइला तथ्य समेत फेला परेका छन् । सरकारी भन्दा निजी स्कूल्का विद्यार्थीले अतिरिक्त कक्षा धेरै लिने गरेका छन् । सरकारी विद्यालयका १० प्रतिशतले विद्यार्थीले ट्युसन पढ्ने गरेकोमा निजि स्कूलका भने ३० प्रतिशत सम्मले ट्युसन पढ्ने गर्छन् । त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा अध्ययनरत ६३ प्रतिशत विद्यार्थीहरुले कुनै न कुनै किसिमको शारिरीक दण्ड भोग्ने गरेका छन् । कानुनले समेत निषेध गरेको शारीरिक दण्डलाई यहाँका स्कूलले हटाएका छैनन् । तथ्यांक अनुसार ४८ प्रतिशत विद्यार्थीहरुले घरमै शारिरीक दण्ड पाउने गरेका छन् । सरकारी स्कूलका विद्यार्थीमध्ये ५३ प्रतिशतले र निजि स्कूलका ६८ प्रतिशत विद्यार्थीले स्कूलमा दण्ड पाउने गरेका छन् । “विद्यार्थीहरुलाई दण्ड दिएर मात्रै पढाउन सकिन्छ भन्ने गलत सोच त्याग्नु जरुरी छ,” शिक्षा प्रमुख भाष्कर गौतमले भने । उनले महाशाखाले विद्यार्थीहरुलाई शारिरीक दण्ड नदिएरै अध्यापन गर्नुपर्छ भनेर पटक पटक भन्दा पनि यस्तो तथ्यांक आउँदा आफुलाई आश्चर्य लागेको पारेका वताए । “यस्तो तथ्यांकले शिक्षकमा अझै पनि कुटेरै सिकाउनुपर्छ भन्ने पुरानो मानसिकता रहेको देखाएको छ,” गौतमले भने ।

तुलसीपुर उपमहानगरपालिका भित्र ६६ प्रतिशत वालवालिका हिँडेरै स्कूल् जाने गर्छन् । सरकारी स्कूलका केही विद्यार्थीले त स्कूल जान आउन दैनिक छ घण्टासम्म हिँड्नुपर्छ । यस्तै ३० प्रतिशत विद्यार्थीहरु स्कूल जान स्कुलको या सार्वजनिक बस, १.५ प्रतिशतले मोटरसाइकल र १.३ प्रतिशतले साइकलको प्रयोग गर्छन् ।

विद्यार्थीको अध्ययन र वौद्धिक विकासका लागि चाहिने अतिरिक्त पुस्तकको अध्ययनको अवस्था कमजोर छ । निजि स्कूलका ३८ प्रतिशत विद्यार्थीहरुले अतिरिक्त पुस्तक अध्ययन गर्ने अवसर पाएको भएपनि सरकारीका २२ प्रतिशत विद्यार्थीले मात्रै यस्तो अवसर पाएका छन् ।

Sharing is caring!