घटेन बदर मत संख्या, मतदाता अलमलमा

रञ्जिता अधिकारी २०७९ पौष दाङ

निर्वाचनमा बदर मत घटाउन दाङमा स्थानीय तहमा कार्यरत स्वास्थ्य स्वयमसेविका, कर्मचारी समेत परिचालन गरी गाउँगाउँमा मतदाता शिक्षा प्रदान गरिएको भए पनि त्यसको फल देखिएको छैन । दाङमा २०७४ सालको आम निर्वाचनमा ५.९ प्रतिशत मत बदर भएकोमा २०७९ को आम निर्वाचनमा ५.९२ प्रतिशत मत बदर भएको छ । मत बदर हुनुको पछाडिको कारण अज्ञानता हो ।

राप्ती गाउँपालिका वडा नम्बर ६ का टिम्मल चौधरीले समानुपातिकको मत पत्रमा दुइवटा चिन्हमा स्वस्तिक छाप लगाएको बताउनुभयो । मतदान सकेर आउदै गर्दा बाटोमा भेट भएका साथीले दुईवटा चिन्हमा छाप लगाउनु हुँदैनथ्यो भन्दा मात्रै उहाँलाई आफूले दिएको मत बदर हुने भयो भन्ने लाग्यो ।
घोराही उपमहानगरपालिका–१३ का रामसुरज चौधरीले स्वस्तिक छापका ठाउँमा औंला छाप लगाउनु भयो । मतदान सकेर घरमा आएपछि छोराले हातमा मसी लागेको देखेर सोधखोज गर्दा उहाँले औंठा छाप लगाएको थाहा भयो । मतदान गर्ने तरिका नजान्दा वा तरिका नपु¥याउदा मत बदर धेरै भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –३ का गणेश थापाले पहिलो पटक मतदान गर्नुभयो । उहाँलाई चार वटा मतपत्र किन बनाइएको हो भन्ने कुरा थाहा थिएन । उहाँले अताल्लिएर प्रदेश सभाको मतपत्रमा दुई पटक छाप लगाएको बताउनु भयो । उम्मेदवारहरू चुनावी गीत बजाउँदै कुदे पनि मत हाल्ने तरिका बताउन उनीहरूले ध्यान नदिएको घोराही –६ का गीता शर्मा बताउनुहुन्छ । मतदाताको घरमा आएर मतदाता शिक्षाको बारेमा जानकारी नदिएको उहाँँको गुनासो छ । मतदान अधिकृतका गल्तिले गर्दा पनि मत बदर भएका छन् । दाङ निर्वाचन क्षेत्र नम्बर २ को बंगालाचुली गाउँपालिकामा रहेका केही मतदान केन्द्र र घोराहीका रहेका केही मतदान केन्द्रका ८८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर थिएन । मत गणना गर्दा तीे मत बदर गरिए । यसबारेमा सर्वदलीय बैठक बसेर सम्बन्धित मतदान अधिकृत माथि छानबिन गरी कारबाहीका लागि निर्वाचन आयोगमा सिफारिस गरी पठाइएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताउनु भयो ।

यो पटक पनि संघ र प्रदेश सभाको मतदान एकै पटक भएकाले मतदातालाई चारवटा मतपत्रमा मतदान गर्ने तरिका बताउन धेरै समय लागेको कुरा मतदाता शिक्षा दिन खटिनु भएकी स्वास्थ्य स्वयंसेविका सिता अधिकारीले बताउनु भयो । “थोरै समयमा धेरै मतदातालाई शिक्षा दिनुपर्ने भएकाले सबैका घर घरमा पुग्न सकिएन । गाउँ घर, चौतारी, सार्वजनिक स्थलमा नागरिक भेला पारेर यसबारे बताएको उहाँले बताउनुभयो । “धेरै मत बदर भएको संख्या सुन्दा अचम्म लाग्यो”, उहाँँले भन्नुभयो ।

यस पटकको निर्वाचनमा पनि अघिल्लो निर्वाचनमा जस्तै प्रदेश सभा र प्रतिनिधि सभाका लागि चार वटा बेग्ला बेग्लै मत पत्रमा मतदान गर्नुपथ्र्याे । स्थानीय तहको निर्वाचनमा एउटा मात्र मतपत्र थियो । त्यसमा मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्य गरी लहरमा मतदान गर्नुपथ्र्याे । वडा सदस्यको लहरमा त धेरै ठाउँमा चिन्ह लगाउनु पथ्र्याे । अहिलेको निर्वाचनमा चारवटा मतपत्र भएकाले मतदता अलमलमा परेको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले बताउनु भयो ।

निर्वाचन आयोगले विगतका चुनावमा निर्वाचन कार्यालयले मतदाता शिक्षा दिन स्थानीय शिक्षक, सामाजिक संघ संस्थाका कर्मचारी र बालविकास केन्द्रका सहयोगी कार्यकर्ता खटाउने गरेको भए पनि यस पटक मतदाता शिक्षा दिन सिमित जनशक्ति खटाएपछि मत बदरको संख्या बढेको स्थानीयको आरोप छ । स्वस्थ दलीय प्रतिस्पर्धा हुँदा एकै लहरमा भोट हाल्न सहज हुने भए पनि गठबन्धन र तालमेल गरेकाले मतदाता शिक्षा विना मतदान गर्दा धेरैजसो मत बदर बढेको आम नागरिक बताउँछन् ।

लुम्बिनी प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीका अनुसार दाङ जिल्लाको २०७९ को सालको प्रतिनिधि सभा ५.९२ प्रतिशत मत बदर भएको छ । प्रदेश सभाको ४.७७ मत बदर भएको छ । प्रदेश सभा भन्दा प्रतिनिधि सभाको १.१५ प्रतिशत धेरै मत बदर भएको छ । धेरै मतपत्रमा औंठा छाप लगाएको र एक चिन्हमा मतदान गर्नु पर्नेमा दुई चिन्हमा मतदान गरेको भेटियो, उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा सबैभन्दा धेरै रोल्पामा ७.९२ प्रतिशत मत बदर भएको छ । सबैभन्दा कम पाल्पामा २.६६ प्रतिशत मत बदर भएको छ । धेरै मत वदर हुने जिल्लाहरूमा रोल्पा, बर्दिया, नवलपरासी पश्चिम, दाङ, रुपन्देही, कपिलबस्तु, बाँके र प्युठान गरी ८ जिल्ला छन् ।

तालिका नं. १ ः लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचनमा बदरमतको विवरण

क्र.सं.       जिल्लाकुल खसेको मत       प्रत्यक्ष निर्वाचनमा  बदरमत संख्या     बदर मतको प्रतिशत
१       दाङ२४८१३९     १४७०९५.९२
पाल्पा१२२३०८३२६४२.६६
प्युठान       ८७९१४      ४६३१५.२६
नवलपरासी पश्चिम१७२४६५    १०२७८      ५.९५
५       अर्घाखाची९०९८९३१८०३.४९
६       रोल्पा६७०२१      ५३११७.९२
रुकुमपूर्व    ६०१११       २८१८४.६८
गुल्मी१२८९७५    ३७१८२.८८
कपिलवस्तु  २५३५०९१३४५६      ५.३०
१०       बाँके  १७२४३४९००९५.२२
११       रुपन्देही८४०७४      ४७१३५.६०
१२       बर्दिया१९६६०१     ११८०८६.००

स्रोत ः लुम्बिनी प्रदेशका निर्वाचन कार्यालयहरू

लुम्बिनी प्रदेशमा प्रदेश सभा र प्रतिनिधि सभाको समानुपातिक तर्फ ७.२३ प्रतिशत मत बदर भएको छ । निर्वाचनमा समानुपातिक तर्फ कुल खसेको २० लाख ३४ हजार १ सय ६ मत मध्ये १ लाख ४७ हजार २८ मत बदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

आम निर्वाचनमा २०७९ मा मत बदर हुनुमा पुराना पार्टी प्रति जनताको आक्रोशले जथाभावी मतदान गरेकाले मदर मत धेरै भएको नेकपा एमाले दाङ जिल्ला सचिव मनोहर बुढाथोकी बताउनु हुन्छ । निर्वाचन आयोगले मतदान शिक्षा नदिएका कारण बढी मत बदर भएको उहाँँको तर्क छ ।

नेपाली कांग्रेसका दाङ जिल्ला सभापती शंकर डाँगीले निर्वाचमा गठबन्धन भएका कारण असन्तुष्ट भएका कार्यकर्ताले एक भन्दा बढी चुनाव चिन्हमा मतदान गरेका कारण मत बदरको संख्या बढी भएको उहाँको अनुमान छ ।

२०७९ को आम निर्वाचनमा जनताको विद्रोह देखिएको हो । एउटा मतपत्रमा एकमात्र छाप लागउनु पर्नेमा दुइवटा चिन्हमा छाप लगाएकाले बदर मत संख्या धेरै भएको राजनीतिक जानकार धनीराम योगी बताउनु हुन्छ । उहाँ अगाडि थप्नुहुन्छ, मतदाता शिक्षा कर्मकाण्डी हुनु, मतदान स्थलमा कर्मचारीको कमी, चारवटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले मतदाता अलमलिएका हुन् । सामान्यतया निर्वाचन पूर्व प्रभावकारी मतदाता शिक्षाको अभाव, कर्मचारीको उदासिनता, राजनीतिक दलको अत्याधिक प्रचार जस्ता कुराले मतदाता अलमलमा परेकाले मत बदरको संख्या धेरै भएको उहाँको भनाइ छ ।

Sharing is caring!