जनप्रतिनिधि फेरिए, नीति तथा कार्यक्रम फेरिएनन्

रामचन्द्र रायमाझी २०७९ पौष पाल्पा

पाल्पाका चार स्थानीय तहमा यसपटक सत्ता नै परिवर्तन भएको छ । तानसेन नगरपालिका, माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिका र बगनासकाली गाउँपालिकामा विगतमा भन्दा अहिले फरक दलका प्रनिनिधीले सत्ता सम्हालेका छन् । सत्ता चलाउने राजनीतिक दलहरू परिवर्तन भएपनि उनीहरूले ल्याउने नीति तथा कार्यक्रममा भने खासै परिवर्तन भएको देखिदैन । अधिकांश नीति तथा योजना हुबहु छ ।

पाल्पाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम ल्याए पनि अधिकांशले पुरानै नीति र कार्यक्रमलाई निरन्तरता दिएका छन् । यहाँका ४ वटा स्थानीय तहमा सत्ता परिवर्तन भएको छ तर प्रायः नीति तथा कार्यक्रम चाहिं पुरानै छन् । नयाँ जनप्रतिनिधि आए पनि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, पर्यटन र सञ्चारका पुरानै योजनालाई निरन्तरता दिदै आफ्ना पूर्ववर्तीले रोजेको बाटोमै उनीहरू पनि हिँडेका छन् ।

जिल्लाका दश स्थानीय तहमध्ये यस पटकको निर्वाचनमा एमालेले बगनासकाली, माथागढी, तिनाउ, निस्दी, पूर्वखोला र रम्भा गाउँपालिका जितेको छ, भने काँग्रेसले रैनादेवी छहरा गाउँपालिका, तानसेन र रामपुर नगरपालिका जितेको छ । यस्तै माओवादी केन्द्रले रिब्दीकोट गाउँपालिकामा जित हासिल गरेको छ । यसअघि काँग्रेसले जितेको माथागढी र बगनासकालीमा अहिले एमालेले जितेको छ । यता एमालेको गण मानिदै आएको तानसेन नगरपालिकामा २८ वर्षपछि काँग्रेसले जितेको छ । यस्तै यसअघि एमालेले जितेको रिब्दीकोटमा भने अहिले माओवादीले जितेको छ ।

यहाँका ६ स्थानीय तहमा चाहिं जनप्रतिनिधिका रुपमा नयाँ अनुहारका आएका छन् । तानसेन, बगनासकाली, रिब्दीकोट, रैनादेवी छहरा, तिनाउ र माथागढीमा नयाँ प्रतिनिधि आएका हुन् । अन्य ४ स्थानीय तहमा भने पुरानै जनप्रतिनिधि दोहोरिएका छन् । रामपुर नगरपालिका, निस्दी, पूर्वखोला र रम्भा गाउँपालिकाको नेतृत्वमा पुरानै व्यक्ति दोहोरिएका हुन् ।

यहाँका चार स्थानीय तहमा भने सत्ता नै परिवर्तन भएको छ । तानसेन नगरपालिका, माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिका र बगनासकाली गाउँपालिकामा अहिले फरक दलका प्रतिनिधीले सत्ता सम्हालेका छन् । अहिले एमालेले जितेका माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिकामा यसअघि काँग्रेले जितेको थियो । अहिले काँग्रेसले जितेको तानसेन नगरपालिकामा भने यसअघि एमालेले जितेको थियो । त्यस्तै माओवादी केन्द्रले जितेको रिब्दीकोट गाउँपालिकामा यसअघि एमालेले जितेको थियो । यहाँ सत्ता चलाउने राजनीतिक दलहरू परिवर्तन भए तर उनीहरूले ल्याउने नीति तथा कार्यक्रममा भने खासै परिवर्तन भएको देखिदैन । अधिकांश नीति तथा योजनालाई हुबहु गरिएको छ । यस आलेख सत्ता परिवर्तन भएका पाल्पाका चार स्थानीय तहले ल्याएका नीति तथा कार्यक्रममा केन्द्रित छ ।

रिब्दीकोटमा अधिकांश पुरानै

रिब्दीकोट गाउँपालिकामा यसअघिको नेतृत्वले ल्याएका प्रायः नीति तथा कार्यक्रम नै अहिले पनि ल्याइएको छ । आर्थिक, सामाजिक र भौतिक क्षेत्रका अधिकांश योजना पुराना नै छन् । यसअघिका अध्यक्ष एमालेका नारायण जिसीले कृषि तथा पशुपालनलाई व्यवसायिकरण गर्ने, टमाटर, सुन्तला र दुध उत्पादनमा अन्ुदान दिने, कृषिको पकेट क्षेत्र बनाउने, पशु बीमा कार्य, भैरवस्थानको मन्दिर र जलेश्वरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, विद्यालयहरूको भौतिक संरचना बालमैत्री र अपाङ्गमैत्री बनाउने, एक घर एक धाराको नीति, महिलालाई स्वरोजगार बनाउने जस्ता कार्यक्रम ल्याएका थिए ।

गएको आर्थिक बर्ष २०७८÷०७९ मा उनले ल्याएको नीति तथा कार्यक्रम अहिले माओवादी केन्द्रबाट निर्वाचित नारायण बहादुर कार्कीले पनि ल्याए । यी नीति तथा कार्यक्रम केही उदाहरण मात्रै हुन् । ‘समृद्ध रिब्दीकोट निर्माणको आधार, शिक्षा, कृषि र पर्यटन पूर्वाधार’ नारासहित गाउँपालिकाले चालु आर्थिक बर्षका लागि ल्याएका अधिकांश नीति तथा कार्यक्रमहरू अघिल्लो बर्षकै साभार छन् (हेर्नुस् तालिका १) । अधिकांश प्रदेश सरकार अन्तर्गतका बहुवर्षीय कार्यक्रम भएकाले पनि यसरी पहिलेका कार्यक्रम दोहोरिएको गाउँपालिका अध्यक्ष कार्कीले प्रतिक्रिया दिए । ‘प्रदेश सरकार अन्र्तगतका केही काम भएकाले उनीहरूलाई निरन्तरता दिनुपरेको हो जसले गर्दा केही दोहोरिए होलान्’, कार्कीले भने ।

कार्कीकाअनुसार ‘एक वडा, एक पोखरी’, ‘म बनाउँछु मेरो रिब्दीकोट’, ‘खनौं आफ्नो माटो, छाडौं विदेशको बाटो’ जस्ता नीति तथा कार्यक्रम नयाँ हुन् । गाउँपालिकाभित्र शाहसिक पर्यटन र साइकल लेनको सम्भाव्य अध्ययन गरिने, विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने, सुत्केरी आमा पोसिलो खाना कार्यक्रम, अभिभावक विहिन बालबालिकाको कक्षा १२ सम्मको शिक्षाको जिम्मेवारी लिने जस्ता केही नीति पनि नयाँ छन् ।

तालिका १ : रिब्दिकोटको दोहोरिएका नीति तथा कार्यक्रम

कृषि तथा पशुपालनमा आधुनिकिकरण, यान्त्रिकिकरण र व्यवसायिकरण गर्ने ।
टमाटर, सुन्तला र दूध उत्पादनमा आधारित अनु्दान ।
कृषि पकेट क्षेत्र कार्यक्रम ।
भैरवस्थानको मन्दिर र जलेश्वरको प्रचारप्रसार गरी धार्मिक पर्यटनको रुपमा विकास गर्ने ।
बालमैंत्री र अपाङ्गमैंत्री विद्यालयहरूको भौतिक संरचना निर्माण गर्ने । 
स्वास्थ्य बीमा कार्यक्रम सबै नागरिकमा पु¥याउने ।
महिलालाई व्यवसाय र स्वरोजगार बनाउन उद्यमशील विकासका कार्यक्रम सञ्चालन गर्ने ।
एक घर एक धारा कार्यक्रम ।
पशु बीमा कार्यक्रम ।

तालिका २ : रिब्दिकोटको नयाँ नीति तथा कार्यक्रम

‘एक वडा, एक पोखरी’ कार्यक्रम ।
‘म बनाउन्छु मेरो रिब्दीकोट’ कार्यक्रम ।
‘खनौं आफ्नो माटो, छाडौं विदेशको बाटो’ कार्यक्रम । 
गाउँपालिकाभित्र शाहसिक पर्यटन र साइकल लेनको सम्भाव्यता अध्ययन गरिने ।
विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने नीति ।
सुत्केरी आमा पोसिलो खाना कार्यक्रम ।
अभिभावक विहिन बालबालिकाको कक्षा १२ सम्मको शिक्षाको जिम्मेवारी लिने ।

बगनासकालीमा पनि अधिकांश पुरानै

बगनासकाली गाउँपालिकाले पनि ल्याएका नीतिहरू अधिकांश पुरानै छन् । यसअघि काँग्रेसले जितेको उक्त गाउँपालिकामा अहिले एमालेकी सरस्वती चिदी अध्यक्ष छिन् । यहाँ विगतमा जस्ता नीति थिए, अहिले पनि तिनै नीतिलाई हुबहु गरिएको छ । गाउँपालिकाले ‘सुन्दर, शान्त, सभ्य बगनासकाली गाउँको सार ः आर्थिक, सामाजिक, पर्यटन र पूर्वधार विकासको दीगो आधार’ भन्ने नारा लिएर नीति ल्याएको छ । नीतिमा कृषिलाई प्राथमिकता दिइएको छ जसलाई यसअघि नेपाली काँग्रेसका कृष्ण प्रसाद बस्याल नेतृत्वको स्थानीय सरकारले पनि प्राथमिमकता दिएको थियो ।

कृषि बजारिकरणको व्यवस्था सुनिश्चित गर्ने, आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको कृषि र पशुपालनलाई प्राथमिकता दिइने, छुवाछुत तथा भेदभावजन्य क्रियाकलापहरूलाई निरुत्साहित गरिने, बाँदर, दुम्सी लगायतका बन्यजन्तु व्यवस्थापन र नियन्त्रण गर्न उचित व्यवस्था गरिने जस्ता नीति गएको आर्थिक बर्ष २०७८÷०७९ मा अघिल्लो सरकारले ल्याएको थियो । अहिले पनि यिनै नीतिलाई जस्ताको त्यस्तै ल्याइएको छ । चिदीले ल्याएको नीतिमा दलित वर्गको उत्थानका लागि मागमा आधारित कार्यक्रम सञ्चालन गर्ने, आदिवासी तथा जनजाती वर्गको समग्र आर्थिक, सामाजिक विकासका लागि सीपमूलक तालिम र सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्न पहल गर्ने, महिलाहरूको क्षमता अभिवृद्धिका लागि आयमूलक, सीपमूलक र रोजगारमूलक कार्यक्रमको व्यवस्था गरिने उल्लेख छ । अघिल्लो पटक काँग्रेसको सरकारले पनि यीनै कुरालाई प्राथमिकतामा राखेको थियो ।

पहिले कार्यान्वयन नभएका र केही कार्यान्वयन भई नसकिएका कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन् । ‘पुराना हटाउनु पर्ने कार्यक्रम हामीले हटायौं, केही पुराना तर कार्यान्वयन नभएका कार्यक्रम पनि थिए, ती कार्यक्रमलाई समावेश गरेका छौं भने केही नयाँ पनि ल्याएका छौं’,उनले भनिन् । एक किसानः एक उत्पादनलाई प्राथमिकता, वडागत रुपमा कृषि विशेष क्षेत्र छनौट गरी एक वडाः एक पकेट क्षेत्र बनाइने, किसान परिचयपत्र वितरण गरिने, सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने र (ग) तथा (घ) वर्गको परिचयपत्र वाहकलाई क्रमशः ५ सय र ३ सय मासिक भत्ता दिइनेजस्ता नयाँ नीति छन् । त्यस्तै गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीलाई बाहिर जानबाट रोक्ने र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई दुर्घटना बीमाको व्यवस्था गरिने, जनतासँग जवाफदेही हुनका लागि जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने, ‘हाम्रो वनः हाम्रै मन’ भन्ने अभिप्रायका साथ सामुदायिक तथा सार्वजनिक वन संरक्षण सम्बन्धित सचेतनामूलक कार्यक्रम गर्ने र आय आर्जनमा टेवा पुग्ने खालका जडिबुटीजन्य वृक्षारोपण गर्ने व्यवस्था मिलाइने जस्ता नीति पनि नयाँ हुन् ।

तालिका ३ : बगनासकालीमा दोहोरिएका नीति तथा कार्यक्रम

कृषि बजारिकरणको व्यवस्था सुनिश्चित गर्ने ।
कृषि र पशुपालनलाई व्यवसायिकतामा प्राथमिकता दिइने ।
छुवाछुत तथा भेदभावजन्य क्रियाकलापहरूलाई निरुत्साहित गरिने ।
बाँदर, दुम्सी लगायतका बन्यजन्तु व्यवस्थापन र नियन्त्रण गर्न उचित व्यवस्था गरिने ।
दलित वर्गको उत्थानका लागि मागमा आधारित कार्यक्रम सञ्चालन गर्ने ।
आदिवासी तथा जनजाती वर्गको समग्र आर्थिक, सामाजिक विकासका लागि सीपमूलक तालिम र सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्न पहल गर्ने ।
महिलाहरूको क्षमता अभिवृद्धिका लागि आयमूलक, सीपमूलक र रोजगारमूलक कार्यक्रमको व्यवस्था गरिने ।
जेष्ठ नागरिकहरूको उचित स्याहार, सुसार तथा आदर गर्ने परिवार÷संरक्षकलाई विशेष पुरस्कार र सम्मान गरिने ।
अपाङ्गता भएकाहरूलाई आवश्यकताअनुसार ह्विल चियर, सेतो छडी जस्ता सामग्री वितरण गरी जीवन सहज बनाउन पहल गरिने ।
१०विदेशबाट फर्किएका युवाहरूलाई गाउँकै विकासमा समर्पित गरिने ।

तालिका ४: वगनासकालीका नयाँ नीति तथा कार्यक्रम

एक किसान ः एक उत्पादनलाई प्राथमिकता ।
वडागत रुपमा कृषि विशेष क्षेत्र छनौट गरी एक वडाः एक पकेट क्षेत्र बनाइने ।
किसान परिचयपत्र वितरण गरिने ।
सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने र (ग) तथा (घ) वर्गको परिचयपत्रवाहकलाई क्रमशः ५ सय र ३ सय मासिक भत्ता दिइने ।
गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीलाई बाहिर जानबाट रोक्ने र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई दुर्घटना विमाको व्यवस्था गरिने ।
जनतासँग जवाफदेही हुनका लागि जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने ।
‘हाम्रो वनः हाम्रै मन’ भन्ने अभिप्रायका साथ सामुदायिक तथा सार्वजनिक वन संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने र आयआर्जनमा टेवा पुग्ने खालका जडीबुटीजन्य वृक्षारोपण गर्ने व्यवस्था मिलाइने ।

माथागढीमा पनि पुरानालाई नै प्राथमिकता

माथागढी गाउँपालिकामा पनि नयाँ नीति तथा कार्यक्रमले प्राथमिकता पाउन सकेनन् । यसअघि काँग्रेसले जितेको उक्त गाउँपालिकामा अहिले एमालेका यम चिदीले जितेका छन् । यहाँ अघिल्लो स्थानीय सरकारको नेतृत्व गरेका काँग्रेसका सन्तोष थापामगरले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएका थिए । कृषिका पकेट क्षेत्र कार्यक्रम, कृषिलाई रोजगारीसँग जोड्न विभिन्न प्रविधि, बीउविजन लगायतका प्रविधि सहयोग गर्ने, कृषि प्रवद्र्धन तथा कृषि यान्त्रिकरण कार्यक्रम सञ्चालन गर्ने, सौभाग्य माविमा सञ्चालित प्राविधिक विषयको पठनपाठनलाई व्यवस्थित गरिने, १५ शैंयाको अस्पताल निर्माणलाई निरन्तरता दिने, एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिने, शिक्षक, कर्मचारीको बीमा जस्ता नीति तथा कार्यक्रम अघिल्लो सरकारले लिएको थियो । अहिलेका अध्यक्ष चिदीले पनि चालु आर्थिक वर्ष २०७९÷०८० मा तिनै क्षेत्रलाई दोहो¥याएका छन् ।

यद्यपी माथागढीले केही नयाँ कामहरू पनि अघि सारेको छ । वाली बीमा, खानीजन्य पदार्थ एवं नदीजन्य पदार्थको उचित सदुपयोग गर्न आवश्यक व्यवस्था मिलाउने, खेलाडी बीमाको व्यवस्था गर्ने, महिलाहरूको आङ्ग खस्ने समस्या तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग शिविर सञ्चालन गर्ने, विद्यालयहरूमा क्रमशः इन्टरनेट पु¥याउने जस्ता कुराहरू माथागढीको नीतिमा उल्लेख गरिएको छ । ‘केही पुराना कार्यक्रम भएपनि, धेरै कुरा नयाँ ल्याएका छौं’, अध्यक्ष चिदीले भने, ‘हामीले स–साना कुराबाट परिवर्तन गर्दै जाने र जनताले महशुस हुने गरी काम गर्ने नीति ल्याएका छौं ।’ राम्रो र जनतालाई हित हुने कुराहरूलाई निरन्तरता दिइएको उनको भनाई छ । अध्यक्ष चिदीले भने ‘जनप्रतिनिधि परिवर्तन हुँदैमा सबै नीति परिवर्तन गर्नुपर्छ भन्ने छैन्, पहिलेकै सरकारले ल्याएका केही राम्रा विषयहरूलाई पनि अविच्छिन्न निरन्तरता दिन सकिन्छ ।’

तालिका ५ : माथागढीमा दोहोरिएका नीति तथा कार्यक्रम

कृषिका पकेट क्षेत्र कार्यक्रम ।
कृषिलाई रोजगारीसँग जोड्न विभिन्न प्रविधि, बीउविजन लगायतका प्रविधि सहयोग गर्ने ।
कृषि प्रवद्र्धन तथा कृषि यान्त्रिकरण कार्यक्रम सञ्चालन गर्ने ।
सौभाग्य माविमा सञ्चालित प्राविधिक विषयको पठनपाठनलाई व्यवस्थित गरिने ।
१५ शैंयाको अस्पताल निर्माणलाई निरन्तरता दिने ।
एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिने ।
शिक्षक, कर्मचारीको बीमा ।
दिव्यज्योति माविमा विद्यालय निर्माण अगाडि बढाईने ।
स्वास्थ्यचौकी तथा ल्याबहरूको उचित व्यवस्थापन गरिने ।
१०गाउँपालिकाको वडा कार्यालय भवन, स्वास्थ्यचौकी भवन, सामुदायिक भवन, विद्यालय भवन तथा शौचालय निर्माण गरिने ।

तालिका ६: माथागढीका नयाँ नीति तथा कार्यक्रम

वाली बीमा कार्यक्रम
खानीजन्य पदार्थ एवं नदीजन्य पदार्थको उचित सदुपयोग गर्न आवश्यक व्यवस्था मिलाउने ।
खेलाडी बीमाको व्यवस्था गर्ने ।
महिलाहरूको आङ्ग खस्ने समस्या तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग शिविर सञ्चालन गर्ने ।
विद्यालयहरूमा क्रमशः इन्टरनेट पु¥याउने ।

तानसेन नगरपालिकामा पनि उस्तै

तानसेन नगरपालिकाले ‘सुव्यवस्थित पूर्वाधार, पहिचनामूलक उत्पादन र हरित वातावरणयुक्त पर्यटकीय, समावेशी, सांस्कृतिक नगर’ नारा दिएर चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । छोरी शिक्षा कार्यक्रम प्रभावकारी बनाइने, विद्यार्थी संख्या बढी भएका तथा शिक्षक संख्या न्यून भएका विद्यालयहरूमा शिक्षक सहयोग अनुदान उपलब्ध गराइने, स्थानीय पाठ्यक्रमको कार्यान्वयनलाई व्यवस्थित गरिने, पशु र वाली बीमाको सहज कार्यान्वयन गरिने जस्ता नीति तथा कार्यक्रम नगर सरकारले अगाडी सारेको छ । जुन अघिल्लो सरकारले नै ल्याएको थियो ।

‘शीत भण्डार निर्माणलाई पूर्णता दिन विशेष पहल गरिने, नगरकै गौरवको रुपमा रहेको ‘विग बुद्ध आयोजना’ को निर्माण कार्य थालनी गरिने, नगर क्षेत्रका मठमन्दिर, मदरसा, गुम्बा, विहार, चैत्य, चर्च, मस्जिद संरक्षणका लागि आवश्यक व्यवस्था मिलाइने, पाल्पा दरबार संंग्रहालयको विकासका लागि संघीय सरकार तथा प्रदेश सरकारसँग समन्वय र साझेदारी गरिने, भूमिहिन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्रदान गर्न आवश्यक कार्य अगाडि बढाइने, वनदेवीमा वातावरण मैंत्री बसपार्क निर्माण गरिने, नगर क्षेत्रमा पार्किङ्ग पूर्वाधार व्यवस्थित बनाइने’ जस्ता नीति उतिबेलै समावेश गरिएको थियो । यसअघि एमालेका अशोक कुमार शाही नेतृत्वको स्थानीय सरकारले ल्याएका यी नीति अहिले काँग्रेसका सन्तोषलाल श्रेष्ठ नेतृत्वको स्थानीय सरकारले पनि हुबहु रुपमा ल्याएको पाइन्छ ।

तानसेन नगर सरकारले केही नयाँ काम र अभ्यासहरू पनि अघि नसारेको भने होइन । उसले सुत्केरी पोषण कार्यक्रम, रैथाने जातको बालीको संरक्षण र प्रवद्र्धनका साथै ‘एक वडा एक उत्पादन’ कार्यक्रम, दूध उत्पादन वृद्धि गर्न गाई र भैंसीपालक व्यावसायिक समूह वा किसानालाई उत्पादनको आधारमा प्रतिलिटर दूधमा सहकारीमार्फत अनुदान दिने व्यवस्था जस्ता कार्यक्रम ल्याएको छ । त्यस्तै संघीय सरकार, प्रदेश सरकार र ढाका संघ पाल्पाको सहकार्यमा ढाका मेला आयोजना गर्ने, पाल्पाली करुवाको विकास र प्रवद्र्धन गर्ने, तानसेन नगरपालिकाको उपयुक्त स्थानमा पाल्पाली ढाका टोपीको प्रतिक निर्माण गर्ने जस्ता कुराहरू नीतिमा ल्याएर कार्यान्वयन पनि गरेको छ । कार्यान्वयन भइरहेका कार्यक्रम भएकाले केही दोहोरिएको हुन सक्ने नगर प्रमुख श्रेष्ठले बताए । ‘अघिल्लो सरकारले ल्याएर पुरा गर्न नसकेका कार्यक्रमलाई हामीले निरन्तरता दिएका हौंं’, उनले भने, ‘पुराना कार्यक्रमहरूबाट पनि हामीले रिफ्रेन्स लिनु पर्ने हुन्छ । त्यही आधारमा केही पुराना कार्यक्रम पर्नु स्वभाविक पनि हो तर धेरै कार्यक्रम चाहिं नयाँ गर्ने प्रयासमा छौं ।’

तालिका ७ : तानसेनमा दोहोरिएका नीति तथा कार्यक्रम

छोरी शिक्षा कार्यक्रम प्रभावकारी बनाइने ।
विद्यार्थी संख्या बढी भएका तथा शिक्षक संख्या न्यून भएका विद्यालयहरूमा शिक्षक सहयोग अनुदान उपलब्ध गराइने ।
स्थानीय पाठ्यक्रमको कार्यान्वयनलाई व्यवस्थित गरिने ।
पशु र वाली बीमाको सहज कार्यान्वयन गरिने ।
शीत भण्डार निर्माणलाई पूर्णता दिन विशेष पहल गरिने ।
नगरकै गौरवको रुपमा रहेको ‘विग बुद्ध आयोजना’ को निर्माण कार्य थालनी गरिने ।
नगर क्षेत्रका मठमन्दिर, मदरसा, गुम्बा, विहार, चैत्य, चर्च, मस्जिद संरक्षणका लागि आवश्यक व्यवस्था मिलाइने ।
पाल्पा दरबार संंग्रहालयको विकासका लागि संघीय सरकार तथा प्रदेश सरकारसँग समन्वय र साझेदारी गरिने ।
भूमिहिन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्रदान गर्न आवश्यक कार्य अगाडि बढाइने ।
१०वनदेवीमा वातावरणमैंत्री बसपार्क निर्माण गरिने ।
११नगर क्षेत्रमा पार्किङ्ग पूर्वाधार व्यवस्थित बनाइने ।

तालिका ८ : तानसेनका नयाँ नीति तथा कार्यक्रम

उपमेयरसँग सुत्केरी पोषण कार्यक्रम । 
रैथाने जातको वालीको संरक्षण र प्रवद्र्धनका साथै ‘एक वडा एक उत्पादन’ कार्यक्रम ।
दूध उत्पादन वृद्धि गर्न गाई र भैंसीपालक व्यवसायिक समूह वा किसानालाई उत्पादनको आधारमा प्रतिलिटर दूधमा सहकारीमार्फत अनुदान दिने व्यवस्था ।
संघीय सरकार, प्रदेश सरकार र ढाका संघ पाल्पाको सहकार्यमा ढाका मेला आयोजना गर्ने । 
पाल्पाली करुवाको विकास र प्रवद्र्धन गर्ने ।
तानसेन नगरपालिकाको उपयुक्त स्थानमा पाल्पाली ढाका टोपीको प्रतिक निर्माण गर्ने ।

Sharing is caring!