बालविकासमा स्थानीय सरकार

न छ योजना, न भयो लगानी

महेश न्यौपाने २०७८ जेठ रोल्पा

नगरको शिक्षाका लागि १ करोड ३० लाख वजेट विनियोजन गरेको रोल्पा नगरपालिकाले बालविकास केन्द्रका लागि वजेट छुट्याउन आवश्यक ठानेन । विनियोजित वजेट खर्चका लागि विभिन्न २१ वटा क्रियाकलापक वनाएको उसले सबभन्दा धेरै शिक्षक सहायता अनुदानको रुपमा स्वयमसेवक शिक्षक परिचालनका लागि ४३ लाख३० हजार विनियोजन गरेको छ । शिक्षाका विभिन्न क्षेत्रमा वजेट विनियोजन गरेको उसले नगर क्षेत्रमा संचालित वालविकास केन्द्रमा वजेट छुट्याउन आवश्यक ठानेन । रोल्पा नगरपालिका मात्र हैन जिल्लाका लुंग्री, माडी, रुन्टीगढी, त्रिवेणी र सुनछहरी गाउँपालिकाले समेत शिक्षा क्षेत्रमा ठुलो मात्रामा वजेट विनियोजन गर्दा बालविकास केन्द्रलाई प्राथमिकतामा राख्न चाहेनन । बालविकास केन्द्रका लागि वजेट विनियोजन गरेका स्थानीय तहहरुले समेत नाम मात्रको वजेट विनियोजन गरेका छन ।

विविध किसिमका मनोरञ्जनात्मक कृयाकलापका माध्यमवाट संपूर्ण बालबालिकाको सर्वाङ्गीण विकास गरि उनीहरुलाई विद्यालय तहको पठनपाठनको लागि तयार गर्नु बालविकास केन्द्रको उद्धेश्य हो । पूर्व प्राथमिक तहका बालवालिकाको शारिरीक, मानसिक, संवेगात्मक र नैतिक जस्तो महत्वपूर्ण पक्षको विकास गर्ने क्षेत्र उनीहरुको प्राथमिकतामा परेका छैनन ।

तालिका ः १ रोल्पाका स्थानीय तहमा शिक्षाको शिर्षकगत वजेट

बजेटका शिर्षकबजेटप्रतिशत
जिल्लामा शिक्षामारु १४ करोड ८३ लाख४५ हजारकुल बजेट
भौतिक सुधाररु ६  करोड ८ लाख ६१ हजार               ४१
शिक्षाको गुणस्तर सुधाररु १ करोड ६० लाख ५ हजार         ११
बालविकास केन्दरु २१ लाख ९० हजार                 
नीजि श्रोत शिक्षक तलवरु ६ करोड ५० लाख ५८ हजार  ४४
छात्रवृत्तिरु ४६ लाख ३१ हजार                          

जिल्लाका दश स्थानीय तहहरुले शिक्षा क्षेत्रमा कुल १४ करोड ८३ लाख ४५ हजार वजेट विनियोजन गर्दा बालविकास केन्द्रका लागि २१ लाख ९० हजार मात्र विनियोजन गरेका छन । यो रकम रोल्पाका स्थानीय तहले यस वर्ष शिक्षा क्षेत्रमा विनियोजन गरेको कुल वजेटको १ प्रतिशत मात्रै हो ।
पालिकाहरुले शिक्षाको गुणस्तर सुधारमा १ करोड ५६ लाख ५ हजार वजेट विनियोजन गरेका छन् । उनीहरुले सामुदायिक विद्यालय अनुदान स्वरुप निजि शिक्षकको तलव सुविधाका लागि ६ करोड ५० लाख ५८ हजार वजेट विनियोजन गरिएको छ । छात्रवृत्तीका लागि ४६ लाख ३१ हजार विनियोजन गरेका स्थानीय तहले भौतिक सुधारका लागि ६ करोड ८ लाख ६१ हजार विनियोजन गरेका छन ।

गंगादेव गाउँपालिका वालविकास केन्द्रका लागि वजेट विनियोजन गर्ने स्थानीय तहको रुपमा देखिएको छ । उसले शिक्षामा कुल २ करोड ९० लाख ५० हजार विनियोजन गर्दा बालविकास केन्द्रको लागि ५ लाख विनियोजन गरेको छ । उक्त वजेट वालविकास केन्द्रका सहजकर्ताहरुको तालिम लगायतका क्षमता विकासमा खर्च गर्ने जनाएको छ । सो गाउँपालिकाले विद्यालयको भौतिक सुधारमा ३० लाख खर्च प्रस्ताव गर्दा शैक्षिक सुधारमा १० लाख ५० हजार विनियोजन गरेको छ । सो गाउँपालिकाले भौतिक सुधार अन्तरगत विद्यालय भवन मर्मत, सौचालय जस्ता क्षेत्रमा खर्च प्रस्ताव गरेको छ । शैक्षिक गुणस्तर सुधारका लागि सो गाउँपालिकाले शिक्षक तालिम, तथा सामुदायिक विद्यालय व्यवस्थापनका लागि वजेट खर्च गर्ने प्रस्ताव गरेको छ ।

लुंग्री गाउँपालिकाले शिक्षा क्षेत्रमा १ करोड ७ लाख ७० हजार वजेट विनियोजन गर्दा बालविकास केन्द्रका लागि वजेट विनियोजन गर्न आवश्यक ठानेन । विनियोजित वजेट मध्ये उसले ६० लाख ५० हजार भौतिक सुधारमा खर्च गर्ने प्रस्ताव गरेको छ । उसले शिक्षाको गुणस्तर सुधारमा ३ लाख वजेट मात्रै विनियोजन गरेको छ । भौतिक सुधार तर्फ विद्यालय भवन, रंगरोगन, फिल्ड, घेरावार, सौचालय जस्ता क्षेत्रमा खर्च प्रस्ताव गरेको छ । गुणस्तर सुधार तर्फ भने विद्यालयको सुचना प्रविधिमा प्रस्ताव गरेको छ ।

माडी गाउँपालिकाले पनि बालविकास केन्द्रको लागि वजेट विनियोजन गरेको छैन । उसले शिक्षा क्षेत्रका लागि १ करोड ६२ लाख ४५ हजार विनियोजन गरेको छ । शिक्षा क्षेत्रको विनियोजित वजेट मध्ये सो गाउँपालिकाले १७ लाख ६५ हजार भौतिक सुधारका लागि विनियोजन गरेको छ । भौतिक सुधार तर्फ विद्यालय घेरावारमा सो रकम खर्च गर्ने सो गाउँपालिकाले शैक्षिक गुणस्तरका लागि वजेट विनियोजन गरेको छैन ।

परिवर्तन गाउँपालिकाले शिक्षा क्षेत्रका लागि १ करोड ३१ लाख ७८ हजार विनियोजन गर्दा वालविकास केन्द्रका लागी ६ लाख ९० हजार विनियोजन गरेको छ । उसले यो वजेट तालिम र व्यवस्थापनमा खर्च गर्ने उल्लेख गरेको छ ।

सो गाउँपालिकाले विद्यालयको भौतिक सुधारमा ३३ लाख ५० हजार विनियोजन गरेको छ । भौतिक सुधार अन्तरगत विद्यालय घेरावार, सौचलय, फिल्ड, छाना मर्मत र खानेपानीमा खर्च गर्ने भएको छ । शैक्षिक गुणस्तर सुधारका लागि सो गाउँपालिकाले १८ लाख ८५ हजार वजेट विनियोजन गरेको छ । शैक्षिक गुणस्तर सुधार तर्फ शैक्षिक मेला, शिक्षक क्षमता विकास तालिम, शिक्षक विद्यार्थी प्रोत्साहन, परिक्षा स्तरीकरण जस्ता क्षेत्रमा वजेट प्रस्ताव गरेको छ । परिक्षा वोर्ड गठन गरि गाउँपालिका भित्रका विद्यालयको परिक्षा सुधार गर्न गाउँपालिकाले प्रस्ताव गरेको छ ।

सुनिलस्मृती गाउँपालिका जिल्लामा बालविकास क्षेत्रमा सवभन्दा वढी वजेट विनियोजन गरेर बालसंवेदनशील स्थानीय सरकारको रुपमा देखिएको छ । उसले ले शिक्षा क्षेत्रका लागि १ करोड ९८ लाख ७६हजार वजेट प्रस्ताव गर्दा बालविकास केन्द्रका लागि ७ लाख ५० हजार वजेट विनियोजनगरेको उसले वसाई व्यवस्थापनका लागि ७ लाख ५० हजार वजेट छुट्याएको छ । उसले भौतिक सुधारका लागि ६४लाख ५०हजार प्रस्ताव गरिएको छ । भौतिक सुधार तर्फ सिसि क्यामेरा जडान, तारवार,विद्यालय रंगरोगन, भवन, फर्निचर जस्ता शिर्षक प्रस्ताव गरेको छ ।

गाउँपालिकाले विद्यार्थीसंग अध्यक्ष कार्यक्रम अघि सारेको छ । जसका लागी उसले यस वर्ष ५ लाख वजेट प्रस्ताव गरेको छ । अघिल्लो वर्ष देखी सुरु गरिएको यस कार्यक्रममा गाउँपालिका अध्यक्षले विद्यालय भ्रमण गरि अनुगमनका क्रममा देखिएका विद्यार्थिका समस्याहरु तत्कालै समाधान गर्ने गर्दछन । कार्यक्रम वनाएर अध्यक्षले विद्यालयको अनुगमनका क्रममा शिक्षकहरुको कक्षा अनुगमन तथा विद्यार्थी र अध्यक्ष वीच अन्तरक्रिया मार्फत उनीहरुको समस्यालाई तत्कालन समाधान गर्ने गरिन्छ गाउँपालिका अध्यक्षका प्रेस संयोजक आशिष क्षेत्रीले भने । कापी, कलम, विद्यालय पोशाक तथा झोला नभएका र विद्यालयले लिने शुल्क तिर्न नसक्ने विद्यार्थीहरुलाई अध्यक्षज्युले फिल्डमै सहयोग गर्नु हुन्छ संयोजक क्षेत्रीले भने ।

गुणस्तर सुधारमा ३५ लाख १० हजार प्रस्ताव गरिएको छ । विद्यालयको गुणस्तर सुधारका लागि शिक्षण सिकाई कुना, प्रधानाध्यापक विद्यालय व्यवस्थापन समिति अन्तरक्रिया, प्रधानाध्यापकका लागि थप भत्ता, स्थानीय पाठ्यक्रम निर्माण, विद्यार्थीका लागि कोचिङ कक्षा, शैक्षिक सामाग्री वितरण जस्ता शिर्षक प्रस्ताव गरिएको छ । सो गाउँपालिकाले खाजाका लागि ग्यास चुल्हो खरिद गर्न ५ लाख वजेट विनियोजन गरेको छ ।

रुन्टीगढी र सुनछहरी गाँउपालिकाले शिक्षा क्षेत्रका लागि क्रमशः ७० लाख र १० लाख २५ हजार बजेट विनियोजन गरेका छन । उनीहरुले शैक्षिक गुणस्तर सुधार र भौतिक सुधारमा के कति खर्च गर्ने उल्लेख गरेका छैनन ।

थवाङ गाउँपालिकाले शिक्षाका लागि २ करोड ४६ लाख २६ हजार वजेट विनियोजन गर्दा बालविकास केन्द्रका लागि २ लाख ५० हजार रुपैयाँ मात्रै प्रस्ताव गरेको छ । उसले विनियोजित वजेट मध्ये २ करोड ३४ लाख २६ हजार रुपैयाँ शैक्षिक कार्यक्रम, फर्निचर, सोलार, भवन, सौचालय, पर्खाल र फिल्ड मर्मतमा खर्च गर्ने भएको छ । गुणस्तर सुधारमा भने सो गाउँपालिको ९ लाख ५० हजार मात्रै विनियोजन गरेको छ । गुणस्तर सुधारका लागि सुचना प्रविधि, दलित वालवालिकाका लागि स्टेशनरी जस्ता क्षेत्रमा खर्च गर्ने भएको छ ।

त्रिवेणी गाउपालिकाले शिक्षा क्षेत्रका लागि ६९ लाख वजेट विनियोजन गरेको छ । उसले भौतिक सुधारका लागी ३३ लाख खर्च प्रस्ताव गरेको छ । भौतिक सुधार तर्फ फिल्ड र सौचलयमा खर्च गर्ने भएको छ । यसैगरि गुणस्तर सुधारका लागि उसले १२ लाख ६० हजार प्रस्ताव गर्दा बालविकासमा रकम छुट्याउन जरुरी ठानेन ।

रोल्पामा विद्यालयमा आधारित ३६९ र समुदायमा आधारित ३८ सहित ४०७ वटा बालविकास केन्द्र रहेका छन । केटा पाँच हजार ५४६ र केटी चार हजार ९१५ गरि कुल दश हजार४६० वालवालिकाले ती केन्द्रमा अध्ययन गर्दछन ।

बालविकास जस्तो महत्वपूर्ण र संवेदनशिल क्षेत्रलाई स्थानीय सरकारले प्राथमिकता नदिनु दुखद पक्ष भएको बालविकास केन्दका जिल्ला प्रशिक्षक टिकाकुमारी वुढाको विचार छ । बालविकास केन्द्रका लागी थोरै मात्र वजेट विनियोजन हुनु र विनियोजित वजेट पनि सदुपयोग नहुनु दुखद हो वुढाले भनिन । बालविकासका लागि विद्यार्थीले हेर्ने, छाम्ने सामाग्री हुनुपर्नेमा कमिशनको खेलमा लागेर वर्षको अन्ततिर फ्लेक्स प्रिन्टजस्ता बालवालिकालाई उपयुक्त नहुने शैक्षिक सामाग्री खरिद गरिन्छ वुढाले भनिन । भौतिक सुधार,गुणस्तर सुधार तथा वालविकास केन्द्रका लागि वजेट छुट्याएको देखाएपनि अधिकांश वजेट नीजि श्रोतका शिक्षकको तलवमा खर्च गर्ने अभिभावकको गुनासो छ ।

स्थानीय पालिकाले विद्यार्थी छात्रवृत्तीका लागि पनि वजेट विनियोजन गरेका छन । उनीहरुले यस शिर्षकमा चालु आर्थिक वर्षका लागि ४६ लाख ३१ हजार प्रस्ताव गरेका छन ।

शिक्षकको तलव अनुदानले अभिभावकलाई राहात

अघिल्लो वर्ष रोल्पा नगरपालिकाले शुन्य दरवन्दी रहेका ४ मावि,११ निमावि,१४ प्रावि र ७ वालविकास समेत गरि ३६ वटा विद्यालयहरुलाई स्वयमसेवक शिक्षक उपलव्ध गरायो । माध्यमिक तहका लागि २० हजार, निम्न माध्यमिक तहलाई १५ हजार र प्राथमिक तहका लागि १० हजारका दरले सुविधा दिने गरि शिक्षक भर्ना गरि ती विद्यालयमा पठाएका छौ नगर शिक्षा अधिकारी महेन्द्र पराजुलीले भने । चालु आर्थिक वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिन ४४ लाख ३० हजार वजेट विनियोजन गरेका छौ नगर शिक्षा अधिकारी पराजुलीले भने । नगरभित्रका सामुदायिक विद्यालयका अभिभावकले नीजि श्रोतका १७० शिक्षकहरुको तलव भत्ताका लागि वार्षिक २ करोड ७६ लाख उठाउदै आएका थिए सवै दायित्व नगरपालिकाले पुरा गर्न नसके पनि शिक्षक अनुदानले अभिभावकको आर्थिक भारमा केही राहात भएको छ नगर शिक्षा अधिकारी पराजुलीले भने ।

गाउँपालिकाको गौरवको आयोजनाको रुपमा लिएको परिवर्तन गाउँपालिकाले ६८ शिक्षक दरवन्दी सिर्जना गरि त्यसको खर्च व्यवस्थापन समेत गरेको छ । उसले यस शिर्षका लागि ६७ लाख १८ हजार विनियोजन गरेको छ । यस अघि त्यहाँका अभिभावकले नीजि शिक्षक व्यवस्थापनका लागि हरेक वर्ष १ करोड ४३ लाख ४ हजार व्ययभार लिदै आएका थिए गाउँपालिकाको यो कदमले अभिभावकलाई ठूलो राहात मिलेको छ गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले भने ।

गंगादेव गाउँपालिकोले नीजि श्रोत शिक्षक अनुदानका लागि जिल्लामै सवभन्दा धेरै वजेट विनियोजन गरेको छ । उसले यस शिर्षक अन्तरगत २ करोड ४५ लाख विनियोजन गरेको छ । शिक्षक तलवका लागी वजेट विनियोजन गर्ने अन्य स्थानीय तहमा माडी गाउँपालिका १ करोड ४० लाख, लुंग्री गाउँपालिका ४४ लाख २० हजार, सुनिलस्मृती गाउँपालिका ४६ लाख ५० हजार र त्रिवेणी गाउँपालिकाले २३ लाख ४० हजार विनियोजन गरेका छन । उनीहरुको यो कदमले शिक्षामा अभिभावकको भार कम भएको बालकल्याण नमुना मावि लिवाङ विद्यालय व्यवस्थापन समितिका सदस्य खटकवहादुर खत्रीको भनाई छ ।

रोल्पाका ४ सय २ सामुदायिक विद्यालयमा ६७ हजार ९८८ विद्यार्थी अध्ययन गर्छन । यहाँका ९५ वटा विद्यालयमा एउटा पनि शिक्षक दरवन्दी शुन्य रहेको शिक्षा विकास तथा समन्वय ईकाई रोल्पाले जानकारी दिएको छ । रोल्पाभरमा प्राविमा २५२, निमावि ४३१ र माविमा २९८ दरवन्दी अपुग छ । दरबन्दी नभएका ठाउँमा निजी स्रोतबाट शिक्षक राखिएको छ । तिनलाई शिक्षकलाई तलब कति ठाउँमा अभिभावक र कति ठाउँ पालिकाहरुले बेहोर्दै आएका छन । यस शिर्षक यहाँका पालिकाहरुले ६ करोड ५० लाख ५८ हजार ५ सय वजेट विनियोजन गरेका छन

शिक्षाको गुणस्तर सुधारभन्दा भौतिक सुधारमा स्थानीय तहको चासो हुनुलाई अभिभावक तथा शैक्षिक सरोकारवालाहरुले सकारात्मक रुपमा लिएका छैनन । शैक्षिक सुधारमा गरिएको खर्च भन्दा भौतिक सुधारमा गरिएको खर्च सवैले देख्ने भएकाले उनीहरुको ध्यान त्यता गएको हो जलजला वहुमुखी क्याम्पस रोल्पाका उपप्रध्यापक झक्कुप्रसाद न्यौपानले भने । शिक्षाको गुणस्तर सुधारमा स्थानीय तहको ध्यान नजाँदासम्म जिल्लाको शैक्षिक सुधार हुन नसक्ने न्यौपानेको भनाई छ ।

तालिका २ः स्थानीय तहले शिक्षा क्षेत्रमा विनियोजन गरेको वजेट ः आव ०७७÷०७८

                                                             स्थानीय तह

बजेट

नीजि श्रोत शिक्षक तलव

छात्रवृत्ति

बालविकास केन्द

शिक्षाको गुणस्तर सुधार

भौतिक सुधार

जम्मा

गंगादेव गापा

२ करोड ४५ लाख

५ लाख

१०  लाख ५०   हजार

३०  लाख

२ करोड ९० लाख ५० हजार

लुंग्री गापा

४४ लाख २० हजार

३ लाख

६० लाख ५०  हजार

१ करोड  ७ लाख ७७ हजार

माडी गापा

१ करोड ४० लाख

४ लाख ८० हजार

१७ लाख ६५ हजार

१  करोड ६२ लाख ४५ हजार

परिवर्तन गापा

६७ लाख १८ हजार

५ लाख ३५ हजार

६ लाख ९० हजार

१८ लाख ८५ हजार

३३ लाख ५० हजार

१ करोड  ३१  लाख ७८ हजार

सुनिलस्मृती गापा

८६  लाख  ५०  हजार

५ लाख १६ हजार

७ लाख  ५० हजार

३५ लाख १० हजार

६४  लाख ५०  हजार

१ करोड ९८  लाख ७६ हजार

रुन्टीगढी गापा

७० लाख

७० लाख

सुनछहरी गापा

१० लाख २५ हजार

१० लाख २५  हजार

थवाङ गापा

२ लाख  ५०  हजार

९ लाख  ५० हजार

२ करोड ३४  लाख २६ हजार

२ करोड ४६  लाख  २६ हजार

त्रिवेणी गाा

२३  लाख ४० हजार

१२ लाख ६० हजार

३३ लाख

६९ लाख

रोल्पा नपा

४४ लाख ३० हजार

३१ लाख

६६ लाख  ५० हजार

५४ लाख  ९५ हजार

१ करोड ९६ लाख ७५ हजार

६ करोड ५० लाख ५८  हजार

४६  लाख  ३१ हजार

२१लाख ९०  हजार

१ करोड ६०  लाख ५ हजार

६ करोड ८ लाख  ६१   हजार

१४   करोड ८३   लाख ४५ हजार

श्रोतः स्थानीय तहको वेभ साईट

Sharing is caring!